नियात्रा: एक निरन्तर यात्राको

राजकुमारी

 नेपाल परिचय पढ्दा सरले बीच बीचमा इन्ट्रेस्टिङ कथा, रोचक कुराहरु सुनाउनु हुन्थ्याे, कति बिर्सिए तर एउटा नबिर्सिएको कथा चाहिँ यो छ, यस्तै थियो....


बेलायतमा राजतन्त्रमा कुनै बेलामा बाहिर जनता एकछाक खाना खान नपाउने, भोकमरीमा अवस्थामा थिए! तर राज दरबार भने एकदम आलिसान थियो, राजाहरूलाई त किन थाहा नहुने बाहिरको अवस्था बारे तर नी मतलब हुदैन थियो, राजकुमार राजकुमारीहरु बाहिरी संसार बाट अनविज्ञ हुन्थे मतलब भित्र यस्तो संसारमा नी कुनै आभाव नै छैन र केही थाहा पनि छैन। 


तर बाहिर जनता सडकमा खानको लागि सङ्गर्षमा थिए। राज दरबार घेर्न आउँथे। त्यही बखत एकदिन बाहिर मानिसले रोड मा झरेको पाउरोटी टिपेर खाई रहेको बालकोनी मा निस्किएकी राजकुमारीले देखिछन् र आफ्ना राजा बाउ लाई सोधिन्। " राजा सा यो मानिसले के खाएको?".


अहिलेका राजा, राजकुमार, राजकुमारीहरुले जनताको पिर मार्का बुझ्छन होला है?त्यो त्यो बेला थियो एउटा शताब्दी...


अस्ती भर्खर आफै खान नपाउने अवस्थाबाट उठेर सत्तामा पुगेकाले त आफ्नो भोको पेट हुँदाको अवस्था बिर्सिए भने भोक के हो भन्ने थाहा नै नभएकाले बुझ्ने त त्यस्तै हो। पहिला पनि पेट भरिएका, अग्राधिकार प्राप्तहरुलाई जसको कारणले या जुन अवस्थामा केही नगरी पेट भरिएको थियो त्यो व्यक्ति, अवस्था मन पर्नु स्वाभाविक नै हो।



 

Share:

बालापनको कुरा

 बाला पन, सम्झना र आज मा फरक.....के छ(?)

१) 

फोनको कुनै पनि सुविधा थिएन, दाजुहरू सहर बसेर पढ्थे। गाउँको बजारमा एउटा फोन थियो pco के हो त्यस्तै। फोनमा बोल्ने भनेपछि डर लाग्ने, लाज लाग्ने हुन्थियो। त्यस्तै थियो कुनै बेला, अहिले हास उठ्ने बेग्लै कुरा हो लाज लाग्नु नी बेग्लै।

एकदिन गाउँमा के घटना घट्यो माओबादी द्वन्द काल होला। म यति कुरा थाहा पाउने चाहिँ थिए।

अनि दाजुहरलाई सहर बाट गाउँ बोलाउनु पर्ने भयो। दाजु हरु नी थाहा भएर होला घटना हरू सहर बाट गाउँ आउँदै रहेछन् त्यही दिन।

अब कसरी बोलाउने भन्दा फोन गर्ने झापामा, फोन गर्न आमा जानु भयो। फोन गरेर आउँदा पछि केही बेर मै दाजुहरू घर आइपुगे। बिहानै हिडी सकेका रहेछन् अहिले जस्तो थाहा हुने भए पो! एकै पटक मानिस आए पछि मात्र थाहा हुने बेला!!

अब मेरो दिमागमा के परेको थियो भने कसैलाई फोन गर्यो भने चाहिँ एकछिनमा टाढा भएका मानिस नी आई पुग्ने रहेछन्। अहिले सम्झँदा हास उठ्नु बेग्लै कुरा हो!


२)..

 राजा रानी को २०५८ सालमा हत्या पश्चात मृत्यु भयो। म ५/६ वर्ष की थिए। रेडियो नेपाल मा नराम्रो धुन बज्थ्यो।

१३/१४ दिन सम्म त्यही बज्यो।

राजारानी को मृत्यु हुँदा आमा बुबा हरु एउटा कुरा भनेका थिए। देशका ठूला मानिसको मृत्यु हुँदा आकाश मा गोलो इन्द्रेणी लाग्छ। ५/६ वर्षमा इन्द्रेणी भनेको त्यही बेला हेरेर थाहा पाए। जेठको समय घाम पानी इन्द्रेणी ठूलो कुरा भएन दिन को एकपटक पारी पट्टी पहाडमा देखिन्थ्यो सायद!

