नियात्रा: एक निरन्तर यात्राको

उता कहीं यस्तो छ: कसैले यस्तो देखेको छ?

 ऊनीहरुको जिवन किन छैन?

जहाँ एकमान्छे जत्रो घर छ।

टाउकोले च्यादरलाई(छानो) स्पर्श गर्छ।

कालो टाउको झन कालो हुन्छ।

मझेरि र छानो संगसङै छ।

अग्यानो पर्तिर नियोनेट(neonate) छ।

उ भर्खरै नुहाएर सुतेको छ।

खाली शरीर, एउटा छल(कपट) यहाँ छ।

यता-उता हेर्छु, कपडा छैन।

कालो कराइ छ, ओदान छ।

खरानि छ, कालो डस्ना छ

डस्ना माथि फूल खरानि छ।

ढोका निर आएर हेर्छु, पधेरो

तल!एककिलो मिटरमा छ।

ढाल्ने(रुख)को पातले गाग्रीको मुख छोपेको छ।

अब मेरो मुख मैले केले छोप्नु?

खोइ के गन्नाउछ थाहा छैन।

गफ छ मसँग निरासा छ।

फर्किनु छ, मनमा लिनु छ।

सोचेको सोचै गर्नु छ।

कसको गल्ति सोच्नु छ।

कसैलाई भन्नु छ?

म नि कहाँ गतिलो ठाउँबाट गएको होर।

त्यहि दुइ मान्छेको घर छ।

एक मान्छे जत्रो देख्दा मलाई नै दुःख लागेको छ।

कसैको घर नै छैन

र नि कसरी जिवन छ?

सुनाउनु छ, उहि केहिको सुन्नु छु।

भन्दियो कोइ झन दुखीले तर

संघर्षिले

गरि खान नजानेर यस्तो भएको छ।

गर्ने लाई जहाँ नि स्वर्ग छ।

अब सोचे म नि ढुक्क हुनु छ।

यो केहि दु:ख होइन,

नजानेर सबै थोक बिग्रेको छ।


Share:

संरक्षण: एक स्नेहको

 हातमै बिलाएको असिना सरि

विलाइदियौ केही क्षणमा तिमि।

कुनै मौसम को त्यो साँझमा

हर मौसम हेर्न तिमीलाई,

औलाको बीचमा अटाएकी थिए

तिमी बिलाइदियौ असिना सरि। 


आफ्नै बनाएथे त्यो सुनसान रात 

सुन्नकै लागि तिमीलाई।

भुवादर आवाज थोरै मात्र छोडी

हिडी हाल्यौ मूल बाटो भई,

तिमी सँगै काट्नलाई ती गोरेटाहरु

हत्केलामा अटाएकी थिए,

तिमी उडी दियौ जुनकिरी सरि। 


मदानिमा टासिएको नौनी जस्तै बनाई

सजाएकी थिए आँखामा तिमीलाई

आखिर पग्लिनु नी रैछ,

मौन रहँदै थापिरहे अञ्जुली भरी

जब झरि दियौ आँखाबाट

तिमी बिहानीको शित सरि।


Share:

एउटा भावना:जो प्रतीक्षापछिको हुन सक्छ।

 अब

मलाई यति धेरै घृणा गर कि,
म बिर्सन सकौ
तिम्रो हेराईको मिठास
तिम्रो बोलाई को कोमलता।
छूवाईको न्यानोपन।

बिर्सन सकु की ती प्रत्यक पलहरु
ती दिनहरु
घाम डुब्न लाग्दा रातो भएको
आकाशसँगै ओझेलिदै गरेको बाटो
अनि आधा रहेको त्यो जुन
हर्दाका ती दिनहरु।

थाहा छ! एकदिन त म तर्सिएकी थिए
त्यो जुनले मेराे बाटोलाई
मिर्मिरे बनाउँदै हुँदापनि
मैले तिमीलाई देखिन
हातासमा म थर-थर काप्दै सोच्थे,
के आज तिमी आउँदैनौ?
की अब कहिल्यै आउँदैनौ?
तिमी आयौ आज मात्र भने
म सदा-सदा को लागि यसरी अँगाल्ने छु
जसरी तिमीले मलाई पहिलो
पटक अंगालेको थियौ।

ढिलै भए नी मिर्मिरे अझ
चखिलो हुँदा तिमी आयौ।
सायद त्यो समय आधा चन्द्रमा
अनि आधा तिमी भएर
रात उज्यालो भएको थियो।
अनि ढिलै भएपनि त्यो क्षण अमूल्य थियो।
मेरा नजरहरु वर्षात जस्तै
तिमीमा अटुट थिए।

म मन् मनै यो कबुल  गर्दै थिए
"यो समय यही अड्कियोस
नजर हरु बिल्कुल नहटुन
यी भावनाहरू सधैं सधैं गुन्जीरहुन।
म तिमीलाई माया गर्छु
म तिमीलाई असाध्यै माया गर्छु।"


Share:

तिमी सधैं पुर्णिामा भइदिनु।

केही छिन आकाशलाई 
ढाकेर बसेको बादल जस्तै
उडेर तिमिबाट टाढा भइदिन्छु
यदि तिमी त्यही चाहान्छौ भने। 

फाटेर टाढा म
तिमी खुलेको आकाशमा हुनु
पहाडले छोए जस्तो
सुन्दर क्षितिजमा हुनु
प्रेमले ढाक्नु मात्र पर्दैन
म उडिदिए तिमी चम्किलो हुनु। 

अलिकति पनि रहदिन टुक्रा बनेर 
शान्त हुनु चम्किलो रहिरहनु।
टाढै भएनी देख्छ हेर्ने नजरले
तिमी सधैं पुर्णिामा भइदिनु। 

म त फाटीदिए, गडगडाउने
बर्खा नहुनु
म नियाल्ने छु हर साल
नयाँ-नयाँ पालुवामा
वसन्त बनी आइदिनु।


Share:

डायरी:एउटा कथा।


म त्यही डायरी लाई बारम्बार पढ्छु, हरेक पटक शब्दहरूले मलाई सकारात्मक बाटो हिडाउछ,म हिडि रह्न्छु। तर मलाई थाहा छ म कहाँ रोकिनु पर्छ र तपाईले कसरी लेख्नुभयो र कसरी आफ्नो आँखामा बग्ने रगतको साथ लेख्नुभयो भनेर महसुस गर्नुपर्दछ। प्रत्येक तपाईं म हो र म तपाईं हुँ त्यो किताबले भनिरह्न्छ।  कथाको मनपर्दो अंश मलाई एक्लै हिड्ने अनुमति दिनुभएन।तपाईले मेरो हात समात्नुभयो र सदाको भन्दा भिन्नै नजरहरु बाटोले पाए। बाटोमा अप्ठ्यारो थिएन न सधैंको भन्दा भिन्नै,हिडेर कहाँ पुगिन्छ लाग्यो। त्यसपछिको पानाहरुमा बाटो नभएर दोबाटोहरु आए। जहाँ छुट्टीने डरले मैले किताब नै बन्द गरे। 

