साट्ने कुरा हुन्छ चित्त नबुज्दा, प्रेमपनि
साटे जस्तै त हो एकछिन रमाउनलाईभन्दिन म पनि गाढा हुनुपर्छ
समय अनुसार भेटि हालिन्छ नि मन भुलाउनलाई
जति पनि, तर भेटीदैन मन बुझ्नलाई अनि बुझाउनलाई।
नखुलाएपनि खुलाए कै जस्तो त हो मुल्यसुची
किन्नलाई अनि किनाउनलाई
पाई हालिन्छ नि बेच्नलाई बजारहरु
राम्रो लागे महङ्गा या सस्ता, छानी-छानी किन्नलाई
तर पाइदैन सहि मुल्य तोक्नलाई अनि लगाउनलाई।
छुट्ला कि भन्ने डर लाग्छ, मुल्यवाल चिजहरु
जस्तो सुन्दर फूल अनि कोमल मन
थुती दिन्छन नि फूललाई।
नथापाए जसरी नाङ्गा देखाइदिन्छन्
कोमल मनलाई
देखि हालिन्छ नि गुणवान नाङ्गो आखाले एकछिन हेर्नलाई
तर देखिदैन सत्यमात्र देख्ने अनि देखाउनेलाई।
........................
No comments:
Post a Comment