बेरङ्ग...
...
बादल आकाशबाट उधृएर क्षितिजतिर
टासिंएको जस्तो देखिन्थियो।
मलाई लाग्यो पहाडले भेटिरेहेक छ आकाशलाई।
बादलको जिउ फेदिका बुट्यानभित्र पसिरहेको छ।
पातले उसमा भएको पानीलाई जरासम्म पुर्याएर
हर बिहान उसले पनि शित बनाइ पैचो तिरिरहेको छ।
हेर्दा हेर्दै, सोच्दा सोच्दै मेघको अर्को पाटो
आएर फेरि ठोकियो।
एउटा झिल्को आगो भन्दा चहकिलो मेरो कानको
मौनतालाई रापिएर भन्दै थियो।
"यो बादल हामी जसरी उधृएको छ,
ट्याकै, फाटेको कुर्कुचा जस्तै, कुरुप खुट्टा भएर।
हामी कसरी यहि सुन्दरता माझमा सुन्दर भएर भेट्यौ।
आज यसैलाई बिरुप मानेर बिदा हुँदै छौ।
राम्रो लागेसम्म राम्रै लाग्छन हर असत्य।
हामी बिदाइ बिदाइ नजिक छौ र
मलाई यो क्षितिजबाट निस्किएको घामपनि
मन पर्दै छैन।
म के गरौं ?"
म पनि मौन छु कुम्भकर्ण हिमाल अगाडि चिसो हावामा।
मेरो सपना ! मेरो बिपना।
.....
No comments:
Post a Comment