यो घाम चर्को नुन जस्तो जब खाइन्छ पानी चाहिने। म उकालोमा चर्किएको यो बाताबरणमा हिड्दै छु। पसिनाले नि आफ्नु  बाटो खोज्छ, तपतप निधारबाट। यो लौरिको आडमा यो भारि कसरी बिसाउ। अब त मेरो ज्यान आफैलाइ भारि हुन लाग्यो। यो ज्यानमाथि अर्को अदृश्य मन छ, जो चर्किएको शिर उसलाई चर्काउन सम्झिदिन्छ। पिपलको छहारि सबै भन्दा प्यारो भयो मलाई। मध्यदिनको घामको शितल हावा। यि पातहरु कसरी मुटु जसरी धड्किदै छन। र रगत प्रबाह भए जसरि हावा कुदाइरहेछन मेरो अनुहार सम्म। बिहानि कति कन्चन हुन्छ होला यो ढुङ्गा माथि, ताजा र सुन्दर। उसलाइ केहि कथा सुनाउनु थियो र? पात मसम्म आउछ। नत्र यो फिरिफिरि उडिरहेको भुवा जस्तो नरम बतासले केहि नराम्रो मलाई उसलाई सुनाउछ भनेर हागा बाट छुट्टीएर जान्छ? मैले यो भ्याए भन्न, मानवीय कलह यि पातहरुले कसरी देखाइ दिएका छन्। यि चुपचुप मै गुपचुप मै कसरी द्वन्द्दित हुँदा हुन नि! मेरो उम्लिरहेको खुनले प्रष्ट महसुस गर्छ। यो झरेको पातको क्रान्ति यि आँखालेमात्र हेरे। उसलाई कसैले चलाइरहेको छ। सायद यो उत्तरबाट बहने हावा या दक्षिणको एक्कासीको हुरि। सानो बह त पातलाई हरहमेसा चाहिन्छ। मैले सम्झेको यहि बेला यो हो, 'कुनै हुरिले जराहरु उखेलि दिन्छन।' छानाहरु भत्काइ दिन्छन।' आमा भन्नु हुन्थ्यो, 'तिमि जन्मिने साल त मेरै मन उडाउने भुमरी चलेको थियो।'

यो बिश्वास छ यि रुखले धेरै कुरा सिकाउछन जुन ति समाजले सिकाउदैनन।समाजले , मानिसले सिकाउने कुरा त केवल एक अनुभव मात्र हुन्।म बेला बखतमा जङ्गल निस्किन्छु र ऊनीहरुलाई भेट्छु। आँखैले देख्दा देख्दै उनिहरु हुर्किन्छन र टाढा टाढा हुन्छन। कस्ले कसरी उमारेको हुन्छ पतै नपाइ नयाँ-नयाँ भएर फैलिन्छन।मैले यिनि हरु जस्तै उसलाई सोचे, ' मसँग हिडि रहदा हर यादहरु हामि किन छैनौ सँगसँगै,' यी रूख हरु उभिए जस्तै। 

मध्याह्न पछि हावा पनि पश्चिमबाट पुर्बतिर बहन्छ। सायद गलत बहयाहि हुन सक्छ। जसरी गलत-गलत मै कतिपय मानिसहरु अल्झिन्छन। घडि मै स्थिर हुन चाहान्छ। तर म घाम हेर्छु जस्ले कहिले मलाई गलत भन्दैन।घामको शितलता म तिमि पर्खिदै छु तिमीलाई मेरो हृदयमा मायाको बाफ लेख्न।आकाश बाट पानी भन्दा शित कसरी झर्छ यो मौसममा, अनि म यहाँ भिजिरहेछु। तिमिलाइ हेर्न  आकाशबाट बादल पानीका थोपा बनेर झरे अनि निलो आकाश बाँकी छ माथि। एउटा धर्को बन न बादलको यो निलोपर्दामा। जसरी म बयान गर्दै थिए उसलाई। उ त्यसको लायक थिएन,उ छाँगा हो, त्यसो भने म काटिएको रुख किन नबन्नु र? अथवा जस्तो बिपरित बरु यहि मरुभूमि बन्नु छ मलाई। अझ खोला बनेर बगोस र समुन्द्रमा पुगोस भन्ने अविरल चाहा नभएर ठिक गरे। किनभने मैले महसुस गर्ने मेरा हर भाबमा डुब्ने आखिरमा यि कुनै चिज तिम्रा होइनन्। मेरा आँखा,यो मेरो मन जे मन लाग्छ गर्न सकिन्छ, जता पठाउने हो सकिन्छ। जसरी मन लाग्छ हेर्न सकिन्छ। तर मलाई दिक्क नलागुनजेल।म दिक्क हुनु तिम्रो निपुणता नहुनु हो।धेरै बेरमा त तिम्रै नयनमा पहिरो जानेछ। त्यसो भए, यि केहि तिम्रा होइनन रहेछन।किनभने,त्यहाँ भएका दुर्घटनाहरुको जिम्मेवारी तिमि हुँदैनौ, थिएनौं। 

कुनै बिबाहित मानिस थियो सरद बनेर छोपिएको प्रेमको भुमरीमा। जसले आकाशका अनेक रंगहरु यसरी चर्चा गर्थ्यो की उ बिबाहित भए नी यही आकाश जस्तै निर्मल छ, बादल जस्तै सफेद छ। र आफ्नी पत्नी शिशिर जस्तै कठोर  र चिसी छिन् र मलाई न्यानो खोज्न खुल्ला आकाश मुनि दौडिन पर्छ। मैले सोचे जाडोमा पात झरेर नांगिएका रूखहरू  भन्दा  नाङ्गो भएर यसरी मलाई विश्वास गर्नु नीकै ठुलो भूल भयो। तर म केही होइन तिम्रो कथा सुन्न त म जन्मिएकी हु सफा आकाश को मौसम शरदमा। 

हेर! त शरदले विवाह गरेछ तर नी म अविवाहित छु भनेर आकाश मुनी नांगिएर शिशिर लाई सराप्दै छ।

