नियात्रा: एक निरन्तर यात्राको

टुक्रा कविताहरू.....

म एक घुट्कि मात्र उघाउछु
अञ्जुलीमा,
सुकेर जावोस त्यसपछि पानी पोखरीमा।
होइन भने किन छाल बनेर छुदैन किनारामा।

उभिएको छ एउटा पत्थर बालुवामाथि,
अन्तिममा क्षमता पानी कै हुन्छ ढुङ्गालाई खियाउनमा।
त्यसो भए छोडिदिन्छु भनोस न
बन्चरोले रुखहरुलाइ चोट पुर्याउनमा।

पानी आफै प्यास त होइन।
तर तिर्खा बन्छ हर बहानामा।
सुक्ने भए ति ओठ जिब्रो
अञ्जुलीको अपुरो अपुग चहानामा।



मैले सम्पुर्ण कबिता लेखि सकेपछि
तिमि आएको हौ,
अब ति कबिता पढ्नु र तिमि सम्झिनु
बाहेक केहि बिकल्प छैन।
त्यो नसम्झिनु त्यो समर्पित छ तिमि मै
अलिअलि मिल्न खोजेको मात्र हो।
मैले घामले जमिनलाई माया गरेको देखेर
ऋतुहरुले महिनालाइ माया गरेको देखेर
अन्धकारलाई जुनले माया गरेको देखेर
जुनै स्थितमा नि ताराहरु आकाशमै झुन्डिएको देखेर
मात्र लेखेको हो
तिमि, तिमि होइन म नहुँदा,
तिमि शब्द होइन, व्यबहार नहुदा।
तिमि फगत हो, काम नहुँदा।
उच्च दिल आफै हराउँछ, पग्लिन्छ, डराउछ,चाहिदो र नचाहिदो लाग्दा
मैले अक्षर कोरि सकेपछि मात्र।
चित्र हुन आएको हो।
कल्पना पछिमात्र सबै शक्ति सम्भब भएको हो।
नसोच्नु यो, तिमि जस्तै कोरिएको छ।

....................

सबैभन्दा निराश भएर सायद
कोहि एकदम खुशीका गित लेख्न
कहाँ सक्छ र? 
आशु आफैंमा दुख हो त?
आँखाको पानी संगै हर्शको
गित चराले सधैं किन गाइरह्न्छ?
साह्रै नि निराशाबादि मानिस छदै छैन
मात्र शब्द दुख्छ।
एकैछिन शब्द,
तर एकैछिनमा शब्द नै फुलबारी
फाड्न तयार त त्यसै नै हुन्छ।
अब यहि हो देखिनु, तर अपुर्ण हुनु।
लेख्नु तर व्यबहार नै नहुनु।
मिलाउनु त सबै अनि आफै 
हरेक हरेक सत्य र सभ्य अनि शान्ति हुन्छ।
.......…....
मसिनो गरि हेरेको मात्र राम्रो लाग्छ।
बर्सातले जमिनलाई छोएको जसरी
छोएको राम्रो लाग्छ।
आकाशसधैं निलो त छदैछ,
उसलाई बादलले बेला बेला छोपेको राम्रो लाग्छ।
चिसो बने पनि बन्दिनु, असिना बनि बिलाएको राम्रो लाग्छ।
रातसाझ कराउँछ नजिक आएर हुचिल
डरलाग्दो छ तर पनि उसैको स्वर राम्रो लाग्छ।
..............
उडेको चरी फर्केर त्यसै आउदैन।
आउने ठाउँमा उसको गुँड हुन पर्यो।
मानिस फर्किन फुलबारी अनि फुल हुन पर्यो।
मन हो प्रेरणा त हुनै पर्छ कुनैकुनै तरिकाबाट।
मन हो भुल हुँदै  नहुने होइन,
भुलपनि एकदम कोमल हुन् पर्यो।
..........
निराश म होइन, न कोइ हो!
निराशा त यो समय हो,
जो कसैको पोल्टोमा 
पर्न मान्दैन, कति थान
निराशाका ,प्रेमका, बिछोडका
हरेकका गित, कविता शृजना हुँदा पनि,
यो समयले मलम लाउन मान्दैन।
दैनिक हेर मान्छे, टुट्न सम्म टुटि रहेछन
फुट्न काचँ सरि, 
जोडिन पुर्णिामा र धर्ति सरि।
यस्तो नहुने भए, केहि हुँदैन थियो।
न मेरो अस्त्तित्व, न कसैको।
तर यि सबै भए नि समय मात्र 
हिडिरहेको छ, त्यहि भएर
यो निराश छ।
............
मैले मेरो समय जसरी सोचाइमा
बिताए त्यो नसाहरु यि दिमागका तन्तु 
मेरा थिए तर कसैले आएर थथर्काउने 
हिम्मत सम्म गर्दो रहेछ।
त्यो पोखरी ढुङ्गा जोडले
खसाल्दा त्यहाँ एउटा तरङ्ग आउछ 

जसरी म एकोहोरिए।
मेरो त्यो दृष्टिको कुनै
सम्मान थिएन, 
थियो त बस।
मेरो समयको अनुचित मुल्यांकन।
........