 अब जहिले आकाशमा,पारी पट्टी पहाडमा हेर्ने काम मात्र भयो मेरो।

 अथवा इन्द्रेणी देखि सक्दा डर लाग्ने। पानी अलि अलि परेर घामसँग मिसिए पछि ईन्द्रेणी लाग्छ अब मलाई डर लाग्ने। 

मेरो लागि ठूलो मान्छे भनेको आमा हो। मैले मान्ने ठूलो मान्छे आमा हो। मलाई को राजा को रानी त्यो ५/६ वर्षमा। यसरी डर लाग्दा लाग्दै त्यस पछिका धेरै वटा इन्द्रनी पछि नी केही भएन र अलिक डर कम भयो। 

अब अहिले सामाजिक संजाल पहुंच,नाम भएका मानिसहरू हाम्रा आमाहरुका विश्वासका कथाहरू आज सम्म नी लेख्दा रान्।अब के भन्ने।।


(मानिस यो सम्म कि आफू महान आफूले पछ्याएको झन महान भएको कारण प्राकृतिक कुरा घटनाहरु पनि मेराे र मैले पछ्याएको मानिसको मात्र नियन्त्रमा रहेको हुन्छ् भन्ने कस्तो भ्रममा हुँदो रहेछ।) 


मानिसको मृत्यु हुनु र कमिलो, लामखुट्टे साना किराहरुको नी मृत्यु हुनु उही हो। राजा रानी मरेका दिन अरू कति मानिस को नी मृत्यु हुन्थियो होला भयो होला, कति कीरा मरे कति फट्याङ्ग्रा मरे अब तिनीहरूले नी मेराे कारण ईन्द्रेणी परेको भन्छ्न कि भन्दैनन्?

(एउटा भारतीय धर्मगुरु प्रशान्त त्रिवेदी आफूलाई अवतार भन्दो रैछ त्यसको फेरि अर्कै कुरो रैछ। इन्द्रेणीलाई अलौकिक तथा कुनै अर्कै दुनियाको सन्देश लगायत एउटा छुट्टै रहस्य भन्दो रैछ त्यसको पछि लाग्ने पनि सित्तीका रैछन। त्यसको इन्द्रेणी प्रतिको obsession नै अर्को छ फेरि। 

मान्छे जाबो यो पृथ्वीको करोडौं प्राणी मध्ये एक हो। यसको मपाईँत्व ले उसलाई हरेक प्राकृतिक घटना उस्को या उसको मानेको भगवान् को रहस्य हो भन्ने लाग्छ। हुन त मान्छेले आफूले मानेको भएर त्यही चाहिँ सत्य भगवान भनेर त्यो भगवान भन्नेलाई त आफ्नो मुन्तिर राखेको छ ।

मानव जाति आफू नीकै महत्वपूर्ण साबित गर्न के के लेख्छ, के इतिहास लेखेर जान्छ अनि त्यो इतिहास मा मानिसले कसरी गर्व गर्छन्, यो पाटो त झन अचम्म को छ।)


पुनश्चः जति मानव जाती नष्ट हुन्छ पृथ्वी उति नै खुशी हुन्छ, यो उसैलाई थाहा हुन्छ। भनेपछि मानिस के हो?!

Share:

संजालमा

सामाजिक सञ्जालमा गरिएका निम्न टिप्पणी विशेष गरी पीडितलाई गाली गर्ने..त्यस्तै बलात्कार र यौन दुर्व्यवहारको विषयमा पीडकको पक्ष पोषण गर्ने पीडितलाई सराप्ने अनि महिलाहरुलाई विशेष हेयको दृष्टिकोण राख्नेहरूको प्रोफाइल हेर्ने हो भने विचित्रको समानता देखिन्छ। उनीहरू

* उनीहरू अन्ध तथा उग्र राष्ट्रवादको मार्गमा छन्।

* धार्मिक जडता तथा धर्मान्धता र तिब्र अन्धविश्वासले ग्रसित छन्।

* निरङ्कुश र अधिनायक राज्यसत्तालाई मन पराउने रैछन्।

* उनीहरूले अन्तराष्ट्रिय स्तरमा पनि एउटै किसिमका नेतृत्व मन पराउँदा रैछन् जस्तो मोदी, पुटिन, ट्रम्प, हिटलर, चीनफिङ, बर्मेली सेना.....

* प्रजातान्त्रिक तथा धार्मिक स्वतन्त्रता भएका व्यवस्थालाई सरापी राख्ने गर्दा रैछन्।

* साम्प्रदायिक र धार्मिक घृणामा पुरै डुबेका हुँदा रैछन्।

* जातिवाद, रंगभेद तथा असहिष्णु अनि त्यस्तै व्यवस्थाका पक्षपोषण गर्ने

* इतिहासमा विशेष गौरव गर्ने 

* विज्ञान र वैज्ञानिक विधि प्रति विशेष असन्तुष्टि राख्ने


#socialmedia

Share:

एक सम्झना

 पोहोरको साल आजको दिन त्यसै पनि याद आउँछ किनभने देशका ऐतिहासिक स्थान, व्यापारिक महलहरू जलेको दिन, कयौ आमाहरूले आफ्ना सन्तान गुमाएको दिन थियो। 

यो कारण पनि बिर्सिन नसकिने छ कि आजको दिन रातभर अनिदो बसिएको थियो डरले,त्रासले।


आज एकवर्ष भयो, यस्ता आन्दोलन देशमा धेरै भए जनताका आश सधैं आफ्नु जीवन परिवर्तन होला भन्नेमा रह्यो, तर उनीहरूको जीवन सधैं उही झन् खराब छ।


काठमाडौँमा बस्नेले त्यही भीड गाडी खोचाखोच त्यही धुलो त्यही बाटो आज पनि त्यसरी नी खलासीको गाली खादै गाडीमा हिँड्नु परेको छ। पैदल यात्रीको कुरा न गरौं कहा बाट के खस्छ र टाउकोमा लाग्छ भन्ने था छैन। महंगी बढेको छ।ग्यास अभाव छ।(आज निकै महिना भयो ग्यास अभाव। 

