नियात्रा: एक निरन्तर यात्राको

म पर्खाइमा छु।

 तिमी गयौ

म त्यो साँझ

त्यही निर बसिरहे

त्यो जुन उदाउने ठाउँ को मुनी

जून हेर्दै

पर्खिरहे, फर्किने आशमा। 


ऊ हिउँदमा छाडेको

खोला त बर्खामा उर्लिएछ

'सुसेल्दै '

तिमी पनि आउने भर छ

त्यही चौतारीमा

पर्खी रहे, ती पात हेर्दै

उग्रिएको आकाश हेर्दै

कहिले बादल हेर्दै

आँखा विलाउँदैन्न्

तिमी आँखा भित्र छौं। 


त्यो वर्षले दिन दिन गन्दै

मलाई भुलाउँछ भने

म तिम्रो मुस्कान सम्झेर

वर्षौ भुलाइदिन्छु, तिमी आउने आशमा। 


सपनीमा आउँछौ भने

म कयौ रात नचाहादै

निदाईदिन्छु तिम्लाई भेट्ने आशमा। 


म पर्खी दिन्छु

हेर न! फर्केर त (हेर)

'म' 

तिमी र म बसेको

चुच्चे ढुङ्गामा छु।

तिम्रो बाटो हेर्दै। 


मलाई हावाले जिस्कायो

वर्षाले रुझायो

शिरमा हिउँ सल्बलायो

म कठाङ्रिए तर

त्यही पर्खी बसे

न्यानो बन्ने आशमा। 


पर्खिनु को मिठास

चारोको आशमा 

रहेका बचेरालाई थाहा छ।

परदेशी लाइ थाहा छ

अधेरी लाई थाहा छ

खडेरी लाई थाहा छ। 


मिठास महसुस गरेरै 

म मुस्काइदिन्छु

अँगाल्ने आशमा

तिमी फर्केको दिन

म सारा भुलाई दिन्छु।

फर्क न तिमी

म पर्खिरहेछु।

म तिम्रो पर्खाइ मा छु।


Share:

प्रेम दिवस।

 

टिका तिमि बन्नु जो निधार खाली नहोस

म तिम्रो नयन, नजर कतै वारिपारि नहोस।

नहेर्नु हेरे पछि रंगिन भएर हेर्नु, 

रङ्ग तिमि सँग छ? मसँग मिसाएर हेर्नु। 


हावामा सुस्ताउनु सुस्त पखेटा लाएर।

चरा बन्नु, रुखबाट उड्ने भुवा होइन।

माया लाउनु भिर र पहरालाइ प्रेमि सुनाउनु

आफ्नु छुट्टै बाटो बनाउनु,अरुभन्दा अलग होइन। 


परिबर्तन बन्नु, आफै हुनु, आफ्नुपन मनाउनु

मुस्कुराउनु भित्रैबाट, पिडापनि  दबाउनु होइन।

हुन्छ भन्नु, हुन्छले नै आश जगाउछ, भनी रहनु।

सबै आफैंमा ब्यस्त हुँदा नि भरोसा नदिलाउनु होइन। 


रिसाउनु,रिस बुज्नेलाइ देखाउनु,पत्याउनु,नलत्याउनु

फूलबारि आफैं बनाउनु बरु,फेरि आफ्नै फूलसँग रिसाउनु होइन।



Share:

बिश्वास र सम्मान हुनपर्छ।

 पातको पछिल्लो भागमा

प्रष्ट देखिन्छ ति रेसा रेसा जस्ता नसा उसैका

उसको रगत त्यहाँ घुम्छ होला

त्यहि भएर सग्लो छ यो पात। 


उसले त्यहि रुखको जराबाट जे लिन्छ,

जराले नै दिएको सम्पुर्णता बाट।

चम्किलो देखिन्छ, यो पात। 


प्रेम यहि सम्पुर्ण रुख र पात जस्तै हुनुपर्छ।

बलियो,घर जस्तै हुनुपर्छ। 

बाचाहरु फगत कमजोरी जस्ता देखिन्छ,

दुखाउनलाई बाचाले नि दुखाइ रहेको हुन्छ

कसम भन्दा नि प्रेम नै हुनपर्छ।

प्रेममा कसम भन्दा सम्मान हुनुपर्छ।


Share:

तिमी।

तिमि...

