नियात्रा: एक निरन्तर यात्राको

 हामि प्राकृतिक घाम खाइरहेका छौ।

र न्यानो भइरहेका छौ।

जसरी यि बोटबिरुवाले खाइ रहेका छन र

बढिरहेका छन।

हामी शित बनि झरिरहेका छौ, जसरी शिशिरमा,

बिहान बेलुका तिनै पातमाथि तप्प-तप्प झरिरहेका छन।


तर ,

यि देशहरुले अप्राकृतिक धुलो खाइरहेका छन।

र कतै पनि बढिरहेका छैनन।।

अशोभनीय बोलिहरु सुनिरहेका छन,

असान्दर्भिक भाषाहरु गुन्जिरहेका छन,

त्यहि भएर यि हाम्रा र अरुका प्राकृतिक 

उचाइलाइ ठेस पुर्याइरहेका छन।

तर हाम्रो यो प्रकृति गुनासो बिना बाचिरहेको छ।

हामी उसै गरि प्राकृतिक शित बनि रहेका छौ।

....


Share:

 भोलि हामीले मौसम अनुसार चराले 

जस्तो पत्घर र छेस्काहरु बोकेर 

घर बनाउनु पर्छ।

माकुराले जस्तै,

जहाँ छु त्यहि जालो बनाउनु पर्छ।

माझीले जस्तै बल्छी थापी रहनु पर्छ।

कुलो कटाइ रहनु पर्छ।

रुख रोपि रहनु पर्छ, अनि मात्र बाँच्न सकिन्छ।



Share:

भरोसा

 सबैचिज सकियो भने हामी पानीले बाँच्ने छौ

हावाले बाच्ने छौ, एकअर्काको आडले बाच्ने छौ।

मायाले मरेको आशा सबै जगाउछ,

मरेको माया मलिलो माटोमा छरेर हेर्ने छौ। 


ठुटीएको रुख पलाउने सधैं भर गर्छ।

खुइलिएको खरवारि हरियो फेरिन्छ।

उखेलेको बीउ धानको बाला भएर निदाउँछ

जमिन मै थियौ, जमिन मै दरबिलो खुट्टा उभाउँछौ। 


चिरिएको घाउ समयले निको बनाउछ 

बसेको खतमा ढिलो चाडो मासु पलाउछ।

कठ्याङ्ग्रिएको शरीर आगोले न्यानो बनाउछ

सुकेको मुल बर्खाले उर्लाउछ,समय होइन कर्म फर्किन्छ

हिजो पर्खिएका थियौ, अब नि उसैगरि पर्खीरहन्छौ।


#दुर्गा


Share:

समय

 त्यो कपको बाफ उडि सकेर 

रहेको चिसो पानी हो म।

म जम्न सक्छु।

फेरि पग्लिन नि सक्छु।

सबै समय हो जम्ने अनि पग्लिने।

म बरफ हुन्छु कहिले 

कहिले वग्छु नदि सरि।

अनि आधी हुन्छु कहिले।

कहिले शान्त हुन्छु समुन्द्र सरि।

मेरो बाटोमा न हिड कहिले काडा हुन्छु म।

तर म चाहान्छु तिमि म फुल भएको बेला

मात्र आउ भमरा सरि। 


फिक्का लाग्छु कहिले

निलो आकाश सरि।

कहिले धुम्मिएको मेघ सरि।

सबै-सबै समय न हो।

कहिले छ्मछमाउछु पुतली सरि!

तिमी जस्तो चाहन्छौ त्यहि भइ दिन्छु।

थाहा छ! तिमिलाइ सम्मानमा 

कुनै पनि पल सहन्छु धर्तीसरि ।

..........................

#दुर्गा


Share:

साथ

 साथ सबैलाई चाहिन्छ..

।।।।

घामलाई पानीको साथ

धर्तीलाइ आकाशको साथ।

आगनिलाई आगमनको साथ।

ठन्डा लाई न्यानोपनको साथ।

प्रेमीलाई प्रेमिकाको साथ।

श्रीमानलाइ श्रीमतीको साथ।

ब्याग्रतालाई एकाग्रताको साथ।

छटपटिलाई धैर्यताको साथ।

साथ न चाहिने को हुन्छ र??