तर कुनै स्तर बाट नी विरोध आन्दोलन केही भएको छैन, सब चुपचाप छन्।)


हाम्रो घर नजिकै एकजना आमा मकै बेच्नु हुन्थ्यो उहाँको जीवन उहाँको काम सधैं त्यही त्यस्तै छ कति बेला नगरपालिका आफूमा खनिन्छ भन्ने डर।


परिबर्तन भनेको त त्यहाँ बस्ने समान्य भन्दा सामन्यको जीवनस्तर उकासिनु हो नि। तर त्यसको आशामा आज पनि त्यो मान्छे बाँचिरहेका छन्।


आफूले मत दिएर पठाएको सरकारलाई यति चाँडै गाली गरौं भने आफ्नै अहङ्कारमा चोट पुग्ने।सामाजिक संजालमा अराजकता त्यसै कदापि आएको होइन। देशमा बेरोजगारी छ, गरौं केही छैन, घरबाट केही गरिनस भन्ने दबाब छ त्यही निरासामा पनि मानिस अराजक,पीडक बन्छ। मानिसको निरासा पीडितमा खनिनुको कारण पनि त्यही बेरोजगारी भीड बढ्दै जानु हो।

केही वर्ष यता इंडियामा त्यस्तै नै छ।


हामी पनि देश परिवर्तन होस भन्ने आशामा छौं, तर निरासा बाहेक केही छैन।

यस्ता दिवस हरु मनाउने दिन अर्को साल नी आउँछन् तर मानिसहरू जहाँको त्यही हुन्छन्।

कुरो त यो पनि हो के तिनीहरूले सम्म न्याय पाए त.. जसले आफ्ना पढ्न राखेका सन्तान बिना कारण गुमाएका थिए।? उत्तर: सायद छैन्।



#Nepal

Share:

निर्जल व्रत र तथ्यांक

हाम्रो समाजमा महिलाको प्रेमको सबैभन्दा पुरानो प्रमाणमध्ये एउटा हो:व्रत। श्रीमानको दीर्घायुको कामना गर्दै श्रीमतीले दिनभर पानीसमेत नखाई बस्ने परम्परा आज पनि धार्मिक आस्था, सांस्कृतिक निरन्तरता र वैवाहिक प्रेमको प्रतीकका रूपमा प्रस्तुत गरिन्छ। यसको भावनात्मक पक्षलाई अस्वीकार गर्नुपर्ने कारण छैन। कसैका लागि यो श्रद्धा हो, कसैका लागि संस्कृति, कसैका लागि उत्सव र कसैका लागि आफ्नो सम्बन्धप्रतिको समर्पण। तर जब यही परम्परालाई श्रीमानको आयु बढाउने माध्यमका रूपमा प्रस्तुत गरिन्छ, त्यहाँ एउटा असहज तथ्य आइपुग्छ:तथ्यांक।

तथ्यांक निकै निर्दयी हुन्छ। उसलाई परम्पराको सम्मान गर्न आउँदैन, भावनात्मक कथा सुनेर प्रभावित हुन पनि आउँदैन। उसले केवल मानिसहरू 

कति बाँचे, 

कुन उमेरमा मरे,

 कुन रोगले मरे 

र स्वास्थ्यमा कस्तो असमानता थियो भन्ने हिसाब राख्छ। र विश्वको स्वास्थ्य तथ्यांक हेर्दा एउटा रोचक विडम्बना देखिन्छ महिलाहरू औसतमा पुरुषभन्दा लामो बाँच्छन्। अर्थात्, जुन महिलालाई श्रीमानको आयु बढाउन व्रत बस्न सिकाइएको छ, त्यही महिलाको आफ्नै औषत जीवन बाँच्ने समय धेरै देशमा पुरुषको भन्दा बढी छ।

विश्व स्वास्थ्य संगठनका तथ्यांकअनुसार 2021 मा विश्वभर महिलाको मृत्यु पुरुषको भन्दा करिब 13 प्रतिशत कम थियो। तर यो कुरा त्यति सरल पनि छैन। महिलाहरू औसतमा लामो बाँचे पनि उनीहरूले रोग वा अशक्ततासँग बिताउने वर्ष पुरुषको तुलनामा बढी बोक्ने गरेका छन्। यो भन्दा महिलाको जीवनको गुणस्तर (quality of life index) पुरुषको तुलनामा कम छ।

WHO को विश्लेषणमा महिलाले disability सँग बिताउने वर्ष करिब 26 प्रतिशत बढी रहेको देखिन्छ। अर्थात् महिलालाई प्रकृतिले केही अतिरिक्त वर्ष दिएको भए पनि ती वर्षहरू सधैँ स्वस्थ र सहज हुन्छन् भन्ने होइन। दीर्घायु र स्वस्थ आयु एउटै कुरा होइनन्।

यहीँ हाम्रो सामाजिक व्यंग्य अझ गहिरो हुन्छ। महिलालाई श्रीमानको दीर्घायुका लागि व्रत बस्न भनिन्छ, तर महिलाको आफ्नै दीर्घायु र स्वास्थ्यका लागि समाजले कति व्रत बस्छ? श्रीमानको आयुका लागि महिलाले पानी त्याग्न सक्छिन्, तर महिलाको स्वास्थ्यका लागि परिवारले घरको असमान श्रम त्याग्न सक्छ?

