मानिस आफ्नु शक्ती प्रयोग क्रममा अरू माथि नियन्त्रण चाहान्छ।अर्को व्यक्ति फेरि नियंत्रित कोही बाट हुन चहादैन। त्यही कारण उ आफै पनि अरूको नियन्त्रण बर्दास गर्दैन।
दुई ब्यक्ति एउटा नियंत्रण गर्न खोज्छ विपरीत अर्को व्यक्ति त्यो नियंत्रण बाट बाहिर जान, उ बाट नियंत्रित म हुँदिन भन्ने चाहान्छ।
गुरु भक्ति साधना, अर्काको पूजा गर्नु नियन्त्रित हुनु हो। कसैले नी कसैलाई मुक्तिको बाटो दिने भन्ने हुँदैन। मुक्ति नै के हो भन्न नी हुँदैन। मानिस जन्मिनु देखि मर्नु सम्म भित्र स्वतन्त्रता खोज्दै अरूको भक्ति मै लाग्छ।
मानिस आफैलाई अरूलाई नियन्त्रण गर्न पाउँदा आफ्नु अहंकारमा मलम पुगेको महसुस गर्छ र सबै भन्दा खुशी भक्तहरू आफ्नु शरणमा रोहि रहेको बेला हुन्छ। कसैले जीवनमा गरी खान या बाँच्न सहज बनाइदिन बाहेक अरु काम सिकाउँछ, भक्ति, भावना सिकाउँछ भने ऊ आफ्नु अहंकारमा मालिस गर्न इच्छुक मानिसलाई खोजी रहेको हुन्छ। त्यो नियन्त्रण हो। अरुमाथि को हक हो। जो सम्मान, ज्ञान, मुक्तिका शब्दले पोतिएको सबै भन्दा दर्हो डोरीले कसिएको हुन्छ। कसैलाई सम्मान गरिन्छ भने ऊ बाट पीडित हुन्छु भन्ने भान हुन् पनि सक्दैन। स्वतंत्रताको अनेक वहानामा अनेक कसरतमा झन् बाँधिएर जान्छ, सायद त्यही स्वतंत्रता हो स्विकारेको हुन्छ।
खासमा अरूलाई नियन्त्रण प्रेम बिना सम्भावना छैन।
फेरि प्रेम भए पछि त्यहाँ नियंत्रण हुँदै हुँदैन त्यहाँ स्वतन्त्रता हुन्छ।
सौहार्द सम्बन्ध यही नियन्त्रण को स्वतन्त्रतामा चलेको हुन्छ।
जहाँ यो छैन त्यहाँ खट पट हुन्छ, अशान्ति हुन्छ।
पतिपत्नी बीचको मात्र नभएर हरेक व्यक्तिहरू बीचको सम्बन्धमा यही बुझाइ भए मात्र सौहार्द हुन्छ।
नत्र नियंत्रण मानसिकता मस्तिष्क सम्बन्धमा कहिले राम्रो हुँदैन।
उसले बेग्लै खाले(पीडक) आफ्नु प्रवृति देखाइहाल्छ।