साथ बिना कोइ बाच्दैन,

कसैलाई पनि कसै किसिमको साथ चाहिन्छ।

अब कुरा गरौ..

नेतालाई जनताको साथ

जनतालाइ सरकारको साथ।

यि भित्र करिब प्रश्न-प्रश्नै मात्र आउँछन

न यो साथ एक तर्फि छ न केहि छ।

न कसैले मात्र पाउछ साथ र कोहिले पाउदैन।

त्यसैले

के पत्याउनु यि भ्रष्ट दिमागले

के सिकाउछन र!

हाम्रो अगुवाहरुले नै यि माथि का सबै साथलाई

एकतर्फि सिकाएर होला

यहाँ न महान प्रेम जन्मन्छ न यहाँ गाढा साथ कसैले

कसैलाई दिन्छ!

निकै राम्रो साथ पाउदा निकै उचाईमा पुग्नेथियौ न र?।

तिमि पनि

हेर त आफुलाइ!!??


भरसक साथ राम्रोसँग दिएर पाउने नि गरौ।


......


Share:

बहाव

 समुन्द्र नजिकबाट एउटा बहाबले भन्यो!

..

त्यति एकान्त पनि नहुनु

आवाज पानीले नि नसुनोस।

अनवरत हेर यो छिटाहरु बादलको

खबर बोकेर धर्ती लाइ सुनाइ रहेछन्।


के गुनासो थियो र आकाशको घामसँग

उसलाई छोपर रमाइरहेछन च्यादर माथि थोप्ला-थोप्ला।

हर बखत तप्लेनिले आफ्ना रहर गुमाइरहेछन बलेसिसँग।

मलाई नि रुज्न मन नहोइन


तर

रातभर दियो बल्यो दियाघरमा।

ननिबाइ राख्नु भनेको छ मझेरिले।

म रुजु त उ ओसिएर नबल्ने अर्घमात्र हुन्छ।

अर्घ आफै बल्दैन, उसलाइ आगो चाहिन्छ।

त्यहिभएर।

मैले पानीलाई पनि सुनाइन मेरो मौनता।


..

Share:

Reminiscence

The water seems to be a surge,

 You don't have to stare at the sun.

 your eyes are an ocean of mine

 Expect to swim my arm.

 Please! Don't saturate at once.


Sense of calm.

after a long they get rain.

Trees shining inside the fog

And,

The petrichor leads me back to innocence.




Share:

छाल..

मेरो स्वास अड्किन्छ तिमि बोल्दा

तिमिले नि फेरि दिनु मेरो स्वास।

तिमि भै दिनु मेरो मुटुको चाल।

मेरो नसामा तिमि कुदिरहेको छौ।

अहो! यो उर्लिएर गएको छाल, छाल।




Share:

सिसा हो कि प्रेम!

 ...........

मलाई लागेको थियो उनी बोल्छिन् 

ती आवाज जहाँ उनकै शरीर माथि थेचारिएको थियो

एउटा गरहंगो ढुंगा।

नसोचेको सुनियो आवाज..

ढुङ्गाले ढुङ्गालाई नै कसरी दुखाउँछ!

ऊ त टुक्रिएर पो जान्छ!

न भन्दै कतै टुक्रिएको एउटा चोइटो

आकारमा आएर बस्यो कुनै घरगारो बनाउन!!


आज पनि झल झली याद आउँछ

त्यो आवाज जहाँ गालाहरुमा मोती ठोकिएर बजेका थिए

 उसका हात, 

र प्राण नै जाला जसरी गर्लमै झरेको थियो

आँखाबाट एउटा पहिरो!

कसरी नसुक्सुकाउन झुटहरुमा गन्दै गएको प्रेम।

त्यही भएर न्यानो नै लाग्ने वर्षात पछिका घाम!

