कैलाश पर्वतमा कसैले ओम देख्छन त कसैले शिव, केदारनाथको शिवलिङ्ग त शालिग्राममा बिष्णु, गोसाँइकुण्डमा शिव सुतेको देखिन्छ, कसैले आगोको ज्वालामा भगवान त चिताको आगोमा आत्मा देखेका छन्, कसैले बादलमा भगवान देख्छन कसैले येशु त कसैले बुद्ध .......कसैले आलुमा, रुखमा, रुखका जरामा भगवान, अझ सबै भन्दा बढी त ढुङ्गामा देखिएका विभिन्न आकृतिहरुको आधारमा धेरै मन्दिरहरु बनेका छन्। चन्द्रमामा मान्छे, मंगलमा महिला देखेर धेरैले धेरै अवफाह पनि चलाए, कसैले सुर्यको सुन्नमिल्ने तरङ्गमा परिवर्तन गरिएको आवाजमा ओमकारको ध्वनि सुन्छन, यसरि विभिन्न बस्तुहरुमा विभिन्न किसिमका आकृतिहरु देखिने या कल्पना गरिने, कुनै संगीतमा या प्राकृतिक अवाजमा या कुनै पनि आवाजमा यस संग असमन्धित तर परिचित लाग्ने आवाज शब्दहरु सुनिने परिघटनालाइ मनोविज्ञानको भाषामा #Apophenia या #Pareidolia भनिन्छ।
हामीले प्राय त्यो बस्तुमा रहेका आकृतिलाइ कसरि पर्सिभ अर्थात् महसुस गर्छौ त्यहि अनुसारको आकृति देखिन्छ त्यसलाई धार्मिक आस्था, मनोदशा (डर, खुशी, प्रेमिल घृणा आदि आदि)हरुले प्रत्यक्ष असर पार्छन। सुनिरहेको गीत संगीतलाइ उल्टो या बिस्तारै या छिटो चलाईदिने हो भने पनि केहि बिचित्रमा परिचित आवाजहरु सुनिन्छन, त्यसै कुनै ठाउमा र्याण्डम्ली Randomly रेकर्ड गरिएका आवाजहरु बजाइदिने हो भने परिचित आवाजहरु, भुत प्रेतका आवाज भनेर पनि सुनिन सक्छन। त्यसरी नै लिएका तस्वीरमा पनि भुत प्रेत देखि भगवान देखिने पनि यहि मनोबैज्ञानिक परिघटना अन्तर्गत पर्छ। त्यसैले यिनीहरु मानव मष्तिस्कका सामान्य क्रियाकलापहरु हुन्। अन्धविश्वासी भएर कुद्नु भन्दा पहिले आफ्नो मष्तिस्कलाइ चिन्ने प्रयास गरौँ। त्यसैले आफ्नो आँखा र कानलाइ पनि तुरुन्त बिश्वाश नगर्नु ......😉









No comments:
Post a Comment