पिपलले....
उस्ले आफ्नु समय भएर।
पिपलका फलहरु झारेको थियो म माथि।
म उ भएको ठाउँमा र 
उसले फल झार्नु एक्कै समय भयो।
म किन भाबुक भएको, उसले मेरो लागि होइन।
आफ्नु फल त्यो हाँगामा थामिन नसकेर झारेको थियो।
म आए र  रात भर पिपलको कोमलता बयान गरे।
फेरि हेर्न गए, यहि भयो।
यो समय र यो भाग्यो नि अहो!
प्राकृतिक हुँदा डुव्न मिल्ने।
तर यि पिपल त ढुङ्गा हुन।
भाग्य र टाउको त्यहि पत्थरमा
ठोक्नु पर्ने।
समय बिति रहेको छ।
..................

हामि प्रत्येक घरमा 
एउटा कबि बसोबास गर्छौ।
किनभने 
हामिलाई दु:ख छ र हामी 
कबिताबाट दु:ख पोख्छौ।
जब हामीलाइ सुख हुन्छ नि।
यिनै शब्दहरु माथि हास्छौ सायद।
महसुस नै नगरी,
यहाँ पनि कारण छ,
हामी रातरात सुखी हुन्छौ।
अनि महसुस हुँदैनन खरका छाना।
न घरका शिर फुलेका साना-साना।
तर,
यो कि सास्तिमा नि सास नबिर्सिएर
मुटु ढक्क फुलाउने, काडा उमार्ने
नकारात्मकले भन्दा सकारात्मकताले।
सुखदुःख बिसाउने घरका कबिले,
फुल रोपेर बाढ्दा रहेछ्न,
र महान बन्दा रहेछन।
............
शब्दले थिचिएर भारी भएका छन 
यि कान किन, आज भोलि नसुन्नका
लागि काराउँछ्न,
टिनि....न्...टिनि...न्
सुन्नका लागि बर्बराउछ
बर्बर....बर्बर..
इतिहास
ईमान, इमान्दारीता, निष्ठा
छैन नि खेतको  गर्होले पनि
यसरी झुक्याउछ धानका लामा नल मात्र उमारेर।
बालाहरु, दानाहरु फोस्रा,फोस्रा।
त्यस्तै हुन्छ जिवन। 

अब ति हातहरु त
जुठा, हिस्रक
हेर्नलाई पाकि सकेका,टमाटर जसरी 
यि आँखाहरु किन?
तरपनि आजभोलि हेर्नका
लागि फुर्फुराउछन,
फुर्...र...फुर्...र 
शान्त हिमाल र चिसो हिउँ।
...........

पोहोर साल मरेका बोट मुनि 
सुकेको ठुटोको फेदमा 
नयाँ-नयाँ बिरुवा, हरिया बिरुवा
उम्रन थाले, भनेपछि,
आशाका नयाँ किरणहरु,
पलाउन थालेछन बोटबिरुवाका।
अनि हाम्रा किरणहरु त 
अरुकै हातमा हुन्छन जस्तो 
लाग्छ कहिले काहिँ त,
तर पनि बिहानि त उसैले पाए जस्तो
हरेकले पाएको हुन्छ।
उ न्यानो भए जस्तो सबै अनुहार हुन्छ।
जल को थोप्पा सम्म न भट्दा नि,
बिरुवा उम्रने हिम्मत कसरी गर्छ।
तर मान्छे
मैले बुझिन किन हो कुन्नि 
धिकार्दै हत्केलाले घाम छोपी रहन्छ,
आफ्नु अनुहारमा परोस तर अरुको शरीरमा
नजाओस भनेर।


..............
उ अग्लो भएर केहि गर्दै छैन।
उ हुनु पर्ने ठाउँ नै त्यहि हो।
बसिरहेछ, हेरिह्न्छ।
उ पहाड हो।
त्यस्तै हो मानिस जहाँ हुनु पर्ने त्यहि
भए हुन्छ, चित्त बुझाए हुन्छ।
अरु भन्दा फरक कोइ हुँदैन।
समान पनि कोइ हुँदैन।
सायद मान्छे , मान्छे जस्तै हुनुपर्छ।
भगवान बन्दैन, र पुज्नु पर्दैन।
थाहा छैन भक्ति को या बिश्वास हो।
भगवान के हुन हुन्छन हुदैनन्।
त्यहि भएर, मान्छे नै हुन।
कोइ काहि हुदैनन्।
..............
तपाईंसँग जागीर छैन।
गाडि छैन, घर छैन, 
तपाईंसग केहि पनि केहि पनि छैन।
जस्तो कि बिहान के खाने र बेलुका
के खाने नि छैन।
तर पनि किन तपाईसँग केहि गुनासो छैन।
के तपाईसग शब्द छैन?
कि दु:ख बिसाउन पासपोर्ट छैन?
पासपोर्ट बनाउन पैसा नि छैन।
त्यहि भएर केहि गुनासो छैन रहेछ।
ल ठिक छ।
.......
म त्यति धेरै अबुझ पनि होइन
तिम्रो व्यबहार नबुझ्न्।
म त्यस्तो बुझ्ने नि होइन।
तिम्रो भाब मात्र बुझ्न।
दुबैको अलि-अलिले
हामी बनेको नि।
सम्पुर्ण थोक बुज्न।
.......
हुन त आउने बेलामा आँधीले केहि सङ्केत दिदैन।
तर निरन्तरको अभ्यास हुन्छ,
र घरलाई डर हुन्छ, बा! लडि पो हाल्छ भनेर।
उसको अभ्याससँगको डर हो।
साच्चो ब्याक्ती त्यहि पहिरो जस्तै हुन्छ।
प्रकृति जस्तै
चुपचापको सङर्श,
पहिरोलाई घरको डरसँग कुनै मतलब नै थिएन।
त्यस्तै ब्यक्तिलाई..
.................
म आफैलाई खतम गर्न, 
कुनै ओडारमा पुगेको बेला
त्यहा ढुङ्गा मुनि कमिलाको
एउटा तातीले बोकेर हिडेको आहार देखेर।
अझ पश्चतापमा अशिन पसिन भए
मलाई आफुसँग नमिठो दया भाब झल्कियो
माटो समाएर आफ्नु अनुहार हेरे
विचरा! म जस्तो कायरले यो दृश्य 
बुजेको हो कि, लज्जित भएको हो।
म यि भन्दा ठुलो छु, घमण्डि र कायर नि रहेछु।
..........
यो दिमाग वास्तवमा स्थिर छैन
  यो वसन्त हावा जस्तो छ
  पातहरूमा उफ्रन्छ,
  मुनाहरुमा रमाउछ
  भर्खरै,रुखको फेदमा
  एउटा तस्वीर प्रेमिल  बनेको छ।
  किनकि वसन्त
  आमन्त्रित गर्न
  उसले पनि सहयोग गरेको हो।
उ कोइ नभएर हिउँको फोका
हो
बिदाइ भएर नै उराठ लाग्दो
उहि चैत्र
स्थिर छैन
  यो हावाको झुन्ड भयो
  शिरीसको पातमा घुम्दैछ।
..............