 श्रीमानको दीर्घायुका लागि पूजा हुन्छ, तर श्रीमतीको स्वास्थ्य जाँच, पोषण, मानसिक स्वास्थ्य, प्रजनन स्वास्थ्य र आरामलाई त्यति नै गम्भीरतापूर्वक लिइन्छ? यही प्रश्नमा हाम्रो संस्कृतिको सुन्दरता र विरोधाभास दुवै भेटिन्छ।

(यो घटिया संस्कार र संस्कृति यही आएर नाङ्गो छ र पुरुष प्रधानता( Male dominance अथवा Patriarchy लाई अमूल्य ठान्छ)

अझ रमाइलो त के छ भने पुरुषको औसत आयु महिलाको भन्दा कम हुनुको कारण खोज्दा आधुनिक चिकित्सा विज्ञानले व्रतको अभावलाई कारण मानेको छैन। हृदय रोग(heart attack), stroke, cancer, chronic respiratory diseases, diabetes, दुर्घटना(accident), धूम्रपान, मदिरा, जोखिमपूर्ण व्यवहार, मानसिक तनाव र स्वास्थ्य सेवामा पहुँचजस्ता अनेक कारणले mortality फरक पर्छ।

 पुरुषहरू धेरै देशमा धूम्रपान, मदिरा सेवन, जोखिमपूर्ण काम र दुर्घटनामा बढी संलग्न हुने भएकाले उनीहरूको premature mortality पनि बढी देखिन्छ। तर हाम्रो सांस्कृतिक सूत्र अझै सरल छ "श्रीमतीले व्रत बसिन् भने श्रीमान दीर्घायु हुन्छन्।"

यदि यो सूत्रलाई चिकित्सा विज्ञानको नियम मान्ने हो भने विश्वको mortality data ले निकै ठूलो प्रश्न सोध्छ। संसारभर(प्रायः नेपाल,इन्डिया जस्ता साउथ एसियन मुलुक) का महिलाले यति धेरै वर्षदेखि श्रीमानको आयुका लागि व्रत बसिरहेका छन् भने पुरुषहरू अझै पनि महिलाभन्दा कम किन बाँचिरहेका छन्? के कुनै वर्ष व्रतको संख्या कम भयो? कि समस्या नै यस्तो छ कि हामीले वैज्ञानिक कारण खोज्नुपर्ने ठाउँमा धार्मिक कर्मकाण्डलाई कारण र परिणामको सम्बन्ध दिएर छौँ?

नेपालमा यो विडम्बना अझ स्पष्ट देखिन्छ। विश्वका पछिल्ला उपलब्ध तथ्यांकअनुसार नेपालको कुल life expectancy करिब 71 वर्षको आसपास छ। तर औसत आयु मात्र हेरेर समाज स्वस्थ छ भन्न मिल्दैन। मानिस कति वर्ष बाँच्छ भन्नेभन्दा पनि कति वर्ष स्वस्थ भएर बाँच्छ भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ।

 महिलाले पुरुषभन्दा केही वर्ष बढी बाँच्नु उपलब्धि जस्तो देखिए पनि महिलाले जीवनको ठूलो हिस्सा unpaid care work, घरेलु जिम्मेवारी, सामाजिक दबाब र स्वास्थ्यसम्बन्धी असमानतासँग बिताइरहेका छन् भने त्यो अतिरिक्त आयु कति गुणस्तरीय छ भन्ने प्रश्न बाँकी नै रहन्छ।

हाम्रो समाजले महिलालाई परिवारको स्वास्थ्य र दीर्घायुको नैतिक जिम्मेवारी पनि थमाइदिएको छ। श्रीमान बिरामी भए श्रीमतीले हेरचाह गर्नुपर्छ, बच्चा बिरामी भए आमाले दौडिनुपर्छ, घरका वृद्ध बिरामी भए बुहारी वा छोरीले सेवा गर्नुपर्छ। तर यही हेरचाह गर्ने श्रमलाई स्वास्थ्यको सूचक मान्ने कुरा आउँदा भने महिला अचानक अदृश्य हुन्छिन्। उनको समयको मूल्य छैन, थकानलाई प्रेम भनिन्छ, त्यागलाई संस्कार भनिन्छ र असमान जिम्मेवारीलाई कर्तव्य भनिन्छ।

यही कारणले हाम्रो "महिला-प्रधान"(जस्तो देवी,पूजा, सरस्वती माता, धर्ती, जननी जस्ता विशिष्ट शब्द अथवा भावनाका शब्द) देखिने संस्कृतिको अर्को रोचक पक्ष छ। पर्व महिलाको, व्रत महिलाको, तयारी महिलाको, पूजा महिलाको, त्याग महिलाको,तर व्रतको अन्तिम लक्ष्य प्रायः पुरुषको दीर्घायु। महिलाले आफ्नो शरीरलाई कष्ट दिनु प्रेमको प्रमाण बन्न सक्छ; पुरुषले महिलाको स्वास्थ्य र आरामको ख्याल गर्नुचाहिँ विशेष उपलब्धि मानिन्छ। समानताको हिसाबले हेर्दा यो अलि अचम्मको accounting system हो' लगानी महिलाको, लाभ पुरुषको, र श्रेय परम्पराको।