फेरि घाम पोल्यो,वर्षात, वर्षात बाढी पछि घाम।

केही नसोचेर ,

त्यो प्रेम र सोचेकै जीवन!


अनेक हुन्छ नी जीवन

सास लिँदा लिंदै पनि निसासिएको जस्तो

महल भित्र पहिरेको कालो चस्मा,

कालो चस्मा बाट दृष्टीहरु अनियन्त्रित हुन सक्छन्।

तर देखिन भन्नु पर्ने रहेछ वारदात।

 दुखेको ढुङ्गाले त दुःखेकै ढुङ्गालाई 

हो उसलाई पनि दुख्छ भन्न सक्छ

लाग्दा।

फेरि एक चोइटो उफ्रिएर निस्कियो हम्मरबाट

सायद बन्छ अब कसैको घर

पिर, दुखाइ र सिसा गडेको घाउ।

तर प्रेम! तर प्रेम!

.........

#दुर्गा


Share:

त्यहाँ रुखको समाजमा

 रुखको समाजमा नी 

आज एउटा भोज चल्दै थियो।

रुखको गाउँमा नी एउटा चुनाव हुँदै थियो।

रूखहरू खोइ स्वतन्त्र हु भन्थे कोहि त 

कोही पुराना तर विद्वान, विकासशिल भन्दै।

त्यहाँ रुखको समाजमा एउटा चिसो युद्द चल्दै थियो।


त्यति कै मा एउटा भ्रष्टचार विरुद्धको

घिमौरीको बोट आयो।

ऊ बेग्लै थियो, दर्हो,बलियो अनि नवीनतम नौलो।

त्यहाँ रुखको समाजमा आज एउटा अग्रगामी पाइलो चल्दै थियो।


त्यहाँ क्रान्तिका बुलन्द स्वरहरु सुनिन्थे 

अंघेरी, लाकुरी,निगाली, कालीमुन्टीहरुको।

उनीहरू आफ्नो जराबाट आफै उभिएका भए पनि

तिनको त्यहाँ नेतृत्वमा थिए प्रगतिशील सिमालहरु।

जे भए पनि आगाडी त तिनै बढी रहेछन्,

त्यहाँ आगडि बढ्दै थिए मात्र बास हरु।

त्यहाँ पनि नेतृत्वमा त हुँदा रहेछन् अग्ला, चिल्ला तिनै चापहरु।

जो अग्ला हुन्छ उही माथि देखिंदा रहेछन् ,

त्यहाँ रुखको समाजमा नी आज एउटा आन्दोलन चल्दै थियो।


त्यहाँ रुखको समाजमा छानिए 

निहुरो, अमारो, चिउरी जस्तै चिल्ला पातहरू

काटिए, उखेलिए, फालिए, चुडिए

उनिउँ, पानीअमला, अबिजाला र सलाई झारहरु।

त्यहाँ आज रुखको समाजमा पनि एउटा चुनावी बैठक चल्दै थियो।








Share:

बेरङ्ग

 बेरङ्ग...

...

बादल आकाशबाट उधृएर क्षितिजतिर 

टासिंएको जस्तो देखिन्थियो।

मलाई लाग्यो पहाडले भेटिरेहेक छ आकाशलाई।

बादलको जिउ फेदिका बुट्यानभित्र पसिरहेको छ।

पातले उसमा भएको पानीलाई जरासम्म पुर्याएर

हर बिहान उसले पनि शित बनाइ पैचो तिरिरहेको छ।


हेर्दा हेर्दै, सोच्दा सोच्दै मेघको अर्को पाटो 

आएर फेरि ठोकियो।

एउटा झिल्को आगो भन्दा चहकिलो मेरो कानको

मौनतालाई रापिएर भन्दै थियो।

"यो बादल हामी जसरी उधृएको छ, 

ट्याकै, फाटेको कुर्कुचा जस्तै, कुरुप खुट्टा भएर।

हामी कसरी यहि सुन्दरता माझमा सुन्दर भएर भेट्यौ।

आज यसैलाई बिरुप मानेर बिदा हुँदै छौ।

राम्रो लागेसम्म राम्रै लाग्छन हर असत्य।


हामी बिदाइ बिदाइ नजिक छौ र

मलाई यो क्षितिजबाट निस्किएको घामपनि

मन पर्दै छैन।

म के गरौं ?"


