नियात्रा: एक निरन्तर यात्राको

सामीप्य।

....

धारा, पँधेरा, पाटी–पौवा, दोबाटा,

चौतारा, सडक, फराकिला बाटाहरू,

ती साँघुरा गल्लीहरू समेत

जता हेर्‍यो,

तिम्रो मन त्यतैतिर डुलिरहेजस्तो लाग्छ।

सायद,

मेरो हृदयको धड्कन

कतै तिम्रो धड्कनसँग मिल्दो हो।


सायद, हरेक दृश्यमा

तिम्रो अनुहारको कुनै झल्को लुकेको छ।

सायद, हरेक बाटोले

अझै पनि तिम्रा पाइला सम्झिरहेकै छ।

त्यसैले,

बिस्तारै हिँड,

कडा पाइला नछोडी।


तिम्रा चप्पलमुनि

अलिकति धुलो बोकेर हिँड,

किनकि म त्यही माटोसँग मिसिनेछु

खडेरीपछिको वर्षामा

धरतीमा बिलाउने

केही भौँतारिएका पानीका थोपाजस्तै।


त्यसपछि तिमी

त्यही माटोमाथि हिँड्नेछौ,

र म

तिम्रा प्रत्येक पाइलासँगै हिँड्नेछु,

तिम्रा औँलाका टुप्पाहरू समातेर।


मलाई कसरी छोड्न सक्यौ

आँगनतिर उक्लिने बाटोमै?

हरेक यात्रा

आफ्नो गन्तव्यमा पुगेपछि टुङ्गिन्छ।

तिम्रा पैतालामुनिका घेराहरूभित्र

मेरो एउटा रेखा पनि अडिएको छ।

म भने

अझै आधा घेरा बनेर,

उज्यालोको आधा भागमै रोकिएको छु।


मेरा हातका छरिएका रेखाहरूलाई

एकै ठाउँमा जोड्ने भाग्य

तिम्रै हुनुपर्थ्यो।


के कहिल्यै कुनै कारण थिएन

मलाई आँगनको देहलीबाट

सानो देउरालीसम्म डोर्‍याएर,

साँझको सिन्दूरी उज्यालोमा

मेरो तस्वीर राखिदिने?

मेरा रेखाहरू

तिम्रा पाइलासँगै बुनिएका छन्।


यदि

मेरा भावनाहरूको

अलिकति धड्कन अझै पनि

तिम्रो हृदयभित्र बाँकी छ भने,

हेर,

मेरो पैतालाले छोडेको त्यो रेखाले

तिमीलाई

कति टाढासम्म डोर्‍याउँछ।


मेरो हृदयको धड्कन सुन,

र मलाई कहिल्यै पछाडि नछोड।

किनकि,

अब त

मेरा पाइलाहरू पनि

तिम्रा पाइलासँगै एकाकार भइसकेका छन्।


Share:

कापीमा जस्तै।।

 कापीमा जस्तो कुनै शब्द पढ्न नपाइ

आँखाबाट हत्केला भरि झर्छन खुशी
त्यहाँ ओशिलो भावको बिस्कुन छ
त्यस्तै पहिलो पटक पन्नामा कोरिएका
शब्द जस्तै छरिएको।

त्यो कागज अन्जान मौन हुँदा-हुँदै,
कत्रो स्वरमा बोलेको धड्कन।
यो मस्तिष्कको असमझदारिसंगै
मुटुसँग नुनिलो  भएर चहराइरहेछ
बेमिल घाउ,
शरीरको नैराश्यता त
परेलि
मास्तिरको निधारले उजागर गर्छ बेहर्ष

यो मौनतासँग वाचाल छन नसाहरु।

मै मात्र सुन्छु मेरो मनको ढुकढुकी
जस्लाइ आवाजले कसरी बोलिदिन्छ उहि कानमा।
भन, म लेखौ मात्र कि पहाडको
कुनामा गएर मै लाई सुनाउ मेरो मन।

फेरि
रुखहरुमा बतासको तरंग संगै  छोडौ भने
जो पातमा लेखेपछि शितले मात्र
पढ्दै- मेटाउदै गर्छ वर्षात् सँगै  बादलको घाउ।

त्यहि भएर नलेख्नु कोरिए पछि
नमेटिने गरि कि त हृदय मै कि त
पत्थर मै लेख्नपर्छ तिम्रो नाम।


Share:

शहरको पुरानो रुख

 शहरको पुरानो रुखलाई 

मैले भन्छु

कथा लेख्न

र अन्जानहरु र अबोधहरुको  दुःखको इतिहास

सम्झाउन।

ती हतियारहरु लाई पनि कहिले नबिर्सी समेट्न

जसले धेरै वर्ष पहिले तिमीलाई काट्न मन पराएका थिए।

तर तिनीहरूले तिम्रो शरीरलाई हेरे

र थाहा पाए कि तिमी सुन्दर छौ,

साना चिप्लो पातहरु संग

तिमीलाई केही थाहा छैन तर

मलाई लाग्छ कि तिमीले हरेक कथा हेर्यौं

र हरेक मानिस नियाल्यौ

जहां यो सहर सबभन्दा हल्लिएको बेला 

यहां के के भएको हुन्छ?

यो शहर मा आयोजित,






घटनाहरू कुन हावाबाट उडेर आउँछ?

र तिम्रो पातमा बस्छ?

तिमी अब मेरो समयको जीवित इतिहास हौ 


तर अब

वसन्तले तिम्रो अनुहारमा प्रहार गर्न बिर्सन्छ

र 

तिनीहरूले तिमीलाई हेर्न पनि छोडे

किनभने यो तिम्रो सबैभन्दा कमजोर उमेर हो।

तर तिमी सहरको पुरानो रूख हौ

र जिउँदो ईतिहास पनि।


'म' नमेटाउन भन्छु

तिमि भित्र कैद भएका सबै ईतिहास

बरु अझ साहसी बनाउ

र वसन्त तिर फर्क

काँचो फलहरु संग

र अचम्म तुल्याई देऊ

तिमीलाई  अब बेकार छौ भन्ने हरुलाई

भनी रहेका हरु

अब

"खरानी बनाउन मात्र बाँकी छ"

ओहो! तिम्रो शरीरको ईतिहास तिनीहरूलाई

अब देखाउन बाँकी छ। 


तिमी शहरको पुरानो रुख र ईतिहास।

जिउँदो ईतिहास।।।





Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.