तर यसलाई केवल महिलामाथिको आलोचना बनाउनु पनि त्यति नै गलत हुन्छ। धेरै महिलाले यस्ता व्रत आफ्नो इच्छा, श्रद्धा र सामुदायिक सम्बन्धका कारण मनाउँछन्। समस्या व्रत बस्नु होइन; समस्या त्यसलाई महिलाको नैतिक कर्तव्य बनाएर, नगरेमा प्रेम वा पतिव्रताको कमी भएको अर्थ लगाउनु हो। कुनै महिला व्रत बस्न चाहन्छिन् भने त्यो उनको अधिकार हो। तर कुनै महिलालाई "असल पत्नी" असल प्रमिका " प्रमाणित गर्न शरीरलाई कष्ट दिनैपर्छ भन्ने सामाजिक दबाब भने प्रश्नयोग्य छ।

स्वास्थ्यको वास्तविक संसार अझ कठोर छ। WHO का अनुसार हरेक वर्ष सयौँ हजार महिलाको मृत्यु गर्भावस्था र प्रसूति सम्बन्धी रोकथाम गर्न सकिने कारणबाट हुन्छ।(झन नेपालको विकट र सहर कै पनि विकराल अवस्था त छँदै छ) विशेष गरी नेपाल जस्ता कम आय भएका देशहरूमा सुरक्षित मातृत्व, पोषण, स्वास्थ्य सेवा र आपत्कालीन उपचारको पहुँचले महिलाको जीवन र मृत्युबीचको दूरी निर्धारण गर्छ। यस्तो अवस्थामा महिलालाई "श्रीमानको दीर्घायुका लागि व्रत बस" भन्न सजिलो छ; तर "श्रीमती सुरक्षित सुत्केरी हुने स्वास्थ्य प्रणाली बनाऊ" भन्न राज्य, समाज र परिवार सबैलाई जिम्मेवारी लिनुपर्छ।

 पहिलो काम धार्मिक कर्मकाण्डले गर्न सक्छ भन्ने विश्वास गर्न सजिलो छ, दोस्रो काम गर्न वास्तविक परिवर्तन चाहिन्छ।(एक भनौं राम्रो समाज विज्ञानले चलेको हुन्छ। संस्कार र परम्पराले मानिसलाई थिचोमिचो, कलह, असमानता तिर धकेले सँगै समाजलाई पछाडि पारी रहेको हुन्छ।)

त्यसैले दीर्घायुको प्रश्नलाई व्रतबाट स्वास्थ्यतर्फ सार्नुपर्ने समय आएको छ। पुरुषको आयु बढाउन श्रीमतीले पानी नखानुभन्दा पुरुषले धूम्रपान छोड्नु, रक्तचाप जाँच्नु, स्वस्थ खानु, नियमित व्यायाम गर्नु र स्वास्थ्य समस्या हुँदा समयमै उपचार लिनु धेरै अर्थपूर्ण उपाय हुन्। त्यस्तै महिलाको आयु बढाउन उनलाई थप त्याग सिकाउनुभन्दा राम्रो पोषण,रोजगार, सुरक्षित मातृत्व, शिक्षा, आर्थिक अवसर, स्वास्थ्य सेवामा पहुँच, आराम, सुरक्षा र निर्णय गर्ने अधिकार दिनु धेरै प्रभावकारी हुन्छ।

अन्ततः समस्या व्रतमा होइन, व्रतलाई स्वास्थ्यको विकल्प बनाउने मानसिकतामा छ। आस्था आफ्नो ठाउँमा सुन्दर हुन सक्छ, तर आस्थाले विज्ञानलाई विस्थापित गर्न थाल्यो भने समाजले तथ्यांकसँग हार्न थाल्छ। श्रीमानको दीर्घायु चाहनु प्रेम हो भने श्रीमतीको दीर्घायु पनि त्यत्तिकै प्रेमको विषय हुनुपर्छ। एउटा सम्बन्धमा एउटाले भोकै बसेर अर्कोको आयु मागिरहनुपर्ने र अर्कोले सामान्य जीवन बिताइरहनुपर्ने हो भने त्यो प्रेमभन्दा बढी परम्पराको एकतर्फी कर हो।

सबैभन्दा ठूलो व्यंग्य शायद यही हो ' श्रीमानको लामो आयुका लागि व्रत बस्ने महिलाहरूलाई प्रकृतिले नै धेरै देशमा श्रीमानभन्दा लामो आयु दिइरहेको छ। अब यसलाई कसरी बुझ्ने? महिलाले श्रीमानको आयु बढाइरहेकी हुन् कि पुरुषले आफ्नो स्वास्थ्यको जिम्मेवारी आफैँ लिनुपर्ने हो? तथ्यांकले उत्तर स्पष्ट दिइरहेको छ।

