नियात्रा: एक निरन्तर यात्राको

साट्ने कुरा हुन्छ।

 साट्ने कुरा हुन्छ चित्त नबुज्दा, प्रेमपनि

साटे जस्तै त हो एकछिन रमाउनलाई
भन्दिन म पनि गाढा हुनुपर्छ
समय अनुसार भेटि हालिन्छ नि मन भुलाउनलाई
जति पनि, तर भेटीदैन मन बुझ्नलाई अनि बुझाउनलाई।

नखुलाएपनि खुलाए कै जस्तो त हो मुल्यसुची
किन्नलाई अनि किनाउनलाई
पाई हालिन्छ  नि बेच्नलाई बजारहरु
राम्रो लागे महङ्गा या सस्ता, छानी-छानी किन्नलाई
तर पाइदैन सहि मुल्य तोक्नलाई अनि लगाउनलाई।

छुट्ला कि भन्ने डर लाग्छ, मुल्यवाल चिजहरु
जस्तो सुन्दर फूल अनि कोमल मन
थुती दिन्छन नि फूललाई।
नथापाए जसरी नाङ्गा देखाइदिन्छन्
कोमल मनलाई
देखि हालिन्छ नि गुणवान नाङ्गो आखाले एकछिन हेर्नलाई
तर देखिदैन सत्यमात्र देख्ने अनि देखाउनेलाई।
........................

Share:

कुनै मूल्याङ्कन थियो।

 

काटिएको चोटबाट तप्प भुइँमा
झरेको रगत सरी झर्यौ तिमी

उसको नजरबाट
बाँकी घाउ पोलिरह्यो।

आफैले चलाएको सिक्कलले नी
काट्दो रहेछ!
भन्थे! तिम्रो घाउ मलाई दुख्छ
आखिर घाइते त म मात्र थिए!
दुनियाँ हिडी रह्यो।अघि बढी रह्यो।

यिनै हातले हुन दूध पिलाएको
मैले पालेको भनेर हुन्न रहेछ नी
गोमन!
मौका पाउँदा बिष फाल्न खोजी रह्यो।

बाचिरहेथे स्वस्थकर हावा भनेर
श्वास नै धूलो मिसिएको भयो।
मेरै हो भनेर कहाँ हुने रहेछ र वायुमण्डल
आकाश मुनि कस्ले हो आगो बालिरह्यो।

कस्दै गर्दा चुँडिए जस्तै झिनो बाती
फन्को मार्नै नपाई हातमा
पुरै कपास दाहिने हातमा रहयो
देब्रे हातमा चुँडिएको मसिनो डोरी रहिरह्यो।

Share:

सुमी दिदीले देखाएको समाज

  यौन हिँसा, दुर्व्यवहार, बलात्कारको सिलसिला ओहो बढ्दो छ। पितृसत्ता अनि पुँजीवादी व्यवस्थाले महिला माथि थोपरेको यो निकृष्ट र पैशाचिक बोझ देखि आक्रोशित छु म भित्रै देखि। आजकाल मेरो दैनिकी नै यसैको बारेमा लेख्ने अनि विभिन्न कार्यक्रममा जाने भएको छ। 

म बसेको फ्ल्याट को अर्को कोठामा सुमी दिदी बस्नु हुन्छ। वहाँ पनि लेख कविताहरू लेख्नु हुन्छ, अनि वहाँ विज्ञानको विद्यार्थी अहिले मनोविज्ञानको पनि विद्यार्थी हो। वहाँ कुनै अलौकिक शक्तिमा विश्वास नगर्ने एक शुद्ध नास्तिक हुनुहुन्छ। त्यसैले हामी भौतिक विज्ञान देखि अन्तरिक्ष विज्ञान हुँदै यौन हिँसा अनि यी यावत् अपराधको विषयमा हामी सधैं बेलुका छलफल गर्छौँ। 

मैले सधैँ दिदीलाई यो सब समस्याको मूल पितृसत्ता अनि पुँजीवादी व्यवस्था हो भनेर भन्छु, प्रगतिशील तथा क्रान्तिकारी व्यवस्थामा यो हुँदैन भन्छु। दिदी मुसु मुसु हाँस्नु हुन्छ जस्तो सानी बालिकाले कुनै जटिल व्यवस्थाको बारेमा उसको आफ्नो व्याख्या गर्दा आमा हाँस्नु हुन्छ। म झन् आक्रोशित भएर मलाई प्रगतिशील क्रान्तिकारी दाजुहरुले सुनाउनु भएको या ती साहित्यमा उल्लेखित कुरा भन्छु, दिदी अझै मुस्कुराउनु हुन्छ। 

मैले लेखेका लेख, कविता सुनेर कस्ता कस्ता प्रगतिशील क्रान्तिकारी विद्वान दाजु दिदी अनि काकाहरु प्रभावित भएको देखेकी छु। वहाँहरुले मलाई कति तारिफ गर्नु हुन्छ, हौस्याउनु हुन्छ मलाई विदुषी भन्नु हुन्छ। तिमीहरू जस्तै प्रगतिशील नारीहरू सचेत भएर लागे भने यो समाज बदलिन्छ क्रान्ति हुन्छ भन्नु हुन्छ, तर दिदी मलाई एक अबोध बालिका ठान्नु हुन्छ। 

एक दिनको कुरा हो मलाई समाजमा साम्यवादी विचारक तथा प्रगतिशील विद्वान भनेर सबैले चिन्ने हाम्रो श्रद्धेय दाजु जो आफ्नो उमेरको तीन दशक काटिसक्नु भएको छ वहाले तिमी त विदुषी भनेर तारिफ गर्दै एउटा सन्देश पठाउनु भएको थियो। म मख्ख पर्दै यी दिदी जो मलाई एक अबोध बच्चा ठान्छिन् नी यिनीलाई देखाउँछु भनेर वहाँको कोठामा पुगे अनि हतार हतार देखाए। दिदी प्रभावित हुनुहुन्छ होला भन्ने ठानेको त वहाँ त झन् मुसुमुसु हास्नु हुन्छ। मलाई मायालु आँखाले हेर्दै भन्नु भो, सानी! तिमीलाई म एउटा कथा सुनाउँछु है। शायद अब तिम्रो यो कथा सुन्ने बेला भयो। आज म यतै खाना बनाउँछु, आज दिदी बहिनी मज्जाले कुरा गर्ने ल।"

बेलुकीको खाना खाइसके पछि दिदीले आफ्नो कुराहरू भन्न थाल्नु भो, म वहाँको मुखमा एकटक हेरिरहेको छु, दिदी बोलिरहनु भएको छ। 

"मलाई पनि लाग्थ्यो सानी! यी नैतिकता अनुशासन संस्कार प्रगतिशीलता क्रान्तिकारिता, परिवर्तन, प्रेम आदि विषयमा लेख्ने साहित्यकार, विचारक अनि दार्शनिकहरु पक्कै केहि त फरक छन्। स्कूल देखि कलेज अनि कार्यस्थल देखि सार्वजनिक ठाउँमा यौन हिँसा दुर्व्यवहार भोगेका हुनाले ती समाजले महान भनेका व्यक्तित्वहरू जो निरन्तर यही यिनै विषयमा दह्रो कलम चलाएका, साहित्य लेखेकाहरु सङ्ग कुरा गरेर भए पनि आफ्नो मन हलुङ्गो गरौं झै लाग्थ्यो। 

उनीहरूको लेखन, अनि अभिव्यक्तिहरू सुनेर मलाई पनि लाग्थ्यो सानी! यिनीहरू पक्कै फरक छन्। संसारमा हिंसक, महिला द्वेशी तथा अपराधी मात्र छैनन्। एक थरी संस्कारी व्यक्तिहरू थिए भने कोई प्रेमील साहित्यकार, कोई अनुशासन र नैतिकताका बारेमा घण्टौ बोल्न सक्नेहरु थिए भने कोई प्रगतिशील र क्रान्तिकारी चिन्तकहरु थिए। मैले भौतिकरुपमा त भेटिन सानी तर उनीहरूसँग फेसबुक ट्विटर भाइबर ह्वाटसएप आदिबाट जोडिएकी थिएँ। 

स्कूल कलेज देखि कार्यस्थल सार्वजनिक ठाउँमा नै भोग्नु परेको यौन दुर्व्यवहार भोगेको भएर मेरा लेख कविताहरूमा अहिले तिमीले व्यक्त गरेका आक्रोश जस्तै व्यक्त हुन्थे। उनीहरूसँग कुरा गर्दा पनि म त्यही आक्रोश र असन्तुष्टि व्यक्त गर्थेँ। आफूलाई नैतिकता अनुशासन संस्कार र प्रगतिशीलता खरो उतारेका, महिला हिँसा तथा दुर्व्यवहारका कुरामा मात्र नभई कुसंस्कार, राजनीतिक मुद्दा देखि अन्याय अत्याचार शोषणका कुरामा समेत मुखर भएर बोल्ने उनीहरूसँग प्रभावित भएकी थिएँ।

उनीहरू सङ्ग म त्यही ४, ५ महिना बोले हुँला मलाई उनीहरू प्रत्येक सङ्ग बोलेको एक हप्ता देखि नै मलाई उनीहरूको नियत प्रति शंका उब्जिन थाल्यो। शुरुमा म उनीहरूसँग प्रभावित भए पनि एक हप्ता पछि भने यिनीहरू मलाई मनोविज्ञानको अध्ययनको लागि पनि नमूना हुन सक्छन् भन्ने लाग्न थाल्यो। जब त्यो महसुस हुन थाल्यो नी सानी! अब उनीहरूको प्रभाव एकाएक शुन्य हुँदो रहेछ। मैले अब निश्चय गरेँ कि अब मानिसले आफ्नो निकृष्ट उदेश्यहरु कस्तो कस्तो आवरणमा लुकाउँदो रहेछ त्यो यिनीहरू बाट नै पत्ता लगाउँछु।

म दिदीको कुरा बडो ध्यान दिएर सुनिरहेकि छु। दिदी शान्त बोलिरहनु भएको छ।

एकजना नजिकको नाता पर्ने दाजु थिए, क्यानाडा बस्थे। नेपालमा स्नातकोत्तर गरेर एक दशक कयौ कलेज पढाएका ती दाजु क्यानाडा जस्तो शिक्षित तथा विकसित मुलुक बसेका बुद्धिमान नै होलान् झै लाग्थ्यो। उनी सामान्य बोलचाल गर्थे। अलिक बोलचाल बाक्लिदै गए पछि उनले भने म नेपाल आउँछु तिमी र म घुम्न जानु पर्छ। हामी घुम्न जाँदा हाम्रो बीच सेक्स पनि हुन्छ। यो सामान्य हो कान्छी, झन् सुरक्षित प्रकारको सेक्स हुन्छ त्यो, न कसैले शंका गर्ने न कुनै अफ्टेरो हुने। खासमा नेपालीहरुले सेक्स गर्न जानेको नै छैन। सेक्स गर्दा यस्तो प्रक्रिया उस्तो प्रक्रिया अपनाउनु पर्छ यसरी मजा आउँछ आदि आदि। एक शिक्षित अनि विकसित मुलुकमा बसेको व्यक्तिले आफ्नो बहिनीसँग गरेको कुरा हो यो। दाजुले क्यानाडा बाट नेपाल आउनु पूर्व मलाई सात हजार रुपैयाँ समेत पठाए। अनि नेपाल झर्ना साथ लगातार फोन म्यासेज गर्न थाले। मैले पूरै वास्ता नगरि उनले पठाएको पैसा उनैले भनेको बहिनीलाई दिए पछि सो क्रम रोकियो। अझै पनि निर्लज्ज दाजु कहिले काँही फेसबुकको म्यासेन्जरमा झुल्किन्छन्। 

यो रह्यो सानी! दश वर्ष कलेज पठाउने हाम्रो दाजुको कथा। उनीबाट त्यो दश वर्ष कति विद्यार्थी बलात्कृत भए होलान्, कति दुर्व्यवहारमा परे होलान्। नेपालीले नजानेको तर उनले जानेको सेक्स विधि बाट कति बहिनीहरू प्रताडित भए होलान्। त्यसैले शिक्षित तथा विकसित मुलुक बस्दैमा कुकर्मी र बलात्कारी मानिस सुध्रिदैन।" 

"फेरि अर्को शिक्षककै कुरा छ सानी! पोखरा तिरका एक अङ्ग्रेजी विषयका शिक्षक थिए। उनिको प्रकृति प्रेम अनि कवित्व पनि गजबकै थियो। भौतिक रुपमा भेट नभए पनि प्रकृति प्रेममा डुबेर लेखिएका, सामाजिक तथा राजनैतिक अवस्था, महिलाको अवस्थाको बारेमा अभिव्यक्त भएका नेपाली तथा अङ्ग्रेजी कविता देख्दा उनि बेग्लै हुन् क्यारे भन्ने लाग्थ्यो। केही समय बोलचाल हुँदै जाँदा उनले आफू पत्नी पीडित भएको, पत्नी खाली पैसा र पदको लागि लुब्ध अनि उनी चाहिँ ज्ञानको भोको किताबको पुजारी भएर पत्नी सङ्ग सम्बन्ध विच्छेद भएको कुरा गर्थे। दुई छोरा छोरी भइसकेको पतिले पत्नीलाई दोषी देखाएर आफू प्रेमको भोको रहेको, पहिला गरेको सेक्सको यादले छट्पटिएको कुरो गर्दा यी पनि निकृष्ट पतित हुन् भन्ने लागिहाल्यो। 

केटीहरु खाली प्रहरी सेना ड्राइभरको पछाडि हुन्छन्, उनीहरुलाई प्रेमको मतलब हुँदैन, पेनिस र पैसाको पछि लाग्छन्। कवित्व भएको महान मस्तिष्क प्रति युवतीहरु आकर्षित हुन्छन्, भिन्चिका कम उमेरकी प्रेमिका अनि उसले गर्दा उनको कला निखारिएको आदि आदि कथा पठाउँथे। सोही क्रममा मैले जति सुकै विद्वान भए पनि सब सेक्सकै पछि हुने रैछन् भने पछि त्यो म्यासेजको स्क्रिनशट पठाउँदै धेरै दिन सम्म म त्यस्तो होइन म महान छु भनिरहे। अहिले ती ब्लक गरेर बसेका छन्। यस्तै विचारधारा बोकेर होला उनको पत्नी सङ्ग पनि सम्बन्ध बिग्रेको अनि मलाई लाग्यो पत्नीलाई दोषी देखाउँदै आफू पीडित भएको भन्दै संवेदना तथा सहानुभूतिको पसल थाप्ने विद्वान कवि चाहिँ ती हुन् सानी!" 

