अब
मलाई यति धेरै घृणा गर कि,म बिर्सन सकौ
तिम्रो हेराईको मिठास
तिम्रो बोलाई को कोमलता।
छूवाईको न्यानोपन।
बिर्सन सकु की ती प्रत्यक पलहरु
ती दिनहरु
घाम डुब्न लाग्दा रातो भएको
आकाशसँगै ओझेलिदै गरेको बाटो
अनि आधा रहेको त्यो जुन
हर्दाका ती दिनहरु।
थाहा छ! एकदिन त म तर्सिएकी थिए
त्यो जुनले मेराे बाटोलाई
मिर्मिरे बनाउँदै हुँदापनि
मैले तिमीलाई देखिन
हातासमा म थर-थर काप्दै सोच्थे,
के आज तिमी आउँदैनौ?
की अब कहिल्यै आउँदैनौ?
तिमी आयौ आज मात्र भने
म सदा-सदा को लागि यसरी अँगाल्ने छु
जसरी तिमीले मलाई पहिलो
पटक अंगालेको थियौ।
ढिलै भए नी मिर्मिरे अझ
चखिलो हुँदा तिमी आयौ।
सायद त्यो समय आधा चन्द्रमा
अनि आधा तिमी भएर
रात उज्यालो भएको थियो।
अनि ढिलै भएपनि त्यो क्षण अमूल्य थियो।
मेरा नजरहरु वर्षात जस्तै
तिमीमा अटुट थिए।
म मन् मनै यो कबुल गर्दै थिए
"यो समय यही अड्कियोस
नजर हरु बिल्कुल नहटुन
यी भावनाहरू सधैं सधैं गुन्जीरहुन।
म तिमीलाई माया गर्छु
म तिमीलाई असाध्यै माया गर्छु।"
No comments:
Post a Comment