नियात्रा: एक निरन्तर यात्राको

 भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीले आफ्नो शरीर मेडिकल कलेज AIIMS लाई दान दिएका रहेछन्।मृत्यु पश्चात् उनको शरीरको अन्तिम संस्कार भन्ने कुरा गरिएन। उनको शरीर अब त्यहाँका विद्यार्थीले अध्ययन गर्नेछन्। विद्यार्थीले उनको शरीरमा शल्य क्रिया सिक्लान्। यो उनको चिकित्सा विज्ञानलाई उनले दिएको महत्वपूर्ण योगदान नै हो। जुन मृत्यु संस्कार भनाउदा क्रियाकलापमा कुनै विश्वास छैन र बेकारमा जलेर जाने शरीर मेडिकल शिक्षाको लागि काम लाग्छ भने किन नदिने भन्ने उनको आफ्नो मान्यता होला। 

पुराना धेरै पटक चिरिएका काम नलाग्ने अवस्थामा पुगेका शरिरहरुमा पढ्न, शल्यक्रिया सिक्न गाह्रो भो, नयाँ शरीर नै पाइदैन भन्ने चिकित्सा विज्ञानका विद्यार्थीका सधैं गुनासा हुन्छन्। त्यसैले मेरो व्यक्तिगत विचारमा आफूलाई कत्ति पनि विश्वास नलाग्ने त्यस्ता मृत्यु संस्कारमा आफ्नो शरीर खेर फाल्नु भन्दा यसरी अध्ययनका लागि दिनु उपयुक्त हुन्छ। 

पश्चिमेली मुलुकमा पनि चिकित्सा विज्ञानका लागि शरीर दान गर्नु सामान्य नै हो। अझ एक कदम अगाडि फोरेन्सिक साइन्सको लागि शरीर दान गर्नेहरु पनि हुन्छन्। त्यसलाई body farm भनिन्छ जसमा शरिरहरु कुहाउन छोडिन्छ ताकि हरेक दिन शरीरको निरीक्षण गरेर कुन लास कति दिन पुरानो हो भनेर छुट्याउन सकिन्छ। यसले अपराध अनुसन्धानमा ठूलो भूमिका खेल्छ। 

नेपालमा पनि गीतकार क्षेत्र प्रताप अधिकारीले आफ्नो मृत शरीर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै दान दिएका थिए। अहिले पनि उनको शरीर शिक्षण अस्पतालका विद्यार्थीले अध्ययनको क्रममा प्रयोग गरी नै रहेका होलान्। उनको पनि अन्तिम संस्कार गरिएको थिएन। उनका गाउँका मानिसहरूले सुनाए अनुसार गाउँलेहरूले पिताको अन्तिम संस्कार नगरेको भनेर उनका छोराहरूलाई पानी बार्ने समेतको धम्की दिएका थिए रे। अनि बाध्य भएर कुशको मनुष्य बनाएर अन्तिम संस्कार गरिएको थियो रे। 

अहिले भारतीय लगायत नेपालमा समेत कथित् संस्कारी विद्वानहरू यचुरीलाई धर्म छाडा क्रिश्चियन अधर्मी पापी भन्नेको जमात उर्लेको रहेछ। ओहो बीजेपी समर्थक आरएसएसका कार्यकर्ताको त कुरै छोडौ यचुरीलाई सरापेर बसेका छन्। 

चिकित्सा विज्ञान कुनै एउटा अवतारीले हडिगुम्बा फडिगुम्बा ताण्डव मिन्डुप फट स्वाहा आदि गरेर ल्याएको शास्त्र होइन। यसमा कुनै अलौकिक शक्तिले कसैलाई गुफामा लगेर, कुनै भगवानले सपनामा सिकाउने, कुनै गुरुले निधारमा औँलो दलेर दिक्षा दिएर सिकिने सिकाउने कुरो होइन। यसमा यसरीनै योगदान दिनेहरूले या चिहान बाट लास चोरेर सिक्नेहरुले गर्दा मेडिकल साइन्स यहाँ सम्म आइपुगेको हो। बेलायतमा चर्चका आँखा छलेर आफ्ना ज्यान समेतको वास्ता नगरी चिहान बाट लास चोरेर सिक्ने हरुले विकास गरेको शास्त्र हो चिकित्सा विज्ञान।

धेरै पर नजाऊ आज भन्दा 80 वर्ष अघि नेपालीको औषत आयु कति थियो? राजा महाराजा समेत 50 कट्दैन थिए। आज त्यो कहाँ पुगेको छ? सामान्य ज्वरोले मान्छे मर्थ्यो। कुनै अवतारी संस्कारी कहाँ गएका थिए त्यो बेला। 

अहिले मै हूँ भन्ने धर्मगुरु त्यही सदगुरु भन्ने जग्गी वासुदेवलाई नै हेरौँ न। अस्ति भर्खर टाउको चिरेर बाँचेको होइन? टाउको चिर्ने विधि चाहिँ कसरी जाने होलान् त चिकित्सक ले? यसरी नै अध्ययन गरेर होइन?

त्यसैले यस्ता यस्ता पाखण्डीहरु जो चिकित्सा विज्ञानको सहयोगले आफूचाहिँ बाँच्नु पर्ने अनि त्यो क्षेत्रमा योगदान गर्नेहरूको चाहिँ खोइरो खन्ने संस्कारी विद्वान सधैं घृणाका पात्रहरू हुन् भने यचुरी र अधिकारी धन्यवादका पात्र।


Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.