म सुनिरहेको छु, सुमी दिदिलाई जस्तै मेरो म्यासेन्जरमा पनि नानु भन्ने दाजु अनि पत्नी पीडित प्रेमका भोका विद्वान दाजुहरुका सन्देश त छन् क्यारे। दिदी बोलिरहनु भएको छ। 

"अब दर्शन चिन्तन तिर जाउँ सानी! एक जना नुवाकोट तिरका ठमेल तिर व्यवसाय भएका युजी कृष्णमूर्तिका दर्शनहरूले फेसबुकका भित्ता सजाउने देखि अभिव्यक्त गर्ने अर्का विद्वान सङ्ग भेट भयो। तिनी झन् एक कदम अगाडि थिए। उनी अझ पश्चिमको समाजमा दाजु बहिनी मात्र होइन बाबु छोरी, आमा छोराको बीचमा पनि सेक्स हुन्छ। त्यो जायज नै हो झन् सुरक्षित आनन्ददायी भन्थे। अझ म विवाहित हुँ तर मेरो विवाह मागी विवाह भएकोले पत्नीले मेरो कुरा बुझ्दिनन् अनि म पनि प्रेमको भोको छु। म तिमीलाई प्रेम गर्छु, बरु म तिमीलाई बहिनी बनाएर तिहारमा टीका लगाउँछु। मलाई तिमी जस्तै प्रेमिका चाहिएको छ जो मेरो प्रेमको तृष्णा मेटाउने अनि मेरो प्रेरणाको स्रोत बनोस्। 

तिमी र म विदेश तिर जाउँ अनि प्रेमको आदर्शको उच्चतम् बिन्दुको भोग गरौँ, पत्नी यही नेपालमा हुन्छिन्। मैले उनकी पत्नी सङ्ग पनि कुराकानी बढाउदा त के थाहा लाग्यो भने पत्नीलाई त जे पायो त्यही भन्न लेख्न नसकिने गाली पो गर्दा रहेछन् दर्शनशास्त्री विद्वान त! उनकी पत्नीले म्यासेज देखाए पछि पो थाहा भयो। हालसालैको चुनावमा राजनैतिक नेतृत्वको बारेमा टिप्पणी गर्दै रहेछन् मैले त्यहाँ गएर एक वाक्य लेखिदिएको मलाई ब्लक गरेर गायब भए दर्शनशास्त्री विद्वान।"

दिदीको कुरा सुनेर म अलिक अस्थिर हुँदै छु, मन एक तमासको हुँदै गइरहेको छ। दिदी शान्त हुनुहुन्छ।

दिदीले मुसुमुसु हाँस्दै भन्नु भो अब सानिको प्रगतिशील क्रान्तिकारी विचारकको पालो है। 

"म संस्कारी, पढेका, दर्शनशास्त्रीको पारा देखेर छक्क थिए। एक जना साथीले झण्डै सात दशक जीवन पुगेका एक क्रान्तिकारी प्रगतिशील साम्यवादी मार्क्सवादी चिन्तकको स्टाटस शेयर गरेको मेरो फेसबुकको भित्तोमा आयो। यिनीहरू सङ्ग आजित भएको म यी प्रगतिशील क्रान्तिकारी कस्ता हुन्छन् होला भन्ने जिज्ञासाले अति छोयो। वहाँको फेसबुकमा पाँच हजार साथी अनि ७५०० पछ्याउने हुँदा हुँदै पनि म्यासेज र फ्रेन्ड रिक्वेष्ट पठाएँ.....

सर नमस्कार 

नमस्कार मलाई चिन्नुहुन्छ

चिन्छु नी एक लेखकको रुपमा .......

यसरी मैले कुरा शुरू गरे। मलाई ती विद्वानले कुराकानी गर्छन् होला भन्ने त्यति विश्वास थिएन तर पनि कुराकानी शुरू भयो। शुरुमा मलाई उनका लेख अनि अभिव्यक्तिहरू राम्रै लागे। म पनि कम्युनिष्ट आन्दोलनको भाग भएर होला अरु भन्दा प्रगतिशील मार्क्सवादीहरु अलग पक्कै हुन्छन् भने लागेको थियो। 

कुराकानी हुँदै गयो, मैले आफ्ना रचना पठाउँथे उता बाट पनि उनका रचना आउँथे। तर आश्चर्य उनले पनि आफू पत्नी पीडित भएको, पत्नी पद र पैसाको पछि परेको उनी चाहिँ समाजको क्रान्तिकारी रूपान्तरणको पक्षमा रहेको अनि यसैले गर्दा पत्नी सङ्ग राम्रो सम्बन्ध नरहेको उनी पनि प्रेमको भोको रहेको सुनाउन पुगे। मलाई अब अलिक अफ्टेरो महसुस हुन थाल्यो किनकि म पनि मार्क्सवादी चिन्तनको पक्षधर नै थिए। 

मैले पितृसत्तात्मक समाजमा पुरुष अग्राधिकार प्राप्त हुने भएकाले समाजमा महिलाको अवस्था नाजुक छ भन्ने पृष्ठभूमिमा यो प्रेम, विवाह आदि सामाजिक व्यवस्थामा पुरुष सधैँ पीडक नै हुने कुरा व्यक्त गर्थे, त्यही अनुसार नै हरेक आदर्श, रीति संस्कृति छन् भन्ने कुरा अलिक कडा तरिकाले प्रस्तुत गर्थे। त्यसैले म यो प्रेम अनि विवाह पनि नारीमाथि थोपरिएको शोषणकारी व्यवस्था हो भन्ने गर्थेँ। यही कुरा उनीहरूको आफ्नै लेखमा पनि हुन्थ्यो नै। तैपनि त्यसमा क्रान्तिकारी विद्वानले कहाँ बाट पुरुष द्वेश देख्न पुगेछन्। उनले मलाई सोध्न थाले के तिमीलाई कुनै पुरुषले धोका दिएको हो? तिमीलाई पुरुष देखि किन डर? अनि पुरुष सङ्गकाे सम्बन्धमा तिमीलाई किन यत्रो ठूलो असन्तुष्टि? मैले अब उनको स्तरको मापन गरिसकेकी थिएँ। अब म सङ्ग प्रगतिशील मस्तिष्कको अध्ययन गर्ने मौका मेरो हातमा थियो। 

मैले उनलाई फूर्काउँदै भने हो म पनि पुरुष पीडित नै हो। मैले प्रेम गरेको व्यक्तिले मलाई बलात्कार गर्यो। उनले हौसिदै सोधे के कसरी सबै विस्तारमा भन। मलाई चाहिँ अब आश्चर्य लागेन। जब कि पितृसत्ताका विषयमा उनैले भनेका कुरा लेखेका कुरा मैले पनि भन्दा मलाई पुरुषसँग डराउने रोग लागेको देख्नेले बलात्कारको कहानी विस्तारमा सुन्न उत्साहित हुनु कुनै आश्चर्य को कुरा थिएन। मैले उनलाई विश्वास दिलाउन एउटा कथा भने, म एउटा रेडियो प्रस्तोताको प्रेममा थिए। हाम्रो भेटघाटको क्रममा भेट्यौं। दिनभर घुमे पछि हामी उसको लजमा गयौँ। त्यहाँ एकछिन बस्दा उसले मलाई यौनसम्पर्कको लागि जवर्जस्ती गर्यो , मलाई असाध्यै पीडा भयो मैले उसलाई धकेलेर आफूबाट अलग गरेर आफ्नो रुममा फर्किए। त्यो बेला देखि मलाई यो प्रेम अनि पुरुष देखि घिन लाग्यो। 

त्यसपछि उनको प्रतिक्रिया आश्चर्यजनक थियो। 

उनले भने "हो त्यही भएर तिमीलाई मेलो फोबिया भयो। त्यसैले तिम्रो लेख र अभिव्यक्तिमा पुरुष द्वेश झल्किएको हो। म मनोविज्ञानको विद्यार्थी पनि भएकोले यो कुरा पहिले नै बुझिसकेको थिए। लौ भन त्यसले के गर्यो? लजमा जानु अघि बाटोमा स्तन माँड्यो, लजको रुममा पुगे पछि तिमीलाई कसरी ओछ्यानमा पल्टायो? तिम्रो भित्री लुगा कसरी खोल्यो? तिमीले उसको लिङ्ग देख्यौ? तिम्रो यौनाङ्ग उसले चाट्यो? कति पसायो, कति समय गर्यो? कता उसले आफ्नो वीर्य झार्यो? रगत आयो? सब विस्तारमा भन मलाई। यसरी सबै स्पष्ट भन्यौ भने तिम्रो उपचार हुन्छ। तिमी यो मनोरोग मेलो फोबिया बाट मुक्त हुन्छौ।" 

यी प्रश्नहरू यती छिटो सोधिएका थिए की लाग्थ्यो उनी पूरै उत्तेजित छन्। उनले अझै थपे "हेर यो कुरा तिमीले मलाई भन्यौ उचित मानिसलाई भन्यौ। यसबाट मुक्त हुनको लागि एकदम निपूर्ण व्यक्ति सङ्ग तिमीले मज्जाले सेक्स गर्नु पर्छ। म पनि निपूर्ण सेक्स गर्न सक्छु, तिमीले मलाई सेक्स दियौ भने तिमीलाई म यती मिलाएर गर्छु कि तिम्रो यो रोग सम्पूर्ण निको हुन्छ।" यी

सबै कुरा प्राकृतिक भन्दै झर्रो नेपाली भाषामा गरिएका थिए। मलाई उनी भन्दै थिए, "तिमी उत्तेजित भइनौ? भएको भए तिम्रो योनी र स्तनको फोटो खिचेर मलाई पठाउ। तिमी जति खुल्छौ त्यति छिटो तिम्रो रोग निको हुन्छ।" अझ उनले थपे, "मेरो पनि प्रेमिका भर्खरै कोविडले मरीन, म पनि सेक्स गर्न नपाएर एकदम पागल छु........।

मैले तुरुन्त बत्ती नभएको फोटो पठाउन नमिल्ने भनिदिए अनि विचित्र संसार देखेर त्यो दिन सुते। मेरो मनमा अब प्रगतिशील क्रान्तिकारी लेखका रचनाकारको नग्न चरित्र अगाडि थियो।

भोलि पल्ट म्यासेजमा मेरो रोगको अझ धेरै उपचारहरु थिए। स्तन र महिनावारी भनेको यौनसम्पर्कको लागि योग्य हुनु हो, पहिलो पटक यौनसम्पर्क गर्दा पीडा र रगत आउनु सामान्य प्रक्रिया हो, यौन मानिसको सामान्य प्राकृतिक क्रियाकलाप हो, प्रेम भनेर हरेक पुरुषले यस्तै गर्छन्। त्यसैले प्रेमी छान्दा विचार पुर्याउनु पर्छ। यो कुरा तिम्रो हुनेवाला जीवनसाथीलाई नभन्नु त्यसले तिम्रो जीवन सखाप हुन्छ आदि आदि। त्यसपश्चात् उनले मेरो प्रतिक्रिया मागे। मैले उनलाई अति राम्रो आँशु आयो कुरा सुनेर भनिदिएँ। उनी यति सम्म हौसिए कि तिमीलाई म विद्यावारिधि सम्म गराउँछु। तिमी अति विदुषी अति विद्वान मान्छे छौ। तिमीले उपचार गराउन मलाई सेक्स दिनु पर्छ नत्र उपचार हुँदैन। तिमी न आत्तिनु तिमीलाई म यस्तो उपाय बताउछु कि तिम्रो भावी पतिले सेक्स गरेको कुरै थाहा पाउँदैन तिमीलाई अखण्ड कुमारी रहने उपाय बताउँछु। यो पुरातन संस्कारमा तिमी जस्तो विदुषी बस्ने होइन, अगाडि आऊ ......

