बरफ आफू जस्तो नै रहँदैन घामले छोएपछि।
हराउँछ सुन्दरता हुरीले वसन्तलाई छोएपछि।टालेका रंगीन भित्ताहरुलाई वर्षातले धोएपछि।
यो त सबै मौसमी कुरामात्र भयो
त्यो गुलाब कति निराश हुन्छ होला
बस्नुपर्ने भमरा नबसेपछि
हेरौं कति रमाउँछ पहाड
तप्प शित कोमल आँखाहरु बाट खसेपछि।
एकैछिन मात्र बसिदिन्छ तर इन्द्रेणी
आकाशलाई जति नै न्यास्रो लागेपनि।
केही पलमै ओईलाउँछ अजम्बरी
जति नै सुन्दर मानेपनि।
रहने तिनै याद मात्र हुन्
बीहानिलाई साँझको याद
खडेरीलाई पानीको याद
औँसी लाई पूर्णिमा को याद।
यति सम्झिएपछि ती क्षण
राम्रै लाग्छ पल झप्क मै
याद सँगै छुट्टिनु परेपछि
विजुलिसरी।
मौन रहन्छन् भाव पनि
फर्किन्छन् जस्तो लागेर
हरेक वर्ष तिनै ऋतुसरी।
No comments:
Post a Comment