सिमल को भुवा जस्तै तिमी नरम भएर
नै हो म कठोर पनि रोएको।अस्तित्व त्यो शितको सकि हाल्छ झरेपछि।
सुन्दरता त्यो फुलको सकिहाल्छ छुट्टीएपछि।
तिमी परिजात जस्तै कोमल भएर
नै हो म तिमिमा होमिएको।
छछ्ल्किएर उ सागरले छुन खोज्छ किनारलाई
बतासले बतासिएर ती हागा-लहरालाई
चुम्न खोज्छ इन्द्रेणीले आकाशलाई
तिमी कति निर्मल छौ है त्यही भएर
नै हो म तिमिमा तरल भएर खनिएको।
खडेरिले उजाडिएर खोजी रह्न्छ शितललाई
प्यासीले भौतारिदै पानी पधेरोलाई
शिशिरले रङ्गाउँछ हिमालका चुचुरालाई
बरफ को ढिक्का जस्तै ठोस छ मन
तिमी तातो जलन जस्तै भएर
नै हो म तिमिमा मैन सरि पग्लिएको।
.......
No comments:
Post a Comment