पातबाट पातसम्म आएको थियौ
बतास बनेर गयौं
कतै!
हुन्डरि बिचबाट आएको पानी
झरी बर्सिएको असिना बनेर बिल्यौ।
अब खडेरी हुनु र बालुवा किनार देखाउनु।
बिना आशको मौसममा बर्सात बनेर गयौ।

जराको भागमा अडिग बनेर उभिएको बेला।
निकै बलियो फिजिएको फेद हुँदा हुँदै
पानीमा रुज्दै तिमि जमिनको केहि भाग बनेर गयौ।

अहिले धर्तीमा तिम्रो शरीर जूनसंगै ट्ल्किएको देख्छु
स्थिर ठाने तिमिलाइ र मैले मलाई
रुखो यो मरुभूमिलाई  विनम्रताको अंश बनाएर तिम्ले
शरदको यो बास्ना केहि लिदै गर्दा अति उदास बनाएर गयौ।

पुर्णिामाको यो रातमा चौगाराले समेटेको सुस्केरा 
यो ज्यादै गहिरो बन्थ्यो
कहिले  नरम र कहिले काडा बन्थियो।
बिज्न पाउदा सहनशिल घाउ होइन
त्यो चोट पनि कमलको फुल बन्थ्यो
चन्द्रमाको त्यो शरिर आकार नपुरिदै
औशिको कालो रात बनाएर गयौं।




Share:

दोष

 

ती रातहरु अनिधोमा जान्थे,

ती दिनहरु कल्पनामा बित्ने गर्थे।

आवाज आफै भित्र दबिन्थे

सुन्ने कोही थिएनन् ।

अरुलाई दोष कसरी दिउँ

आफ्नो जीवनको ?

आफू त दोषी ठान्दैन कसैले।


जब हुरि चल्थ्यो,

ती लहराहरु आफै समाइन्थ्यो,

पानी पर्दथ्यो

छहारी आफै पत्ता लगाइन्थ्यो,

मनभित्र बाढी आए

आफूलाई-आफैले बचाइन्थ्यो ।


राम्रो प्रतिफलको श्रेय अरुलाई दिइन्छ र ?

खराब समयको दोष चाहिं अरुको ?


निर्दोष त न त्यो खुलेको आकाश छ

न बादल भरिएको,

न टेकेको धर्ती नै तारिफ योग्य छ

हेर्ने नजरको ।


सबैभन्दा बैगुनी मान्छे नै भए पनि

किन सधै दोष त्यो प्रकृतिको?


भोलीको राम्रो दिनको आश

आजको रातले गरेकै हुँदैन,

न राम्रोमात्र फलको प्रतीक्षा बिरुवाले गरेको,

जस्तो छ उस्तै स्वीकार्य हुन्छ

अरुको लागि जिउनेलाई


न त दोष कसैको

न त श्रेय नै कसैलाई।


महान ठान्छु ती रहर बिनाका

सुकेका बगरलाई,

छेउमै गडगडाएको नदीलाई

आफू सुकेरै एक्लिंदा दोष किन नदिएको?


आधा-आधा हुँदामात्र हुने हो छट्पटी

हेर त त्यो समुन्द्र कति सुनसान बगिरहेको !




Share:

बाटो र वर्षात।

 बिरुवाको हाँगाबाट कुहिरोले

आफ्नु बाटो बनाउदै झ्यालसम्म आएर

छोपेको थियो हावा हिड्ने बाटो।


किनभने हावा उहिसँग आएको थियो

स्वास बनेर,

मैले लिन चाहेको सुगन्ध उहि भुवाको थियो

जसले त्यो क्षितिजसंगै देखिएको सिमलको

केहि भाग बोकेर ल्याएको थियो।


जो मेरो भ्रम थियो,किनभने

यो बेलाको बतास कस्तो कमजोर हुन्छ

बसन्त होइन, सबै चिजलाई एकमुस्ट भुमरि

पारेर अलपत्र बनाउने!