पहिलो प्रेमी जो उ हुनुमा नैं उसलाई थाहा थिएन, उ 'को' थियो यसै केही भन्थ्यो त्यो नजरले। उसले नीकै प्रेम गर्यो र आकाशमा घाम लुकाए जस्तै उसले आफूलाई  लुकायो। घामलाई बादलले लुकाउनु प्रेम गर्नु कसरी हुन्छ जब म यो धर्ती मा ती न्याना किरणहरुको आशा गरी रहेछु। आफ्नु वास्तविकता त सरद मै मात्र थाहा हुने रहेछ घामको। जहाँ आकाशमा केही चम्किला टुक्रा मात्र रहन्छन् बादलका यो बेला। 

सरदको बेला आकाशमा भेला भएको बादल रौनक बेग्लै हुन्छ, उ चम्किरहेको जस्तो। मलाई कसैले भन्यो आकाश आकश नै होइन यो समुन्द्रको परावर्तित छाया हो। त्यसो भए त्यो छाँया सबैभन्दा मलाई शरद ऋतुको बेला मन पर्छ। जब आत्तिएका रुखाका पातहरु शितल घाममा न धेरै तातो न धेरै चिसोमा आफुलाइ उदाङ्गो बनाउछन। उखुको फेद आफु गुलियो भएको थाहै नपाइ एकतिर उभिएको हुन्छ।आकाश जुनै बेला नि आफ्नै रङ्ग हुँदा हुदै पनि बर्षातमा बादलले कुनै समय छोडेको हुन्न सफेद बनाउन। र यहाँ अब आफु निलो भएर हेरिरहन्छ जमिनलाई। अनवरत छ सुर्य र यो बेला देखिएरै न्यानो बनाउछ च्यादरहरुलाई। सरदले रातो रङ्गको घरलाई अझ रातो बनायो। मैले पनि थोरै आफुलाई रंगिन देखे। जो पर्ब नबोलाएरै आएको छ र मौसमले उसैगरि थाहा पाएको छ। आँगन मा मेरो छाया ऐना भन्दा प्रष्ट हेरि रहन्छु। मेरो शरिरको तौल मेरो हलुका छाँयाबाट पत्ता लगाउछु। यो बेला परदेशले आफ्ना गुँडहरु घरदेशका छानामा सार्ने सपना देख्छन। हेर त यो मौसम र पर्ब हरुले पनि हाम्रो भावनालाई कति उजागर गर्छन!  स्मरणहरु गहिरा हुन्छन। त्यो बितेको समयमा आफ्नै अनुसार मनाएका मिठा पलहरुलाइ यादगर बनाउछन। अहो! अहिले त्यो समय होइन तर मौसम त्यहि हो। म भावमा डुबेको यो बेला नि हो, त्यो बेला नि। तर अहिले यो थाहा छ मलाई की यि सबै कुरा चक्र हुन। यि मौसम हर नियम हुन भने यी पर्ब आफ्ना तरिका। तर मलाई सबैभन्दा मन पर्ने ऋतु शरद हो। यसमा नि हरेक कारण छ्न। 

शरद मन् पर्नुमा मेराे जन्म जोडिएको छ। यो कारण पनि म शरद सम्झिन्छु की!! 

यो बेला घरहरुबाट आउने नयाँ बास्नाहरु वसन्तका जस्ता छन्। जो बुढा भएको रूख पनि यही मौषममा पाउला फेर्छन्। उसको अस्तिर्पञ्जर मात्र थोरै छिपिएको हो। पलाउने चिउला त नयाँ नै हुन। वासना पनि नयाँ नै हुन। 

मलाई त कलिला रूखहरु देख्दा त बासना मुखी बन्न मन् लाग्छ त्यो रुखले भन्छ। मलाई पनि प्रतिस्पर्धी बन्न मन् लाग्छ।आखिर उ मेरै फेदबाट पलाएको एउटा सानो रुख। ऊ अहिले बैँशमा छ जसरी म कुनै समय मा थिए। ज्यान बुढो भयो तर बासना त उस्तै छन् मेराे पातका पनि। 

कति खहरे हरु मेरै फेदबाट बग्छन् वर्षामा। म उभिएर हेर्छु। र भन्छु मैले निमन्त्रणा नगरेका यी खहरेको नियति के होला मैले बुझेको छु। र यीनै खहरे मेराे बुढो शरीर मुनी बग्न आएका हुन् भन्ने उनीहरुलाई थाहा हुन पर्छ र मैले यसैमा माफी पनि पाउनु पर्छ। 

मैले यो छिपिएको रुखको काहानी मात्र नभएर यिनीहरूको यो आत्मबिश्वासको जड, यी रुखहरूको गाडेका जराहरू कहाँ सम्म फैलिएर माटो लाई प्रदूषित बनाएका छ त्यो पनि हेर्नु छ।

मानिसहरू चराहरूबाट पनि सिक्छन्, जसले घरको जिम्मेवारी लिएका हुन्छन् सूर्यास्त पछि घर फर्कन, सायद यही कारणले गर्दा तिमि बिहानि को घाम जसरी आशावादी भएर र जिम्मेवार अनुहार,कहि उदास मन तर केहि प्रेरित खुशी लिएर घर फर्किन्छौ। यो पनि नबिर्सन म सक्छु जसरी सूर्यपनि अर्को देशको आकाशमा जान्छ। बिहानि फर्किनै पर्दा नि त्यहि देशलाई न्यानो बनाउन। जसरी प्रत्येक साझ चराको गुडमा झुम्मिएर कराउन चरा फर्किन्छ। यसको लागि नि प्रेरणा चाहिन्छ उडेको चरी फर्केर त्यसै आउदैन।आउने ठाउँमा उसको गुँड हुन पर्यो।मानिस फर्किन फूलबारी अनि फूल हुन पर्यो।मन हो प्रेरणा त हुनै पर्छ कुनैकुनै तरिकाबाट।मन हो भुल हुँदै  नहुने होइन,भुलपनि एकदम कोमल हुन् पर्यो। 

यिनै कल्पना भित्र कल्पना मै उसले ढुङ्गा कुधेर महल बनायो।अहिले कोइ महल भित्र ढुङ्गा कुदिरहेछ।महल भित्र, ढुङ्गाको साध लागाइरहेछन।समाज बाहिर त निस्किनु कसरी! अब महल बाहिर निस्किने बाटो नै छैन। कतै यि पनि भनिएका शब्द थिए या कथित कथा.."एकदिन म तिमिलाइ मेरो राज्यको सम्पुर्ण शासन तिम्रो हातमा दिने छु।अहिले अनुशासित भएर अनुशासन सिक्नु र त्यसको लागि भरपुर तयारी गर्नु।....यो बिश्वास.. 