यस्तो लाग्यो कि उनी त त्यही पौराणिक ऋषि मुनि जसले सेक्स गरेर माझिका छोरीहरूलाई अखण्ड कुमारीको वरदान दिएका थिए। यहाँ मैले प्रगतिशील क्रान्तिकारी ऋषि फेला पारेकी थिएँ। उनी त अब मेरो प्रेममा छु भन्दै कहिले फकाउने, कहिले घुर्काउने अनि थर्काउने सम्म गर्न थाले। तिमी विदुषी म विद्वान भएर एउटा विद्वान पुत्र पाउने कल्पना भएका साहित्य पोस्टिन थाले। उनलाई लाग्दो रहेछ उनका संवादहरु, तस्वीरहरु मार्फत् ब्ल्याकमेलमा पर्छु कि भन्ने डर पनि रहेछ, ती कुरा उनका लेख रचनामा झल्किन्थे। कहिले कसैका चरित्रका प्रमाणपत्र मेरा इनबक्समा छन् त कहिले साइबर विशेषज्ञले गरेको सहयोगको उल्लेख गरेर धम्क्याउने गर्थे। 

मैले आस्था राखेको मार्क्सवादी प्रगतिशिल विचारधाराका गन्यमान्य चिन्तकको त्यो निरिह अवस्था देखेर आश्चर्य लाग्दै थियो। उनका अन्य राजनैतिक लेखहरूमा पनि उनको यो डर, कुण्ठा झल्किदिदा त्यो लेख एक्कासी रसातलमा पुग्थ्यो कुरुप हुन्थ्यो। कहिले काँही फेरि आफै गलत थिएँ, म त्यसरी अगाडि बढ्नु हुँदैनथ्यो भनेर आत्मसमीक्षा पनि गर्ने फेरि तुरुन्तै मलाई उक्साए, उत्तेजित गराए, मैले आफन्त भनेर माया गरेर पो रोगीको उपचार गरेको भन्दै फेरी आदर्शको आवरण ओड्ने गर्न थाले।

जे होस् सानी! ती वृद्ध पितामह कुण्ठित व्यक्ति हुन्, यस्ता प्रगतिशील मनोचिकित्सक सङ्ग पनि तिमीले सावधान हुनु पर्छ। यो हाम्रो समाज हो। यहाँ विभिन्न आवरणमा विभिन्न स्वार्थ भएका कुण्ठितहरु हुन्छन्। उनीहरूले कहिले संस्कार त कहिले आदर्श, कहिले दर्शन त कहिले स्वतन्त्रता र प्रगतिशीलताको आवरणमा आफ्नो क्षुद्र कुण्ठा पूरा गर्न लागि पर्छन्। तिमी सङ्गै महिला हिँसा दुर्व्यवहार, बलात्कारको विरुद्धमा आन्दोलनरत कति व्यक्तिहरुको लक्ष्य त्यही आवरण भित्र लुकेको हुन्छ। व्यक्तिहरू संवेदनशील हुन्छन्, यस्ता मुद्दाहरूले अझ संवेदना बढाउने गर्छ। त्यही संवेदनालाई प्रयोग गरेर आफ्नो निकृष्ट उदेश्य पूरा गर्ने लक्ष्य पनि धेरैको हुन्छ सानी!

हेर त ती क्यानेडेली दाजु, ती अङ्ग्रेजीका विद्वान दुवै शिक्षक हुन्। दुवैको लक्ष्य कस्तो छ। त्यो दर्शनशास्त्री अनि ती प्रगतिशील क्रान्तिकारी अनि हामीले भोगेका दुर्व्यवहार अनि समाजमा यौन अपराध गर्ने अपराधीहरू सबै एउटै समुहका हुन्छन्। कसैले बल प्रयोग गर्छन्, कसैले मान प्रतिष्ठा, कसैले धन, तिनीहरू भन्दा पनि निकृष्ट ती हुन्छन् जसले संवेदनाको प्रयोग गर्छन्, आदर्शको प्रयोग गर्छन्। ती झन् ठूला नरपिशाच हुन्। त्यसैले सानी तिमी हामी भनेका कसैको पनि अनुशरण गर्ने, कसैको पनि फ्यान हुने, कसैलाई पनि पूर्ण विश्वास गर्ने हुनु हुँदैन।

समस्या भनेकै के हो भने अन्ध भक्ति हो चाहे त्यो कुनै व्यक्ति प्रति होस् या कुनै विचारधारा या कुनै वाद। त्यसैले सानी हमेशा सचेत भएर आफ्नो अधिकार के हो? र उसको अधिकारको दायरा कति छ? आफ्नो क्षेत्रफल कति छ? त्यहाँ कसलाई कति सम्म नजिक आउन दिने? कति संवेदनशिल हुने? कति संवेदना ग्रहण गर्ने? सहानुभूतिको व्यापारको बारेमा बेलैमा बुझ्नु जरुरी हुन्छ।"

दिदीको कुरा सुनिरहेछु, सोचिरहेछु.....साँच्चै मनन गर्नु पर्ने छ हरेक कोणबाट सबैलाई.....।









Share:

दुरको मान्छे।


ती हातले सुन्दर फूल निमोठे जस्तै
निमोठी सक्थे यदि तिमीमा नै
आकर्षित भएको भए।
मैले त क्षितिज मान्या छु।
जुन रोमाञ्चक भएको छ सगर डढेर
मलाई छुनु नै छैन।
हेर्नु मात्र छ।
मलाई निमोठ्नु नै छैन
ढकमक्क पारिजात
सुगन्ध टाढा बाटै लिनु छ।

धन्न तिमी नी त्यस्तै रहेछौ।
उदाउँदो चन्द्र जस्तै।
माथि नै बसेर चिहाइरहने
शुक्र जस्तै।
यही नै त हो महानता
बात खेलाइरहनु मनभरी(भित्र)
हेरिरहनु अटल भएर हिमाल जस्तै।
हो तिमीलाई मैले महान नैं मान्या छु।

Share:

न म उचाइ हेरेर

 

न म उचाइ हेरेर
न तिम्रो स्थान हेरेर बहाकिए

तिमीले छोडेको थियौ सानो चिनो
त्यसलाई समाएर बहकिए।
तिमीले बोलेको थियौ केही शब्द
हरदिन नभुलेर बहकिए।

न बिर्सन सकिन्छ न त स्वीकार गर्न नैं
त्यो असिना परेको बर्ष
त्यो पलाउँदै गरेको वसन्तलाई उजाड पारेकी वर्ष
अब के होला थाहा छैन
तरपनि
बहार वनेर आउनु
मिठो लाग्ला तिमी आएको छौं यो वर्ष।

The theory of everything:movie
Share:

मैले तिमीलाई नैं खोजें

 

सबैभन्दा धेरै तिमीलाई नैं खोजें मैले
त्यो पौवा मासमा, त्यो चौतारामा

सकिरहेको बगरमा
उर्लिदो छालमा, तप्प झर्दै गरेको शित मा।

खोजिन् भने त्यहाँ मात्र खोजिन् जहाँ
पुरानो भण्डारमा फ्याकिएको पुरानो
रेडियोले तिम्राे र मेरो गीत गाएको थियो।
मैले भ्याइन उद्दिन्न ती पात्रहरू जहाँ
मीठा मिठा प्रित लाएको थियो।

आज निस्किएकी थिए नीलो आकाशमा
तिनै पालुवामा बस्नलाई अनि नजानिँदो
आफ्नै अनुहार हेर्न सङ्लो कुवामा
तर...
सबैभन्दा बढी त तिमीलाई नै खोजें
ती कलिला मुनाहरुमा
सिमलका भुवाहरुमा
यी स्वसहरुमा
मेरो सपनीहरुमा।


Share:

परिबर्तन।

 

बरफ आफू जस्तो नै रहँदैन घामले छोएपछि।
हराउँछ सुन्दरता हुरीले वसन्तलाई छोएपछि।

टालेका रंगीन भित्ताहरुलाई वर्षातले धोएपछि।
यो त सबै मौसमी कुरामात्र भयो
त्यो गुलाब कति निराश हुन्छ होला
बस्नुपर्ने भमरा नबसेपछि
हेरौं कति रमाउँछ पहाड
तप्प शित कोमल आँखाहरु बाट खसेपछि।

एकैछिन मात्र बसिदिन्छ तर इन्द्रेणी
आकाशलाई जति नै न्यास्रो लागेपनि।
केही पलमै ओईलाउँछ अजम्बरी
जति नै सुन्दर मानेपनि।

रहने तिनै याद मात्र हुन्
बीहानिलाई साँझको याद
खडेरीलाई पानीको याद
औँसी लाई पूर्णिमा को याद।

यति सम्झिएपछि ती क्षण
राम्रै लाग्छ पल झप्क मै
याद सँगै छुट्टिनु परेपछि
विजुलिसरी।
मौन रहन्छन् भाव पनि
फर्किन्छन् जस्तो लागेर
हरेक वर्ष तिनै ऋतुसरी।




Share:

अनुरोध

 थप्न नखोज न दु:ख

त्यसै म जमिरहेरहेछु
घाम आए नि अहिले
पग्लिन म सक्दिन।

किन सस्तो बनाउछौ मलाई
भो! नथप न काटी
जति कोरे नि सलाइ
अहिले जल्न म सक्दिन।

बिहानी आफै होला नि
छोडी देउ रातमा त मलाई
बाल्न नखोज न दियो
थप्न म सक्दिन अर्घ र बात्ती।

बाध्छौ भने रोज न कसिलो डोरि
खुस्किएर लडे भने?
सुर्केनी पारे त सजिलो हुन्छ नै।
खोल्न म सक्दिन कसिए पछि।





Share:

My heart is adoring you.

 The cottage lit with the red candle

An intense whiff simmers me,
Your Lips that look innocent,
Fragrant odours escaping from the hair
Like a pearl poured out from a scattered urn
Sweet voices in my ears
It still echoes today.

I'm alone like that moon now,
Borrowing light from the star.
On the full moon day,
Stealing the light of mine
And your shadows still follow me in the dark.

From the rising blue giant sky
Shining like a meteor in the black night
Even if it falls and gets lost in the sea
My eyes are thirsty
To see the nerves of your eyebrows
And my
Imagination is yet not erased.

The blotch left on the arm
Rainbows mixed on the lips
Strong breaths
With the feeling of being exhausted
By swearing deliberately,
That's still trembling in my sleep.


Share:

तिमी: एउटा कल्पना

 सिमल को भुवा जस्तै तिमी नरम भएर

नै हो म कठोर पनि रोएको।
अस्तित्व त्यो शितको सकि हाल्छ झरेपछि।
सुन्दरता त्यो फुलको सकिहाल्छ छुट्टीएपछि।
तिमी परिजात जस्तै कोमल भएर
नै हो म तिमिमा होमिएको।

छछ्ल्किएर उ सागरले छुन खोज्छ किनारलाई
बतासले बतासिएर ती हागा-लहरालाई
चुम्न खोज्छ इन्द्रेणीले आकाशलाई
तिमी कति निर्मल छौ है त्यही भएर
नै हो म तिमिमा तरल भएर खनिएको।

खडेरिले उजाडिएर खोजी रह्न्छ शितललाई
प्यासीले भौतारिदै पानी पधेरोलाई
शिशिरले रङ्गाउँछ हिमालका चुचुरालाई
बरफ को ढिक्का जस्तै ठोस छ मन
तिमी तातो जलन जस्तै भएर
नै हो म तिमिमा मैन सरि पग्लिएको।
.......


Share:

कविताहरू

 



बुज्नको लागि तपाईं एउटा महासागर हुनुहुन्छ।

तर मसँग एउटा झर्के लोहोटा मात्र छ,
ज्ञान उघाउन,
हुन त बुझेर पनि के गर्नु,
झन दु:ख हो, साँच्चै बुझियो भने,
प्रेम, ध्यान, मन , अँाखा, भाब, गरिराइ
कसरी हाँसेर रमाउनु।
त्यहि भएर त्यो लोहोटा पनि बेचेर
एउटा ठुलो सङलो पोखरी किन्छु
त्यो महासागरको एउटा सानो भाग
त्यहाँ आफैलाइ छाँयामा हेरेर
मुस्कुराउन सिक्छु।


.......................................

तिमी गएदेखी मैले
तिम्रो तस्बिर छोडेकै छैन
जसरि बोलाउछ तिम्रो आँखाले
म मदहोस भएर फर्किदिन्छु।
तिम्रो हेराइमा नसा छ
मैले ओठमा लिइरहेछु,
त्यही स्पर्शमा हराइरहेछु,
केही तिमी फरक छौ, म तिमी जस्तै
यो कुनै थाहा हुने कुरा नै होइन
म बोलाइरहन्छु तिनै पलहरुलाई।

तिमिले मेरो मन आफ्नु हातमा
कुनै किराया लिए जस्तै
सापटि लिएर, हेर्दै गयौ त्यहि हात
म धड्किरहेथी तिम्रो हत्केलामा
छोडेको तस्वीर मलाइ झस्काउछ
म तड्पिन्छु होला?? होइन? कुनै
रातमा, तिमि निदाएको बेला।
तर तिमी मसग कुनै अप्सरा जस्तो
हलुका भएर मलाई किन छुन्छौ?
मलाई सुस्ताउदै कानमा केही भन्छौ।
अह! म बोल्दिन, मलाइ थाहा नै छ!
मेरो उत्तरमा तिमिलाइ चित्त बुज्दैन।
किनभने तिमी ताप भएर कुनै
मैनलाई भेट्न आयौ,मेरो पग्लाइ(जलाई)
तिमिलाइ मनपर्दैन!
तिम्रो आखाबाट तप्प झरे म
डराउदै, काप्दै ओठबाट
उहीँ रङ्गहरु मिसाउछौ मसग
उसैगरि मैले हेरि रहे तिमिलाइ
जुनले अधेरीलाई हेरे जस्तै
उसैगरि छोइ रहे घामले
धर्तीलाई छोए जस्तै।



........................................................................


शरद ऋतु..

यो मेरो मौसम हो।
यस्ले हर कुरा मसिनो बनाएर हेर्छ।
यसले पात माथि शित लिएर आउछ।
आकाशमा मेघ भन्दा निला खुशि रङ्गहरु बोकेर आउछ।
कालो रातमा तारा भएर झर्छ।
मुठ्ठीमा केहि स्वास बोकेर चौगाराका खुशीहरु टाल्छ
पहिले उ बिहानि शुक्र संगै हातमा आगोको मुस्लो लिएर हिड्थ्यो।
अहिले बिजुलीका तारमा आफुलाइ बगाएर जान्छ।
उहि
उज्यालो खोज्न मुलढोकाबाट काचका चुराहरु
बज्दै दियाघरको दियो नजिक पुग्छन
नरम औलाहरु हातहरुसग मिल्छन,
उहिजस्तै खुशी खुशि नै हुन्छन्।
कुनै घरको एक कुना हल्लिदै गरेको
कोक्रोमा केहि महान महानहरु नतमस्तक हुन्छन्
यो शरद हो,र मेरै मौसम हो।
...........................................