म पनि मौन छु कुम्भकर्ण हिमाल अगाडि चिसो हावामा।

मेरो सपना ! मेरो बिपना। 


.....


Share:

अर्काको चिजमा हक न जमा मान्छे!!

 अर्काको चिजमा हक न जमा मान्छे!!

...........................

रुखबाटै बनेको भौतिक कुरालाई रुखले छुन पनि पाउँदैन्।

तर रुख भरिएको जंगल चाहिँ मेराे हो भन्छ मान्छे।

पानी बाटै सिन्चिएको बाली खान पाउँदैन पानीले,

तर गर्हा भरी बेलिएका धानका बाला मेरो हो भन्छ मान्छे।


मौसम अनुसार फलेका फल खान पाउँदैन त्यही मौसमले

सुन्तलाको धनी सुन्तलाको बोट कहिले हुन्छं र?

मौसम हेर्छ खुशी हुन्छ, रिसाउँछ,

बोट हेर्छ ज्यान राम्रो लागे बोटको

घमण्डले हक जमाउँछ उसका चिजमा मान्छे।


यसपाली त बाली फलेन्, आलु फलेन, 

माटोलाई आफ्नु असक्षमतामा ग्लानि होला कि न होला?

तर रिस रिस मा भौतारी रहन्छ मान्छे।


लाग्छ पानीले पानीको बाली खान पर्छ!

मौसमले उसको मेहेनेत खान पर्छ।

बोटले उसको कमाई खान पर्छ।

माटोलाई आफ्नु असक्षमतामा दुःखी हुन पर्छ।

त्यही भएर बोलाउन मन् पर्छ बेला बेला

बाढी, पहिरो, छाल,सुनामी,असिना, 

अनवरत झरी, हुरी बतास,

मुटु हल्लाउँने भूकम्प

अनि थाहा पाउने थियो

माटोको पिर, रुखको मार्का,

बोटको उचाइ,

माटोको परिश्रम र पानीको गहिराई।


अर्काको चिजमा धेरै हक न जमा मान्छे!!


Share:

खासमा पढ्न बाँकी छ

 खासमा तिमीले धेरै पढ्न बाँकी छ...

.........

उनीहरू पढ्दा रैछन, विलियम शेक्सपियर, लियो नार्दो दा भिन्चीहरु 

कथाहरू सफलताका, सङ्गर्ष का हुँदा हुन या

प्रेम कथा हुँदा हुन।

रवीन्द्रनाथ टैगोर हरुलाई पनि उनीहरूले पढे,

पेब्लो नेरुँदा लाई पनि पढे!

Oscar Wilde पढे

उनीहरूले पढे होलान् पहिलो पानामा Robert Frost लाई,

उनीहरूका आगडि पुस्तकका कति चाङ छन्।

उनीहरूले यी महान हरु सबै सबैलाई पढ्छन्।

अझ यिनीहरूका जीवन काहानी प्रेम कथा त यति मज्जाले पढ्छन् की

उनीहरूले ओस्कार वाइल्ड, विलियम शेक्सपियर,

रवीन्द्रनाथ टैगोर, पाब्लो नेरुदा आफैलाई देख्न थाल्छन।

र आफू पनि त्यही दर्जा कै हुँ भन्ने एउटा अहममा हुन्छ्न।


हुन् पनि

 एउटा किताब खाए पछि त आउँछ नै यति खुलेर दिमागमा।

यिनीहरू नपढ्ने होइनन्, पढ्न कै लागि पनि एक एक पाना त 

माथिका सबै पढे

अझ प्रेम पढे,

उनीहरूका सृजनामा प्रेमले, स्नेह, मायाले खेलेको भूमिका पढे

 सृजनात्मकतालाई प्रेमले मल्झल गर्छ भन्ने किन बुझिँदैन र एउटै पन्ना पढे पनि

उनीहरू जसलाई पढ्छन् त्यहाँ आफूलाई नै देख्दा रैछन।

यो चित्रण मेराे पनि हो भन्ने भाव आफै कोर्दा रैछन।

भन्दा रैछन आफूलाई नै नराखे पनि राखे जसरी नै 

आफ्नो बयानमा नेरूदाको बयान।

एकजना त आफै स्वघोषित कवि भाषण गर्दै गर्दा

सुने झै लाग्यो,

दा भिन्ची को प्रेम सुन्ने हो!

