नियात्रा: एक निरन्तर यात्राको

इनसेन् वर्ल्ड

 यो दिमागि हालतमा न मैले 

तिमिलाइ प्रेम गर्नु, न मेरो दिमागि हालत

तिमिले बुझेर मलाई प्रेमले उपचार गर्नु।

यो बौलाहा सन्सारले प्रेमको माला 

प्रेमको फुल देखाएर

फुललाई लज्जास्पद बनायो यो शताब्दीमा।


पुर्बमा घाम झुल्किदा ति डाडाहरु प्रेमिल हुन्थे।

नतमस्तक न्यानोपन स्विकार्य भयो।

पश्चिमबाट आएको हावाले उसलाई 

चलाएर हो, 

फूलले नि फुलबारिलाइ उराठ लाग्दो बनायो।

अहिले काँडाले घोचेको छ पहाडको मुटु।

त्यो उराठलाग्दो भिरलाई त्यसै गरि हो 

प्रेम गर्ने,

उसको अवस्थाबारे उ बनेको ढुङ्गालाई 

त थाहा हुन्न 

र बर्सातसंगै बगेर जान्छ।

थोरै माटोमात्र छोडेर।

हो यस्तै यो शरिरको, मस्तिष्कको

हबिगतलाइ "न" नरम फुल हरुले

नरम गरि सधैं छोइ रहनु।

मै पनि

छुन सक्दिन यो पश्चिमि बायुलाई 

न समात्न नै, 

म फुल होइन,न सिमलको भुवा छुने बायु नै।

म काँडा हो काँडाले आफैलाई त घोच्दैन,

दुखाइ मनपर्छ भने काँडाको छेउमा आउनु

यो अभिमानि अवस्था हो।

पूर्वीय न्यानोपनले, प्रेमको आबास दिलाउनु।

Share:

स्मरण

 हुत्याइदिन्छ स्मरणले कुनै

पुरानो बाटोमा जसरी सरुवात गरिएको थियो

पाइला चाल्न गम्भीर थिएनन

लोलाएको कुनै झार जस्तै अलि अलि

ओइलाएका जस्ता तर पनि उर्जा बढि

फुरुङ्ग परेर निस्किएको बादल पछिको घाम जस्तै।

म भन्छु धर्तीमा टेक्न नसकेर कतिले

अर्कै ग्रहमा पनि टेक्न थालेका छन नि।

ति खुट्टा मात्रले के हुन्थ्यो र

जहाँ उर्जाले सबै थोक भयो।

मेरो पनि पुराना दिनमा यस्तै सम्झना थिए।

पाइला जे भए नि मस्तिष्क हौसिएका हुन्थे।

र कस्तो कस्तो पनि असहज पनि सरल लाग्ने जस्तो।

ति भण्डारमा फलिएका पुराना किताबले

मलाई झस्काउछ त्यो स्मरणले।

....

Share:

यहाँ छन् शब्द

 यहाँ छ्न केहि शब्दहरु

कसैको मनमा मिठो संगीत 

उद्गम गराउने प्रवृत्तिका

यहा बाँकी छन केहि प्रेमहरु

कसैको जिवन सार्थक बनाउने प्रवृत्तिका

फूलको सुबास जिवन्त छ,

त्यो हेराइ अझ याद छ,

बेहोसिमा सुन्यता र

होसको धारिलो र समझदार भएर बोलेका

अप्रत्याशित प्रशंसा अझै गुन्जिरेहेका छ्न

प्रत्येक पाइलाहरु बिराएका बारका

दिन डल्दै गर्दा उदाएका साझसम्मका

चुपचाप र रिसालु,नसालु आखाँहरु अझै

कतैबाट हेरिरहेका छ्न।

कुरिरहेका छ्न केहि तस्बिरहरु तिनै छुवाइका लागी

आशत्त छ्न कानहरु तिनै महान प्रशंसा सुन्नका लागी।

Share:

बिना जाल प्रकृति।

 यसमा कुनै शब्दजाल हुँदैन 

न प्रश्न- उत्तरको खेल।

जति मन लाग्छ हराउन सक्छौ।

न कुनै सिमितता र लुकाछिपिको खेल।

बाटो गन्तव्य बिहिन हुन्छ,

आँखाहरुको गन्तव्य हुन्छ,

आधी लक्ष्यबिहिन हुन्छ,

घरको एउटा लक्ष्य हुन्छ।

खुम्चिएको होइन पहाड,

दिमाग खुम्चिदै-खुम्चिदै जान्छ। 


आकारबिना फिजारिएको बेसि

हातले नाप्दा आफ्नो हुन्छ।

दङ्ग पर्दै, घामले सायद मेरै कारण 

माटो छोएको भनिदिन्छ

ती शब्दहरू एक-अर्कामा गाँसिएका छन्

सीमित पानामा सबै थोक हुनुपर्दछ।

कुनै पुज्नु पर्ने कुनै फ्याक्नु पर्ने।

अर्थ अनेक, बिधि अनेक

हुनसक्छ पत्थर पनि आफै आश्चर्यचकित हुन्छ।

..

