जिउने तरिकामा बोलिएका भनिएका कुरा सामान्य हुन। त्यो सबैले आफ्नु तरिकाको, मन लाग्दो अपनाउँदा हुन्छ जसले अरूलाई असर नगरेको होस।
गाँउ समाजमा मिलेर बस्न पर्छ सौहार्द बनाउन पर्छ।। सौहार्द भनेको सबै समान र भेदभाव रहित, मिलेको, सबैले सबैको निर्णय लाई सम्मान गरेको हुनपर्छ भन्ने बिर्सन हुँदैन।
आफ्नु नैतिकताको परिभाषा आफ्नो कर्म र व्यवहारले बताउँछ र त्यसको मापन संसारको सूचक र मापदण्डले गर्दछ।
आफ्नो अवस्थाको मूल्यांकन अरूले भन्दा आफूले प्राप्त गरेको ज्ञानको आधार मा हुन्छ। सबैले सबै थोक मान्नु पर्छ भन्ने नी हुन्न, आफ्नु तरिका सबैले अपनाउन सक्छ तर आफ्नु कारण अरुलाई क्षति नहोस् कारणसहित भन्ने हुन पर्दछ।आफ्नु तरिकामा को रोएको छ? कसलाई सबै भन्दा नराम्रो लागेको छ? अथवा कसैको अरूको तरिकामा को दुखी र खुशी भएको छ त्यो बुझ्न पर्दछ। कसै अरूको खुशी अथवा अहंकार या देखावटीको पछि लागेर कुचलन मान्न कदापि तयार हुनुहुदैन,यदि व्यवहारिकता आफ्नु बोली सँगै पनि हो सोच्ने मानिसले।
ती व्यक्तिगत अहंकार,उत्तेजनाहरुलाई समाजको व्यवस्था संग जोडेर कुतर्क गरिनु हुँदैन। ती व्यक्तिगत हुन भन्ने बुझ्न पर्दछ। त्यो अहंकारी समाजले सिकाएको हो।अहंकारको भाषा र बुझाइको भाषा भिन्नै हुन्छ। त्यो मतलब उम्लिएको रगतको आवाज पनि चाहिन्छ तर त्यो भन्दा उम्लिएको दिमाग केही सुन्दर लाग्दछ। दुवैको सन्तुलनमा केही नयाँ र संयमता पाउँछ वातावरण ले।
पढेर खोइ व्यवहार अर्को पुस्ताले सोध्न सक्छ। अर्को नभए कुनै पुस्ता ले सोध्ला, यो एउटा पुस्ता हाम्रो हो जो सोध्ने हिम्मत त थोरै भए नी गर्न जरुरी छ जस्तो कि...."त्यो कुन व्यवस्था हो जसले आफ्नु जीवनको निर्णय आफैले लिनलाई पनि अवरोध गर्छ?" त्यो कुन व्यवस्था हो जसले कुसंस्कार को काखी च्यापेर अरुलाई हेला गर्छ?" र आफ्नु जिउने अधिकार र तरिकालाई प्रश्न गर्छं।?"
गलत लाई गलत भन्न पाउँन पर्छ र आफूले गरेको गलत या कसैको गलत लाई कुन तरिका ले किन गलत भनेर प्रश्न गर्न नी पाउँछ।
कम्तीमा हाम्रो पुस्ता जो पढेको भनेर नाक ठाडो पार्छ त्यसले बोल्ने हिम्मत गर्दैन भने अर्को पुस्ता या कुनै पुस्ताको लागि सबै भन्दा अपराधी यही पुस्ता हुन्छ। जसले देखिएको गलत लाई लु समाज हो मिलाउन पर्छ इज्जत र बेइज्जत का कुरा गरेर बस्छ। जहाँ शोषण लाई प्रशव दिन्छ। यसको मतलव विवाह, ब्रतबन्ध, अनुष्ठान, कीर्तन भजन, पुराण मात्र होइन। समाजको भेदबाभ, कुसंस्कार, कुरीति, कुचलन, अवैज्ञानिक कामहरू जो समाजमा हुने हरेक कुरा हरु घटना हरु हुन।
समाज कति पछाडि छ पनि बुझ्न पर्छ यदि सामाजिक issues को कुरा गर्ने हो भने। अनि व्याक्तिगत कुरा र सामाजिक कुरा छुट्याउन नी सक्नु पर्छ। उच्च जात हुँदा (बनाइदिएको) समाज ले राखिदिएको जात भित्र बसेर सबै भन्दा मीठा कुरा गर्न हामीलाई सजिलो छ किनभने व्यावहारिक भेदभाव सहन हामीले पर्दैन र लेख्न सजिलो छ।
पिछडिएको मानिसले त यति लेख्न पनि सक्दैनन्( हिम्मत हुन्न भनेको होइन तर यसरी गौण बनाइदिन्छ की त्यो समाजको सदस्य नै होइन।) त्यही भएर माथि का र पढेकाले सामाजिक issues र व्याक्तिगत issues बुझेर कमसल खालका अरुलाई आघात गर्ने खालको कुरा गर्नु हुँदैन, यति बुझ्न जरुरी छ।
कागज पत्र बोकेर गर्व गर्ने पढेको हु भन्ने हरु बीचमा नी वादविवाद र यति संगर्ष गर्न पर्छ बुझाउन लाई भने, भावना मात्र सर्वपरी ठान्ने एकदम साघुरो बन्धन भित्र उच्च भनिएका हरुले नियंत्रण गरिएको समाजलाई कसरी अगाडि लग्ने?जहाँ जसले जसरी नै सानो कुरा ले भावनातमकता लिएर ब्रेन वाश गर्न सक्छ। भने त्यहाँ त जरा देखि नै सुरु गर्न पर्छ नै।
सामाजिक संजाल मात्र होइन यी त सबै तिर बहस गर्नु पर्ने कुरा हरु हुन। सबै तिर कार्यालय, अड्डा अदालत ,पाटी ,पौवा बाँसघारी, पानी पँधेरो सबै तिर। यी सबै तिर मानिसले मानिस कै कुरा काटेर बस्ने चलन छ, जुन एकदम अशोभनीय हो, अनैतिक हो, unproductive हो। यसलाई सुधार गरेर समाज साँच्चै को राम्रो र व्यवस्थित र समाज कसरी निर्माण गर्ने र आउने पुस्ताको या कुनै पनि भावीकोहरुको गुनासोबाट बच्ने र साच्चै बचाउने भन्ने कुरा को बहस गर्न जरुरी छ।जसले समाज लाई निकास दियोस।
एकातिर का कुरा अर्को तीर लागेर कुरा को पहाड लाई कुतर्क को भेला बनाउने, कुरा काट्ने बोक्ने चलन(कुरौटेसमाज) नष्ट होस र व्यक्ति स्वाइच्छा ले productivity तर्फ लागोस भन्ने ज्ञान विद्यालयले नी पढाउन जरुरी छ।
No comments:
Post a Comment