पाइ सके मैले सबै स्वतन्त्रता
अब म स्वतन्त्रता भित्र पनि स्वतन्त्र हुनखोज्दै छु,
हो यो मेरो जिवन हो, र
म स्वतन्त्र हुन् खोज्दै छु।
आफैंसंग
मलाई बाधिए जस्तो लाग्छ
जब कसैले मलाई औल्याउँदै औंलाले
घोच्न खोज्छ, उसले मलाई शब्दले
बाँधी दिन्छु र स्वतन्त्रताको कल्पनामा निसासिन्छु
म प्रेममा पनि बाधिन्छु, किनभने यस्तो
अचम्म लाग्छ आधाचेत सन्सारमा
पुरा चेतना र मानविय नजरले हेर्छ कोइ
उसैको नजरले पनि बाँधेको जस्तो लाग्छ
अनि
म स्वतन्त्र हुन खोज्छु, किनभने
यो मेरो जिवन हो,र
म स्वतन्त्र हुन खोज्दै छु।
थाहा छ, एउटा डाँफे ले चिडियाघरमा
कति कल्पना गर्छ होला
निलो आकाश र आफ्ना फिजारिएका पखेटा।
सुन्दर भएर , डाँफेले पाएन स्वतन्त्रता।
एउटा काग पनि रुखमा रहेको गुँडमा
किन रातसाझ सानो स्वरसग ठुलो स्वरले कराउँछ।
जिम्मेवार भएर, कागले पाएन स्वतन्त्रता।
मलाई पनि बाधिन मन छ स्वतन्त्रताको डोरीमा
आफु भएर पनि मैले पाइन स्वतन्त्रता
म स्वतन्त्र हुन खोज्छु, किनभने
यो मेरो जिवन हो,
म स्वतन्त्र हुन खोज्दै छु।
परिभाषित कसले गरोस यो शब्दको
स्वतन्त्र हुनु भनेको के हो?
आफैंलाइ सम्हाल्न हम्मे-हम्मे हुनु स्वतन्त्रता
मैले जे बोल्न पाएकि छु,
मैले जसकोलागि जसरी कलम चलाउन पाएकि छु।
कुनै शब्द त अश्लील नि छन!
तर ति पनि खुलेयाम छन् ,यहि हो स्वतन्त्रता
म स्वतन्त्र हुन खोज्छु, किनभने
यो मेरो जिवन हो,
म स्वतन्त्र हुन खोज्दै छु।
मलाई कस्न नखोज्नु,
आमालाई बच्चाको मायाले कसे जस्तो।
मलाई सिमित नबनाउनु, पिजडा जस्तो।
अब म स्वतन्त्रता भित्र नि स्वतन्त्र हुन खोज्दै छु।
बरु म पत्थर हो र टुक्रा-टुक्रा पारिदिनु
छुट्टीएर म,स्वतन्त्र हुन खोज्छु, किनभने
यो मेरो जिवन हो,
म स्वतन्त्र हुन खोज्दै छु।
म स्वतन्त्रता भित्र पनि स्वतन्त्र हुन खोज्दै छु।
No comments:
Post a Comment