यही विश्वास थियो उसको प्रेममा, तर अयोग्य व्यक्तिमा गरिएको आश। 

उनले भन्ने गरेको म डायरी लेख्छु सधैं दैनिकको।त्यही पढदै गरेको सुरुको डायरी जहाँ छुट्टिने डरमा बन्द गरिएको थियो। त्यसमा धेरै कुरा हरु छन्। धरै रहस्यहरु छन्। त्यो उसैलाई मात्र दिन्छु जसले बुझ्न सक्छ।

आज मेरो हातमा छ त्यो डायरी। जसमा केही नोटहरू। केही प्रश्न उत्तर, आग्रह, समर्पणहरु समेटेर लेखिएको छ। त्यस मध्य केही प्रश्न र उत्तर, आग्रह र समर्पण मध्य यो नीकै अनौठो लाग्यो।... 


".....मलाई  यसरी प्रेम गर्नु, जसरी बादलले आकाशलाई गर्छ। तर एकछिनको लागि होइन। सदाको लागि जस्तै आकाश भएर बस्नु म मा र शरदमा घाम प्रष्टिए जस्तै प्रस्टिनु। म त्यहि हो जो बादल बनेर आउछु र निलोपन छोप्छु। यहाँ मलाई लुकाउनु नदेख्ने गरि। मेरो हातमा मोति छ त्यो मेरै हासोँ हो। भुइमा झार्नुहोस् त कसरी धुन आउछ। त्यो मेरो टुटेको आवाज हो। 

एउटा रूख जसरी अटल भएर उभिएको बेला मैले हातमा उसको पात लिएर  नाम कति पटक लेखे। पानी बनेर पखाल्नु भयो मलाई। म पखालिनु भनेको तपाईं पखालिनु होइन? की मैले जून जस्तै पनि सोचे होला एक्लो तर महान। उसले फुर्सदमा किन नहेर्ला र म छाया परौला आशा गरे। सायद म सबै हो जो मौसम सबै हो। तर त्यो होइन जो कुनै मौसममा मौसमि प्रबाह अत्यासलाग्दा हुन्छन। डरलाग्दो हुन्छन। म प्रेम हो म प्रेमिल हो। म जुनै मौसम भएर प्रस्तुत भए नि त्यो प्रेम हो। म भुलेर बस्न सक्दिन। म घृणामा रम्न सक्दिन। 

मैले मौकामा भेटेका होइनन यि पाइलाहरु जो बर्सौबाट फाटेका छन। मलाई मौका नमिलेका होइनन सिलाउन पाइलाहरु, फाटेका काधहरु तर, सियो धारिलो हुन्छ जो मेरो जिउमा पर्छ र घोच्छ असाहय दुख्छ। हलुका निर्मित कागजहरु सिलाउनु पर्छ।। ति कागज फाटेर जान्छ्न। यि रगतहरु म चलुनजेल चलिरह्नछन। र  ति चलुनजेल म चलि रहनु पर्छ। म एकछिन नसालाइ नसामा लाएर दौडिएर कहि पुग्दिन।जहाँ मेरो शरीरको पानी आलो गन्नाउने भएर जाओस। त्यो न शुद्ध मल हुन्छ न मुत्र नै। त्यसो भनेर म परिपक्क तनको न्यानो नसाबाट टाढा बस्ने छैन।"

यो त आग्रह थियो।

र त्यस को तल्लो हरफमा लेखिएको थियो। सायद आग्रह को अनुशरण या उत्तर हुनु पर्छ।

"यो लेखिरहँदा तिमीलाई केही भएको छ म कल्पना गर्न सक्छु प्रिय।यस्तो गम्भीर कुराहरु सहज, सरल र खुला भाषामा तिमीले लेख्यौं । पहिल्यै देखीका जिज्ञाशा,प्रश्न र संकाका विषयमा पहिलो पटक खुलेर कुरा गर्यौ। गुम्सेका कुरा बाढी बनाएर छताछुल्ल पार्दा मन हल्का हुन्छ । हल्का मात्रै हुँदैन, नयाँ निकास समेत निस्कन्छ । मैले तिम्रो कुरा राम्रोसँग बुझ्न सक्छु। म एउटा साहित्य र मनोविज्ञानको विद्यार्थी हुनु को नाता पनि म तिम्रा हर कुरामा गहिरिएर बुझ्न सक्छु। तिम्रो मेरो संवाद भएको नी नीकै भयो र तिमी यसरी खुलेर लेख्न सक्ने भयौ। मलाई अझ नजिक ल्याउने पहल अब तिमी अफै गर। तिम्रो लागि योग्य व्यक्ति बन्ने प्रयास  गर्छु । भेट त हुनै पर्छ भन्ने छैन । भएछ भने फरक पर्दैन । तर मन र मस्तिक जति खोल्छेउ, तिम्रै लागी फाइदा हुन्छ । म योग्य अभिबावक पनि बन्न सक्छु । प्रेम अनुभूति हो, व्यक्त गर्न सकिँदैन । 'अइ लभ यु' भन्ने अधिकांस मान्छेहरू वासनाका व्यापारी वा शिकारी हुँनेगर्छन । अकर्षण, सेक्सी संवाद विपरित लिंगका स्वभाविक हो, यसलाइ रोक्न सकिँदैन । नियन्त्रण गर्न उच्चस्तरको योगाले मात्र सक्छ । यस्ता संवादहरु योग्य भए मात्र गर्न पर्छ, हेप्ने वा व्याकमेलिङ पनि हुन सक्छ। तिम्रा गुम्सिएका वह र त्रासको उपचार यही संवाद हुन सक्छ। कतिपय महिलाहरुलाई पुरुषको बासना मुखी नजरले मेलोफोविया भएको पनि हुन्छ। त्यसबाट उम्कन परस्पर संवाद जरुरी हुन्छ। तिमीले मलाई बिश्वास गर्यौ म त्यसको सधैं ऋणी हुनेछु।

मान्छेलाइ मनका वह पोख्ने व्यक्ति र थलो चाहिन्छ तर ख्याल गर्नु पर्ने हुन्छ,,कुरा जोसंग पोखिन्छ।त्यसले पहिलो कुरा फाइदा नउठाओस, अर्कोपक्षले नेहेपोस भन्ने हो । तिमीले विश्वास गरेर व्यक्तिने पुरूषले पहिला मीठा मीठा कुरा गर्छ र रस लुटिसकेपछि वास्ता गर्दैन । तिमीले अव बुझ्नुपर्छ । तिमी सानी केटी छैनौ। परिपक्क छौं।सवै पुरष वा महिला एकै नास हुँदैनन।आफ्ना कमजोरीहरू हतपत्त कसैलाइ नभन।प्रेम गर्ने व्यक्ति संग विवाहा गर्नै पर्छ भन्ने हुँदैन। जसरी तिमीले मबाट अपेक्षा गरेकी छौं प्रेमको हो म त्यो भन्दा कयौ गुणा राम्रो प्रेमी बन्न सक्छु। तिमीले विवाह मै संग गर्न पर्छ पनि भन्दिन तर जुन  पुरूषासंग विवाह गर्छौ उसलाई हाम्रो प्रेमको बारे कुरा चुहाउदै नचुहाउ । कुमारित्वको महत्व आज पनि उत्तिकै छ कति पय पुरूषको दिमागमा। भर्जिनिटीलाइ त्यति महत्व दिँदा समस्या हो।वलत्कृतहरूले अत्माबल गुमाउदा अत्माहत्या गर्छन ।""