उनी अधबैशे आफैलाई पनि प्रेममा त्यहाँ थाहा नपाए जसरी 

मलाई आफू भन्दा निकै कम उमेरको स्नेहमा भिज्न मन् छ

र मेरो पनि सृजना अझ बलियो बनाउन मन् छ।।


पढ्नु त कदाबि नराम्रो होइन,

तर पढेर कुनै शताब्दीका महानतामा र कुनै समय को सामान्यमा

आफूलाई देख्नु किताबको मुखुण्डो भित्र

अहंकार,भोक र बासना बोकेर हिँड्नु नै हो।

आफैलाई आफैले महान मान्नु जस्तो महानता अरू भन्दा नी 

हाम्रा महान स्वघोषित हरुलाई आउँछ।


उनीहरुलाई यो पनि लाग्न सक्छ यो समयमा 

हामी जन्मिएको कारण 

या यो समयमा हामी भएकै कारण नै पाब्लो, पिकासो, शेक्सपियर, Wordsworth हरु चिनिएका हुन्।

 जिवनका हरेक सृजना  यति भित्र मै सीमित छन्

चाहाना, बासना, कामना र अहंकारमा।

यसरी नै उनीहरुले इतिहास लेखी रहेका छन।

 आफू मुकुट भिरेर हिँडिरहेका छन।


फेरि यी सबैलाई थाहा पनि छ

 पारिजातहरुका दर्दनाक प्रेम कथा,

सायद यी कुराहरू मात्र यिनीहरूले पढ्न बाँकी छ।

यिनै मुखुण्डो भित्रका मानिसहरूले रचेका हुन्छन अनेक

दर्दनाक कथा, बनाएका हुन्छन् जीवन कसैका 

दर्दनाक।


ओ! मान्छे तिमीलाई त धेरै पढ्न बाँकी छ!



Share:

एउटा पहेंलो पातलाई

 खोइ रुखलाई या जरालाइ सुनायो

कसरी बोल्यो आज दिनभर न्याउलिले

हावालाई बोलायो, बादलसँग दुख बिसायो।

उसका कुरा बुज्दैनन यि कानले

यो सुन्दैनन् कहिले कुनै पनि मनले।।

जे थियो सबै उहि आफैलाइ सबथोक सुनायो। 


म भन्दा निकै साना किराहरु

म भन्दा निकै माथी उडिरहेका छ्न।

म पुग्दिन ति उचाईमा।

चिलाउनेका पातहरुमा छिद्रा-छिद्रा छन।

त्यहाँबाट बरु चुहिदैन र?मै भएको सम्म

एउटा कबिता! 


माकुराको जालोले अन्जान मै 

लामखुट्टे अड्काइरहेछ।

मेरो एक थोपा रगत 

मकुराको आहारा भइ रहेछ।

लाकुरिको हाँगाको च्यापले गोदुलि 

आँखामा पासायो।

सिमलले राता घामपनि कति हो कति पचायो। 


म लुकेको ओडारमा पिपल उम्रेको छ

हाँगा-हाँगामा मुटु बोकेर आफु पहेलिएको छ।

घामका किरण जराहरुले कतै पाएनन्।

अमलाका फेदहरुले पानीको प्यास त कहिले मेटाएनन्।

....