तिम्रो आँखामा आधि छैन भने
केहि पनि छैन,
तिम्रो आँखामा बादल छैन भने
केहि पनि छैन।य
यि सबैले बिनाशमात्र गर्दैनन् 
सबै बिनाशले बिनाशमात्र निम्त्याउदैनन।
तिम्रो मनमा ज्वालामुखि उठ्दैन भने
म जिबित भन्न सुहाउँदैन।
यि कवितामा परिवर्तन बोल्दैन भने
केहि गर्छ भन्न कहिले मिल्दैन।
...................................

म तिमिलाई बन्द गर्दिन 
तिमि के के गर्छौ मात्र हेर्छु।
होला लाग्ला सकिदैन, र सक्दिन
त्यो पनि ठिकै नै हो, बन्द गर्न सक्दिन।
म खोलालाइ कसरी वन्द गरौ ,
उ वाध नागेर आइ नै हाल्छ,
छिमेकमा रहेको केहि नाता जस्तै
उ साध बनेर आइ नै हाल्छ।
बोल्न सम्म बोलियो नि साझमा
कुनै बासघारिलाइ भर्खर झुल्केको 
जुनले सुन्ने र दिक्क मान्ने गरि।
अव मौन बस्ने पालो आएछ अध्यारोमा।
तर मैले तिमिलाई बन्द गरिन नि
नबोले नि
मौन आवाज पनि सुनि रहे।
बहुत शक्तिशाली छ नि बाघ जस्तै।
........................
न फिल्म जस्तो अभिनय गर्दै
न गित जस्तो सुर बन्दै ,
आउछ , 
आधि आधी जस्तै वनेर आउछ
कि बाटो बनाउछ, कि बाटो भत्काउदै
फेरि बनाउछ,
आशिना उहि जस्तै भएर नै रहदैन 
केहि क्षणमा बिलाउछ,
यि अभिनयमात्र बाकी रहि रहने हुन।
......................
मित त आकाश संगै लागओस न
बस हेरि दिनु मात्र भनेको हो
त्यहि सुहाउछ बस्नलाई , मैले के नै आश गरे र
तर कम्तिमा छाया त बन्न पर्छ नि मध्यरातमा।
छाँया बाहेक के हुन्छ?आफ्नो उचाई आफैले हेर्न। 

भौतारिइ रहोस न पुतली 
रङ्ग आफैसग छदैछ, फुलसँग,
सादा भएर नि के भयो त!
उसैले रोपेको होइन,मनलागि रस चुस्न।
मैले के नै भन्छु र उड्नेलाइ डुल्नेलाई,
तर कम्तिमा फरक त पार्नपर्छ नि फुललाई,
कहालीलाग्दो भएर,
उसलाई पनि महसुस होस उचाइमा रमाउन।
...........
कोइ बाच्नुको कारण म बनिन।
म बाच्नुको कारण कोइ बनेन।
उ बाच्नुको कारण धेरै सपनाहरु बने,
तर कारण कोइ बनेन।
हुन पनि, उ उसैको मुटु बोकेर त बाचेको हो।
म मेरो मुटु बोकेर, 
नत्र किन फेरि रहनु पर्द्थ्यो, प्रत्यक वर्ष
भल्बहरु, 
उ बाचेर र त बाँच्नुको कारण बने सपना।
हास्नुको कारण बने ति घरका छाना।
कारण...कारण..कारण 
दुबिधा.सन्नाटा..आकाश हेरेर दिन भर 
बस्दा पनि केहि कारण आएन।
.................

