मैले मेरै अघि कति उतारचढवपूर्ण जीवन
बिताएका श्वासहरु देखें।
म नी अछुत थिएन।
भनिन्छ नी
पारिजात छुट्टै होला बोट
तर उ संगै चिलाउने नी छ वनमा
र उसको फूल पारिजात को
बास्ना माथि, फूल माथि, खस्छ नै
दुवै को रूप छुट्टै छ तर।
तर
यो कठिन हो
हिउँद मा कठाङ्रग्रिएका रुखहरु जस्तै
जहाँ हिउँ झर्छ र हावा को चापमा नी स्थिर हुन्छन्
रूखहरू।
मैले अरू केही जानिन उनीहरूलाई र मलाई नी
प्रकृति र यिनै मौसमसंगै तुलना गर्न बाहेक।
हो नी
म हरेक मौसम जस्तै आफूलाई परिवर्तन गर्ने हिम्मत राख्छु
र गरेकी छु,
चक्र हो सबै
बढो आनंद हुन्छ
शिशिर पछि वसन्तका पालुवा फेर्न र हेर्न।
ग्रीष्म र वर्षात पछि शरद को आकाश जस्तै खुल्न र भुल्न।
ओहो! मलाई हेमन्त को सुन को आराम त सबै भन्दा मनपर्छ
जहाँ सानदार खेतहरू आकाशलाई अचुक विश्वासमा
उद्रिएर बसेका हुन्छन् धानका बाला सँगै।
जब छिलिएको रुखले उद्रिएको पातले आफूलाई
निको हुने हिम्मत राख्छ तब मलाई
छुट्टै साहस आउँछ
उनीहरूलाई हेर्नु मलाई नैं हेर्नु पनि त हो।
हातमा मेराे केही छैन तर रेखा को आकार
तिम्रो दिमागको जस्तै छैन होला।
जो प्रकृतिलाई बलात्कार गर्छन्
र एकान्तमा बर्बराउन थाल्छन्।
मुक्ति को कथा लेख्छन्
'उनको मुक्ति '
तिनै अघोषित अपराध गरेर
हिरासत बसेका कैदी हरु।
अन्धो समाजले त अपराधीलाई नी सुहाउँदिलो माला लागाउँदो रहेछ।
ती फूल काधमा लजाउंछन,
कतै एकान्तमा तिनै लाई
प्रेमील गुलाब बनाउँछन्।
एकाबिहानै मलाई शब्दले चिथोर्छ
प्रकृतिको बलात्कारी
वातावरण विद छ
रूख कै पातले बनेको कागज यहाँ भन्दा
लज्जित हुने ठाउँ कहीं छ?
बरु किन नबनेको हिमाल
बगाउन नीकै तापीलो हुन परोस्।
बरु मैन नै आफू पग्लिएर
अरुलाई उज्यालो बनाओस्।
रबर जस्तै टासिएर
कस्तुरीको सुगन्ध चोर्दा कहाँ
पारिजात टेर्छ र?
यी सबै सकिन्छन् चक्रहरु
सकिन्छन् चक्र सबै अनि।
बरु
म अन्तिम यो भन्छु
'नूर'
तिमी ले दिएको साहस ले
म बाँकी जीवन हासेर कटाउछु
म हिउँ पर्खिदै थिए न्यानो घाम बनेर।
हो थाहा छ मौषम को नयाँपन
र पहाडको अटल पर्खाइ
बिना आमन्त्रण पहाड मौन बनायो।
हिउँले उचाइ मात्र मन् परायो
आएपछि हरेक कुरा मौन बनायो।
No comments:
Post a Comment