..........यो आग्रह र समर्पण पढेर म झसङ्ग भए । की भनौ सवाल र जवाफ जस्तो पनि थियो। या प्रेम नैं थियो। 

(तिम्रो डायरीको रहस्य यही हो?? हो भने धिक्कार छ तिमीलाई। तिम्रो डायरी प्रेमको नाममा सहेको हिंसा मात्र हो। किनभने यो विज्ञानको एक्काइसौं शताब्दीमा एउटा यो प्रेम कथा र एउटा डायरी रहस्यमय हुन्छ भन्नु आफ्नो लासलाई नी महत्वपूर्ण मान्नु जस्तो हो।  हरेक कुरा टेक्नोलोजीले पत्ता लगाई रहेको हुन्छ। तिमी यति गहन भएर यसरी पिल्सिन्छौं मलाई लागेको थिएन। लुकाउने कुरा त उही अरूले नदेखेको र नजानेको अपराध मात्र हो। रहस्यमय त उही अपराधी मात्र हो। किन भने त्यो अपराधी मानसिकताले मात्र आफूले गरेको अपराध कहन सक्छ।कुनै टेक्नोलोजीले काम गर्दैन। ) 

उनले कोही बाट पाउन नसकेको अपेक्षा, आशा होइन भन्न नी सक्दिन।किनभने अभावले सायद उत्पादन गर्दछ, र अभावले सबै चीजको सृष्टिको चरम सीमामा पुर्‍याउँछ।सबै चीज पुग्ने हो भने, मानव कल्पनाशक्ति हुनु आवश्यक छैन।  हो,विश्व अभावको कारण भइरहेको, बनिरहेको छ। अब सबै चीज एक सुविधाको लागि भइरहेको छ। यसको लागि नि कल्पना आवश्यक हो। आज हामीले उपभोग गर्दै गरेका हर चिज धेरै बर्ष अघिका कल्पना हुन।  तर अहिले झन  प्रेम वा संघर्ष को एक ठूलो अभाव छ। तर अब यो सबै को लागी एक समाधान सिर्जना भन्दा एक सजिलो छलांग मार्न शुरू भएको छ। बाहिरि संसार बाहिर कै लागि बदलिएको छ। भित्री हेरि नसक्नु छ। एउटा वास्तविक अनिकाल भएको समयमा कलाप्रेमिले राम्रो साहित्य, राम्रो चलचित्र, राम्रो संगीत सिर्जना गरे। अहिले त्यो अवस्था शुन्य जस्तै हो। 

उनको डायरी भित्र लेखिएको कथा पनि कुनै अभाव भित्रको कल्पना थियो। 

भनिन्छ नी, मानिस केवल मर्न र मार्नको लागि जन्मिएको हुन्छ। मानिसले नैं हो मानिसलाई मार्छ अरू संगोग बिना। जस्तो कि मर्न को लागि अनेक बहाना हुन्छ। कसैले प्रेममा मारीरहेका  हुन्छन्।

तर शरीर श्वास बन्द भएर मर्नु भन्दा नी अत्यधिक मानसिक पीडा दिनु ,ज्युँदै मार्नु सरह हो।मानिसको मानसिकता यो हुन्छ कि प्रेम को नाममा दिइने मानसिक पीडा प्रेम नैं भनेर लिइरहेको देखिन्छ। एउटा कुनै व्यक्तिले जीवन काल भरी आफ्नी प्रेमिका लाई पीडा दिन्छ र उनी मृत्यु अवस्थामा पुगेपछि प्रेमील कृति लेख्छ। जब कि पाठकलाई त्यो हिंसा थियो थाहा कहिले हुन सक्दैन। यसरी बनेका अनेक प्रेमील कृतिहरूले प्रेरणा दिएको शरीर, सायद हिंसा जन्मिनु को एउटा बिउ हो। यो प्रथाले संरक्षण पाइरहनु यही सामाजिक संरचनाको कारण पनि हो।

मलाई यो सधैं खड्किन्छ की के पीडक र पीडित प्रेमीले/प्रेमिकाले मृत्यु खोजिरहेको हुन्छ?

की प्रेमले जीवन खोजिरहेको हुन्छ.....? 

नत्र आफ्नु शरीरको रगतको प्रवाहमा चल्ने शरीर अर्काको भर हुन्छ कसरी विश्वास गरिन्छ??

...यो मलाई डर छ की...

मानिस जब आफुलाइ काबुमा राख्न सक्दैन तब मानिस कहिले आफ्नै हत्त्यारा बन्छ।शरीर विभिन्न प्रणाली द्वारा चलेको हुन्छ। ति प्रणालीलाइ चाहिने विभिन्न आहारहरु छन, जसको नियमित आपूर्ति गर्नपर्दछ। जब मानिसले सहि मात्राका सहि भोजनहरु लिन थाल्छ तब मानिसको मस्तिष्क उहि प्रकारको हुँदै जान्छ।प्रेम, स्नेह भनेको गलत लाई नी पोषण गर्नु होइन, आफ्नो लाई बचाउनु अर्को निर्धो लाई मार्नु होर?यसरी पोषिएको भावना कही पुग्दैन। अझ बरु हिंस्रक बन्दै जान्छ।सायद समाज को दुर्गन्ध यही हो जो माया को नाम बादशाहहरुको हिंसा चर्चा गरिन्छ /हुन्छ।हरेक हत्या हरु प्रेमको नाममा भएका छन्।




Share:

अर्को कुरा

आधा जसो 'नारीवादी' सज्जनहरू(पुरुषहरु) र उनीहरूले लेखेका नारीवादी साहित्यहरुमा सिर्फ स्वाङ मात्र हुन्छन् जो महिलाहरुको पनि ध्यान जाओस् आफूमा या आफ्नु साहित्यमा भन्ने हो। 'Just an attention seeking'...... 