तिम्रो तस्बिर त्यहाँ के छ र प्रेम गर्ने
त्यहाँ के छैन र घृणा गर्ने।
घृणा र प्रेम नै के शब्द हुन्।
ति सबै सम्झना हुन, बिर्सिएर जाने।
बिर्सनलाई सम्झिनु पर्छ, सम्झिनलाई बिर्सिनु।
न आकार बिहिन बनाइएको काल्पनिक दृश्य 
तिमि त मान्छे हो, बस! एउटा मान्छे।
बुझाउनु पर्ने सम्झाउनु पर्ने मान्छे।
सम्झन नि महान हुन पर्ने न तारा हो चम्किने।
न जुन हो कुरि रहन पर्ने, मास नै बिताउनु पर्ने।
हुनु पर्थ्यो छुदा पनि लजाउनु पर्ने,
एक ऐना हो आगाडि उभिन्जेल म देखिने।
म मान्छे हो, मेरो तस्वीर कोरेर प्रेम गर्न पर्ने।
मेरो आशालाई , फुलाउनु पर्ने।
मैले तिम्रो र तिमि भन्दा अगाडी मौनता बुझिदिनु पर्ने।
तर
म मान्छे हो हरेक पत्थरको भाशामा हिड्ने।
र पानीसग डराउने।


..............................
मलाई लाग्दैन तिमि कि पुरै ढुङ्गा हौ।
मलाई लाग्दैन या तिमि पुरै नौनि हौ।
बिच- बिचको लेदो माटोजस्तो 
घाम पछि,कन्कृट बनेर जान्छ, 
मलाई लाग्दैन तिमि कि पुरै हौ,
या तिमि केहि होइनौं।
आधा त आधा नै हो,
आधा बाटोको थकान,अर्ध निन्द्राको दिक्दारि।
अर्ध चन्द्रमाको ओझेल, 
मलाई लाग्दैन तिमि पुरै औशि हौ।
मलाई लाग्दैन या तिमि पुर्णिामा हौ।
.....................

कसैलाई त बुझाउन पनि सकिदैन,
फुल फुलेपछि झर्छ, किनभने त्यो कसैका लागि होइन।
हात मै लिएर हिड्नु त रोजाइ हो आकर्षण हो।
तर सबैलाइ बुझाउनु पर्छ भन्ने टोटलाको फुलले सोच्दैन।
त्यहि बिबशतामा उ राति फुलेर रात मै झरि सक्छ।
........................
जहाँ कबिता आउन पर्ने त्यहाँ 
बन्दै आएन।
भत्किएका मन टाले कि कबिताले रोड टालेन।
सिंहदरबारमा कबिता छ्न, सिंहासनमा कबिता।
हस्पिटल मै कबिताले केहि माखो मारेन।
जहाँ दम्दार आउनु पर्ने त्यहाँ  चाहि बन्दै आएन।
...................
यो पुर्णिामा हो र उसले बोल्दै नबोलि 
गरेको आकर्षण हो, जो म नियालेर हेरि रहेछु।
छाया परेका रुखका हल्लिरहेका पातहरु।
जुन सकियो भने कबिता सकिन्छ!!
तारा सकिए भने कविता सकिन्छ!!
किन चुम्बकको बिपरित ध्रुव बनेका छन आखाहरु?
यो समय सकियो भने सबै थोक सकिन्छ।
त्यहि त,
घाम अस्ताएपछि पहराले चिसो हावा फाल्छ।
.......................
सपनाहरु रातले ताराहरुसग साट्छ्न 
आकाशसग सधैं झुन्डिएर बस्छन,
फेरि 
एउटा जुन आउछ र कहि नभएको उज्यालो 
देखाएर बिलाउछ, 
तर यि निला फुलहरु निला गगनहरु 
न लतरिउन्जेल आफैं ढृढ भएर बस्छ्न।
बस्छन् ..बसिरन्छ्न, 
चुपचाप...चुपचाप 
किनभने यि बिलाउने शितहरुका लागि।
यि फुलहरुले किन कष्ट गर्नु?
................
एक से एक महान हुँदा यहाँ यो समयमा
त्यो अमलाको 
रुखलाई केहि चासो छैन आशा छैन,
त्यो अमलाको रुखलाइ कबि किन
नभनी दिएको, उसले कुनै मौसममा त
पक्का मिठो कविता लेख्छ लटरम्मै।
अस्ति मसग गफ हुँदा उसलाइ भन्दिए।
तिमि बोक्रा देखि नै यति मिठा शब्दभएर
उभिन्छौ, सबले हेर्छन् तिम्रो कला तर
किन तिमिलाइ कलाकार भन्दैनन?
मलाई म हुनुमा ब्यस्तता छ, यिनै वरिपरि बजारिदै पाइला
ढुङ्गा कुदिरह्न्छ तर मलाई कहिले कलाकार भन्दैनन।
..........................
पात र हागाहरुले साथ दिएर नै 
उ रुख भएको हो, नत्र म कल्पना गर्छु
बस उ एउटा ठुटो हो, कुनै गर्हाको छेउमा
कुनै जङ्गलको बिचमा रहेको एउटा ठुटो।

...................