Share:

भारी बिसाईदिउँ

 सिलाएर नाम्लो म भारि लागाउन लागेकि थिए

दु:खको, जो बोकेर डाडापारि पुर्याउनु थियो,

र छोडि दिनु थियो, पुगोस न ति नेताहरुका, भ्रष्टहरुका

घर नै

निर हाम्रा दु:खका ढुङ्गाहरु, र टाउको भरि लागोस

र दुखोस हामि दुखे जस्तै भान्सामा बिहान बेलुका। 


म भर्न लागेकि थिए गाग्रीहरु

पिठ्युँमै बोकेर भए नि लैजाउ र

खन्याइ दिउ ति सुतेका, पहाडहरुमा

अनि उठुन न आत्तिएर, निदाएको किन बाहाना गर्नु!

हामी नि निदाउछौ अब गहिरो निद जब खालि गाग्रीमात्र

गग्रेटामा हुँदा ,र भरिने केहि आशा हुँदा।

तर

यसरि नि कहाँ हुन्छ र, मेरो नाम्लो खेर जान्छ,

मेरो समय खेर जान्छ, दु:ख बोक्दा नि दु:ख खेर जान्छ।

पानी बोक्दा नि प्यास खेर जान्छ, 

आशा गर्दा आश नै खेर जान्छ,

किनभने यहाँ आफैले केहि नगरि अर्काले केहि गर्दैन

र सब थोक खेर जान्छ, बर्बाद! बर्बाद!


#दुर्गा


Share:

The butterfly like me.

A black butterfly is flying over the yellow wall

Like me, he's looking for something,

He must have stolen my color and turned it black

That he must have known a fragrance like mine.

That must have come to listen to my story.


Listen ...

I can only see you in the picture

Which I always decorate on my own.

Nerve is what it is

Sounds dripping from your lips

On the full moon day 

That whisper of trees to the light.

Dreams of trying to pull a red hat off your head,

The bright story on the Yard,

I remembered it was midnight,

Abutting the hand and dancing on own

Shadow teasing awfully

Let me remind you all about this on Yellow Pages

I find you in the thick haze.

Fall on the ground

I pretend that you are rainwater.


Share:

प्रतिलिपि: सोचाइ।

 म मेरो बच्चाको बारेमा सोच्छु र म आफैं बच्चा सोच्छु।

  र मेरी आमाले मलाई बच्चा उहि आशामा सोच्नुभयो

अहिले म सोच्छु

  रिरिमको बिहान वा साँझको बीचमा

  मलाई लाग्छ म जन्मिएको थिएँ, 

म आशाको आशामा जन्मेकि थिएँ।


  यहाँ फेरि कसैले सोच्दछ,

  म जन्मँदा नि मलाई कत्ति दुःख लागेको थियो।

  र म मेरो बच्चाको बारेमा सोच्छु र म आफैलाई बच्चाको रूपमा सोच्दछु।

  

यो मेरो आमा र मैले सोचेको हुन सक्छ दुबैले

जो नारीले सोच्दछ

  मलाई लाग्छ कि म खडा हुन र म मेरै लागि खडा हुनु नै ठूलो छ

  म सोच्न को लागी, सोच्नै छोड्छु।,,


म मा मेरो आमाको गुण केहि आएको छैन।

जस्तो ऊनी कोमल छिन, उनि नरम छिन।

मेरो कठोरतामा मलिन छिन।

उनि मेरो रिसमा नि हास्छिन।

कसैको रिसमा हास्छिन।

संघर्षमा संघर्षशील, 

मै हुनु पनि प्राण जानु नै त हो।


म मात्र यस्तो हो, जो हाँस्न बिर्सिएको,

वर्षौ भयो।

न्यानोपनको छायाँ टाढा गयो,

कि त चर्को घाम छ, कि त हुरिबतास।

ऊनी त सबै थोकको संमिश्रण छिन नि।

ममा केहि पनि गुण आएको छैन।


Share:

स्मरण:एक गहिराई

 तिम्ले रातो मैनबतिमा

गहिरो स्वासले मलाई न्यानो बनाउँदा

निर्दोष देखिएका अधरहरु,

केशबाट फुत्किएका सुगन्धीत बास्नाहरु

छरपष्ट कलशबाट खन्याएको मोति जस्तै

मीठो आवाजहरु मेरो कानमा

आजपनि उसैगरि गुन्जिरहन्छ। 


म एक्लो त्यो चन्द्रमा जस्तै अब,

उज्यालो अरुबाटै सापट लिएर

पुर्णीमा बनी मेरो उज्यालोमा तिम्रो

हलुका छाया आजपनि पछ्याइरह्न्छ। 


उगृएको निलो विशाल आकाशबाट 

चम्किदै उल्काजस्तै कालोरातमा

खसेर कुनै समुन्द्रमा बिलाएपनि।

तिम्रो परेलीको नसालु मात हेर्न

न्यास्रेका मेरा नयनका प्यासहरु 

कल्पनामा आजपनि मेटाइरहन्छ। 


पाखुरामा छोडेका खतहरु

ओठमा मिसाएका ईन्द्रेणीहरु

ठोकिएका एकजोर स्वासहरु

निस्ताएर निथ्रुक भएका भाबनासंगै

सुस्ताएर खाएका कसमले,

निन्द्रामा आजपनि झस्काइरहन्छ।

...........................................


Share:

भरोसा

 भरोसा।।

....

म तिमिलाइ अन्तिम पटक हेर्दै थिए।

मधुरो आँखा त्यहि नि आकाश जस्तै।

बर्सातको पहिलो दिन थाहा छ?

म परेलिलाई सुकाउन घामको खोजिमा

आँगनमा डुल्दै थिए।


मलाई पत्तो पनि भएन अनायास! 

बर्सातले

बर्षा मात्र साचेको हुन्छ र

तिमि थोपा मै 

अनायसै! फ़ेरि झर्छौ भनेर।


चौगारो मुनि फुकिएको आगो नि

केहि काम थिएन, 

अब म कसरी ओभाउनु?

म मा भएको फुक्को हाँसो झरिसंग मिसिएको छ।

म नदेखाउन ओसिएका परेलि बरु निथुर्क्क हुन्छु। 


जूनले केहि ताप दिन्छ र रातमा अनिदो बस्नु?

बरु रुखको छाँयाले कसरी गिज्याउछ त्यहि रुखलाई।

चमेराले गुड रात मै मात्र देख्छ, 

त्यहि भएर रात रात जस्तै लाग्छ र ताराको

चहकले बोलाउछ।

त्यो नै सत्य हो यिनै बिचमा 


म पनि अन्तिम हेराइ हेर्दै थिए यो अध्यारोलाई।

यहि आशामा हरेक अध्यारोले 

लाजवाब बिहानीको आमन्त्रणा गर्छ।

#दुर्गा



Share:

जीवन रङ्ग भर्न सक्छ

 जब आँखाहरूले घाम देख्न छोड्छन्,

शरीरले किरणहरुका स्पर्श गर्न छोड्छन्,

तब शरीरका कोषहरू चिसिदै, 

आँखाहरू ओसिला हुँदै जान्छन्, 

भित्रको प्रकाश पनि आँखा बाटै बिलाउँदै जान् सक्छन्!

जीवन त सधै ओस परेको चिसो माटो जस्तै हुँदो रहेछ।

जब घामहरु थाहै नपाई सहर माथि माथि हिँड्छन्!


आकार बनाउन जीवनलाई 

आकार बनिए जस्तै गिलो माटोको

घामले जीवन(शरिर) सुक्न पनि त पर्छ

जसरी माटो सुकेर मात्र त भौतिक वस्तु बलियो हुन्छ।

 

बतासमा आफूलाई उडाउँदै, लहराउँदै, झुलाउँदै

हिड्न सकिन्छ।

घाममा आफूलाई पनि त बिस्कुन जस्तै सुकाउन सकिन्छ।

अनि हावामा आफूलाई पुतली जस्तै उडाउन पनि सकिन्छ।


माटोले, घामले, हावाले, बाछिटाले पनि त

जीवन मा रङ्ग भर्न सक्छन 

आमोदित बनाउन सक्छन!