उनीहरूलाई नारीहरुको कोमलता बारेमा राम्ररी जानकारी हुन्छ र अर्को कुरा माहिलाहरुको मनोबिज्ञान यति को देश हरुको त सजिलै थाहा हुन्छ र उनीहरू केही कविता, केही सुन्दर वाक्यांशहरू र केही महान महिलाहरुको कथाबारे पढेका हुन्छन र लेखेका हुन्छन् आफ्नु तरिकाको।

नेपालका अधिकांश पुरुष साहित्यकारले फेमिनिज्म् बुझेका छैनन् र खोक्रो स्वाङ पार्छन्।त्यो पनि यो समाजलाई नीकै ठूलो नै हुन्छ र यो देखेर अधिकांश महिलाहरु ती पुरूष हरुमा प्रभावित हुन्छन्। यो एउटा भनाइ पनि छ कि 'महिलाहरुले सामान्य मानिस(पुरूष) भन्दा आर्टिस्टक पुरूष हरु बढी रुचाउँछन्।' त्यो कुन देश र कुन समयको लागि भनिएको हो त्यो थाहा नहुँदा आज स्वाङबहर पुरुषहरूलाई धेरै फाइदा छ। यो भावनात्मक समाज हो जसरी नी मानिस मेनुपुलेट हुन्छ। 


खासमा उनीहरूलाई जन्माउने पनि महिला नै भएको कारण पनि बहुत महिलाको पीडा बुझ्न सक्ने हुन्छन् , त्यो स्वाङ हरेकमा देखिएको नै हुन्छ।खासमा त्यो प्रिय हुने बाहेक केही होइन किनभने एकदिन त्यो दिन आउँछ जब आफूलाई पुरुष प्रमाणित गर्नु पर्ने छ भने त्यो जसरी गर्नै पर्छ र गर्छन्।

एउटा व्यक्ति जो नाम कहलिएको हुन्छ उसले मानिस हो गल्ती हुन्छ भन्ने क्षमा पाउँदैन।

जसरी अमेरिकन गायक विल स्मिथ लाई प्रतिबन्ध लगाइयो। त्यो त सायद अमेरिका भएर हो। रोल मोडल भनेर भनी सके पछि मान्छे हो भगवान होइन भनेर आफ्नु असक्षमता, अस्थिरता र सेन्सेलेस्नेसलाई प्रमाणित गर्ने कुरा हुँदैन। आधा गल्ती र आधा सही भन्ने पनि हुँदैन। 


धेरै थाहा त थिएन तर यो अगाडि घटेको पल शाह प्रकरण देखि धेरै कुरा थाहा भयो र त्यस्ता धेरै जना चिनियो। जो attention seeking को लागि कलम चलाउँछन्।

त्यही भएर आधा आधा मै कसैलाई पनि यो सही अथवा आधा त सही हो भनेर समर्थन गर्ने हुनुहुँदैन। कुनै दिन यो attention seeking मात्र थियो भन्ने प्रमाणीत भई नै हाल्छ, त्यो बेला नीकै ढिला भई सकेको हुन्छ। 


त्यही भएर आफ्नु रोल मोडल चयन गर्दा ध्यान दिनु पर्ने हुन्छ विशेष गरी हामी महिलाले। कतै हामी अपराधिक समाज र हुल लाई संरक्षण गरी रहेका पो हुन्छौं की त्यो ध्यान दिनु पर्ने हुन्छ।



Share:

म केही गर्न सक्दिनँ।

 

म केही गर्न सक्दिन ।

तिम्रो कथा सुन्न अनि आँशु बगाउन
मन् धमिलो बनाउन बाहेक म केही गर्न सक्दिन
न तिमीलाई सपना देखाउन।
न त आश्वासन दिलाउन।
म तिम्रो पीडा मेरै पीडा हो भन्न बाहेक
केही गर्न सक्दिन।

आफ्नै परिवारबाट त अपहेलित भयौ
पहिलो पटक रगत बगे सँगै
शाररिक परीवर्तन बाट आतिएकी तिमी
त्यो गोठमा विस्थापित हुँदा
हो! त्यतिबेला मलाई भए जस्तै
पीडा भएको थियो होला।
म तिम्रो पीडा मेरै पीडा हो भन्न बाहेक
केही गर्न सक्दिनँ।

बलात्कारी को मन् हुन्छ कि हुँदैन होला?
आफू महिला नैं भएकी ती आमाको त
मन् खोइ त्यही अँध्यारो छाउँ जस्तै रहेपछि
त्यस्तै माताका चरम संस्कारबाट
जन्मिएका र हुर्किएका पुरुष पिशाच हरुको
मन् कहाँ हुन्छ होला र?
कतै ती
आफू अधिकारबाट बञ्चित भएको वाकालत गर्ने
संस्कारी महिलाबाट जन्मिएको र हुर्केको
पुरुषहरु त होइनन्?
ती बलात्कारी हरु?

आमा हुनुमा त सबै हुन्छ भने
तिमी आमा हुनु को पहिलो चरण मै
अपहेलित हुँदा कस्तो भएको होला?

तिमी सानी बच्ची
दोष आफ्नु हो की जन्म छोरीको
या समाजले च्यापेको कुरितीको?
न्यानो तातो आशको त्यो शिरलाई
कालो कठगाराको सजाय पाउँदा
त्यो बेला मलाई भए जस्तै
पीडा भएको थियो होला।
म तिम्रो पीडा मेरै पीडा हो
भन्न बाहेक केही गर्न सक्दिन।

म मानवताको खोल ओडेको
सवैभन्दा अमानविय मान्छे
म  विचरा! भन्दै गरेको
भीडको ध्यान आत्मकेन्द्रित गरिरहेको
आपराधिक निडर मान्छे,


तिमी बुझ्दिनौ
चाहेको भए मा त्यही स्वदेशी
अनि विदेशी
महिला अधिकरकर्मी
बालबालिका परोपकार संस्था को
खोल ओडेर
तिम्रो दुःखको व्यापार गर्थे।
त्यो साहस पनि मसँग छैन।

म कान नभएको सरकार जस्तै
म मुख नभएको तर बोलेरै खाने अधिकारकर्मी जस्तै।
म मन् नै नभएका ती तिम्रा परिवार जस्तै
म दिल त हुँदै नभएका ती बलात्कारी जस्तै
तर
मसँग सम्झना छन्
आँखा भरी झलझली
आफ्नै पनि अवस्थाको
कस्तो भएको थियो
तिमीलाई पनि यस्तै भएको होला?
भन्न बाहेक केही गर्न सक्दिन

नसक्ने कुरा म गर्दै गर्दिन
तर यो पीडा मेरै पीडा हो भन्न मन् लाग्यो
म तिम्रो पीडा मेरै पीडा हो भन्न बाहेक केही गर्न सक्दिन।

