नियात्रा: एक निरन्तर यात्राको

सामीप्य।

....

धारा,पँधेरा, पाटि पौवा, दोबाटा

चौगारा, सडक, फराकिलो बाटो,

सागुरो गल्लि सबै

सबै तिर यहाँ तिम्रो मन चल्छ

सायद यो हृदयको गति कतै तिम्रो गति होला।

ति दृश्यहरुमा कतै तिम्रै तस्वीर  होला।

बाटोको मनमा कतै तिम्रो चाल होला।


त्यहि भएर

छाप नछोड्नु छिचोलेर हिड्नु र

चप्पल मुनि धुलो समेटेर लानु

र म त्यहि माटोमा मिसिन्छु जसरी 

खडेरी पछिका केहि बिच्किएका थोपा

माटोमै कता हराउँछन, मिसिन्छन।

त्यहाँ माथि तिमि हिड्छौ,

तिम्रा पाइलामा म पनि हिड्दै छु, 

तिम्रो औलाको केहि भाग समाउदै छु।


मलाई आँगानको बाटो मै छोडेर कता जाने होर!

अन्त्य हुन्छ लक्ष्य सिकुवामा पुग्दा

पैतालाका घेराहरुमा मेरो एउटा धर्को 

तिमिले लगेको छौं, म आधा घेरामा छु

आधा उज्यालोमा!

मेरा हातका छरिएका रेखाहरु मिलाउने

जिम्मा तिम्रो भाग्यको हो।


मलाई दैलो ठेलाबाट दियोघर सम्म पुर्याउने

र साझको रातो छाँयामा तस्वीर सजाउने

कुनै बहाना भएन र?


ति पाइलामा मेरा रेखा मिसिएका छन

मुटुमा केहि मात्रा मेरो भावानाको

बेग चल्छ भने, 

हेर!तिम्रो पाउमा रहेको मेरो रेखाले

कहाँ सम्म पुर्याउछ, 

मनको गति सुन्नु, र कहि नछोड्नु मलाई..

मेरो छापपनि तिम्रैसँग मिसिएका छन।


Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.

Blog Archive