मिस्टर खड्का, मिस्टर तिवारी, मिस्टर रिमाल, मिस्टर दुलाल, मिस्टर बराल, योगी सबै अरू मिस्टरहरु सबैका जीवनमा आएर गएका छन्, कोही हेरी रहेका होलान्। यी हाम्रो समाजका ज्वलन्तहरु हुन। पावरमा यिनै छन्, मालिक यिनै छन्।
सुस्मितालाई जसरी कतिको मानसिक जीवन र पूरा जिवन बर्बाद गरेका छन्। उनले एकदम मानसिक आघात पछि मात्र बोल्ने आँट गरिन( कति पीडा सहने हो? उफ!!) कति हरु अझै गुम्सिएका छन्। ती सबै बोल्नु पर्छ र न्यायपालिकाले सुन्न पर्छ।
सुष्मिताहरूका सपना मर्दा कसैलाई मतलब नै हुन्न।तर बलात्कारी संस्कृतिको कुरा गर्दा सामान्यीकरण गर्ने हरुको सपनाहरुको बारे एकदम चिन्ता तिनैलाई हुन्छं। व्यवस्थाका एकलौटी मालिकहरुका मात्र सपना, सपना हुन।
शासन सत्ता देखि लिएर साहित्यकार, पत्रकारिता, कलेज, युनिभर्सिटी चारैतिर यी बलात्कारी दिमागहरू चर्पीका किराजस्तै बढेका छन् र अहिले उनीहरूको उद्धारको ठूलो नेटवर्क बनेका छन्। कतै कविको आवारणमा , कतै बुद्धिजीवी, राजनीतिज्ञ, नायक, खलनायक जस्ता विभिन्न आवरण भित्र छन्।सबै तिर छन्। यी सबैलाई शुद्ध गर्ने संरक्षकहरू मालविका सुब्बाहरु र पूजा शर्माहरु समाजमा कहलिएका मोडल, आइडल हरु छन।
व्यक्तिको अनुहारमा रहेको यस्ता मास्क/आवारण उतार्न नछोडौ। आज मात्र होइन, पाण्डेहरु र पाण्डेहरू जस्ताका सन्तान जन्मी रहन्छन् र बलात्कार हिंसाका घटना घटि रहन्छन्।
मान्छेले समाज बनाउछ या समाजले मान्छे बनाउछ?
यी कुराहरू बारम्बार लेख्दै/भन्दै आएकी छु। म सँग पनि धेरै घटित अनुभव होलान्। आफ्ना कुरा राख्न नछोडौं। सबैलाई रुजाउने जिम्मा कसैले लिएको हुँदैन र सकिँदैन। हिंसा लागे ठूलो स्वरमा चिच्याई चिच्याई बोलौ।
#बोलौ हिंसाको बिरुद्ध ठूलो आवाज गरौं।








No comments:
Post a Comment