(२०१८ सालमा लेखिएको कविता हो यो। यो बेला सुदूपश्चिमामा एउटा घटना भएको थियो।कुनै एक जना महिला छाउगोठमा बलात्कृत भएकी थिइन्। र मैले यति कोरेर रिस पोखेकी थिए।)










Share:

आफ्नै कल्पनामा तल्लीन यी कुरा।

 यो साझ जहाँ म निस्सासिएको दिन बाट फुत्किएको एक चोइटो गोदुलि जस्तै धुम्म-धुम्म हुन लाग्छु, तर यि पातहरु गित बिना छमछ्म नाचिरहेको देख्दा मलाई लाग्छ यिनिहरुको जरामा अझ मिठो संगीत भरिदिनु भने कति मौलाएर मध्यरात सम्म बेआराम मै सँग साथ हुन्थे होलान। लाग्छ, यिनिहरुले मात्र बाँच्न जानेका छन चाहे हिर्काएको कुलाडि फेरि फर्किएर कहिले नआवोस। बरू अझ त्यहि स्वास म माथी बाँचिरहेको छ काठ बनेर घर बनेर यति मै चित्त बुझाउनुपर्छ यो जङ्गलले।

यि स्वरहरु मलाइ भेट्न भन्दा आफ्नु दिक्कारिको दैनिकिलाई यहि बिसाउन आएका हुन। र हेर मेरै स्वर सँग मिलाएको सुर कति पनि सुहाएको छैन तर पनि गर्ब के को गर्नु उसको मनले सायद यहि भन्छ। मलाई नि न्यस्रो त लाग्छ, तर दुख्दिन केहि पनि दुखाउछु माटो लाई। मैले टेकेको धर्तीले कति थोक भन्छ मलाई। म उसको मन भएर किन हिड्ने र? मेरो मन नै अरु कसैको लागि हिड्छ, मलाई माफ गर्नु यि चराहरुसँगको मेरो चिर्बिर केहि क्षणको हो। केहि पल को। मैले भुलि सक्छु भुलमै तिम्रो छेउमा हुँदा न मलाई  अजम्बरि गित नै आउछ न तिमिलाइ मन पर्ने धून नै। छोडदेउ जिवन सबैले बाच्नु पर्छ, आफ्नै सुरमै। म तिमिलाइ यहि पात र बतास सरि हरहमेसा पकडेर राख्ने प्रयास गर्छु प्यारो सिमलको भुवा।
....
आज सम्म  पनि प्रत्यकपटक त्यो बाटो हेर्दा म झस्किन्छु, जहाँबाट अत्यन्तै कष्टप्रद यात्रा सुरु भयो। 'मौनताको'।यो अन्तर्मुखिहरु नि अचम्मका हुन्छन, बोल्न आउदैन लेख्न बाहेक।लेख्न नआउदा, सोच्न बाहेक केहि आउदैन। त्यहि भएर म आजभोलि सधैँ जस्तो जङ्गल जान्छु र ति रुख बुट्टासँग गफ गर्छु। एउटा पात जो मेरो छेउमा उस्तै दुखि भएर आउछ र आफ्ना अरु मित्रहरुले दिएको पिडा सुनाउछ, आफुले उनिहरुलाइ दिएको दुख उस्ले मसग भन्न पनि भन्दैन, हेर! तिम्रो कथा पनि यो नेपाली का शुद्ध उच्चारण बिनाका शब्दले मेरो सन्जालमा लेख्दै छु, अरुले पढेर के बुज्नु र, त्यसै त म कसैले पढोस भनेर लेख्दिन। मसँग थोरै र कहिले धेरै बर्बाद गर्ने समय हुन्छ, र म यि अक्षर द्वारा बर्बाद नै गर्छु। 

हेर! पात हेर! बोट मैले मान्छेको भाषा त बुझ्न छोडि सके, तर ति भाषा नबुझेर या बुझ्न नसकेर या शब्द चलाउन शासन चलाउन नसकेर हामि यि मौन लाई आफ्ना चिंत्कार सुनाउन आइ भनेर न भन्नु। जब म सिमलको फेद बाट उता लाग्छु तिमिहरु लाइ देख्छु , दिक्क भएको जस्तो देख्दिन र आउछु, मलाई खबर गर्नु हरेक समय म मौनता पनि बुज्न छोडि सके।बतास संगै आफुलाइ प्रस्तुत गर्ने छौ, बर्सात संगै आफुलाई शितलता दिने छौ। मेरा र तिमिहरुका साथि यि हुन, ऋतुहरु, यि संगै बग्ने खोला, नाला, चट्याङ , आधी, हुरी सबै।

कुलोको ढिलबाट पत्कर मात्र देखिन्छ, ओहो! यो त शिशिर थियो। अनि पात उदास थिए। भुइ आफु छोपिदा उदास उदास। कसैलाई सधै भरि देखिन पर्छ। नत्र हेर न आकाश। नलुकेको सरदको पहाड। उहि यात्राको कुरा गर्छु। जहाँबाट म मैले हिडेको बाटालाइ न काडा र न फुल भनेर ब्याख्या गर्छु। तिम्ले कतै सुन्न बिराउनु हुन्न।मलाई सुन्ने तिमि बाहेक कोइ हुन्न,
 
 " म पृथ्वी होइन, जे पनि सहन, न तिमि जस्तो उभिएको रुख नै कुलाडिसम्म सहन, मलाई मेरो भाषा तिमिले बोल्न नदिए पनि हेर म कसरी सुनाइ रहेछु। यहि पाइला हुन जो चाउरिएको तिमिलाई टेकेर त्यहि हाँगा छोइरहेछु। मौन..मौन। हिड्नु पर्छ म जस्तो र बुजेको भए सारा तिमि यहि निर मात्र भएर के गर्यौ र...!"आइम नट द ट्री, टु स्टे एट व्वान प्लेस" चित्त दुखाए दुखाउनु,तिमिले पनि नि अरुले बनाइ दिएको घाउ मात्र मलाई देखायौ। आफुले कोतारेको त बिर्सियौ। म यसरी नै हिड्ने क्रमका यि बाटाहरुका यात्रा हरु कहिले बिर्सिन्न, जहाँ काडा थिएनन, फुल थिएन, बस! बोलिहरुका पश्चताप थिए। अब मौनता नै बोलोस तिमि जस्तै।" यो मौनता नैं उत्तर बनोस् सबैलाई!!