खाउ त मसग प्याला छैन।
साथी पनि छैन, त्यहि भएर म
अक्षरहरुको गुट्कि लागाउछु अनि
अरुलाई पनि पिलाउछु।
आउनुहोस संगै नसासरि भएर
शब्द अझ पिएको पियै गरौ।
यो दिमागबाट नरितुन्जेल।।
.....................
मुठ्ठीमा स्वास बोकेर हरेक दिन
उक्लिदै र ओर्लिदै गर्ने ति पहाडलाई।
कैडा लागेको छैन होला??
कति सजिलो छ नि लौरोमा भारि बिसाउन
पानी पर्दा मझाले निदाउनु कसरी हुन्छ
तर सपना देख्नु पर्दैन,
करेसा बारिबाटै सब्जि बिकेको
करेसा बारिमा उखु फलेको
किनभने बिहान बिउझिहालिन्छ
अनि हेरौला नाङ्गो ड्ल्किएको
कतै- कतै नङ्रराएको पहाड, 
आगन मै आइ पुगेर किच्छ जस्तो।

कति गर्हो छ नि बाटोमा हिलो छ
तिम्रो गाडिको हिलो पुछिदिन कुन दिन
पर्ख!!खोलो उर्लिएर आउछ।
..........
यो यहि रातको बद्लाब हो
अब पुर्णिामाले बादलसँग लडाइ गर्दैन।
उ एकातिर चोइटिएर बस्छ र दिइ रह्न्छ।
जुनलाइ घुम्न , त्यहि पन्ध्र दिन त हो।
अनि देखौला र कहाँ 
त्यसो भनेर फेरि सदालाई हराएको नि होइन।
आकाश हराएर बादल भित्र लुकेको देख्या छ?
किन लुक्नु ,,? आफुलाइ महान मानेर..?
हा हा...
जमिन भन्दा माथि कोइ भए मलाई खबर गर्नु।
माथि बाट ताराले घोषणा गर्छ।
....................
झन्न बर्खाले पनि बेला बेला
तिमिले काटेका रुखबाट बगेका रगतको
हिसाब लिन्छ,, र गड्गडाएर झर्छ उसबाट भत्किएको शरीर।
नत्र त म बिश्वास गर्ने थिएन,
किनभने मलाइ पनि इतिहासले 
बेला-बेला झस्काउछ र बहादुर बनाउछ,
एउटा ढुङ्गा बनेर आगनमाथि उभिएको छानोको टाउकोमा 
खस्न मन लाग्छ र टुटुल्को उठाइदिन मन लाग्छ घरको।
.................…............................
धेरै समय पछि म फेरि त्यहि ठाँउमा पुगे
जहाँ 
मैले एक्दम कोमल टेकेको थियो,
ढुङ्गालाई असर नगरोस भनेर।
सारा ठाउँमा घुमेर आउँदा नि
यिनै आखाको पर्खाइ मधुर लाग्नु
र यो ठाउँ कहि नभाग्नु, बासहरु निहुरिएर कुरिरहनु
हा हा हा.....
मेरा गितहरु सुनेर रुखका पातहरु नाचेका मात्र थिएनन,
शब्द मन पराएर धन्यवाद पनि दिएका थिए।
त्यहि खत भएको कारण  त म फर्केर सुनाउन आए। 
.......................
म एउटा महिलाको आँखाबाट बगेको स्नेह नाप्न।
औजार बनाउन निस्केको पुरुष हु।
जो थामिएको सानो अस्तित्वको बादशह बनेको छु।
नाप्न नसकेको, बनाउन नसकेको औजार र
उहि स्नेहको मालिक बनेर बसेको पुरुष हु।
.................
मलाई माटोसग केहि मतलब थिएन
जो मैले टेकेर हिडे, पैतालामुनि।
अहिले उ करोडौंमा बिक्छ र,
उडेर आखामा कसिङ्घर भएर बस्छ।
अहिले घाटिमाथि सरेको छ धुलोपनि, माटोपनि।
टक्ट्काएर भुइमा झरेको मैलो पनि काम लाग्छ कहिले कहि।
........................

आफैमा भलाद्मी मानेर टाउकोबाट 
निस्किएर गयो एउटा खडेरी।
जो आफै तड्पिएर भौतारिएको र पनि
रुखको टुप्पोमा पलाउदै गयो खडेरी।
धुलो-धुलो हरु अगाडि लगाएर भुमरीमा
बिलाउदै गयो एउटा खडेरि,
न तुफान थियो, न चट्याङ नै थियो
जाबो भुइबाट अलिक मास्तिर के उडेको
बाफ जस्तै बिलाएर गयो एउटा खडेरी।
पत्तै भएन बोटलाइ, सनक्कै
सुकेको पात हावा संगै उडेर गयो एउटा खडेरी।
.................
यि बोल्दै नबोल्ने चिजहरु
पहाड, पर्बत, खोला, बगर, ढुङ्गा
माटो, भित्ता, बाटो,
यि चुपचाप बस्ने चिजहरुसग
खुलेर म कुरा गर्न सक्छु, जसले।
मेरो हरेक अवस्थालाइ सहजले स्वीकार गर्छन।
मैले आफ्नै भनेर पालेको बिरालोले 
मलाई कोतार्यो,
हेर्न त हरेक पटक ओहोर्दोहोर गर्दा 
निला आखा पल्टाएर हेर्थ्यो।
कहाँ थाहा भयो र उसको पनि मुड।
हुन पनि मैले पुच्छर मै कुल्चेको हो।
त्यसपछि मात्र थाहा भयो,
म माटो टेकेर ढुङ्गासग मात्र कुरा गर्न सक्छु।


















.............
चुपचाप पदचापमा 
म हिडि रहेछु, 
हावा जस्तै, सुनसान बनेर। 

कसैको स्वास अनि कसैको आश
नबनि, थाहै नपाइ झरि रहेछु
आरुचाका बोटबाट फुलहरु जस्तै, 

उ पनि पानी थियो, एक डिक्को असिना
बिलाएर गयो, घामसंगै। 

पहिले चर्को भएको थियो
अहिले खल्लो भयो, 
एकछिनको मिठो मिठाई जस्तै।
..................

