नियात्रा: एक निरन्तर यात्राको

बेकारी बौद्धिक

 म पनि कुनै अलौकिक अस्तित्व जस्तै भगवान या कुनै रहस्यमय शक्तिमा विश्वास गर्दिन। यो विषयमा म स्पष्ट छु कि मैले अध्ययन गरेको विज्ञान र वैज्ञानिक विधिमा भगवान मात्र त्रुटि चर अर्थात् error variable हो। 

हरेक मन्दिर मस्जिद चर्च चैत्य गुम्बा आदि स्थल या त मेरो लागि पर्यटनको या पुराना छन् भने ती पुरातत्व, कला संस्कृति र मानव सभ्यताको विकासको अध्ययन गर्नको लागि अति उपयोगी लाग्छन्। त्यसैले म पूजा आराधना भन्दा पनि उनीहरूको संरक्षणमा बढी केन्द्रित हुनुपर्छ भन्नेमा स्पष्ट छु। तिनीहरू आस्थाका धरोहर भन्दा नी मेरो लागि हाम्रो सांस्कृतिक र पुरातात्विक अमूल्य सम्पति हुन्।

यहाँ यी खगेन्द्र संग्रौलाको यो भनाइ देखेर म अचम्भित भएँ। 

यसै दुःखद घटना भएको छ, उनीहरू आस्थाका कारण मुक्तिनाथ मन्दिर जाँदै थिए होलान्, कोई पर्यटनको आनन्द लिन पनि गएका थिए होलान्। यहाँ आस्थालाई दोष दिने अन्धविश्वासको कारणले जीवन गुमाएको भन्दा नी हाम्रो उड्ययन सुरक्षाको लागि चिन्तित हुनु पर्ने आवश्यकता छ।

किन हाम्रो आकाश असुरक्षित छ? 

जवाफ गाह्रो छैन, जसले जति सुकै भौगोलिक विकटता र विषम वातावरणका दुहाई दिए पनि उड्ययन नियामक निकायको नियमनको नालायकिपन यसको उदाहरण हो। यहाँ बसेर हामीले प्रतिकूल मौसम भएका मङ्गल ग्रह देखि शनिको चन्द्रमामा Titan देखि कति उल्का पिण्डमा सकुशल कतिपय यान उतारेको होइन र? उचित उपकरण, प्रक्रिया र सजगताले धेरै दुर्घटना रोक्न सकिन्छ।

उड्ययन सुरक्षाको सामान्य नियमहरूको उल्लङ्घन, आवश्यक उपकरणको अभाव अनि लापरवाही नै धेरै कारणहरू देखिएका छन्। यसको कारण नियामक निकाय र विमान कम्पनीको साँठगाँठ र भष्टाचार नै हो। थोत्रा विमान अनि आवश्यक उपकरण नहुँदा नी चु नबोल्ने अनि दुर्घटनाका अनुसन्धान प्रतिवेदनमा खेलबाड गर्ने दलाल चरित्र नै नागरिकको ज्यान जाने कारण हो। 

यी कुराहरुमा बोल्नु पर्ने तर एकथरी स्वघोषित नास्तिक प्रगतिशील क्रान्तिकारीहरु यसमा पनि राजनीति गरिहाल्छन्। अब यो दुर्घटनामा ज्यान गुमाएकाले अन्धविश्वासले ज्यान गुमाए, खै मुक्तिनाथले के गरे, शक्ति भए बचाउँथे भनेर लेख्नु हदै सम्मको नालायकिपन र संवेदनाहीनता हो। 

मलाई त धर्म भगवान भजाएर खाने रामहरु र प्रगतिशील र क्रान्तिकारिता काे नाउँमा फेरि धर्म भगवानलाई नकारात्मकता भजाएर खाने हरामहरु एउटै लाग्छ। दुबैले बेच्ने कुरो त्यही हो। अझ दुवै थरीले आफूलाई र आफ्नो सोचाइ वैज्ञानिक भनेर दावी गर्दा मलाई चाहिँ अचम्मै रिस उठ्छ। नालायक पतित नीचहरु।

Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.