जिवनमा घाम चाहिएको छ
एउटा रुख छ जस्ले फुल,फल,नभए घास।
र अन्त सम्म पुग्दा हागाका दाउरा सम्म दिन सक्छ।
तर जिवनमा घाम चाहिएको छ

उसलाई काट्नु छ।
मलाई के असर गरेको छ??
उसले मेरो घाम छेकेको छ।
मानिसले आफ्नु सुबिधाको लागी जे नि गर्न पर्छ।
आवश्यकता, बाध्यता एकै पटक अनेक पटक।

.....................................................

औशिको अध्यारोमा म घुर्मैलो छाँया हेर्छु
पटेकाको झिल्को, झिरझिरको तुजुक सकिएपछि
मैन, जमिन र चौरका पातको
शरीर भोलि कतै मरेको होला।
पग्लिसक्यो उ तिम्रो लागि जलेको होला।



...............................................

म अहिले गाउँ कै मात्र हु र कथा लेख्दै छु।
पख्नुहोस एकदिन म दरबारमा पुग्छु र
झ्यालमा बस्दा कुट्मिरोको रुखले
मेरो अनुहारमा हानेको हावा बिर्सिन्छु।
झरीले मेरो आगनमा पानीले पारेको फोका बिर्सिन्छु।
दिक्क भएका छन यि आखा त्यो कोतारेको पहाड र
लडेका ढुङ्गा अनि बर्सात सङै झर्ने माटो हेर्दाहेर्दै
म बाटो बिर्सिन्छु, म माटो नि बिर्सिन्छु।
हुन त कुनै ढङ्ग बिना सम्झिनु भन्दा त।
सधैंको लागि बिर्सेको बेस।
झर्को लगाउनु भन्दा त आफै जानेर
गएको वेस।
.............................................



किनारालाई कुनै हतार हुन्न
उहि खोलालाइ मात्र हो
समुन्द्र भेट्नु छ,
पत्थर मिलाउनु छ
धुल्याउनु छ।
बर्सौबाट एक्कै ठाउँमा बसेको
तटलाइ बाढीले नि पुर्याएन काहि पनि।
जान्छ कि सोधेन पानी पनि।
ओहो! सुत्छ बिउझिन्छ
बिउझिन्छ सुत्छ।
सुस्ताएको आवाज सुनिरह्न्छ।
एक झोक्का बाफले हावा कै
गति सग मिलेर सुगन्धित बनायो शरीर।
किनारालाई हतार नै छैन अर्को झोक्का
कुर्ने धैर्य कसरी राख्छ बरि!
.................................................................

मलाई नलड्न , नझर्न, नकुद्न सिकाउँछन।
जस्तो कि पुष्पदललाई चाहि फुलका बोंटले
नझर्न सिकाउदै सिकाउदैन्न।
मैले फालेको धुलो मै माथि खनिदा, मुख छोप्न सिकाउछ।
त्यो दिमागि फोहोर नफाल्न सिकाउँदै सिकाउँदैनन।
खालि खुट्टा टेक्न मन्दिर भित्र, झुक्न पत्थर सित सिकाउछ्न।
मान्छेसित मानिस झुक्न सिकाउदैनन।
हुन त यि झुक्नु, उठ्नु हिड्नु, शिखर चड्नु बस शब्द न हुन।
खोइ मलाई त आज भोलि यि दिमागले शब्दैमात्र सिकाउछन।
उफ!केहि सिकादैनन शब्दै मात्र सिकाउछन।







................................................................


त्यहाँ तिमि पुग्नै सकेनौ जहाँ मैले लैजान खोजे।
त्यो एउटा अकाट्य मैले मानेको सत्य बाटो थियो।
मलाई मानेर मैले मानेको मान्नु ठुलो नहुने जस्तो थियो।
मैले डोर्याएको पथमा घाम शरीर र छाँया हिडाउने मन थियो।
शरीर आफ्नु भएर छाँया घामको हुदो रहेछ
या जुनको,
तर..
म औशिको रातमा यि कल्पना गर्दै रहेछु।
त्यहि हो नै आफैं औशि भएर अध्यारोको पथप्रदशक बन्न छोडे।

........................................................................

तिमिले टेकेका पाइला मैले हेरे
जहाँ दुबो मौलाएर शरदको घाममा
शित ट्ल्किरहेको देख्छु।
हुन त एक्छिनमा सुकेर उहि बर्सातको पर्खाइमा हुन्छन
क्षितिज निरका सिमलहरु पनि।
पहाड र आकाश एकै बनाएर बस्ने बादललाई
अब खबर के सुनाउनु र चर्को घाममा
मस्त छ्न कुटमिरोका पातहरु
आवश्यक नै छैन बर्सात तर।
  ति पाइलामा मौलाएको दुबो जस्तै
म भित्र तिमि मौलाउने आश नभएको होइन।
ठ्याक्कै! शिशिरको कठ्याङृएको पहाड
जस्तै मौन भयो मेरो अगाडीको मौसम
म किन पर्खिन सकौ र गइ सकेको बसन्तलाइ अब।
हामी दुबो होइन रहेछ।




........................................................................

म जस्तै...
ठिक्क हुन जान्दैनन् आजभोलि यि मौसमहरु
कि  मेघ सधैं उघारै हुन्छन,
कि  बादल एकापट्टि गुजुमज्ज बसेका
आकाश शरद जस्तै निला,, निला
बर्सातमा कि त झरि नै मात्र कि त,
गृश्ममा खडेरी।
चराहरु घरको आँगन मन पराउन छोडे
बस्कुन तिनै किराना पसलमा।
खाली भएरै बोझ घाटेको छ घरलाइ ढिकुटिको
अन्नहरु सहरमा मात्र पाइन्छन आजभोलि।
हेमन्त मै कसरी हिउ खस्यो आँखाबाट,
पहाडको पछ्याउरिमा जब बल्यो सितारा।
कम्तिमा शिशिरमात्र कुरेको भए हिमालले।
अहिले बुच्चै हुनु पर्ने होइन यो बसन्तमा।
एउटै मात्र चक्र चलिरह्न्छ झन्न समयको
नत्र त म जस्तै ठिक्क हुन जान्दैनन् यि मौसमहरु।



........................................................................

धेरै हतारमा छन मान्छे
आफ्नु भन्न, आफ्नुलाई खोइ कता छोडेर
कसलाई आफ्नु भन्न र,
बुझेपछि पछुतो हुन्छ।
मिठाई होला भनेर
तर मिठाई पनि खोलमा
बेरिएको हुन्छ।
हो त्यहि पाल्स्टिक हुन्छ अन्तिममा।
किनभने सोचेको एक र
हुने अनेक हुन्छ।
बिकसित मुलुकमा त
त्यो प्लास्टिक पनि प्रशोधन हुन्छ।
अन्तिममा
यहाँ त माटोसग गुजुल्टिएर बसेको हुन्छ।
त्यसले माटोको समेत उर्वरतालाई
बिगारेको हुन्छ।
हो त्यहि हुन्छ मान्छे।
........................................................................

म कसरी निकालौ।
म भित्र भएको तिमिलाइ
जो काडा जसरी बिजेर बसेको छ।
म हिड्छु पैतालो चस्किन्छ।
म सोच्छु मुटु झस्किन्छ।
म कसरी फेरौ म भित्र बग्ने रगत।
जो तिम्रो धड्कन धड्किदा छछ्ल्किन्छ।
म कसरी फेरौ यि स्नायु हरु जो
तिम्रो नाम लिदै गुज्गुजाउछन टाउको भित्र।
म सोच्छु आराम त होला एक्छिनमा,
एउटाबाट धेरै सङ्ख्यामा पलाउछन।
म कसरी निकालौ ति कोषहरु,
जो तिमिलाई मैले नसम्झे नि आफैं गुनगुनाहट
लिएर सुस्ताउछन।




..................................................................................

लाग्छ होला तिमि छैन भने
त्यो साझ रात नभइ अड्किरहन्छ
त्यो पल रोकिन्छ
तिमी नदेख्दा मुहार मलिन हुन्छन्
तिम्रो बाटो हेरिरहन्छ्न
त्यस्तो बिल्कुल हुँदैन
तिमी नभएर के हुन्छ र त्यो आकाशलाई
अनि धर्तीलाई
........................................

......................................
वर्षौ को त्यो बहाबले बनाएका
पत्थरहरु  किनारामा मिलेका देख्दा देख्दै
तटमा बसेर
मलाई किन आवश्यक पर्छ र बालुवा खन्न?
अनेक शक्तिको प्रशंशक हुँदा हुँदै अरु
पानीको सामर्थ्यको मैले बयान किन गर्नु?

मैले खन्याएको एक कचौरि पानी
उसैको आकारमा बसेको मात्र हो।
म भन्छु
आकार बिहिन भएर नै छालहरु शक्तिशाली
बनेको हो।
अस्थिर उम्मादलाई आबेग छुन आएपछि
आधी पनि साम्य भएको हो।


........................................................................

कुनै झ्यालबाट हेरिरहेछु
अँध्यारो  उपत्यका।
अनि सुनिरहेछु उज्याला आशाहरुको
अन्धकार बाटो।
यो सहर सबै थोक भन्छ
कहिले बोल्दैन मलिनता।
चिच्याहट छ यहाँ भित्र
तर
चिहाइरहन्छ कसैको सन्नाटा।

फक्रिनु त मर्नु जस्तै हो गुलाबालाई!
यहाँ बगैंचा देख्नेहरु
किन देख्दैनन् नफुटेका दलहरु,बीउहरू।
किन देख्दैनन् भाँचिएका फूलहरु।
यिनै करेसाहरूमा।
एकदम अन्धकार देखिरहेछु एउटा बगैँचा।
यो उज्यालो लाग्ने देशमा
देखिरहेछु अन्धकार एउटा उपत्यका।



........................................................................

शिशिरमा कठ्याङृएका पहाड पखाल्न
झरी झरिरहेको थियो।
यि नाङ्गा रुखहरुको कोमल समय
फर्काउन यि मौसमलाई पनि कति
चटारो हो?
सिरानिमा गुट्मुटिएको मस्तिष्कले नसोचि
बस्नै सकेन।

तुसारो पखालिएको आकाशपछि
ट्ल्किएको जमिनमा
मेरो दुब्लिएको छाया प्रष्ट देख्दा
मलाई लाग्यो
हराएको शरीर संगै
मौसम पनि हराउन लागेको होला।
हिउँले छोपिदिएको पहाड हास्न लागेको होला।
बसन्त मलाई मन पर्छ उहि आउन लाग्या होला।
पालुवालाई सिरेटोले छुन लाग्या होला।
उजाडिएको पाखाहरु रमाउन लाग्या होला।

........................................................................

नहिडे पनि अपजस आउनेछ,
हिडे पनि आउनेछ
काम गरे पनि आउनेछ
नगरे पनि आउनेछ,
त्यसो भए वास्ता किन गर्नु ?

होच्याउने समाज छ
जातलाई लिएर,
धर्मलाई लिएर,
अनुहारलाई लिएर,
कर्मलाई लिएर।
काम पूजा हो, त्यो त मुखमा मात्र छ
किन?
किनभने
गफाडी समाजको विकास भएको छ।

कलिला हातलाई
धर्मको डोरि, जातको भुमरीमा किन पारेको?
सामाजिक बन्धनले किन बाँधेको?
ऊ पनि प्रकृति नै हो
बाँच्न पाउनुपर्छ
रुख झै,
पहाड झै,
पंक्षी झै
स्वतन्त्र भएर।

परिवर्तन कर्मले हुन्छ,
अठोटले हुन्छ।
गफाडी समाजमा जन्मिए
बच्चाले नि गफमात्र सिक्नेछ ।

विकास कर्मले निम्त्याउने सम्भावना हो।


........................................................................

आफैमा विश्वास गर्न सकिएन भने
बाटोभरी काँडाले घोच्नेछन्,

बाँच्न जनिएन भने,
निसासिने बनाउनेछन्.
हरिया रुख जलाएर ।

स्वाभिमानी भइएन भने
घुंडा टेकाउने छन्.
अनेकौं आश देखाएर ।

हिंड्न जानिएन भने
लडाउनेछन्,
पाइला सार्दा
पाइलै पिच्छे छिर्के लागाउनेछन् ।

कसैले आफ्नै बाटो रोज्छ
आफ्नै पाराले जिउँछ,
न त अरुको मतलब गर्छ
र पनि चासो राख्छन्
‘लडाउनेहरु’।

आफ्नो शरीर हेर्दैनन्
अरुलाई मोटो अनि पातलो
देख्छन्
‘जल्नेहरु’, जलाउनेहरु
अपरीपक्क योग्यताको सान
देखाउँछन्
रट्ने अनि रटाउनेहरु।

घर सफा गर्दैनन
बस्तीमा फोहोर देख्छन्
फोहोर आफ्नै दिमागमा
‘लुकाउनेहरु’।

आफू परिवर्तन हुन
तयार हुँदैनन्,
अरुलाई सर्लक्क पल्टाउन
खोज्छन्
दोषै दोषमात्र
‘देखाउनेहरु’

पहिले आफै परिवर्तन हुन सिकौं अनि मात्र अरुलाई सिकाऔं !


.....................................................................