सायद अबको आधुनिक व्रत यस्तो हुनुपर्छ; श्रीमतीले श्रीमानको लागि मात्र होइन, श्रीमानले श्रीमतीका लागि पनि स्वास्थ्यको कामना गर्ने। पूजा दुवैले गर्ने, स्वास्थ्य जाँच दुवैले गर्ने, त्यागको भाषा दुवैका लागि समान हुने। प्रेमको प्रमाण भोकै बस्नु होइन, एकअर्कालाई स्वस्थ, स्वतन्त्र, सम्मानित र लामो जीवन बाँच्न सक्ने वातावरण दिनु हुनुपर्छ।

किनकि अन्ततः मृत्युले कुनै व्रतको फोटो हेरेर निर्णय गर्दैन। रोगले कसले कसका लागि पूजा गर्‍यो भनेर सोध्दैन। हृदयघातले श्रीमतीले तीजमा पानी खाइनन् कि खाइन् भनेर हिसाब राख्दैन। शरीरले केवल आफ्नो जैविक नियम पछ्याउँछ। त्यसैले यदि हामी साँच्चिकै आफ्ना प्रियजनको दीर्घायु चाहन्छौँ भने भगवानसँग माग्नु नराम्रो होइन-तर त्यसपछि डाक्टरकहाँ पनि जाने औषधि प्रयोग गर्ने, स्वास्थ्यकर खाना पनि खाने, व्यायाम गर्ने, असमानताको जरोलाई निर्मूल गर्ने हो।

अनि सायद कुनै दिन यस्तो समाज बन्नेछ जहाँ महिलाले श्रीमानको आयुका लागि व्रत बस्नैपर्ने दबाब नहोस्, पुरुषले पनि श्रीमतीको आयुका लागि कुनै कर्मकाण्ड गर्नैपर्ने बाध्यता नहोस्। दुवैले एउटै कुरा बुझून दीर्घायु मागेर होइन, जीवन जोगाउने तरिका अपनाएर मात्र कमाइन्छ।

र त्यो दिन हाम्रो सबैभन्दा ठूलो धार्मिक सुधार पनि हुनेछ र सबैभन्दा व्यंग्यात्मक स्वास्थ्य सुधार पनि जहाँ श्रीमानको आयु बचाउन श्रीमतीलाई भोकै राख्नु पर्दैन, र श्रीमतीको आयु बचाउन श्रीमानले पनि केवल पूजा गरेर पुग्दैन।




Share:

समाज यही हो??!

 जिउने तरिकामा बोलिएका भनिएका कुरा सामान्य हुन। त्यो सबैले आफ्नु तरिकाको, मन लाग्दो अपनाउँदा हुन्छ जसले अरूलाई असर नगरेको होस। 

गाँउ समाजमा मिलेर बस्न पर्छ सौहार्द बनाउन पर्छ।। सौहार्द भनेको सबै समान र भेदभाव रहित, मिलेको, सबैले सबैको निर्णय लाई सम्मान गरेको हुनपर्छ भन्ने बिर्सन हुँदैन।

आफ्नु नैतिकताको परिभाषा आफ्नो कर्म र व्यवहारले बताउँछ र त्यसको मापन संसारको सूचक र मापदण्डले गर्दछ। 


आफ्नो अवस्थाको मूल्यांकन अरूले भन्दा आफूले प्राप्त गरेको ज्ञानको आधार मा हुन्छ। सबैले सबै थोक मान्नु पर्छ भन्ने नी हुन्न, आफ्नु तरिका सबैले अपनाउन सक्छ तर आफ्नु कारण अरुलाई क्षति नहोस् कारणसहित भन्ने हुन पर्दछ।आफ्नु तरिकामा को रोएको छ? कसलाई सबै भन्दा नराम्रो लागेको छ? अथवा कसैको अरूको तरिकामा को दुखी र को खुशी भएको छ त्यो बुझ्न पर्दछ।

की नराम्रो भन्दा नी सम्मान को अहंकार हो जो कुचलन मानिएन भन्ने गुनासो ले मुटु र छाती दुवै पोल्दको न खुसी न दुखी को अवस्थालाई समाजको व्यवस्था संग जोडेर कुतर्क गरिनु हुँदैन। ती व्यक्तिगत हुन भन्ने बुझ्न पर्दछ। त्यो अहंकारी समाजले सिकाएको हो।अहंकार बीचमा बोल्न भन्दा चुप लाग्न ठीक मान्छ कति पय दिमागले। 


र पढेर खोइ व्यवहार अर्को पुस्ताले सोध्न सक्छ। अर्को नभए कुनै पुस्ता ले सोध्ला, यो एउटा पुस्ता हाम्रो हो जो सोध्ने हिम्मत त थोरै भए नी गर्न जरुरी छ जस्तो कि...."त्यो कुन व्यवस्था हो जसले आफ्नु जीवनको निर्णय आफैले लिनलाई पनि अवरोध गर्छ?" त्यो कुन व्यवस्था हो जसले कुसंस्कार को काखी च्यापेर अरुलाई हेला गर्छ?" र आफ्नु जिउने अधिकार र तरिकालाई प्रश्न गर्छं।?"