बसन्त पर्तिर त आँखाहरु

बर्सात जस्तै तप-तप कमै मात्र खस्छन भुइँसम्म।

किनभने, माटोलाई आशु भन्दा त पानी नै

आवश्यक हुन्छ।


बाँकि यि रुखहरुको सहनशिलताले 

यि मौसमलाई दिक्क लाएर नै

उदार हुन्छ एउटै दिन पनि

कहिले झरि त कहिले झुल्के घाम बनि।


Share:

हजार पटक

 बलियो हुनु अघि

तिमीले अनेक पटक
हजार पटक कमजोर हुन पर्छ।

जोडिनु अघि
हजार पटक तिमीले टुट्नु पर्छ।

जसरी गतिलो हुरी ले चट्याङले
अन्तिममा अविरल बर्षा बोकेकै हुन्छ।
त्यही भएर
भनिन्छ नी
शान्त हुनु अघि तिमीले
अनेक पटक चिच्याउनु पर्छ।

खुशीले रुनु अगाडि
अनेक पटक
दुःखका पहाड बोक्नु पर्छ।
यो सबै चक्र हो।
यो सबै हुनै पर्छ।
हुनै पर्छ यो सबै।


Share:

सानो छँदा।

 तिमि सानो हुँदा

तिम्रा हातहरु सानै थिए। 

खुट्टा, आँखा,कान, नाक, परेला,

तिम्रो ओठ, तिम्रो औंला, तिम्रो दृष्टि

तिम्रो सपना, लक्ष्य, बाटो सबै सानो थियो होला।

तिमिले बोक्ने जिम्मेवारी कति सानो थियो

त्यहि बुबाको गोजीको भरमा सबै 

आशाहरु, मुहारहरु सुज्जित थिए। 


तिम्रो मुटु कस्तो थियो होला, सानो या त्यो बेला पनि

मलाई अटाउने ठुलो, 

ति नयनले मलाई भेट्ने सोचे या

दिमाग कतै हेर्यो मलाई।

हृदयमा म कतै थिए कि न्यानो भइ कि

आमाका हातहरु मेरा जस्तै।

तिम्रो गितमा को सजिन्थिए होला

भाडाकुटिको घरमा को बस्थे तिमिसँग।

कस्ले जन्माइदिन्थे तिम्रा बच्चा

कस्ले पकाइदिन्थे तिमिलाइ खाना?

तिम्रो बारेमा कस्ले सोचि दिन्थे, को झगडा गर्थे तिमिसँग।

को रिसाउथे र रिसाउदै फेरि बोलाउथे।। 


हेर न अहिले तिमि मेरो आँखामा

अटाइ नसक्नु ठुलो भएको छौ।

मेरा हातले समाइ नसक्नु फैलिएको छौ।

तिम्रो दृस्टी तिम्रो दृश्यले मलाई अहिले झस्काउँछ।

लाग्छ जहाँ पुगे पनि मलाई हेर्छौ

ठुला औंलाले स्पर्श गर्छौ, ओठले चुम्छौ

र हृदय भरि साँच्छौ।

जसरी म साचेर राख्छु तिमि ठुलोलाई 

म सानी भएर।

म पनि सानी भित्र ठुलो भाबमा कसरी हो

तिमिलाइ हेर्छु,

यो दिक्दारमा मेरो रिसको भागिदार बनाउँछु।

तिम्रो मनमा म र तिमि दुबै लाइ अटाउँछु।

र धड्किएर तिमिसंगै जिन्दगी बिताउने कल्पनामा

छटपटाउँछु। 


अहिले तिमी ठुलो भयौ 

तिम्रा हरेक चिज हरेक अङ्ग ठुला भए

म पनि त्यहाँ अटाउन सक्ने भए।

मुटुको का हर सिराहरुमा स्नेह उहि नसालु

भएर कुद्छ म र तिम्रो बाटो बिचमा भेट भएर।

ठुलो भएपछि त धड्कनहरु पनि अरुकै लागि धड्किए जस्तो 

लग्दैन र तिमिलाइ?