अन्तिम कबिता।
**""""
आकाशमा बादलको एउटा पुर्णबिराम देखिन्थियो।
क्षितिजनिरको सिमलको भुवासग
घाम र सुस्त बतास जिस्किरेहेको देखेपछि
सोचे
यो जङ्गलको महानता सिमल या चापको उचाइमा भर पर्छ
ए त्यसो भए अग्लो हुनु नै सबै थोक रहेछ।
नत्र झुल्किदो घाम संगैको बेसर्मि दृश्य तिनै सुर्यका किरण
आकर्षण बिरलै गर्ने
कालिझारले देखि सकेका छन।
मैले तिम्रो नाम पनि निकै अग्लो ठाउँमा
शानदार तवरमा लेखि दिन मन थियो
तर..
हेर !आकाशमा पुर्ण बिराम छ र
सिमलहरु अग्लिएका सबैभन्दा होचा जस्ता
त्यहि भएर
मैले अन्तिम पटक पनि तिम्रो नाम लेख्नलाइ पनि
यहि झार नै प्रयोग गर्न पर्यो।
गुनासो नगर्नु यो अन्तिम पटक को अन्तिम कबिता!!
........................................................................


Share:

दिमागमा असरल्ल बसेका कुरा

 एउटा व्यक्ति ब्यक्तिको रूपमा बोल्नु र कुनै पदको व्यक्ति बोल्नु मा फरक हुन्छ। जस्तो स्वतन्त्र (जो छैन होइन) भने पनि जहाँ बाट दाना पानी(गुजारा) आउँछ त्यो तिर ढल्किएर लेख्नै पर्यो,त्यो तिर काम गर्नै पर्यो। होइन भने भोलि व्यापार गयो जागिर गयो। कोही कोही कसैको पक्ष धर या विरोधी जहाँ पनि पुगेर डिफेन्स गरेको देखिन्छ किनभने उसले आफ्ना विरोधीलाई सधैं रोक्नु पर्ने हुन्छ। 

किनभने उसको विचारले उसैको विचार जस्ता लाई मात्र आकर्षण गरी रहेको हुन्छ र त्यो भन्दा केही फरक लाई सधैं विरोध गरी रहेको हुन्छ। तर यहाँ के छ भन्दा जहाँ अपराध व्यक्तिको गलत मानसिकताको कारण मात्र हुन्छ भन्ने कुरा कहिले कतै पढाएको नै छैन रहेछ(न शिक्षक न विद्यार्थी) सायद किनभने यहाँ को दुई तिहाई भीड अरूले उत्तेजीत बनाउँछन् या अरूको कारणले नै अपराध गर्न बाध्य हुन्छ भन्ने तिर लागेको देखिन्छ।यो बिल्कुल गलत हो। अपराध मात्र अपराधी मानसिकताले मात्र गर्छ।

या अरू कोही आए आफ्नु लागि र आफ्नु अहंकारले बोलेका कुराहरु पूरा गरी दिन्छ भन्ने पक्षमा देखिन्छ। 

आफ्नु झोलाको बोझ अर्कोको काधमा जुन भक्तिले विसाइएको हुन्छ त्यो व्यक्तिले सबै पूरा गर्छ भन्ने ठूलैहरुको पनि भ्रम हुँदो रहेछ। कुनै दिन त्यो भगवान गलत हो यसले मात्र पूरा गर्दैन, आफ्नु अवस्थाको कारण आफू स्वयम बढी हो भन्ने दिमागमा जब घुस्छ( सायद घुस्दैन) तब मात्र व्यक्तिको झोलेपन, भक्तित्व,पाखण्ड,अन्त हुन्छ। तर त्यो अवस्था छैन किनभने यहाँ बढितर projection गरिन्छ,जस्तो उ पनि म जस्तै हो र मेराे सबै सपना उसले नै पूरा गर्छ। त्यो कसैले कसैको सपना पूरा गर्दैन र सम्भावना पनि हुँदैन।

अब

स्वतन्त्रको कुरा गर्दा...

हामी/मै ब्यक्ति त स्वतन्त्र छैन हुँदैन मैले मेरो परिवारको मूल्य मान्यता भन्दा माथि उठेर केही गर्न पाउँदिन। मैले परिवारको कुल, प्रचलन, संस्कार, संस्कृतिको बारे विरूद्ध नै पनि केही लेखे परिवार लाई नै पाच्य हुँदैन। जहाँ हामी गलत संस्कृति मा हुर्केका छौं र गलत लाई पनि पुज्न सिकाइएको छ। त्यो वर्षौ बाट मानिसको जीवन छ जगत छ , अब एक व्यक्ति छुट्टै भएर त्यसको विरुद्ध बोल्न खोज्नु नै त्यहाँ बाट त्यो व्यक्तिको संघर्षको निराशपन सुरु हुन्छ। यसरी यो ठीक छैन भनेर बोल्दा बोल्दै एउटा भीड सही तिर जान पर्छ भनेर वर्षौ बाट बोली रहेको पनि छ तर निराश छ, डिप्रेसनमा छ किनकि ती कुसंस्कार विरुद्ध बोलिदिदा कति को व्यापार र दैनिकी मै असर पुगेर त्यो भीड नै नष्ट गर्न सम्म लागि परेको छ। 


जुन तरिकाले आज जीवनयापन भएको छ एकदम आराम, विलासिताले कसैको पक्षमा भएर काम गर्दा या कलम चलाउँदा, या कसैको पछि लाग्दा जुन शक्ति आफूलाई मिलेको छ राजा जस्तो बन्न भने,त्यो यदि कुनै अर्को व्यावस्था/व्यक्तिले भीडको मन् जितेर आफू भन्दा शक्तिशाली भए आफ्नु विलासिता घुम्ने डरमा पनि मानिस सन्तुलित र सही व्यक्तिलाई सधैं दबाउन तिर लागि रहेको हुन्छ। उसलाई राम्रोसंग थाहा हुन्छ की यदि आफू शक्तिविहन भए मकैको खोस्टा बराबर हो। र आफ्नु साम्राज्य जुनै हालत मा बचाउनु पर्छ। आज को भन्दा भोलि को चिन्ताले सताइरहेको हुन्छ। यदि घुम्यो भने के हुन्छ? 

यसरी नै सानो देखि ठूलै सम्मका घर देखि सहर र देश सम्म कै सबैले आफ्नु दाना जुराउने, आफ्नु गुन लगाउने व्यक्तिहरूको भक्ति गर्दा गर्दै कोही कहीं स्वतंत्र हुँदैन र छैन पनि। जो म स्वतन्त्र छु भन्छ उसले नी भम्र मै राखेको छ।


Share:

छुटेका कविता....

 हुत्याइदिन्छ स्मरणले कुनै

पुरानो बाटोमा जसरी सरुवात गरिएको थियो
पाइला चाल्न गम्भीर  थिएनन
लोलाएको कुनै झार जस्तै अलि अलि
ओइलाएका जस्ता तर पनि उर्जा बढि
फुरुङ्ग परेर निस्किएको बादल पछिको घाम जस्तै।
म भन्छु धर्तीमा टेक्न नसकेर कतिले
अर्कै ग्रहमा पनि टेक्न थालेका छन नि।
ति खुट्टा मात्रले के हुन्थ्यो र
जहाँ उर्जाले सबै थोक भयो।
मेरो पनि पुराना दिनमा यस्तै सम्झना थिए।
पाइला जे भए नि मस्तिष्क हौसिएका हुन्थे।
र कस्तो कस्तो पनि असहज पनि सरल लाग्ने जस्तो।
ति भण्डारमा फलिएका पुराना किताबले
मलाई झस्काउछ त्यो स्मरणले।


........................

जुरुक्क उठेर पाइला नचाले त
उ कता छोडी दिन्छ समयले
नसमाए त नाडीको घडि छोडेर
गइ हाल्छ घामले,
पेटि मै आइपुगेका किरणलाइ
नछोपे त पछ्याउरीले,
एकछिनमा भिजाइ हाल्छ झरीले।

........................

त्यो एउटा नसा मात्र थियो
जो तिमि हेर्दाहेर्दै धुवा जसरी हराउँदै,
टाढा हुनथ्यौ, म सग थोरै धुलो मात्र रहन्थियो
जसको साहारामा अर्को ज्वाला पर्खिन्थे।
उहि हो नभेट्दा न्यास्रो लागे जस्तो
भेटेपछि डराएजस्तो, त्यो नसा मात्र थियो।
.......................

उदन्डित भएर चलाए जस्तो पाखालाइ
उसै गरि चलाउछ मानिसलाई,
यो प्रेम यस्तै हो एकतर्फबाट मात्र खोज्नु
अनुशासनहिन भएर सम्मान चाहानु
बादल भएर उज्यालो खोजी रहनु
.................

घामले बाटो बिर्सिदैन कहिले
जुनले दिन बिर्सिदैन कहिले
त्यहि सम्झेर म हातमा दियो र अर्ग
लिएर पुर्णिामाको बाटो हिडिरेहेको
अध्यारो देखी डर भएर हो त?
मलाई बल्न रमाइलो लाग्छ नि त
अरुलाइ उज्यालो बनाउन।

मधुरो बत्ति मुनिको मुस्कान
साच्न किन मन पर्दैन र साझलाइ
दियोघरको दियो बाट तप्किएको अर्ग
हेर्न आखालाई।
..................

उनिहरुले  केहि देखाएका छैन
उनिहरु आफ्नै-आफ्नै अवस्थामा अडिग छन
आकाश निलो रङ्गमा
पहाड उस्को अडेसमा
बतास बायुमन्डलमा
बिजुलीको तार खम्बामा
धानका बाला खेतमा
त्यहि भएर सुन्दर छन, शान्त छन
र सुहाउदा छ्न, लोभलाग्दा छन।

..........................

यो समयमात्र गुमाएको हो
मैले तिमि गुमाएको छैन र तिमिले मलाई,
यो बर्शात हो यसरि नि बग्नु पर्छ,
साना-ठुला छहारा बनेर
संगै लादै फोहोर र हिलोहरु
भोलि त्यहि बाटो हिड्नु छ भने।
पखाल्नु त पर्छ गोरेटाहरु
तिमिलाइ थाहा छ..
मैले ति बाटाहरुमा सबैभन्दा बढी तिमिलाइ खोजे
सिमसिम पानी परेको बेला
पातबाट तप्किएका शितहरुले परेली पखाल्दै
समात्दै झरेका लहराहरु तिम्रो देब्रे हात सम्झेर
मैले गुमाएको छैन,बोटबाट झरेको फल जस्तैमात्र हो।
कसैको पासमा झरेरै पुगेको छ।
कुलो जस्तै कहि कतै बगेरै पुगेको छ।
मैले हराएको छैन त्यो मन
कहि नअल्झिएर भिरालो बनेर मरुभूममा
बालुवा जस्तै तातिएको छ।

...........................






खाली पन्ना शब्द जो बाकि छन
अर्थ बिनाका, अर्थ बिना नै जिवन चल्छ,
जहाँ बाच्नु पर्ने हो, उभिनु पर्ने रुख सरह तर,
एकदम चन्चल हाँगाका बतासिला पातहरु भएर।
बोट नै त हुन कसरी यहि मौसमहरु जस्तै
झर्नु, बड्नु, ओइलाउनु, नाङ्गिनु, चिसिनु,
अन्तमा माटो मै मिलेर मल नै हुनु।
बाच्नु त किन छैन, किरा लाइ किरा जस्तै
मकै मै टासिएर, जमिन नै बिगारेर,
यि शब्द लेख्नु छ खालि पन्ना मा
नबुज्ने गरि कसैले पनि,
सबैले बुझेर, उहि भए त राम्रो हुन्छ नि देशको आकाशपनि।
कोहि-कोहि मात्र नाम कमाउछ,
जस्तो सबैभन्दा अग्लो हिमाल,
सबै भन्दा अग्लो झरना, ठुलो गहिरो ताल
गहिराई मै पुगेर, सायद व्यबहारले अग्लिएर
कोहि-कोहि मात्र खाली पन्नामा न मेटिने गरि
अटाउछन र आखामा, मस्तिष्क र हृदयमा
बसिरह्न्छन, स्थाइ-स्थाइ भएर।

........................

यो समय हो....
यो पनि बितेर जान्छ।
अचम्म हुन्छ भन्थिए मध्यरातमा
पर्खिरहे,
मुलढोकाबाट आएको अँध्यारो
जस्केलोको बाटो भएर जान्छ,
अग्यानोमा आगो भरभराउछ
फेरि त्यहि घामले जिस्काउछ।
शिरमा हात राखेर आकाश हेर्दै
अनि कहिले नाडी छाम्दै।
फेरि त्यहि अर्को हिउँद ठिराउँछ।
बोट नाङिन्छ, काग र कोहिली
फर्किएर फेरि त्यही नयाँ ऋतु फर्काउछँ।
यति भित्र नै हो जिन्दगि
अनेक-अनेक जिवन यो पृथ्वीले हुर्काउछ।
........................

म जलिरहेछु खडेरीको डडेलो सरि
कसैले थाहा नपाउदै जोसि दिएछ
सल्किएको सलाइको काटीबाट
एक बिटो खरमा एउटा झिल्को जलन
आगोलाई काट्न आगो नै चाहिन्छ र??
म प्यासी छु रापले, मलाई बुजाउन
छाल चाहिन्छ, आधी चाहिन्छ।

फुत्त फाली दिएको रोड छेउको
कुनै कन्टेनरमा बेहाल भएर
जसरी कच्रा सडिरेहेको हुन्छ आफ्नै हालमा
त्यहि माथी उडिरहेछु म आफ्नै चालमा।
.............................

न म सग केही थियो
न मैले केही चाहेको नै अनौठो।
एउटा बन्द कोठोमा थुनिए जस्तै
अध्यारोमा रुमलिएको जस्तै
मलाई खुल्ला आगन चाहिएको थियो।

सहि र गलत छुटाउने केही साहस नै छैन
मैले सबै गल्ति नै गर्दै थिए।
या केही प्रतिशत बुज्दै थिए
दृष्टि तिम्रो धेरै गहिरो।

.......................









