सबैचिज सकियो भने हामी पानीले बाँच्ने छौ
हावाले बाच्ने छौ, एकअर्काको आडले बाच्ने छौ।
मायाले मरेको आशा सबै जगाउछ,
मरेको माया मलिलो माटोमा छरेर हेर्ने छौ।
ठुटीएको रुख पलाउने सधैं भर गर्छ।
खुइलिएको खरवारि हरियो फेरिन्छ।
उखेलेको बीउ धानको बाला भएर निदाउँछ
जमिन मै थियौ, जमिन मै दरबिलो खुट्टा उभाउँछौ।
चिरिएको घाउ समयले निको बनाउछ
बसेको खतमा ढिलो चाडो मासु पलाउछ।
कठ्याङ्ग्रिएको शरीर आगोले न्यानो बनाउछ
सुकेको मुल बर्खाले उर्लाउछ,समय होइन कर्म फर्किन्छ
हिजो पर्खिएका थियौ, अब नि उसैगरि पर्खीरहन्छौ।
#दुर्गा
No comments:
Post a Comment