...........
मलाई लागेको थियो उनी बोल्छिन्
ती आवाज जहाँ उनकै शरीर माथि थेचारिएको थियो
एउटा गरहंगो ढुंगा।
नसोचेको सुनियो आवाज..
ढुङ्गाले ढुङ्गालाई नै कसरी दुखाउँछ!
ऊ त टुक्रिएर पो जान्छ!
न भन्दै कतै टुक्रिएको एउटा चोइटो
आकारमा आएर बस्यो कुनै घरगारो बनाउन!!
आज पनि झल झली याद आउँछ
त्यो आवाज जहाँ गालाहरुमा मोती ठोकिएर बजेका थिए
उसका हात,
र प्राण नै जाला जसरी गर्लमै झरेको थियो
आँखाबाट एउटा पहिरो!
कसरी नसुक्सुकाउन झुटहरुमा गन्दै गएको प्रेम।
त्यही भएर न्यानो नै लाग्ने वर्षात पछिका घाम!
फेरि घाम पोल्यो,वर्षात, वर्षात बाढी पछि घाम।
केही नसोचेर ,
त्यो प्रेम र सोचेकै जीवन!
अनेक हुन्छ नी जीवन
सास लिँदा लिंदै पनि निसासिएको जस्तो
महल भित्र पहिरेको कालो चस्मा,
कालो चस्मा बाट दृष्टीहरु अनियन्त्रित हुन सक्छन्।
तर देखिन भन्नु पर्ने रहेछ वारदात।
दुखेको ढुङ्गाले त दुःखेकै ढुङ्गालाई
हो उसलाई पनि दुख्छ भन्न सक्छ
लाग्दा।
फेरि एक चोइटो उफ्रिएर निस्कियो हम्मरबाट
सायद बन्छ अब कसैको घर
पिर, दुखाइ र सिसा गडेको घाउ।
तर प्रेम! तर प्रेम!
.........
#दुर्गा
No comments:
Post a Comment