तिम्रो सहरमा मैले त्यही खोज्दै हिँडेको तिमीले देख्यौ?!



Share:

खत: स्मरण

 "खत"...स्मरण..

.....

यो बाटो प्रायः म उकालोमा आगो लिएर हिड्द्थे

उकालोलाइ आगो भन्छु, जहाँ शरिर भतभत पोल्छ

आगोले आगोलाई काट्छ भन्नु नि उखान नै त हो।


अनि बरु

म माटोलाइ हलुका टेक्छु, लाग्छ कि मेरो कारण 

त्यहाँ चोट नलागोस।

बरु पिडा हरु पोको पारेर कतै समुन्द्र तिर

डुबाइदिनु, जहाँ हरेक मेरा ता तात्तता खबरहरु

छालहरुसंगै चिसिएर सुस्तरि बगुन,

र पिसिएर बालुवा धुलो किनारामा छरिउन।

अरुले कसले बोक्ने भारी।


त्यो पानीको एक्लोपन मैले बुझे या बुझिन

आगोको राप पानीले सायद बुझिरह्न्छ,

र जलन तापिरह्न्छ।

दाहिने गालाको खत सरि एउटा खाटो यो गोरेटोसँग

यादहरुको बस्यो,

पलपल आइरहन्छ स्मरणमा।


म यो भन्न सक्छु, मेरो आँखाबाट आएको पानी

मेरो शरीरमा बगेको तातो रगत चाहि झुट होइन।

म यो बाटोलाइ भनिरह्न्छु, छेउछाउका बोटहरुले

बताससग साटेको प्रेम पनि कदापि असत्य होइन।

बरु यो मस्तिष्क अनेक तिर चल्छ, कारणमा।

#दुर्गा


Share:

ब्यबस्था माथि लेख

 लेख सवैभन्दा धेरै व्यवस्था माथि लेखेर

यसैलाई धूलो पिठो हुने गरी अक्षरले कुटि देऊ।

सायद यो व्यवस्था ठिकै भएको भए 

कथा त केही हुने/रहने नै थिएनन होला। 


कुनै दिन

तिमीलाई नै चाहिँदैन तिम्रा सहयात्री

किन त्यो मखमल त

निकै न्यानो हुन्छ सबैलाई। 


तिम्रो दाजु पनि कम्ती विद्रोही थिएन नी!

ढुंगाले भोक मेटाएर आगोको बाटो हिँडेको

सानो हुँदा।

अहिले उसैको पेटले उछलकुद्न दिँदैन उसलाई। 

आफ्नु शरिर बोक्न सक्दैन आफ्नै बाटोले

व्यवस्थाले कुरुप बनायो उ कुद्न सक्दैन आफ्नै खुट्टाले।



हरेक साल,

तिमीले कति वटा अनुहार हेर्यौं त्यो मेचमा?

पुग्नु आगाडी त्यहाँ,

जो तातो रगतमा ओर्लिन्थे पहाडमा, कराउँथे जोसमा।

अहिले हेरेर पढेर नी केही हुँदैन 

जान्दैन चिठीलाई जवाफ फर्काउन।


मैले कहनु सम्म कहेको थियो पहाडको भीरमा

बसेको अप्ठयारो ठुल-ढुङ्गाको बारे।

किनभने त्यो ढुङ्गा मुनी मेराे र उसैको घर थियो।

तिम्रो  घर पनि किच्छ है त्यो कान्लो रिसायो भने 

चिठी भरी भनेकी थिए मैले। 


देखेर पनि नदेखे जस्तो गर्दो रहेछ(मानव) मेसिन ले त।

थाहै नपाई सहर बसाई सरेछ उसको घर।

उसको चर्चा त फन् फनी घुम्छ रे

गीत बनेर गल्लीहरुमा। 

 

एउटा ढुङ्गा मुनी बसेर लेखेको 

व्यवस्था माथिको कथा।

लेख धूलो पिठो बनाई देऊ यो व्यवस्था।


Pic::(Tinospora cordifolia)

           गुर्जो


Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.

Blog Archive