गलत लाई गलत भन्न पाउँन पर्छ र आफूले गरेको गलत या कसैको गलत लाई कुन तरिका ले किन गलत भनेर प्रश्न गर्न नी पाउँछ। 


कम्तीमा हाम्रो पुस्ता जो पढेको भनेर नाक ठाडो पार्छ त्यसले बोल्ने हिम्मत गर्दैन भने अर्को पुस्ता या कुनै पुस्ताको लागि सबै भन्दा अपराधी यही पुस्ता हुन्छ। जसले देखिएको गलत लाई लु समाज हो मिलाउन पर्छ इज्जत र बेइज्जत का कुरा गरेर बस्छ। जहाँ शोषण लाई प्रशव दिन्छ। यसको मतलव विवाह, ब्रतबन्ध, अनुष्ठान, कीर्तन भजन, पुराण मात्र होइन। समाजको भेदबाभ, कुसंस्कार, कुरीति, कुचलन, अवैज्ञानिक कामहरू जो समाजमा हुने हरेक कुरा हरु घटना हरु हुन।

समाज कति पछाडि छ पनि बुझ्न पर्छ यदि सामाजिक issues को कुरा गर्ने हो भने। अनि व्याक्तिगत कुरा र सामाजिक कुरा छुट्याउन नी सक्नु पर्छ। 


उच्च जात हुँदा (बनाइदिएको) समाज ले राखिदिएको जात भित्र बसेर सबै भन्दा मीठा कुरा गर्न हामीलाई सजिलो छ किनभने व्यावहारिक भेदभाव सहन हामीले पर्दैन र लेख्न सजिलो छ। 

पिछडिएको मानिसले त यति लेख्न पनि सक्दैनन्( हिम्मत हुन्न भनेको होइन तर यसरी गौण बनाइदिन्छ की त्यो समाजको सदस्य नै होइन।) 


त्यही भएर माथि का र पढेकाले सामाजिक issues र व्याक्तिगत issues बुझेर कमसल खालका अरुलाई आघात गर्ने खालको कुरा गर्नु हुँदैन, यति बुझ्न जरुरी छ।

कागज पत्र बोकेर गर्व गर्ने पढेको हु भन्ने हरु बीचमा नी वादविवाद र यति संगर्ष गर्न पर्छ बुझाउन लाई भने, भावना मात्र सर्वपरी ठान्ने एकदम साघुरो बन्धन भित्र उच्च भनिएका हरुले नियंत्रण गरिएको समाजलाई कसरी अगाडि लग्ने?जहाँ जसले जसरी नै सानो कुरा ले भावनातमकता लिएर ब्रेन वाश गर्न सक्छ। भने त्यहाँ त जरा देखि नै सुरु गर्न पर्छ नै। 


सामाजिक संजाल मात्र होइन यी त सबै तिर बहस गर्नु पर्ने कुरा हरु हुन। 

सबै तिर कार्यालय, अड्डा अदालत ,पाटी ,पौवा बाँसघारी, पानी पँधेरो सबै तिर। यी सबै तिर मानिसले मानिस कै कुरा काटेर बस्ने चलन छ, जुन एकदम अशोभनीय हो, अनैतिक हो, unproductive हो। यसलाई सुधार गरेर समाज साँच्चै को राम्रो र व्यवस्थित र समाज कसरी निर्माण गर्ने र आउने पुस्ताको या कुनै पनि भावीकोहरुको गुनासोबाट बच्ने र साच्चै बचाउने भन्ने कुरा को बहस गर्न जरुरी छ।जसले समाज लाई निकास दियोस।

एकातिर का कुरा अर्को तीर लागेर कुरा को पहाड लाई कुतर्क को भेला बनाउने, कुरा काट्ने बोक्ने चलन(कुरौटेसमाज) नष्ट होस र व्यक्ति स्वाइच्छा ले productivity तर्फ लागोस भन्ने ज्ञान विद्यालयले नी पढाउन जरुरी छ।


#धन्यवाद ।।🌹


Share:

समाजको कुरा गर्दा

 

कुनै पनि चीज को अभावलाई परिपूर्ति गर्न मानिस लागि रहेको हुन्छ, भनौ 'आधारभूत आवश्कता' त्यसको लागि तयारीमा क्षणिक स्थिरता कायम गरेको हुन्छ।कुनै न कुनै दिन यी सजिलै पूरा हुँदा सम्म उसलाई जीवनको अन्तिम आदर्श प्राप्त हुन्छ र सबै भन्दा धेरै पछ्याउने मानिस त्यो बेला हुन्छ।

यो आवारण हो... जो जयजयकार का भोगी.. यी भोगी हरु ले भोलि ती जयजयकार गर्ने हरुलाई नी समातेर निल्छन्, र निलिरहेका छन्।


यो संस्कृतिको रूपमा मौलाएको छ बिद्यालयसम्म। यही संस्कृति को व्यापक आवारण सबै भन्दा ठूलो अपराधको कारण हो। यो संस्कृति लाई अनुशरण गर्ने हरु सबै भन्दा ठूला व्यक्तिहरु हुन जो हरुको ठूलो बचस्व ठूलै ठाउँहरु बाट हुन्छं र सानोतिनो आवाज ले हल्लाउन सक्दैन।

र जो त्यसको विरुद्धमा सहरीया कुरा हरु उठाउँछ ती सिउडोहरुले झन पीडितलाई गार्हो बनाएका छन। 

निचोड दिँदैन र घाउ बल्झाउछ। समस्या र पीडित जहाँ को त्यही हुन्छ।


तपाईं कसलाई पछ्याउँदै हुनुहुन्छ?सबै भन्दा बुझेको? ज्ञानी?? पढेको?? ती आवारण त्यही संस्कृति भित्रका अंग हुन् जो यी अनेक वस्त्र(ज्ञानी, बुद्धिजीवी....अरू अरू) द्वारा छोपिएका छन।


हेर्नु एकदिन त्यो घटिया निस्किन्छ नै, त्यही बेला अब तपाईं आवाज उठाउनेकी, यस्तै हो भनेर अझ ती अपराधी लाई बलियो बनाउने?