म पागल भएकी थिए
त्यहि निर्दोषपन देखेर
आफ्नै टाट्नोमा बाधेका
केही पठेक्रा जस्तै अबोध
निरीह तिमि हौ
अनि म तिम्रो गोठालो।
बाँसको मीठो घाँस लाई
मिठ्याउदै बुजोसंगै
खोजी रहे जस्तो त्यहि
गोठालोलाई,
नदेख्दा निस्ताए जस्तो
म पागल भएकी थिए
त्यहि न्यास्रोपन देखेर।

.............................

पर्खिएर नाङ्गो रुखमा
एक्लै गोत्लिरहेको छ एउटा श्वास।
उड्ने साहास नभएको होइन तर
बिना दिशा भौतारिनु हराउनु जस्तै हो।
एक्लै टोलाइरहेछ एउटा आट।

मलाई थाहा छ उ जिउदै छ
बेला-बेला छट्पटाइरहेछ
तप्प पानी झर्दा सरिङ्ग भइरहेछ।
थाहा नै नपाई समय कटाइरहेछ
बिलाइरहेछ,हेरि रहेछ आकाश।

.....................................

आवोस नआओस मतलब नभइ
पर्खी रहे जस्तो चौतारिमा
उनि हिड्ने बाटो त यहि नै हो
त्यहि रहे जस्तो परेलीमा।
मस्त छु तिम्रो छाया सम्झिदै
बसि रहे जस्तो पासमा।
लिइ रहेछु आन्नद स्मरणको
तिमि यहि भए जस्तो आङ्गालोमा।

........












मैले ठ्याक्कै सोचे जस्तो भएन यो रात।
जस्तो कि त्यो चौगारो मुन्तिरको सानो आठोमा
बेलिएर गएको काक्राको थाङ्रा राम्रोसग देखियोस।
त्यहाँ छेपारो हिडिरहोस, कुनै खाटमा बसेर म हेरि रहु
झसङ्ग- झसङ्ग आवाज आइ रहोस म झस्किरहु!
तर त्यो भएन..अहिले सुनसान छ आगन।
उग्राइरहेछ गोठ, खाली छ टाट्नो
बसेर हेरि रहेका छ्न ताराहरु मेरै घरको छाना तिर,
म डराइरहेछु, नाङ्गीएको कालो रुख देखेर।
..................

भोलि हामीले मौसम अनुशार चराले
जस्तो पत्घर र छेस्काहरु बोकेर
घर बनाउनु पर्छ, माकुराले जस्तै
जहाँ छु त्यहि जालो बनाउनु पर्छ
माझीले जस्तै बल्छी थापी रहनु पर्छ।
कुलो कटाइ रहनु पर्छ।
रुख रोपि रहनु पर्छ, अनि मात्र बाच्न सकिन्छ।

बच्चाजस्तो ज्ञानि हुन पर्छ
आमाजस्तो सहनशिल हुन पर्छ
बुबाजस्तो कर्मशिल हुनुपर्छ
हिमाल जस्तो अटल र
प्रकृतीजस्तो बिबेकशिल हुनुपर्छ
जतिमा नि सन्तोष लिन सक्नुपर्छ,अनि मात्र बाच्न सकिन्छ।

.......................................

पातलो पानीको पर्दामा
तैरीरहेको माछाभन्दा सुन्दर
छ तिम्रो चिसो हेराइ
तिम्रो छुवाइ महसुस गर्न पोखरीमा
हरेक साझ डुब्दै गरेको घामको
छाया मेरै खुट्टामा पर्ने गरि डुबाउँछु
मुलायम लाग्छ तिम्रो शरीर
निलो दहमा सर्बाङग नाची रहदा
तिमी भन्दा सुन्दर न आकाश लाग्छ
न डुबि रहेको घाम।










मलाई सधै ढुक्क छ
मसग एकजोर पखेटा छ भन्छ चराले।
यिनै एकजोर हुन जसले
पतै नपाई मौसम फेरिदिन्छ्न।
ऋतु फेरिदै गरेको खबर दिन्छन।
सोही अनुशार फुल फुलिदिन्छन।
झरना, खोलाले गितको भाका फेर्छन।

उसलाई काफल पाकेको कसरी थाहा हुन्छ?
सायद उसग बिशिस्ट हेराइ हुनुपर्छ
रात परेको थाहा हुन्छ
सायद उसका बालबच्चा हुनु पर्छ।
उसले मुखमा केही बोकेको र उडेको छ
सायद त्यो माया हुनु पर्छ।

..............................

सारा समय अरु मसँग बिताउन
उ अहिले निदाएको छ,
सपनामा सायद उ आकाश देख्छ होला
अनि चम्किलो जुन देख्छ,
बाँकि सपना  मसग हेर्नू छ पछि
उ अहिले सुस्ताएको छ।

तिमी रिसाउछौ, मलाई हप्काउछौ
म आँखा बन्दमा नि तिमिलाइ फकाउछु
हिजो त आयौ, फेरि हरायौ, खोजिरहे अङ्गालोमा
धेरै दिन भयो तिमी यसरी नै मलाइ जिस्काउछौ।

....................................

जब कलम,कलम होइन बारुद बनेर चल्नेछन।
तब बिनाशाका ज्वालाहरु उड्नेछन।
चिसा हिमालहरुपनि पग्लन थाल्नेछ्न।
जब समुद्रहरु हलचल गर्नेछ्न
तब अन्जान किनाराहरु संगै-संगै हिड्नेछ्न।

....................................

उडेसरि बाफ कपबाट तिम्रो मुहारमा
अशिलो प्रेम उडिरहेछ,भिजी रहेछु म
सहि गलत मलाई केही थाहा छैन
तिमी छहारी बनी रहेछौ,म शितल लिइरहेछु।
मैले महसुस नै नगरेको खुशी
तिम्रो अनुहारमा म देखि रहेछु
कस्तो सुहाइ रहेछ मुस्कान,साझ र जुन सरि
तिमी मुस्कुराइ रहेछौ म ढुकढुक भइ रहेछु।

तिमी भन्छौ म सुन्छु,मेरो श्वास मलाइ अठ्याउछ
बोल्नै लाग्दा, शब्द-शब्द होइन बाफ वनेर फैलिन्छ।
म अनुभव मात्र गर्छु, यो पल मेरो बसन्तको महान
पर्खाइ हो, तिम्रो जीवन मेरो,बिल्कुल मेरै भोगाइ हो।

.........................................








तिमिलाइ कस्तो छ म त सन्चै छु
आजभोलि भन्छ जुन  मलाई,
हुन पनि यी दिनहरुमा बोल्ने भनेको
हामी दुई  मात्र हौ, चम्किला खबरहरु जहिले
मेरो घर को आगनमा मोति झै बर्साओस
भनेर, म नि उतर दिन्छ, हो! मपनि ठिक छु
तिमी आए देखी, तिमिले मुटु झलाए देखि म
तातो अनि अनि त्यहि तापले अलि-अलि छोएको
रबर जस्तै नरम छु।

................................









मुटु बाट सुस्त आवाजहरु जसरी आउँछ
ढुक-ढुक, ढुक-ढुक, उहीँ तालमा
हामी नाचिरहेका हुन्छौ कुनै आँगनिमा।

....................................

साच्चै उसै गरि माया गर्छौ अझै
तिमी तिम्रो बिरालोलाई, जसरि
तिम्रो छेउमा पहिलो पटक पुग्दा
अरुलाइ वास्ता नगरि उसका कहानी सुनाएको
थियौ। मलाई नि लाग्या थियो
तिमी जनावरलाई त यस्तो ख्याल दिन्छौ भने
मान्छेको अवस्था के होला!!
तिम्रो खबर अहिले कस्तो छ अनि तिम्रो बिरालोको??

.........................................

म आफुलाइ जिउदो ठानी रहेकी छु
म आफुलाइ आफू बिल्कुल आफै मानी रहेछु
किनभने म भित्र भएको तिमी,
हरेक तवरबाट निस्कियौ
तप्प- तप्प आखाबाट,भारी हृदयबाट
तिमी हरेक पत्रबाट बाहिरियौ

जब तिमी
पुर्णिामाको तातोरातबाट,
औशिको शितल रात भयौ।

.................................

मैले आफुलाइ एक्लो कोठामा
सिरानी भिजाउदै कमजोर बनाउनु छ भने
म केही  डराएको छैन  एक्लो हुनुसग
म आफैलाई मन पराउन थालीसके।
तिम्रो स्मरण खोइ बिराउन थालिसके

म आफू आफैलाइ जुन जस्तो लाग्छ..
अध्यारोमा नि सुन्दर देखिने तारा जस्तो लाग्छ
मलाई  केही मतलब छैन
म आफू आफैलाई संसार  सारा  जस्तो लाग्छ।
...............................

उडेर खोइ कहाँ पुग्छ र पत्थर
उहीँ जमिनलाई नै चुम्ने हो
बसेर पातमा शीत कहाँ जान्छ र
उहीँ घामसँग मिल्ने न हो।

बहकिएर नदि डुल्छ एक्छिन बर्खामा
बगाएर आधी मुस्किल बनाउछ आफैमाथी
एकछिन भौतारीने हो,
कहाँ जान्छ र बाटो,फर्किएर सुरुवातमै
आउने न हो।

............................












तिम्रो हेराइले भरिलो आखा नसालु बनाउन सक्छ

तिम्रो मुस्कानले कसैको ओठमा दियो जलाउन सक्छ।

सबै सबै त कहाँ सोचेको जस्तो हुन्छ र पृय!

तिम्रो आवाजले मात्रपनि कसैको आशा पलाउन सक्छ।

...........................

यि दिनहरुमा नचिनेको मान्छेले प्रशंशा गरे जस्तो
कहिले अनुभव  नगरेको न्यानो हावाले छोए जस्तो
कहिले नहराएको कुनै तस्बिर हेरेर हराए जस्तो
कहिले नसुनेका आवाजले नरम-नरम कानमा गुनगुनाए जस्तो
खोइ के भएको छ, मनभरी शब्द आएपनि मिलाउन नआए जस्तो भएको छ।
कहिले न भेटाए पनि तिमि मेरै छेउमा भएको जस्तो भएको छ।

.....................................

ठिक्क परेको झोला घर जानलाइ।
अहिले उ थन्किएर बसेको छ एककुनामा
कति सपनाहरु चाङ्ग लगाएर बन्द गरिएको छ
बस्दा-बस्दै थकित भएर अडेस लागेको छ भित्तामा।
एउटा च्यान अर्को च्यानसग मज्जाले मिलेको छ।
के बात मारी रहन्छन् , सपनाहरु बाडीरहन्छ्न
उ भित्र भएका चिजहरु,
दिन गन्दै बसिरहन्छ्न
रङ्ग-रङ्गका सलहरु,शर्टहरु, कमिजहरु।
उस्ले एउटा गोजिमा कसैको तस्बिर लुकाएको छ।
उ त्यसलाइ प्रेम भन्छ, उ त्यसलाई सन्सार मान्छ
त्यहि भरमा मात्र उ बसेको छ त्यो अध्यारो कुनामा
किनभने उसले एउटा गोजिमा सन्सार आड्याएको छ।

.................................................

यहाँ  छ्न केहि शब्दहरु
कसैको मनमा मिठो संगीत
उद्गम गराउने प्रवृत्तिका
यहा बाँकी छन केहि प्रेमहरु
कसैको जिवन सार्थक बनाउने प्रवृत्तिका
फुलको सुबास जिवन्त छ,
त्यो हेराइ अझ याद छ,
बेहोसिमा सुन्यता र
होसको धारिलो र समझदार भएर बोलेका
अप्रत्याशित प्रशंसा अझै गुन्जिरेहेका छ्न
प्रत्येक पाइलाहरु बिराएका बारका
दिन डल्दै गर्दा उदाएका साझसम्मका
चुपचाप र रिसालु,नसालु आखाँहरु अझै
कतैबाट हेरिरहेका छ्न।
कुरिरहेका छ्न केहि तस्बिरहरु तिनै छुवाइका लागी
आशत्त छ्न कानहरु तिनै महान प्रशंसा सुन्नका लागी।

.......................................

मुठ्ठी बन्द गरेर, आँखा खुल्ला गरेर
रमाउछ झरि म माथि
फोका बनेर नाच्दछ खुशी छानामाथी
ओशिलो आगन टोलाउछ
रिसाएको बायुमण्डल स्वास लिन्छ बिजुलीको तारमाथि।

........................









बाझो खेतमा केहि फलाउने खालका
कविता लेख्नुपर्छ नि,
छुट्टै तरिकाले बिरोध गर्नपर्छ
पहिले आफ्नु कर्तव्य पुरा गरेर
मात्र अधिकार खोज्नुपर्छ
सिसामा कुहिरो लागी रहेको बेला
बाहिर सबै तिरिमिरी मात्र देखिन्छ
पहिले चस्मा सफा गरेर अनि मात्र हेर्नुपर्छ।

.........................................

उनिहरुको यात्रा पनि तिनै मखमल मै
सिमित हुनेछन, बस!अहिले केहि बेर
कालोपत्रेमा घिसृएका मात्र हुन।
रफ्तार! समय संगै देख्नेछ्न रुख,पात
मौन आकाशहरुले,
थोत्रो जुत्ताको कुदेको चिल्लो पालिस
आत्तिन पाउदिदैनन कहिल्यै छेउमा
लहर बनेर बसेका बिजुलीका पोलहरु।
उनिहरुको यात्रा पनि तिनै आलीशानको
ब्याथाको लागि हो।

........................

 न आलि नागेर छिचोल्न सकिन्छ काल्नाहरु
न थुप्रो बनेर झाटेको धान जसरी खला मै रहन
जिवन त उहि बत्ताउदा उडेर आलि निर पुगेको
फुस्रो भुस जस्तै पो हुदो रहेछ, बाल्नमात्र काम लाग्ने।

................................

