नियात्रा: एक निरन्तर यात्राको

नीलोभूल


मलाई किनारा नजिकै पुर्याउनु 

जहाँ छालहरुले हुत्तिएर ताता खुट्टाहरु छुन्छन,

र आधा गोडा भिजाउने आट गर्छ्न

जति मनतातो भए पनि मैले र तिमिले

हाम्रा कथा बुझाउन त पानी कै साथ लिन पर्छ।

जहाँ आगो परालमा सल्किए जस्तै हो! 


निलो आकाशमुनी पराबर्तित छाया को होर !

तिम्रो केहि दृश्यहरु निला जो मैले देखे।

नत्र शरद ऋतुको कुनै अन्तिमको भाग जस्तो

शिशिरको पहिलो शित जस्तो जस्तो

बिना अर्थको रङ्गहिन पनि त हुनु भएन।

आँखाको छल तिमिले जो गर्यौ त्यहि भन्यौ

अर्थहिन हो

मैले निलो आकाश नै हेर्न खोजेकि थिए

तर तिम्रो शरिर निलो या मेरा आखा।

......



Share:

वर्षा

 थोपाहरु तितरबितर आँगनमा।

न खुसीको न दु:खको झरि भन्नु यो।

माटो को बस्ना हो,या माटोको शहनशिलता

यो फुक्को मौसममा, 

बतासको मात्र भुमरी हो कि

शिथिलता हो यो नमिठो घाममा।

बेरेर लग्दैन हुरि भित्र,राखि राख्छ सामु नै

यो आँखाको मोह या डुबाइ हो साथमा। 


आंगनमा छरिएको।

यो दुखको वर्षा हो।

माटोको बस्तीमा हो, 

वा बाटोको सहिष्णुतामा हो।

यस हावा चलेको मौसममा,

के यो आँधीबेहरी मात्र हो?

यो आलस्य यो अप्रिय सूर्यमा ।

न्यानोपन मात्र हो?

  यो हावाले मलाई बेर्ने छैन,

यो अगाडि लाग्छ र यससंगै 

  यि आँखा मोहित या गरिराइमा पुग्नेछन।



Share:

अन्धकार उपत्यका

 कुनै झ्यालबाट हेरिरहेछु

अँध्यारो उपत्यका।

अनि सुनिरहेछु उज्याला आशाहरुको

अन्धकार बाटो।

यो सहर सबै थोक भन्छ

कहिले बोल्दैन मलिनता।

चिच्याहट छ यहाँ भित्र

तर

चिहाइरहन्छ कसैको सन्नाटा।

.................

फक्रिनु त मर्नु जस्तै हो गुलाबालाई!

यहाँ बगैंचा देख्नेहरु

किन देख्दैनन् नफुटेका दलहरु,बीउहरू।

किन देख्दैनन् भाँचिएका फूलहरु।

यिनै करेसाहरूमा,

एकदम अन्धकार देखिरहेछु एउटा बगैँचा।

यो उज्यालो लाग्ने देशमा

देखिरहेछु अन्धकार एउटा उपत्यका।




Share:

हृदय

 सेतो पर्दामा कालो हृदयहरू

  धड्किन्छन, र मानिस काला भएर बाहिर,

  ति आफ्ना काला विचारहरू प्रबाह गर्छन।

  यसको अनुहारसँग कुनै सरोकार छैन।

  सायद मेरो लागि कुनै पनि हिसाबले छैन।

  

विचार र आत्मीयता सँगै अनुहार को बनावट 

त्यो मिश्रीत मिठो बनेर जान्छ।

मानिस मानिसकै साथले मात्र

महान हुन्छ।

हरेक ब्यक्तिलाई प्रेम र सम्मान,

प्रेममा सम्मान सद्भाव चाहिन्छ।

...


Share:

महत्त्व

 शितले पातलाइ सोध्छ।

तिमिलाई केहि मतलब छैन 

मैले छोडेर जादा...?

तिमिजस्ता हजारौं पानीका थोपा

म बाट नै तप्किएर समुन्द्रमा पुगेका छन,

तर....

ठिक छ तिमि एउटा थोपाले आफुलाइ

निकै महत्त्वपूर्ण ठान्यौ!

तिम्रोलागी हजारौं थोपाको समुद्र 

तर,

म एकथोपा हो, छुट्टै !


म थोपा हो छुट्टै !


.....


Share:

सहज नियम

 बादल फाट्छ ,आकाश कराउछ ,पानी पर्छ,

आकाश उग्रिन्छ,घाम लाग्छ, घाम डुब्छ, जून उदाउछ।

औशी आउछ, बिहानि हुन्छ,चक्र चलिरहन्छ,

तिमिले चाहे नि नचाहे नि।

तिमी जुन अवस्थामा भए पनि।


तिमिले हर्ष बढाई गरे नि

रिसाए नि, तिम्रो देश सुनसान भए नि,

तिमी आफै झिलिमिलि या निराश भए नी,

तिमि एकदमै प्रेरित र सकारात्मक रहे नी,

पीडित र नकारात्मक भए नी,

ऋतु परिवर्तन त हुन्छ नै,

दिन हुन्छ, रात हुन्छ, महिना फेरिन्छ

वर्ष फेरिन्छ।

यिनै कुरा थाहा हुँाहुँदै या नहुँदै

पागल नबन् न! 

कृपया,,

.........



Share:

प्रेम...अनेक

 ।जो बोटबाट टिपेर वर्षौ पहिले हातमा

उस्ले दिएको थियो गुलाबको फूल..

टाउकोमा रा...तो गुलाबको रस बग्यो

फूल आफैले कसरी चोट कहाँ पुर्याउछन र!


बिचरा निर्दोष पेटल्सहरु,

रातो गहिरो रस जो बनेर चुल्ठो मास्तिर

सजिएको छ, गुलाफको रस, कति पोतिन्छन है

प्रेम हरु, खुकुरीका धारमा नि महान नै लागेर।

गुलाबहरु रङ्ग-रङ्गमा डुल्छन।

बास्ना बसन्तको सवभन्दा प्यारो र अन्धो।


जब भुइबाट पुष्पदलका रा...ता रस

नमिठो शिरमा मुटु छेड्ने घाउ बनेर रगत बग्छन।

बिचरा! त्यागेर फुल कतै भाले बोट हुन मन लाग्दो हो।

कहिले नफुल्ने गरि, 

रङ्ग ले नै त रैछ आकर्षक बनाउने

र रा...तो रङ्ग जो शरीरबाट बग्दा कति

नमिठो गरि दुख्ने।


यि जीवनहरुको जिवन 

दैनिक जीवन कस्तो होला!!!

उफ! मलाइ कहालि लागेर 

म उभिएको जमिन हल्लियो..

मेरो शिर...!!

कठै! कठै!! आज।।

म स्वास्थकर्मि र भाबुक भावनाबिहिन!!


#निर्मसी❤️


Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.

Blog Archive