मलाई त लाग्छ र मेरा सोच हरु ठुला भएका छन

तिमि अहिले मलाइ तिमिमा अटाउन ठुलो 

भए जसरि। 


अहिले सपना बढेर क्षितिज पारि पुगेको छ तिम्रो।

आकांक्षा कहिले बहाब बिनाको समुन्द्र त कहिले

छछ्ल्किएर किनारामा पुगेको छाल तिम्रो।

बुबा आफु बन्ने बेलाको बच्चा प्रेम तिम्रो

आफ्नु गोजि भर्नु पर्ने जिम्मेवारी तिम्रो

कहाँ पुग्यो है उमेर पनि 

अहिले ठुलो- ठुलो भएपछी आकार तिम्रो।

कुनै साच्चो झुपडीमा सजाउनु पर्ने 

राजा रानिको जस्तो काल्पनिक कथा हाम्रो।




Share:

यो हुनु नै अनौठो थियो।

 नधमिलिएको त्यो पर्दा जसले मात्र जोडेको छ।

तिमी र मलाई।

तिम्रो हेराइ कमजोर थिएन, मलाई झस्काइरह्यो।

न म बिलाउनु न तिम्रो छेउमा उभिनु र हेरि रहनु तिम्रा हर्कतहरु

जसले मलाई त्यहाँ हुनुको मीठो महसुस गराइरह्यो। 


मनभरी रहे ती वाक्यहरु।

क्षणभर मै बिलाए

ती कल्पित चित्रहरु

एक मुठ्ठी अड्किएको स्वास 

त्यो शुन्य वायुमण्डलमा चलिरहयो

अहो! त्यो क्षण जब उसको छाया नै 

काफी थियो , मलाई अड्काइरह्यो।"

.................................................

अडिन्छ मेरो स्वास तिमि बोल्दा

तिमिले फेरि दिनु मेरो स्वास।

तिमि नै भइदिनु मेरो मुटुको चाल।

उर्लिएर आएको छाल छाल। 


तिमि मेरो हौ।

जस्तो कि यि रुखका पातहरु यिनै रुख कै मात्र हुन

एउटा रुख उसको जराले मात्र अडिएको हुन्छ म तिम्रो कारण मात्र रहन चाहान्छु।


Share:

तपाई त

 बुज्नको लागि तपाईं एउटा महासागर हुनुहुन्छ।

तर मसँग एउटा झर्के लोहोटा मात्र छ, 

ज्ञान उघाउन, 

हुन त बुझेर पनि के गर्नु,

झन दु:ख हो, साँच्चै बुझियो भने,

प्रेम, ध्यान, मन , अँाखा, भाब, गहीराइ

कसरी हाँसेर रमाउनु।

त्यहि भएर त्यो लोहोटा पनि बेचेर

एउटा ठुलो सङलो पोखरी किन्छु

त्यो महासागरको एउटा सानो भाग

त्यहाँ आफैलाइ छाँयामा हेरेर

मुस्कुराउन सिक्छु।


Share:

