।जो बोटबाट टिपेर वर्षौ पहिले हातमा
उस्ले दिएको थियो गुलाबको फूल..
टाउकोमा रा...तो गुलाबको रस बग्यो
फूल आफैले कसरी चोट कहाँ पुर्याउछन र!
बिचरा निर्दोष पेटल्सहरु,
रातो गहिरो रस जो बनेर चुल्ठो मास्तिर
सजिएको छ, गुलाफको रस, कति पोतिन्छन है
प्रेम हरु, खुकुरीका धारमा नि महान नै लागेर।
गुलाबहरु रङ्ग-रङ्गमा डुल्छन।
बास्ना बसन्तको सवभन्दा प्यारो र अन्धो।
जब भुइबाट पुष्पदलका रा...ता रस
नमिठो शिरमा मुटु छेड्ने घाउ बनेर रगत बग्छन।
बिचरा! त्यागेर फुल कतै भाले बोट हुन मन लाग्दो हो।
कहिले नफुल्ने गरि,
रङ्ग ले नै त रैछ आकर्षक बनाउने
र रा...तो रङ्ग जो शरीरबाट बग्दा कति
नमिठो गरि दुख्ने।
यि जीवनहरुको जिवन
दैनिक जीवन कस्तो होला!!!
उफ! मलाइ कहालि लागेर
म उभिएको जमिन हल्लियो..
मेरो शिर...!!
कठै! कठै!! आज।।
म स्वास्थकर्मि र भाबुक भावनाबिहिन!!
#निर्मसी❤️
No comments:
Post a Comment