#दुर्गा

Share:

बिहे, प्रेम, भ्यालेन्टाइन र कुरा...

 बिहे, प्रेम, भ्यालेन्टाइन र कुरा...

एउटा कुरा यो चाहिँ बुझ्नु पर्छ कि मानिसले एउटा बिहे गरेर गएको केटी त्यो कुनै पनि घर उसको लागि नौलो हो र त्यहाँ कुनै आत्मीयता हुँदैन बाहेक आफ्नु प्रेमी या श्रीमान, 

केटी कै या महिला कै कुरा गर्ने हो भने उसमा आफ्नो पतिको आमालाई आफ्नी आमा या सासु मान्नु पर्ने र सम्मान गर्नु पर्ने वाध्यता जस्तो हुन्छ।

त्यो सरासर बाध्यता नै हो र त्यो सत्य हो!

अर्को कुरा पुरुष जो आफ्नी पत्नीकी आमालाई नी आमा मान्नु पर्नेमा स्वतन्त्रता हुन्छ उसले आमा भनिदिदा मात्र पनि हुन्छ किनभने उसले मान्नै पर्ने, रिझाउनुु पर्ने हुँदैन उसले आफ्नु आमा मानिदिनु पर्नका लागि आफ्नु पत्नी आफ्नु घर लगी सकेको हुन्छ।

कुनै पनि पुरुषले यो बुझ्नु पर्छ कि आफ्नो पत्नीले आफ्नी आमालाई माया गर्दिनन् त्यहाँ हुँदैन माया। त्यो बाध्यतामा उसको लागि गर्न परेको हो, यदि गर्छिन् नै भने पनि, त्यहाँ कुनै किसिमको आत्मीयता हुँदैन मानिदिनु पर्ने देखाउनु पर्ने बाहेक केही हुँदैन।

भलै त्यो भन्दा, मानिस सबै नराम्रा हुन्छ्न भन्ने हुन्न, आत्मीयता नभए नी मानव व्यावहार र मानवता हुन्छ, त्यो मानवता बुझ्नेहरुको घर जीवन सौहार्द भएको मात्र हो। 

र ती आफ्ना पतिका आमा या सासु आमा हरुले नी बुहारी बेहोर्नु पर्ने वाध्यता मात्र हो। आफ्ना छोरालाई आफ्नु काख बाट छिन्न आएकी बुहारी मान्नु पर्ने वाध्यता बाहेक केही पनि होइन।

त्यसो भन्दा हरेकको छोराकी साथी र जिन्दगी र आफ्नु जस्तै हो आफ्नु पतिको आफू साथी भए जस्तै भन्ने र सम्बन्ध बुझ्ने व्यक्तिहरु नी हुन्छ्न आमाहरु, सासुहरु तिनीहरुको कारण त्यहाँ बुहारी या छोराकी पत्नीको नी सम्मान हुन्छ।

अर्को कुरा बुहारी भन्दा एकदम मान्नु पर्ने वाध्यता भएको र यसलाई सहज बनाऊ झै गरेर अहिले बुहारी छोरी जस्तै हो भन्ने चलन नी आएको छ। 

तर त्यो मान्नु पर्ने बाध्यताका कारण यस्ता शब्द भाषाहरु प्रयोग हुन्छ्न। 

नत्र बुहारी र सासु भनेको हरेक घरको बाध्यताको सम्बन्ध बाहेक केही होइन, त्यहाँ माया हुँदैन।(अपवाद बाहेक)

Share:

आफ्नु सुर

 ..............

को बसेको हुन्छ, तपाईंले के भन्नु हुन्छ नि

अब भनेर,

आफ्नु सुर हुन्छ घामको न रोक्न सक्नु

न मिति नै सार्नु

को डराउछ कसैले देख्छ कि भनेर

गोजिको चक्लेटको खोल रोडमा नफाल्न।


कसले जानेको हुन्छ?

कसले जानेको हुँदैन लेख्न,

अलिअलि

दु:ख पनि त छ भाबमा डुब्न।


तर कबिले फूल रोपेर बाडेको देख्नु भएको छ?

छैन भने साच्चैका महान कबिको 

इतिहास पढ्न मन लाग्छ।

तर अलि अलि त्यहाँ बाट नि फुल केहि चोर्न।

मलाई

मेरो हातमा आइपुग्दा रबरको फुल,

प्लास्टिक।


चोरेको बिस्कुटका खोल बाटो भरि छन,

मैले नै फालेका, 

आन्द्रामा टासिएर बसेको छ चाउचाउको लेदो।

तर म लेखि रहेछु, त्यो बाटो मुखियाले

किन सफा गरेन?


डस्टबिनको वरिपरि बाहिर मसंगै उभिएका छन

रक्सीका बोतल।

ति फोहोर होइनन्

म संगै लेखिरहेका छन नसालु,बिर्सालु इतिहास।

मलाई म जिम्मेवार त लाग्दै लाग्दैन अलि अलि पनि।

यति सानो सामान्य कुरा गर्ने समय मसँग छैन।

किनभने म देश बनाउदै छु, समृद्ध।

.......