केही भिन्न छ, सबै सकिन्छन् चक्रहरू

 मैले मेरै अघि कति उतारचढवपूर्ण जीवन 

बिताएका श्वासहरु देखें।

म नी अछुत थिएन।

भनिन्छ नी 

पारिजात छुट्टै होला बोट

तर उ संगै चिलाउने नी छ वनमा  

र उसको फूल पारिजात को 

बास्ना माथि, फूल माथि,  खस्छ नै

दुवै को रूप छुट्टै छ तर।

तर

यो कठिन हो 

हिउँद मा कठाङ्रग्रिएका रुखहरु जस्तै

जहाँ हिउँ झर्छ र हावा को चापमा नी स्थिर हुन्छन्

रूखहरू। 


मैले अरू केही जानिन उनीहरूलाई र मलाई नी

प्रकृति र यिनै मौसमसंगै तुलना गर्न बाहेक।

हो नी 

म हरेक मौसम जस्तै आफूलाई परिवर्तन गर्ने हिम्मत राख्छु

र गरेकी छु,

चक्र हो सबै 

बढो आनंद हुन्छ

शिशिर पछि वसन्तका पालुवा फेर्न र हेर्न।

ग्रीष्म र वर्षात पछि शरद को आकाश जस्तै खुल्न र भुल्न।

ओहो! मलाई हेमन्त को सुन को आराम त सबै भन्दा मनपर्छ

जहाँ सानदार खेतहरू आकाशलाई अचुक विश्वासमा

उद्रिएर बसेका हुन्छन् धानका बाला सँगै। 


जब छिलिएको रुखले उद्रिएको पातले आफूलाई

निको हुने हिम्मत राख्छ तब मलाई

छुट्टै साहस आउँछ

उनीहरूलाई हेर्नु मलाई नैं हेर्नु पनि त हो। 


हातमा मेराे केही छैन तर रेखा को आकार 

तिम्रो दिमागको जस्तै छैन होला।

जो  प्रकृतिलाई बलात्कार गर्छन्

र एकान्तमा बर्बराउन थाल्छन्।

मुक्ति को कथा लेख्छन्

'उनको मुक्ति '

तिनै अघोषित अपराध गरेर

हिरासत  बसेका कैदी हरु। 


अन्धो समाजले त अपराधीलाई नी सुहाउँदिलो माला लागाउँदो रहेछ।

ती फूल काधमा लजाउंछन,

कतै एकान्तमा तिनै लाई

प्रेमील गुलाब बनाउँछन्। 


एकाबिहानै मलाई शब्दले चिथोर्छ

प्रकृतिको बलात्कारी 

वातावरण विद छ

रूख कै पातले बनेको कागज यहाँ भन्दा

लज्जित हुने ठाउँ कहीं छ?



बरु किन नबनेको हिमाल

बगाउन नीकै तापीलो हुन परोस्।

बरु मैन नै आफू पग्लिएर 

अरुलाई उज्यालो बनाओस्।

रबर जस्तै टासिएर

कस्तुरीको सुगन्ध चोर्दा कहाँ 

पारिजात टेर्छ र? 


यी सबै सकिन्छन् चक्रहरु

सकिन्छन् चक्र सबै अनि। 


बरु 

म अन्तिम यो भन्छु 

'नूर'

तिमी ले दिएको साहस ले 

म बाँकी जीवन हासेर कटाउछु 

म हिउँ पर्खिदै थिए न्यानो घाम बनेर।

हो थाहा छ मौषम को नयाँपन

र पहाडको अटल पर्खाइ

बिना आमन्त्रण पहाड मौन बनायो।

हिउँले उचाइ मात्र मन् परायो

आएपछि हरेक कुरा मौन बनायो।





Share:

जो कारण प्रष्ट देखिन्छन।

 मलाई बिश्वास छ यो रातले सुन्छ

म चौगारोमा किताब लिएर बसेकी छु।

सधैं भरि आफैसँग नहराउने प्रकाश लिएर

बसेका ताराहरुको अध्याँरो कथा सुनाउछु,

जुनकिरि हरुलाई। 


तर,

रातमा मात्र पिल-पिल गर्दै

त्यहि नि बसन्त र गृश्मको आधाहुदि

समयमात्र मसँग मुस्कुराउने उज्याला

किराहरुले चाहि के उदेश्य राख्छन त्यो बुज्नु छ।

ति छिचिमिरा बेलुका उडेर बिलाउँछन।

म हेर्दा हेर्दै त्यहि बत्तिमा, पानीमा तैरिन्छन।

पखेटा भएर कहाँ पुग्नु रहेछ त्यो पनि बुज्नु छ। 


ओहो! 