Share:

केही सुनेर,हेरेर र भोगेर नै कोरिन्छ्न।

जिउने तरिकामा बोलिएका भनिएका कुरा सामान्य हुन। त्यो सबैले आफ्नु तरिकाको, मन लाग्दो अपनाउँदा हुन्छ जसले अरूलाई असर नगरेको होस। 

गाँउ समाजमा मिलेर बस्न पर्छ सौहार्द बनाउन पर्छ।। सौहार्द भनेको सबै समान र भेदभाव रहित, मिलेको, सबैले सबैको निर्णय लाई सम्मान गरेको हुनपर्छ भन्ने बिर्सन हुँदैन।

आफ्नु नैतिकताको परिभाषा आफ्नो कर्म र व्यवहारले बताउँछ र त्यसको मापन संसारको सूचक र मापदण्डले गर्दछ। 

आफ्नो अवस्थाको मूल्यांकन अरूले भन्दा आफूले प्राप्त गरेको ज्ञानको आधार मा हुन्छ। सबैले सबै थोक मान्नु पर्छ भन्ने नी हुन्न, आफ्नु तरिका सबैले अपनाउन सक्छ तर आफ्नु कारण अरुलाई क्षति नहोस् कारणसहित भन्ने हुन पर्दछ।आफ्नु तरिकामा को रोएको छ? कसलाई सबै भन्दा नराम्रो लागेको छ? अथवा कसैको अरूको तरिकामा को दुखी र खुशी भएको छ त्यो बुझ्न पर्दछ। कसै अरूको खुशी अथवा  अहंकार या देखावटीको पछि लागेर  कुचलन मान्न कदापि तयार हुनुहुदैन,यदि व्यवहारिकता आफ्नु बोली सँगै पनि हो सोच्ने मानिसले।

ती व्यक्तिगत अहंकार,उत्तेजनाहरुलाई समाजको व्यवस्था संग जोडेर कुतर्क गरिनु हुँदैन। ती व्यक्तिगत हुन भन्ने बुझ्न पर्दछ। त्यो अहंकारी समाजले सिकाएको हो।अहंकारको भाषा र बुझाइको भाषा भिन्नै हुन्छ। त्यो मतलब उम्लिएको रगतको आवाज पनि चाहिन्छ तर त्यो भन्दा उम्लिएको दिमाग केही सुन्दर लाग्दछ। दुवैको सन्तुलनमा केही नयाँ र संयमता पाउँछ वातावरण ले।

पढेर खोइ व्यवहार अर्को पुस्ताले सोध्न सक्छ। अर्को नभए कुनै पुस्ता ले सोध्ला, यो एउटा पुस्ता हाम्रो हो जो सोध्ने हिम्मत त थोरै भए नी गर्न जरुरी छ जस्तो कि...."त्यो कुन व्यवस्था हो जसले आफ्नु जीवनको निर्णय आफैले लिनलाई पनि अवरोध गर्छ?" त्यो कुन व्यवस्था हो जसले कुसंस्कार को काखी च्यापेर अरुलाई हेला गर्छ?" र आफ्नु जिउने  अधिकार र तरिकालाई प्रश्न गर्छं।?"

गलत लाई गलत भन्न पाउँन पर्छ र आफूले गरेको गलत या कसैको गलत लाई कुन तरिका ले किन गलत भनेर प्रश्न गर्न नी पाउँछ। 

कम्तीमा हाम्रो पुस्ता जो पढेको भनेर नाक ठाडो पार्छ त्यसले बोल्ने हिम्मत गर्दैन भने अर्को पुस्ता या कुनै पुस्ताको लागि सबै भन्दा अपराधी यही पुस्ता हुन्छ। जसले देखिएको गलत लाई लु समाज हो मिलाउन पर्छ इज्जत र बेइज्जत का कुरा गरेर बस्छ। जहाँ शोषण लाई प्रशव दिन्छ। यसको मतलव विवाह, ब्रतबन्ध, अनुष्ठान, कीर्तन भजन, पुराण मात्र होइन। समाजको भेदबाभ, कुसंस्कार, कुरीति, कुचलन, अवैज्ञानिक कामहरू जो समाजमा हुने हरेक कुरा हरु घटना हरु हुन।

समाज कति पछाडि छ पनि बुझ्न पर्छ यदि सामाजिक issues को कुरा गर्ने हो भने। अनि व्याक्तिगत कुरा र सामाजिक कुरा छुट्याउन नी सक्नु पर्छ। उच्च जात हुँदा (बनाइदिएको) समाज ले राखिदिएको जात भित्र बसेर सबै भन्दा मीठा कुरा गर्न हामीलाई सजिलो छ किनभने व्यावहारिक भेदभाव सहन हामीले पर्दैन र लेख्न सजिलो छ। 

पिछडिएको मानिसले त यति लेख्न पनि सक्दैनन्( हिम्मत हुन्न भनेको होइन तर यसरी गौण बनाइदिन्छ की त्यो समाजको सदस्य नै होइन।) त्यही भएर माथि का र पढेकाले सामाजिक issues र व्याक्तिगत issues बुझेर कमसल खालका अरुलाई आघात गर्ने खालको कुरा गर्नु हुँदैन, यति बुझ्न जरुरी छ।

कागज पत्र बोकेर गर्व गर्ने पढेको हु भन्ने हरु बीचमा नी वादविवाद र यति संगर्ष गर्न पर्छ बुझाउन लाई भने, भावना मात्र सर्वपरी ठान्ने एकदम साघुरो बन्धन भित्र उच्च भनिएका हरुले नियंत्रण गरिएको समाजलाई कसरी अगाडि लग्ने?जहाँ जसले जसरी नै सानो कुरा ले भावनातमकता लिएर ब्रेन वाश गर्न सक्छ। भने त्यहाँ त जरा देखि नै सुरु गर्न पर्छ नै। 

सामाजिक संजाल मात्र होइन यी त सबै तिर बहस गर्नु पर्ने कुरा हरु हुन। सबै तिर कार्यालय, अड्डा अदालत ,पाटी ,पौवा बाँसघारी, पानी पँधेरो सबै तिर। यी सबै तिर मानिसले मानिस कै कुरा काटेर बस्ने चलन छ, जुन एकदम अशोभनीय हो, अनैतिक हो, unproductive हो। यसलाई सुधार गरेर समाज  साँच्चै को राम्रो र व्यवस्थित र समाज कसरी निर्माण गर्ने र आउने पुस्ताको या कुनै पनि भावीकोहरुको गुनासोबाट बच्ने र साच्चै बचाउने भन्ने कुरा को बहस गर्न जरुरी छ।जसले समाज लाई निकास दियोस।

एकातिर का कुरा अर्को तीर लागेर कुरा को पहाड लाई कुतर्क को भेला बनाउने, कुरा काट्ने बोक्ने चलन(कुरौटेसमाज) नष्ट होस र व्यक्ति स्वाइच्छा ले productivity तर्फ लागोस भन्ने ज्ञान विद्यालयले नी पढाउन जरुरी छ।




Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.

Blog Archive