Share:

प्रेम बिना तयारी!

 तिमि नभनी आयौ

भनेको भए मैले नि तयारी गर्ने थिए।

यस्तै अवस्थामा तिमिले मलाई हेर्नु।

ठिक धुम्मिएको आकाशसँग मिल्थियो।

हुन पनि तिमिले नै हो बर्षाको सुरुवात गरेको

पहिले चर्को घाम भएर।

हामी सुखद मौसमतिर प्रबेश गर्दै छौ

मलाई लाग्यो 

तर यति पनि थिएन हुन्डरि बेला 

रुख ढ्ल्छ र सकिसकेको यो समय

अर्को तिरबाट घुम्दै आउँछ

उहि पल नभएर 

तर अझ कठोर भएर।


हेर! पोहोर सालको बसन्तले गुमाएका 

पालुवा हरु उहि रहे नि उसैगरि पलाएनन।

मैले नि बिना जमर्को तिमिलाइ भेट्नु

संयोग भयो र अर्ध खुशी भयो।

आधा नै दुख, पुरा कहिले थिएनौ।

म बसन्त मै उभिन सके र?

सधैं खडेरी भएर।

हामी उहि भयौ 

तिमि अति भयौ।

र भेल भएर बगायौ।

अब म भित्र भएको तिम्रो प्यास

तिमि भित्र भएको मेरो धड्कन 

आफै सुन्दैछु,

जो चट्याङको आवाज जस्तै डरलाग्दो छ

र तिम्रै कारण मात्र यस्तो हुन्छ लाग्ने

संतोषजनक पनि छ।।

यि सब नभनेरै भएका थिए।

तिमि नभनी आएर त यस्तो भयो।

भनेर आएको भए म बेग्लै तयारी गर्ने थिए। 


#दुर्गेश्वोरि 



?

Share:

शिर्षक बिहिन

 शिर्षक बिहिन..( धेरै पछि यति लेख्न आयो)..


बाटोले बाटै बाटो 

डोर्यायो मलाई 

जसको लक्ष्य समुन्द्र निर पुर्याउनु रहेछ।

र एकलास छोडिदिनु।


त्यो बाटो निकै भाग्यमानी छ

र पीडित पनि जो मेरा सहित निकै उदेश्यबिहिन

पाइला खेपेको छ

जस्ले बतास,आँधीहुरी , अशिना सहेको छ।


जे भए पनि

स्थिर हुनु निराश हुनु होइन।

प्रबाहहिन हुनु पनि कुनै कुराको प्रबाह नहुने होइन।


मानिस म जस्तै

जो सास फेर्स आफ्नै लागि तर

बिहान साझ बचाउन अरुलाइ।


यो समुन्द्रको एकलास किनार मा 

मलाई छालहरुले यसरी निडर बनाइरहेछ

यि पाइलाका खिल देखाइ रहेछ

जो बाटो म कहिले हिडेकै थिइन।

...

#दुर्गेश्वरी


Share:

साथ

 ...

...

मेरो बाटोमा अगाडि या पछाडि छैन

तर म संगै हिड्छ तिम्रो साथ, यहि बाटोमा

संगै फेर्छ तिम्रो अनि मेरो स्वास।

तर टाढा कतै हेरौ न हामी बाट बनेको छाँया

कतै माछापुच्छ्रेको छाँया तालमा कसरी!

कतै एकलासमा,कतै गहिराई नजिकै जसरी। 


मेरो पाइलाको खिल तिम्रो जसरी बिजाउँछ

त्यो बाटोलाइ सायद जहाँ म छैन भने

तिमि नि हुँदैनन त्यो गोरेटोमा,

मलाई सम्झिनु बाटोले घामलाई सम्झिनु जस्तै भयो।

जो उदाएर म जस्तै आज भोलि एक्लै डुल्छ बाटो भरि।

यो ताप मैले मात्र लिए भने तिमि कठोर हुनेछौ हिउँ सरि

बादल बोकेर जिउभरि हिडेर हुँदैन भन्छु

अब,

न्यानोपनको आगो तापौ न अग्यानो छेउमा बसेर सधैं भरि।




...


Share:

किनारमा

 म एक घुट्कि मात्र उघाउछु

अञ्जुलीमा,

सुकेर जावोस त्यसपछि पानी पोखरीमा।

होइन भने किन छाल बनेर छुदैन किनारामा। 


उभिएको छ एउटा पत्थर बालुवामाथि,

अन्तिममा क्षमता पानी कै हुन्छ ढुङ्गालाई खियाउनमा।

त्यसो भए छोडिदिन्छु भनोस न 

बन्चरोले रुखहरुलाइ चोट पुर्याउनमा। 


पानी आफै प्यास त होइन।

तर तिर्खा बन्छ हर बहानामा।

सुक्ने भए ति ओठ जिब्रो 

अञ्जुलीको अपुरो अपुग चहानामा।

..

#दुर्गा


Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.

Blog Archive