यो आफ्नो कुरा नै सबै भन्दा ठूलो अपराध को कारण हो। 


एउटा महिलालाई vurnarable अवस्था सम्म कस्ले ल्यायोे?? त्यो अवस्था सम्म ल्याउने व्यवस्था (व्यक्तिको)को कुनै कुरै नगरी,

उनको मूल्यांकन गर्नु कहाँ सम्म को घटिया सोच हो। 

अरे अब चुपचाप बसी दिन पर्ने होला! अनि आफ्नु शरीर र सोच नियन्त्रण गर्नु पर्ने भाग त महिला कै मात्र हो र?


कहिले काँही सोचाइ आउँछ? अझै! पश्चिमा संस्कृति भित्रिएर हाम्रो सभ्यता बिग्रेको हो। संसारको सबैभन्दा शक्तिशाली व्यक्ति बहालवाला राष्ट्रपति बिल क्लिन्टन लाई यौन दुर्व्यवहारको आरोप लाग्यो, महाअभियोग तिर सोझियो.....संसारको सबैभन्दा शक्तिशाली व्यक्ति निलो कालो भयो.....उनकी पत्नीले त्यो अस्वीकार गरिन्.... वर्षौँ पछि पनि त्यो अस्वीकारले उनको चुनावी अभियानमा धक्का लाग्यो। वर्षौँ अघिको यौन उत्पीडनको केसमा बिल कस्बि जस्ता सेलिब्रेटी जेलमा सड्न पुगे। अश्लिल ठट्टा गरेको आरोपमा मोर्गन फ्रीम्यान जस्ता सेलिब्रेटीले माफी मागे।


अहिले पनि त्यहाँ महिला हिँसामा उनीहरू अगाडि नै देखिन्छन्.....तर महिला हिँसाकाे परिभाषित दायरा चाहिँ कत्रो छ भने जुन कुरो त्यहाँ महिला हिँसाको, यौन उत्पीडन, बलात्कार भनेर परिभाषित गरिएको छ त्यसको दायरा त हाम्रो पूजा कोठामा भित्र सजिलोसंग प्रवेश गर्छ। 


दशौँ वर्ष पछि पनि यदि कसैलाई म माथि त त्यो बेला अपराध भएको रहेछ भन्ने ज्ञान भो भने तुरुन्त मुद्दा दायर हुन्छ अनुसन्धान हुन्छ...सावित भए सजायँ हुन्छ। कतै अपराध भएको थाहा पाए असमन्धित व्यक्तिले पनि मुद्दा चलाइदिन्छ, अनुसन्धान हुन्छन्। 


बलात्कार जस्ता घटनामा समयसीमा छन्, सजायँ पनि सारै थोरै, बलात्कारको परिभाषाको दायरा पनि साँघुरो त छदैछ अनि सबैभन्दा कमजोर भनेको समाजसँग बलात्कारलाई हेर्ने पीडक दृष्टिकोण छ। समाजले पीडितको तर्फबाट कहिले पनि हेर्दैन। बलात्कार शारीरिक बल प्रयोगले मात्र होइन, छल कपटले, पदीय अधिकारको दुरुपयोगले, प्रेम भक्ति सहानुभूति जस्ता मानसिक र मनोवैज्ञानिक हतियारले पनि हुन्छ भन्ने त हाम्रो सोचाइ मै आउँदैन। 


हाम्रो मनोवृत्ति यति सम्म घटिया छ कि, नाम दाम भएका, कथित सफल व्यक्ति, कथित क्रान्तिकारी तथा प्रगतिशील, प्रशिद्ध व्यक्ति, सेलिब्रेटी, नेता, राजा, धर्मगुरु, स्वघोषित भगवान आदि माथि लागेको बलात्कार र यौन दुर्व्यवहारको आरोप त पैसा झार्न, चर्चित हुन, षड्यन्त्र गर्न लगाइएको हो भनेर सोचिहाल्छौँ। ती सबै व्यक्तिहरू र अपराधीहरुको मनोविज्ञान र शरिरविज्ञान पनि उही हो भनेर सोच्दै सोच्दैनौँ। 


हामीलाई लाग्छ ती व्यक्तिहरु माहान छन्, उनीहरूको मनोदशा र शरीर आफ्नो भन्दा माहान छ भन्ने दास मनोभावना बाट ग्रसित। अझ सबै भन्दा हास्यास्पद त दुवैले मोज गरे अनि एउटालाई फसाइँयो भनेर फसाउँनेलाइ सराप्दै गर्दा त्यो फस्नेकाे नैतिक धरातल चाहिँ हेर्नु पर्दैन। हेरिँदैन किन? किनकि हाम्रो आफ्नै नैतिक धरातल छैन। जब नैतिक धरातल नभएको समाजमा यस्ता घटना लगातार घटि नै रहन्छन्।


Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.