बडारेर लाग्दैन हिलो भुइमा टासिएपछि,
परि देउ न पानी अब सुक्न लाग्यो एकैछिनपछि।
हावा बेगमा चलिरहेछ, टाउको उसैगरि दुखिरहेछ,
आफै चल्छन केहि बिते जस्तै यि पातहरु मध्यान्नपछि।
आकाशमा झुन्डिएको छ घाम,स्पर्श गर्छन जमिनलाइ किरण,
उ पनि क्षितिज पारि जान्छ अर्कै सन्सारमा साझपरेपछि।
म हेर्छु तारा , म हेर्छु जुन रातमा चौगारो हुन्छ साथि,
उ झर्छ शित बनि तप्प-तप्प हातमा मध्यरातपछि।
झ्यालबाट उज्यालो पस्यो,बिहानि भयो रात त्यसै गयो, 
अब केहि बेर नै छैन जिन्दगी जान्छ, सानो समयपछि।
..............

मैले दुधिलो हुनुछ कसैको लागि।
म नरम हुनु छ कसैको लागि।
तिमि जति पढ न, तिम्ले बुज्ने छैनौ।
पहाडहरु किन चिसा र ताता हुन्छन् मौसमसंगै भनेर।
तिमि खोल ओडेर हिड्छौ किताबको
ल बुझ न, एक पुन्यौ भात पस्केपछि
आमाहरुले किन दुइ घुट्कि थुक निल्छन भनेर।
बोल्छौ होइन? चैत्रको  हुरिसंगैको चट्याङ जस्तै
भुमरि परेर, 
ति क्रान्ति हुन? जस्ले लागे चुहिने छाना सम्म उडाएर।
लु नापेर हेर बिनाशहरु! गणित प्रयोग गरेर,
ति भुइचालाहरु किन मौन आउछन भनेर।
तिमि केहि पनि बुझ्ने छैनौ, ति किन बोल्दैनन् भनेर।
.....................

जुन मुनि तिम्रो प्रेम झल्किन्छ मैन सरि।
जहाँ घाम अस्ताउछ, अनि उसले
रुखभरि स्नेहको दियो जलाउछ।।
उसलाई कसले किन सिकाओस न
गाउदै हिडोस, पाइला बिसाउदा
चुच्चोभरि उसले जिवन जगाउँछ।
...............
फरकिला बाटहरुले मात्र गन्तब्यमा पुर्याउछन।
कसले भन्यो?
बाटाहरु भत्किन्छन बन्निन्छन।
हाम्रो जस्तो ठाउँमा त एक पटक भत्किए भने
कहिले नबनिन पनि सक्छन,, 
त्यहि भएर फराकिलो बाटोले मात्र आशा बोकेको हुन्छ
कसले भन्यो?
तर म जुन बाटो हिड्छु फराकिलो भएर हिड्छु।
बाटो त आफै मिलेर जान्छ, फराकिलो भएर जान्छ।


















......................
जुनको अङ्गालोमा हराउने बादलमात्र हो।
अरुलाई त  उज्यालो भइ दिने मात्र हो। 

मट्टीतेलको साहयताले बलेको धिप्कोको,
ज्वाला पनि एउटा स्वासले निभि दिन्छ क्षण भरको चमक न हो।
केहि छिन एउटा कोठालाई ढाके जस्तो तर,
रहि रहने त त्यहि अलिकति कालो भएको सलेदो मात्र हो। 

उसले उज्यालो बनायो केहि समय रमायो
सापटि लिएको जुनको प्रकाश पनि कृत्रिम न हो,
बलेर आगनमा क्षणिक रौनक पछि अध्यारोमात्र बनायो।
तर बादल उसको अङालोमा भए सम्म रमायो।
........................
ढुङ्गाको कुनै सानो च्यापमा थोरै माटो अडिए जसरि
अडिएर बस्नु, टकटकाउदा कहिले नझरोस।
तिमि आड हौ मेरो, बर्सात कहिले नबोलाउनु।
तिमि मवाट छुट्टीएर जानु परोस। 

म तिम्रो घर बन्नलाइ चोइटिन्छु,.
तिमि म बिचमा आउनु, मैले कहिले अरु खोज्नु नपरोस।
तिमि म भएर हेर महल भएका छौ,
त्यहा भित्र मनतातो अडेस भइदिनु
मैले सिरानि लाउन नपरोस। 