मेरो अनुहारमा लागेको चोट बेस्सरी

दुखे पछि, मैले थाहा पाए म जिउदै छु।

मेरो शरिर कम्पन भइ रहदा मैले महसुस

गरे पृथ्वी घुमी रहेको छ,र म बाचिरहेकी छु।

..................












 पतिङ्घर हरु हावा आए पछि
आफै उडेर जान्छन् , एक ठाउँबाट अर्को तिर
घिशृन्छन,छिद्रा- छिद्रा भएर प्वाल पर्छन
अनि अन्तिममा बिलाउछन।
हावा जता चल्छ उतै बहने हो बास
जति नि अग्लो छु भने नि।
बिलाउछ कुहिरो भने पक्का त्यो पानी नि हुने हो।

....................................

समयको अन्तरालमा पनि,
स्थिर आकाश जस्तै,
दिमागमा लुकेका कोमलता,
आँखाको आँधीमा पनि,
स्मृति सुन्दर देखिन्छ जब त्यसले हृदय छुन्छ।

...................................

भोली हामिले बोल्न बिर्सियौ भने
हाम्रो लागी कस्ले बोलि दिन्छ?
भोली हामीले बाटो भुल्यौ भने
देब्रे हातको औला दाहिने हातले समातेर कस्ले पुर्याउछ।
मेरो हात तपाईंको औलाबाट बिस्तारै छुट्टीदै छ।
हाम्रा बोलि पातलिदै छ्न।

......................................

एउटा घडेरी जस्मा मायाको डोरोले
कसिएको सानो झुपडी बनेको थियो।
त्यसमा अहिले कागभलायो उम्रेको छ।
झुपडिको अस्तित्व नै छैन, घास उम्रेको छ।
मायाका कसमहरु पनि कस्ता-कस्ता हनिकारक पो हुँदा रहेछन,
मानिसहरु छुट्टीदा रहेछन घर हरु भत्किन्छन।
त्यहि भएर मैले नि कागभलायोसग मित लगाएर आए।

..............................................







आकाश सेता धर्शाहरुले दिन निर्धारण गर्छन।
हामिसग अरु खासै नौलो उपाया छैन
घामका किरणहरुले समय बताउदछन।
चराहरुले मौसमको नौलोपन पत्ता लगाउछन।
फुलहरुले चाडपर्ब बोलाउदछन
हामिसग नौलो किसिमको बिज्ञता छ।
मानिसका बोलि र बास्नाहरुले अनुहार चिनाउँदछन।
बारिमा फुलेका, लहरिएका बालिनालिले लगन बोलाउँदछन।
मनका बोलिहरुले स्नेह आफ्नुपनका भाका गाउदछ्न।

............................................









हाम्रो बाटो उकालो छ
त्यस्तो बाटो हिडेर
आफुले चाहेको  गन्तब्यमा
आफ्नैलागि पुग्यौ भने
कति सुबिस्ता छ,
गौरव लाग्छ नि आरोह सम्झेर आफैलाइ
अनि ति  माटा र ढुङ्गाहरुले
गरेको स्वागत र बिदाइको क्षण
उहाँका हावाहरुले दिने शितलता
अनुहारमा ओबाएका पसिनाका राता गाला

घरहरुको आफ्नुपन, आमाका हातका ढाप
बुबाको टिलपिल आखाका सपाना,
हातले समाएर अङ्गाल्ने हाम्रो स्नेहको
मिठास सबै-सबै तिनै पाहिलाहरुले बोकेर हिडेका छन।

.........................................

बज्यो मोति घसृदा झै
मोति झर्छ भनेर सुनेको  दिन
मैले तिम्रो मुस्कान खोजेकि थिए।

तारा सरि मानेको छ, तिमि आकाशमा
तारापनि झर्छ रे, तिमि झर्यौ भने
म थापौला अञ्जुली
उ झर्छ भनेर सुनेको क्षण
रातदिन मैले पर्खेकि थिए।

ओठ नै नबोलेपछि के अर्थ हुन्थियो र?
तर तिम्रा आखा,मसग मिलेको दिन
तिमि मलाई हेरेर टोलाएको दिन
मैले सबै कुरा बुझेकि थिए।

.......................................

मलाई पर्खाइ थाहा छ
अनि तपाईंलाइ ऋतु
आउनु हुन्छ आरुचाका मुनाहरुमा
खबर लिएर
छानामाथि कहिले झरि लिएर।
मैले काफल पाकेको झ्यालबाट थाहा पाउछु
जब तपाईं आउनुहुन्छ मिठो आवाज लिएर।
म आकाशभरि तारा र एउटा मात्र जुनसँग हुन्छु।
तपाईं आउनुहुन्छ सारा फुलका गुच्छा लिएर ,
बिपरित उदाएका घामको आकाश लिएर बस्दा
तपाईं आउनुहुन्छ सारा-सारा उज्यालो  लिएर।














  मैले हराएको छैन, यो केवल बोटबाट झरेको फल जस्तै छ।
  कसैको पास आएको छ।
  कुलो जस्तै, यो कतै पुगेको छ।
  मैले त्यो तिम्रो मन कतै  हराएको छैन
  मरुभूमिमा कतै तड्पिएर
  त्यो बालुवा जस्तै तातिइएको छ।

.......................................

म रोडमा गएको बेला
रोडले मलाई डोराएर कहाँ-कहाँ लग्यो।
भितामा उमृएका अमलाका बोटमा
कहिले छेउको बिजुलिको तारमा
निलो भएर फुलेका शिरिशका फुलमा
उस्तै सुगन्ध आउछ माटोको पनि
पहिलो पटक खडेरिमा पानीले भेटे जस्तो
हावाले उडाएर उसलाई संगै मलाई कता-कता लग्यो।
मलाई नै पर्खिएको थियो कि त्यो टिम्बुरले
मसिनो स्पर्शमा अड्किएको स्वास
पातहरुले सायद तिम्रै छेउमा लग्यो।
म सग मेरो शरिर सहयात्रि थियो।
आफैलाइ औलाले पकृएर
पैनिको पानीमा कागजको नाउ जस्तै बनि
समथर वग्दै-बग्दै टाढाको किनारा छेउमा लग्यो।
मैले सानो गोरेटो मात्र देखेको थियो
फराकिलो बाटोले मलाई कहाँ-कहाँ लग्यो।

.................................












म उस्तै हुन्छु तपाईं हुँदा
जो बर्सातमा पानी भेट्दा रुखहरु हुन्छन।
रस भेटदा भमराहरु लाटिन्छन,
गुड भेट्दा चराहरु कोरलिन्छन
म उस्तै नै हुन्छु तपाईं भेट्दा।
मलाई लाग्छ मेरो स्वास,
अब सामान्य छैन,
मेरो मुटु अब ठाउमा छैन
जब तपाईं एक नजरले नै मलाई हेर्नु हुन्छ।

..........................................

को छ र तिमि छैनौ भने
रात सग तारा छैन भने।
आउछ्न जान्छ्न त्यो चौतारी लाइ सधै न्यास्रो हो
को छ र त्यहाँ बरपिपल छैन भने।
उ फुलेर बस्छ बोटभरि सजिएर गुलाब
को छर हेर्न आउने भमरा छैन भने।

......................................

शब्द  के भन्यौ मैले बिर्से
के गर्छौ त्यो मात्र याद हुनेछ
जसरि बिहानै हेर्छौ आकाश के गर्छ
बर्सात या खडेरिले स्वगत गर्छ।
मौन उ हेरक चिज गर्ने हिम्मत गर्छ
नबोलेरै कतै उठिबास बनाउने साहस गर्छ,
डर कसैको होर, न बदला नै हो
एक-एक दिनको मेहेनेतको फल
उ यसैगरि प्रस्तुत गर्छ।

................................

एउटा एक्लो हरियो रुख रोडका
बिचमा उभिएर हरेक क्रियाकलाप हेर्छ।
सबथोक उसैले सहनु पर्छ, जस्तो कि घामपानी
चिसोतातो,समय पुगेर कुनै मौसममा खस्नुको पिडा त छ
अर्को मौसममा जन्मिदाको प्रसब उस्तै।
अहिले उहि मात्र उभिएको छ सहरको हरियो रुख।

कुनै सङ्गित जसरि उसैको कान मात्र सुनेनी गित जस्तो
बाटो सुनसान हुँदा त निर्धक्क नाच्दो रहेछ उस्को जिउ
जमिन उसैको लागी मात्र भएपछि त खुशीले फाल्दो रैछ सुबास।
पातमा मुटु लिएर हिडिरहन्छ सेकेन्ड काटा जस्तै,

........................












हामिले किनारामा पैतालाका छाप त बनायौ।
त्यो पानीले निकै मेहेनतले बनाएको बालुवामाथि।
हामीले आफ्नु दुख मेट्नलाइ उमाथि कति रमायौ।
हामीलाई कति मनपर्यो किनाराका चिल्ला ढुङ्गा
झन दर्शनढुङ्गा अध्यारोमा रगेटेर बाल्नलाइ
दुइवटा हात मै बोकेर आयौं ,
उसको सङर्शमा हामि कति हो कति खुशी भयौं।

..........................................

म.....
हिमाल जस्तै अटल भएर स्वत हर मौसम
कुरि रहेकि हुनेछ,
एउटा तस्वीर र केहि यादहरुसग बिलाइरहेकि हुनेछु
छहारी जस्तो शितल मानेर झकाइ रहेकी हुनेछु।
सपनीमा भए नि तिमिलाइ छोइ रहेकी हुनेछ,
नबिउझाउन साउती गरे नि, चिसा पाइली छोडी दिनु
म चाल पाइरहेकि हुनेछु,
तिमि भन्दा अरुबारे सोच गर्न मन पनि लाग्नेछ छैन होला
तिमिलाइ कस्तो लाग्छ इशारा दिनु
पर पुगेर फर्की हेर्नु तिमि सबभन्दा ज्ञानि मानेर
म मुस्कुराइरहेकी हुनेछु
तिमि जाने बेलामा मलाई भन्नु
नत्र म अन्जान जस्तो पर्खिरहेकि हुनेछु।



बुबाले कति मेहेनेतले रङ्गाउनु भएको थियो चिना।
पल्स्टिक नै छिचोलेर उहि माथि दर्किएछ पानी।।
रङ्ग नै पोतिएर एकै ठाउँ भएछन अक्षर
लाग्या थियो निकै आफैसँग रिसाउनु हुन्छ
छेउछाउमा भएकाहरुसँग अझ धेरै
त्यस्तो त केहि भएन
पछुतो मान्दै चुप लागेर थाल्नु भयो
नयाँ चिना बनाउन।
हामिले भन्यौ हामि भए हल्लिखल्लि कत्रो हुन्थ्यो
पुरैले थाहा पाउथ्यो आफ्नै कारण भएको गल्तीमा
अरुले कति गालि खान्थ्यो।

........................................

पोख्न धेरै रहर रहेछ आकाशलाई
त्यहि भएर पोखि रह्न्छ
हरियो धान माथी पानी
धानलाइ कुट्यो
अनि मलाई नि कुट्यो
धान त कति खुशी हुन्छ नि
मलाई पो चिसो लाउँछ त
अरुलाइ पनि छोड्दैन हो
भिज्नु त मेरै रोजइ हो
यो समय नि कस्तो छ भने,
नाक बग्यो भने मात्र
कस्तो-कस्तो हल्ला पो आउछ त

रुघा लाग्यो भने, खोइ तिरस्कार पो पाउछ त
हो त्यस्तै बाताबरण अहिले भएको छ
यस्तो सार्हो प्रचार कुन माध्यमले पो फैलाउँछ त।

...............................

धुवाँ उडि रहेछ
त्यो तिम्रो यादको बास्न यहाँ।
कुहिरो सरि पातलिएर
पातमा झर्न लागेको छ
मेरो आखाबाट यहाँ।
तप्प-तप्प मेरो अञ्जुलीमा
दिमाग धड्किएर झरेको
त्यो रातो रगत तर मुटुले न्यानो
बनाएको  छ यहाँ।

..........................

त्यसतै
रुखको टुप्पामा पुगेको अन्तिम घाम
पश्चिम पट्टी क्षितिजमा अडेसलागेर
सुस्तरि-सुस्तरि हराउँछ,
चुपचाप आफ्नै गुडमा।
हरेक अवस्था हेरेर बिदा भयो आज
कसैको घर हेर्छ छानाबाट
आँगन नियालेको बिजुलिको तारबाट
अब उसलाइ बोलायो बोलीले
रातो-रातो आकाश भएको साझमा।
जस्तै..
म हेर्दै थिए
उसलाइ थाहा छैन।

..............................












कुनै सुगन्धले बेला कतै पुराउँछ
अनायासै मनको बाटोबाट टालिन लागेको,
सहरमा पुर्याउछ,कुनै घरमा पुर्याउँछ।
आफै खाटमा बसेको बेला सपनाले
त्यो दराजको च्यातनै लागेको कागजमा
कोरिएको अग्लो सिढि नजिकै पुराउँछ।
उक्लिनकै लागि मात्र कोरिन्छन सिढि
हात सामातेरै बेला-बेला खुड्किलोको
पुच्छारतिर पुराउँछ।

............................

तिमि त्यसरि नि आउनु
जसरी आरुचाको बोटमा बसन्त आउछ.
त्यसरि नि मौन बनाउनु
जसरि शिशिरले पहाडलाई  गराउछ।

.....................................

असिना त्यहि साल पर्छ
जुन साल बाली सबभन्दा राम्रो हुन्छ
खोइ किन हो कुन्नि उसलाई पनि आरिस लाग्छ।

.........................

