नियात्रा: एक निरन्तर यात्राको

मलम लगाउनेहरु।

तिम्रो घाउमा मलम लाउनेहरु

पर्ख भोलि तिनै शक्तिशाली होलान
तिमिले बाटो बिरायौ भने
अरुको लागि होशियार हुनुपर्छ
पर्ख भोलि तिनै आखाहरुले
चिसो आँसु बगाउलान
तिम्रो घाउमा मलम लाउनेहरु।

अरुलाइ पुजा गरेर प्रेरणा लिन्छु भन्नू
उसलाई अझ शक्तिशाली बनाउनु हो।
पर्ख तिम्रो जिवनको कमजोरी थाहा पाउन देउ
त्यहि बीउ रोप्नेछन, तिम्रो घाउमा मलम लाउनेहरु।

छेउमा कमजोर बनी देउ, आधारहिन बनिदेउ
अनि हेर, शब्दको प्रेरणा बनी
कृतिम सपनाहरु वरिपरि छरी
आफुलाइ भगवान ठान्दछन
तिम्रो घाउमा मलम लाउनेहरु।

तिमी कमजोर नै थियौ
आधारहिन नै थियौ
तिमिलाइ आश थियो
उसलाई पनि महानता फैलाउने साहास
तिम्रो कमजोरीमा ज्ञानि बनी-बनी
आफ्नो प्रभुत्व जमाउनेछन
तिम्रो घाउमा मलम लाउनेहरु।

पर्ख आफैमा हेर
आफुलाइ सुधार गर
तिम्रो प्रेरणा तिमी आफू बाहेक
कोहि हुनै सक्दैन।
छोडी देउ पुजा गर्न
बोल्दै नबोल्ने चट्टानलाई
निखार्नु तिमिले आफैलाइ पर्छ।
यहाँ बोल्नेहरु, बाघजस्तै बनि
तिमि मै झम्टिने छ्न
तिम्रो घाउमा मलम लाउनेहरु।

बलिरेहेको दियो लिएर हिड त!
त्यो बतासले
तिमी अन्धकारमा छौ भन्दैन।
प्रकृतिसग दाज आफुलाइ।
तिमिले महान नठाने
ती सज्जनहरु
आफै पतन भएर जानेछन्, भगवान बनि
तिम्रो घाउमा मलम लाउनेहरु।


Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.

Blog Archive