आकाश र धर्ती जस्तो होइन हामि 
हामि धर्ती अनि धर्ति नै हो
बेला-बेला
आउला भुइचालो संगै झरौला, लुट्पुटिएर बस्नु
एक्लै-एक्लै फुत्किएर जान नपरोस।
.....................
कोर्छौ भने....
मैले हिमाल त आखैले देखेको छ।
मैले चट्टानमाथि खालि खुट्टा पाइला कोरेको छ।
मैले झुपडीमा धिपि-धिपि मैन मुनि अनेक कथा लेखेको छ।
रङ्ग तिमिसग होला , नदेखेको होइन।
तर यि सादा बाटाहरुमा साधारण हिड्ने 
मौसमी चराहरुको भाका गहिरिएर बुझेको छ।
कहिले बादल आकाशमा थोप्लो बनेर कोइ बिना बस्छ।
उसको अचनाक उपस्थितिको मर्म पनि बुझेको छ।
बिना आवस्यक, दिक्क लाग्दो नै हुन्छ झरि।
आवश्यकताको भिजाइ अनि रमाइ पनि स्वीकारको छ।
यि सबै तिमिले कोरेका चित्र हुन।
मैले भोगेका भोगाइ, 
कोर्छौ भने, केहि फरक कोर न
तस्वीरहरु कति दोहोरिएको आखैले देखेको छ।
भावहरु बदलिएको आफैले पनि त भोगेको छ।
......................

दुखेको हुँदैन चट्टान  माथि चट्टान  उभिदा।
माटोमाथि घर उभिदा...
खुशी छ ढुङ्गा माथि खर उमृदा
घासमाथि घामका किरण छरिदा।
आज यो उस्तै छ, भोली बादल रहनेछ
त्यस्तै प्रकारले, ऊ खडा हुँदा ऊ खुशी छ ...
आज यस्तै छ, भोलि बादलले हेर्दा पनि
यसैगरी खुशी हुन्छ उ उभिदा...
..........................









..........
ग्रावेलका कथाहरु पिच रोडमा
कति स्पिडमा कुद्छ्न मैले नाप्न सकिन।
फुटेका हातखुट्टाका ब्याथाहरु चिल्लाहरुले
कसरी लेख्छ्न मैले पढ्न सकिन। 

मलाई लाग्थ्यो अक्षर आगो बन्छ
आवाज हावा जसरी फैलिन्छ,
तर खरको मुनि आगो जोर्ने देखियो।
आवाज टाढा पुगोस रुख काट्ने भटियो।
गल्ली-गल्ली कुना कन्दराका शब्दहरु तारेहरुले
कसरी मिलाएर संगीत बजाउछन मैले सुन्न सकिन। 

बाटो आफ्नु खुट्टामा उभिएको छ।
कयौं खुट्टाहरु दोबाटोमा छुट्टीएको छ,
दोबाटोको पिपल बर्सौबाट उहि आखाले हेरिरह्न्छ।
मलाई हल्लाएर गएको हावा स्वास बनेर आउछ।
मलाई पानी चडाएको लोहोटा प्यास बनेर आउछ।
आज बुढिएको उस्को ढाड,फुलेको त्यो उसको कपाल।
कसरी थामिएर बस्छन, मैले हेर्न सकिन।
...............................

एकछिन सुमसुमाउछन बादलहरु आएर
बर्सिन्छन एकछिन झरि गड्गडाएर
ति हिउ आएर एकछिन छोप्छ्न।
सबै एकछिन काध बिसाउछन
उकालोको चौतारी न्यानो बनाउछन
सबै आ- आफ्ना काम  पुरा गर्छन।
अब भन तर यि पहाडहरु सधै  एक्लै किन छ्न? 

,अलिकति समथर थियो,हिजो मात्र हो
एउटा चरो बडो चर्को स्वरमा आयो
वरिपरिका रुखहरुलाई हावाको बेगमा हल्लायो।
यसरि नै धेरै बर्श अघि मौन पहाडलाइ आवाजले हल्लायो।
लाग्या थियो सबभन्दा माथिको रुख उसैको बास्थान भएर आयो।
नाइँ -नाइँ उस्ले बेस्मारि धुलो उडायो।
सबै आ-आफ्ना लक्ष्य लिएर आउछ्न।
अब भन यि पहाडका लक्ष्य साझा कहिले हुन्छन्।


















........

म यो बिश्वास गर्दिन खालि गाग्री 
आफै स्वर मचाउदै हिड्छ,
मैले खालि हत्तर काखिमा च्यापेर।
कतै नठोकाइ कुवासम्म पुराएकि छु।
उसलाई भरेर गग्रेटामा राखेकि छु।।
र मलाइ थाहा छ उबाट आवाज आउन दोस्रो 
बल प्रयोग गर्न पर्छ, या ठोकाउनु पर्छ।
यति बुझ,
न तिमि खालि नभरिएको,
तिमि गाग्री कहिले थिएनौ।
...................