सकियो उस्को काम चुच्चोबाट पत्र
आँगनमा फालिदिएपछि
अरु त पत्र खोल्न समय लाग्छ।
त्यहाँ भित्र पोतिएका रङ्गहरु सम्झिन
निकै बेर घोत्लिनु पर्छ,
हराएका रङ्गहरु झन खोज्नै पर्छ।

............................

चुलोको कालो निधारमा टिका बनाएर
एउटा कराइ जुठेन्नासम्म पुग्यो।
नजर लाग्ला भनेर हो दलिएको कालो?
हो पनि उसलाइ केहि भए
अनेकले भोक साच्नु पर्छ
मैले सोधे,:यो अन्धकार(कालो)को अर्थ के हुन्छ?
उ अर्को पट्टी फर्किएर मुस्कुराउदै भन्छ
आफ्नो जिम्मेवारी पुरा गर्दा येस्तै बन्न पर्छ।

........................

केहि नसाहरु पुरानै ठाउँमा भेट्छन
अव छेउको गितारको केहि तारहरु बज्छन
तब मनमा नि एककिसिमकोस संगीत बज्न थाल्छ।

बिश्वास लाग्दैन? मलाई पनि लाग्दैन,
त्यसो भए तिमि मसँग किन गाउँछौ  र?
हामि एउटै ध्रुवका चुम्बकीय शक्ति हौ भने
किन नजिक नजिक आउँछौ र?
जब तिमि आउछौ, खडेरीमा बर्सात भए जस्तो
पग्लिरहेको मैन निभाए जस्तो।
आगोलाइ बाल्न
स्वासको सुस्त संगीत गुनगुनाए जस्तो,
होइन भने यि सब सस्तो क्षण लागि किन धाउछौ र?

............................

आजको रात यि ताराहरु बिचबाट
एउटा जुन छुदै छु म।
मेरो स्पर्श अलग होस,
उसको उज्यालो स्थाइहोस।
म केहि किरणहरु आज जुनसग,
साट्न चाहान्छु,
यो आकाश मुनि आँगनिबाट
मुठ्ठीमा केहि मोतीहरु बोकेर
उसको ओठमा छर्न चाहान्छु,
म भन्दिन मधुरा भए परेलिहरु
अध्यारोलाई नि साचेको त प्रकाश उसले।
म आज
पानस मुनि पनि उज्यालो नै भएर बाच्न चाहान्छु।

......






तिमिहरु जस्तैले हो उसलाई कठोर बनाउने।
तिमिहरु जस्तैले हो उसलाई निर्दो बनाउने
तिमिहरु जस्तैले हो उसलाई चोर र अपराधी बनाउने।
तिमिहरु अरुको त्यसै आउछ भन्छौ र
आफ्नुमा दातबाट पसिना काढ्छौ
तिमिहरुको भ्रष्टाचारि दिमाग हरेक व्यबहारमा छ
हरेकको समय चोर्छौ, हरेकलाइ पर्खाउछौ
सबभन्दा ठुला चोर त तिमिहरु हौ।
आफ्नु अनुहार  हेर!!

........................

आउछ नि
पात भएर गएको बतास भएर आउछ।
बाफ भएर गएको पानी भएर आउछ।
थोपा भएर गएको समुन्द्र भएर आउछ।

...................

छुट्दै कति पाइलाहरु
औलाहरु, बोलिहरु,
शिखरहरु त छुट्छन भने।
हावाहरु फेरिन त केहिले छुट्छन
छुटेका अनुहारलाई फुर्सदमा जोडौला
चिन्ता नगर!!

.................

रुखको टुप्पोको हागाबाट तप्किएको तप्लेनिका
सुस्त, रुखा, मिठा खबरहरु फेदको पातले नसुनि
छुट्टीएर, चुट्टिएर जान पनि मिल्दैन।

.....................

भन्न त भन्छौ स्वतन्त्र छु
खुल्ला चरा जस्तै आकाशमा
तर खोइ के ले हो
सुगा जसरी पिजडा भित्र कैद गरि दिएको छ।
न ठ्याक्कै उच्चारण गर्न सक्नु
न आफै केहि बनाउन सक्नु।
कोइ बोल्छ त्यहि दोहोराइ रहनु।

........................

मेरो वरिपरि पानीका तप्लेनिहरु
तप्प-तप्प झरि रहेका छन।
त्यो छानोको खर देखि भुइसम्मको
समयमा हरेक पटक उनिहरुले आफ्ना
रहरहरु माटो सग मिसाइसकेका छन।

.............................

तिम्रो पिडामा कति पनि रुदैनन
गम्भिर नबन।
बरु मैले तिम्रा यि घाटहरुमा
कुनै आशा बिना बिउ पाकेको खबर बोकेर
कुदेको मैले देखेकि छु।
कसैको पत्र बोकेर हिडेको देखेकि छु।
के गरे यिनिहरुले, तिम्रो घरलाई उजाड बनाउन बाहेक।
अब, फेरि यि पिडा बिर्सिएर कौशिमा
कराउदै आउछौ होला नि।
त्यति खुकुलो नि नबन्नु मेरो
घरको बिस्कुन हेरेर...
मेरो हातमा गुलेलि र स-साना ढुङ्गा छन।

............................

पर्खाइको पिडा चौतारीलाइ सुनाउन
मन छ भने,
हेरक दिन उसको काधमा
बसेर प्रेम पत्र पढ्ने बतासहरुका बारे
उसले लेखेका दिक्दारिहरु नि सुनिदिनु त पर्छ नि।
सुन्दरताको बयान फुलका अगाडि बसेर
गर्ने हो भने,
कति कोमल मनले भाचेका उसका
डाक्लाहरुको दुखाइ नि सुनिदिनु त पर्छ नि।












शितले पातलाइ सोध्छ।
तिमिलाई केहि मतलब छैन
मैले छोडेर जादा...?
तिमिजस्ता हजारौं पानीका थोपा
मबाट नै तप्किएर समुन्द्रमा पुगेका छन
तर....
ठिक छ तिमि एउटा थोपाले आफुलाइ
निकै महत्त्वपूर्ण ठान्यौ.
तिम्रोलागी हजारौं थोपाको समुद्र
तर.
म एकथोपा हो, छुट्टै !
म थोपा हो छुट्टै !

.................

दुनियाँमा सबभन्दा सुरक्षित ठाउँ
त्यहि चौगारो हो, जहाँबाट
औशि र पुर्णिामा दुबै राम्रो सग हेर्न सकिन्छ।
डोरिमा झुन्डिएको लुगाका छायाहरुसंगै गफ गरिन्छ।
चिसो बतासले जब अनुहारमा हान्छ तब
कुनै पछ्याउरिमा लुक्न सकिन्छ,
सानो अक्षरको नामसग सबै परिचीत छ्न
जोड-जोडले बोलाउदा आवाज ठोकिन्छ।
त्यहाँ पनि आफ्नै ठुलो नाम सुनिन्छ।
.........................

माग्ने कुरा केहि नभए पछि
मैले एउटा कागज त मागेको हो।
त्यहाँ शब्द नमेटिउन भनेर,
निकै बर्ष पहिले कुनै कागज मै
यहि लेखेर छोडेको रहेछ
"लेखेको कहिले मेटिदैन।"

बोल्ने कुरा केहि नभए पछि
मैले एउटा पत्र त लेखेको हो।
त्यहाँ मेरो मौन आवाजले
मेरो मन जस्तै महसुस गराओस भनेर।
अहिले त बोलि नि सुन्निन
केहि समय अगाडि
त्यहि मनले सोधेको रहेछ।।
"दिल मिलेपछि अरु केहि हुँदैन।"

.....................

मैले केहि नभनि, केहि नगरि
मेरो लागि तिमि भगवान जस्तै हौ।
भनेको थियौ...
भगवान भन्दा माथि अब के हुन्छ
अब तिमिलाइ बिर्सिने काम गर्दै छु।
त्यति छिटो नबोल न आडम्बर छौ भने।
थाहा छैन राम्रो न राम्रो के हो
पाप,,धर्म , भगवानको साहारा नलेउ
तारिफ नै गर्नु छ भने।

.......................

त्यो भन्दा मिठो कविता के हुन सक्छ
सक्छ र?, सपना (मा) देखेर बिपनामा भेट्नु

तर अझ चाडो आएर म पुरा हुन सकिन
न मेरो कबिता,
हुन त म सधै बिगृएको सपनामा बानि परि सकेको
कुनै अवसर थियो, राम्रो सपना देख्नु।

चिसो बतासले छुनु र न्यानो पछ्यारि सार्नु।
सङ्लो पानीमा पौडि खेल्नु, अनि आगोको राप अगाडि बस्नु।


यो मौसम न चाहेको, यो ऋतु यस्तो कठोर नहुने
किन भएको?
यो समय कसैले नचाहेको,
मेरो कबिता पुरा नै नभई तिमि आए जस्तो।
यस्तो कसरि हुन सक्छ।

..............................

माथि आकाशमा उड्ने चरिहरुले
किन घरमा बिस्कुन सुका भनिरह्न्छन?
माथि फर्किएर त्यतै तिर हुइकाएका
ढुङ्गाहरु फोहोर बनेर फेरि
किन यतै तिर फर्किरहन्छन?
हावा आउछ, पत्घर उडाउँछ,
टाढा-टाढा गइसकेका पातहरु फेरि
किन बतास नै बनेर आइरहन्छन?

......................

तिमिले आफैले भन्नु पर्छ
आखासङै बोल्नुपर्छ, नत्र त,
हेर न म आज भोलि हावाको
भाका बुज्न छोडि सके।
पानीको आवाज
महसुस गर्न छोडि सके।
कुनै बेला सुस्तररि
सिमलको भुवालाइ उडाएर लान्थियो
उसैका पातहरुले।
...............

तिमिले त्यसरि नै छुनु
जसरी बलेसिबाट तप्लेनिले
जमिनलाइ तप-तप छोइरहेछ।
तिमि त्यसरि नि बिलाउनु
जसरि खसेर पानीका थोप्लाहरु
खोइ कहाँ हो कहाँ बिलारहेछ।

थोरै चर्किएको थियो त्यो जमिनमा
त्यहिबाट छागो बनेर म भित्र पस्नु
अनि पहिरो बनेर झरिदिनु
जसरि मेरो सिरानिकै मुन्तिरबाट
भिजेका काल्लाहरु लडिरहेछ, झरिरहेछ।
यो मन नबोलि मौन लडिरहेछ, झरिरहेछ।

सुस्ताउदै मधुर आवाजमा
यो अबोधपन, निस्पटलाई झस्काउदै
गिलो माटो बनेर ढुङ्गा संगै फुत्किनु
छताछुल्ल अर्को धर्तिसँग खप्टिनु
जसरी मेरो सपनिमा पनि
तिम्रो याद बोझ बनेर खप्टिरहेछ।

......................












बाटो....
हिड्न चाहान्छौ भने मसग नै हिड्न पर्छ
कसैले नदेखेको बाटो,
त्यहाँबाट कोइ नपुगेको ठाउँमा पुगिन्छ।
कसैले नचिहाएको क्षितिज देखिन्छ।
उहि बाटो हो जहाँबाट झुन्डिएको
थोत्रा आशाका चम्किरहेको  किरणहरु  भेटिन्छ।
केहि समय नास हुँदैन,केहि गुमाउनु पर्दैन
बस! महसुस गर यि आटहरुको न्यानोपन
उहाँ, कसैले नलेखिएको नयाँ कथा लेखिन्छ।
हिड्न चाहान्छौ भने तिनै हातहरुसंगै हिड्न पर्छ
उहि लाजवाब बाटाहरु भेटिन्छ।

..........................

तिमिले भन्दिनु के कुरा चाहि मन परेको!
कुन मौसम,
बसन्त! गृश्म, बर्सात,सरद, हेमन्त या शिषिर?
सायद  यि सबै त हुनु हुन्न मान्छे,
कहि बर्णन गरे अनुसार,
उमेर हुँदै जादा धैर्य हुनु पर्ने मान्छे
चुपचाप हिउँमा बेरिएको शिशिरको रुख जस्तै।
तर किन आँधी ल्याएर,
बाटो धुलाम्मे छ? किन एकनासको हुन्न।
मस्तिष्क जब उमेरमा उमेर पुग्दै जान्छ मान्छे।

हुरि बतास उ हुँदा,
बर्सात अरु कसैले भइदिन पर्ने।

................

म मेरो बच्चाको बारेमा सोच्छु र म आफैं बच्चा सोच्छु।
  र मेरी आमाले मलाई बच्चा उहि आशामा सोच्नुभयो
अहिले म सोच्छु
  रिरिमको बिहान वा साँझको बीचमा
  मलाई लाग्छ म जन्मिएको थिएँ,
म आशाको आशामा जन्मेकि थिएँ।
  यहाँ फेरि कसैले सोच्दछ,
  म जन्मँदा नि मलाई कत्ति दुःख लागेको थियो।
  र म मेरो बच्चाको बारेमा सोच्छु र म आफैलाई बच्चाको रूपमा सोच्दछु।
  यो मेरो आमा र मैले सोचेको हुन सक्छ दुबैले
जो नारीले सोच्दछ
  मलाई लाग्छ कि म खडा हुन र म मेरै लागि खडा हुनु नै ठूलो छ
  म सोच्न को लागी, सोच्नै छोड्छु।,, उफ् !!

........................

हिड्न त म हिड्दिन तर,।..
कथम् कदाचित् कतै पुगें
म तपाईंको मुटुमा पुग्छु।
  र रगहरूमा रगत बनेर बग्नेछु।
  मनको गमन तपाइँको हो।
  जीवन पनि तपाईको हो।
  दिमागको चाललाई मेरो नियन्त्रणमा राखेर,
  म त्यो गतिलाई  छिटो बनाउँछु र छोड्नेछु।


Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.

Blog Archive