ती हातले सुन्दर फूल निमोठे जस्तै निमोठी सक्थे यदि तिमीमा नै आकर्षित भएको भए। मैले त क्षितिज मान्या छु। जुन रोमाञ्चक भएको छ सगर डढेर मलाई छुनु नै छैन। हेर्नु मात्र छ। मलाई निमोठ्नु नै छैन ढकमक्क पारिजात सुगन्ध टाढा बाटै लिनु छ।
धन्न तिमी नी त्यस्तै रहेछौ। उदाउँदो चन्द्र जस्तै। माथि नै बसेर चिहाइरहने शुक्र जस्तै। यही नै त हो महानता बात खेलाइरहनु मनभरी(भित्र) हेरिरहनु अटल भएर हिमाल जस्तै। हो तिमीलाई मैले महान नैं मान्या छु।
No comments:
Post a Comment