थाहै नपाइ मैले आफुलाइ समहाल्न थालिसके।
सम्हाल्दा, सम्हाल्दै एक्दिन बहुत पोखिनु छ 
यि गहिरा आखाबाट तप्प-तप्प खुशीका थोपाहरु।।
ति अञ्जुली जस्तै हुन, एक थोपो एक छिटो त अटाउछ नै।
पोखिनु छ, थोरै थोरै गर्दै यि आखाबाट थोपाहरु। 

सम्हाल्नै पर्ने म उताउलो बर्खाको भेल पनि होइन।
तर आफ्नो बाटो हुदाहुँदै  सुस्तरि हिउँदको नदिले पनि
खोइ बेला किनाराहरु छल्किएर छुन्छ, 
समुन्द्रबेला झोकिएर उठ्छ,
म पनि माटो हो, म पनि पानी हो।
चिसिनु, शान्तहुनु, भत्किनु पर्छ मैलेपनि
ति हातहरु जस्तै हुन, एक डिस्को एउटा हिउँ त सहन्छ नै।
झर्नु छ, दिन दिन गर्दै यि आखाबाट थोपाहरु।
.....................

















......



एउटा घामले सन्सारलाइ पुग्छ
एउटा जुनले सन्सारलाइ ढाक्छ।
यि मानिसहरु तारा हुन जो लाखौ छ्न।
लाखौ बर्शबाट कोइ मन्द, कोइ अलि चल्म्किला
कोइ झर्छ्न मध्य रातमा, कोइ चम्किन्छन बिहानिपखमा।
दिनमा आफु देखिएर मानिस लुक्छ्न यि तारा
फरक यति मात्र हो, लाखौं मौन छ्न 
नबोलेरै टुट्छ्न, नबोलेरै टुट्दा नि सुन्दर छ्न।
लाखौं आवाज छ्न,लाखौं रुप छ्न
चिच्याएर नि केहि गर्दैनन् , यि मानिस।
यि तारा मौनतामा नि  अनेक थोक गरिरह्न्छ्न।।
......................................

कसरी रमाउछन उहि थोपा-थोपामा
सबै जना एक्कै लाग्छन तिनै नसामा।
कोहि खुशी,कोहि दुखित , कोइ मायालु लाग्छन
सबै भन्दा भलाद्मी,अनि तुच्छ लाग्छन तिनै नसामा।
समान हुन्छन,
फरक त्यहि होला कोइ रमाउछन क्षणमा
कोइ रमाइलो नै उहि बनाउछन,
के भयो त रगत बगुनजेल, 
रगतमा नसा नबगुन्जेल मिठै लाग्छन्  सबैजना।
एकै लाग्छन नसामा।

.....................

तिमिले बोल्नु पर्छ
तिम्रो बोलिमा प्रेम छ।
तिमिले लेख्नु पर्छ
तिम्रो शब्दमा प्रेम छ।
तिमिले हास्न पर्छ
तिम्रो मुस्कानमा प्रेम छ।
तिमि रिसाउनु
तिम्रो रिसमा प्रेम छ।
सबै थोकमा प्रेम हुँदा हुँदै पनि
तिमि र म छुट्टीन्छौ
किनभने यहाँ एकतर्फि प्रेम छ।
अनि यहाँ दुरिको निशर्त प्रेम पनि छ।
...........................
धारणा..
फुर्सद छ भने, बनाइ राख्नु नि धारणा
रुखको बारे, फुलको बारे, काडाको बारे।
उसलाई गएर नलुछे सम्म केहि असर गर्दैन।
जुनको बारे, औशि नआए सम्म केहि असर गर्दैन।
औशिको बारे, उज्यालो नभए सम्म केहि असर गर्दैन। 

एउटा घटना हेरेर बनाइ राख्नु नि धारणा, फुर्सद छ भने,
जिवनमा नआउन्जेल केहि असर गर्दैन।
फुर्सद नै हो, बहकाउने,
फुर्सद नै हो, दिक्क लगाउने।
सोचेको हुने भए मानव फुर्सद नै हुँदैन।
सोचेको भए मानवीय, दर्शन नै रहन्दैन।




.................

नहेरेको मात्र हो, 
घरबाट बगैंचा सम्मको बाटोमा
त्यहि छन प्रेमिल र तिता सचाइहरु।
त्यहि छन, न्याना र चिसा बसाइहरु।
फुल्छन रहरहरु, वरिपरि छन भमराहरु।
कसरी बोलुन कोपिलाहरु त
आवाज भएर नि मौन छन फुलहरु।
नदेखेको मात्र हो, 
घरबाट करेसा कै बाटोमा छन काडाहरु
............................

मैले सधैं पुर्ण खोजि रहे।
तर कुनै पहाड एकातिर खुम्चिएको
कुनै जमिन भासिएर खाल्डो परेको
त्यो मलाई मन परि रह्यो।
जब म तिमिमा आए तर मैले पुर्णिामा खोजि रहे।
हुन त आफै अध्यारो भएर 
उहि औशि नै कुर्दै चौगारोबाट
तारा मात्र सधैं गनिरहन असम्भव छ।
जब मेरा औलाबाट चिप्लिएर अङ्कहरु
जादै थिए, 
मैले तारा गन्न छोडि दिए
मैले पुर्ण बसन्त खोजि रहे।
...................................
चन्द्रमा अन्दो भएको बेला
धर्ति झन चम्किलो हुन्छ..
कुनै आकारमा उ एकमुस्ट भएर
बासको झ्याङमाथि बर्सिन्छ।
कुलो तिर निहुरिएर उ मलाई हेर्छ।
म त्यसै पनि त्यहाँ गएको होइन 
उज्यालो मुनि छहारिले
बनाएको अध्यारोको शितल 
बास र मलाई बाहेक कसलाई थाहा हुन्छ?











Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.