तिमि...
पातबाट पातसम्म आएको थियौ
बतास बनेर गयौं
कतै!
हुन्डरि बिचबाट आएको पानी
झरी बर्सिएको असिना बनेर बिल्यौ।
अब खडेरी हुनु र बालुवा किनार देखाउनु।
बिना आशको मौसममा बर्सात बनेर गयौ।
जराको भागमा अडिग बनेर उभिएको बेला।
निकै बलियो फिजिएको फेद हुँदा हुँदै
पानीमा रुज्दै तिमि जमिनको केहि भाग बनेर गयौ।
अहिले धर्तीमा तिम्रो शरीर जूनसंगै ट्ल्किएको देख्छु
स्थिर ठाने तिमिलाइ र मैले मलाई
रुखो यो मरुभूमिलाई विनम्रताको अंश बनाएर तिम्ले
शरदको यो बास्ना केहि लिदै गर्दा अति उदास बनाएर गयौ।
पुर्णिामाको यो रातमा चौगाराले समेटेको सुस्केरा
यो ज्यादै गहिरो बन्थ्यो
कहिले नरम र कहिले काडा बन्थियो।
बिज्न पाउदा सहनशिल घाउ होइन
त्यो चोट पनि कमलको फुल बन्थ्यो
चन्द्रमाको त्यो शरिर आकार नपुरिदै
औशिको कालो रात बनाएर गयौं।
Home »
» तिमी।
No comments:
Post a Comment