अनि यि ताराको कथा मैले रात लाई 

सुनाउँदा यो किताबको  सवभन्दा चम्किलो पृष्ठ

उहि आकाश हो, जो अन्धकारमा

आफ्नो रङ्ग मलाई लुकाउछ र ति ताराहरुलाई देखाउँछ।

मैले तिमिलाइ पनि भुल्नु त हुन्न यहि पन्नाबाट

तिमि म बसेको ढुङ्गामा जुन बनेर आउनु।

केहि छिन सापटि भए नि मेरा पानाहरु,

तिम्रै उज्यालोले मात्र प्रष्ट देखिन्छन।



Share:

खुशी यही जस्तो लाग्छ।

 तिम्रो बोलाइमा खोइ नजिकको धुन आउँछ,

मेरो घरबरिपरि कसैले बोलाइ रहे जस्तो लाग्छ

तिम्रो आढमा अग्यानोमा खसेको दुधको सुगन्ध आउँछ

एउटा छहारी छ म जति बेला पुगे नि शितल महसुस गर्छु।

लाग्छ तिम्रो,तिम्रो आभासमा म स्वर्गको कल्पना गर्छु।

तिम्रो छेउमा बिना सङकोच हास्न,बोल्न अनि निदाउन सक्छु।

तिम्रो हातमा नरम,कोमल  आन्दित महसुस गर्छु, 

तिम्रो काधमा म जिवन भर हराउने साहश राख्छु।


तिम्रो खुशी आमाको मैले पेटमा पहिलो पटक खुट्टा चलाएको जस्तो लाग्छ।

तिम्रो हेराइ आज आमाको हातमा म पहिलो पटक  छु जस्तो लाग्छ

तिम्रो मुस्कानमा आज बुबाको सपना पूरा भएको दिन हो जस्तो लाग्छ।

जब भुवा जस्तो आवाज मेरो कानमा आउँछ तब म पहिलो पटक रोएको अनि आमा खुशीले आँखा भरी भएको जस्तो लाग्छ।



Share:

मलाई लागेन।

 मलाई लागेन तिमिलाई मेटाइदिउ।

आहालो रङ्गमा सङ्लो पानी बनेर।

सफेद सर्टमा,उहि हातको छाप बसेको हो।

सुहाइरहेछ, गाढा बनेर

मलाई लागेन तिमिलाइ मेटाइ दिउ,

इन्द्रेणीलाई  फेरि खप्टिएको बादल बनेर। 


बालुवाको रङ्गमा मरुभूमि रहेको छ

तिमि भन्छौ खन्याएर जानु शितलता 

के अर्थ लोहोटाबाट पानी तप्प झार्दा।

बरु छालहरु बाटो बिराएर आए त

भिज्ने थिए  क्याक्टसका  जराहरु

मलाई मन लागेन तिमिलाइ जिस्काउन

शिशिरमा साँझ बिहान झर्ने शित जस्तो बनेर। 


धुलौटे माटोमा नङले कोरेको अक्षरको रङ्ग  

तिम्ले भन्यौ एक स्वासले पढेर जानु

सुनिसकेका शब्दहरु किन दोहोराएर

रात साझ छेउमा आउने चमेरालाइ दिक्क बनाउनु,

खरको त्यन्द्रामा झुन्डिएर हेरोस पुर्णिामालाइ चमेराले

मलाई मन लागेन तिमिलाइ भुलाउन

चरालाइ समेत दिक्दार लाग्ने संगीत बनेर।





Share:

जो भरोसा हुन, समेटीरहुन्।

मरिरहन्छन् आशाहरु,

जसरी अर्घ सकिएका दिप मर्दछ्न।

जोगाउनु छ झिनो धागाहरु 

जसरी अल्झिएर टुक्रिरहन्छन् 

छुट्टीएर हातहरु, मिल्दैनन परेली

आश्चर्य भएर कापी रहन्छन ओठहरु

बन्द हुन्छन्  मुस्कुराहट, मधुर आवाजहरु

जतन गर्नुछ सुस्केराहरु

जसरी आधारातमा पनि गुन्जिरहन्छ्न। 


भौतरिएर मनहरु उडिरहन्छन् 

थकित भएर चौतारीहरु पर्खिरहन्छन्।

हेरिरहन्छन् साझहरु धिमी-धिमी हुँदै 

एकजोर चम्किला ताराहरु 

समेट्नुछ उज्याला किरणहरु

जो औशीको रातमा पनि चम्किरहन्छ्न।


Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.

Blog Archive