टिका तिमि बन्नु जो निधार खाली नहोस
म तिम्रो नयन, नजर कतै वारिपारि नहोस।
नहेर्नु हेरे पछि रंगिन भएर हेर्नु,
रङ्ग तिमि सँग छ? मसँग मिसाएर हेर्नु।
हावामा सुस्ताउनु सुस्त पखेटा लाएर।
चरा बन्नु, रुखबाट उड्ने भुवा होइन।
माया लाउनु भिर र पहरालाइ प्रेमि सुनाउनु
आफ्नु छुट्टै बाटो बनाउनु,अरुभन्दा अलग होइन।
परिबर्तन बन्नु, आफै हुनु, आफ्नुपन मनाउनु
मुस्कुराउनु भित्रैबाट, पिडापनि दबाउनु होइन।
हुन्छ भन्नु, हुन्छले नै आश जगाउछ, भनी रहनु।
सबै आफैंमा ब्यस्त हुँदा नि भरोसा नदिलाउनु होइन।
रिसाउनु,रिस बुज्नेलाइ देखाउनु,पत्याउनु,नलत्याउनु
फूलबारि आफैं बनाउनु बरु,फेरि आफ्नै फूलसँग रिसाउनु होइन।
No comments:
Post a Comment