हातमै बिलाएको असिना सरि
विलाइदियौ केही क्षणमा तिमि।
कुनै मौसम को त्यो साँझमा
हर मौसम हेर्न तिमीलाई,
औलाको बीचमा अटाएकी थिए
तिमी बिलाइदियौ असिना सरि।
आफ्नै बनाएथे त्यो सुनसान रात
सुन्नकै लागि तिमीलाई।
भुवादर आवाज थोरै मात्र छोडी
हिडी हाल्यौ मूल बाटो भई,
तिमी सँगै काट्नलाई ती गोरेटाहरु
हत्केलामा अटाएकी थिए,
तिमी उडी दियौ जुनकिरी सरि।
मदानिमा टासिएको नौनी जस्तै बनाई
सजाएकी थिए आँखामा तिमीलाई
आखिर पग्लिनु नी रैछ,
मौन रहँदै थापिरहे अञ्जुली भरी
जब झरि दियौ आँखाबाट
तिमी बिहानीको शित सरि।
No comments:
Post a Comment