लेख सवैभन्दा धेरै व्यवस्था माथि लेखेर
यसैलाई धूलो पिठो हुने गरी अक्षरले कुटि देऊ।
सायद यो व्यवस्था ठिकै भएको भए
कथा त केही हुने/रहने नै थिएनन होला।
कुनै दिन
तिमीलाई नै चाहिँदैन तिम्रा सहयात्री
किन त्यो मखमल त
निकै न्यानो हुन्छ सबैलाई।
तिम्रो दाजु पनि कम्ती विद्रोही थिएन नी!
ढुंगाले भोक मेटाएर आगोको बाटो हिँडेको
सानो हुँदा।
अहिले उसैको पेटले उछलकुद्न दिँदैन उसलाई।
आफ्नु शरिर बोक्न सक्दैन आफ्नै बाटोले
व्यवस्थाले कुरुप बनायो उ कुद्न सक्दैन आफ्नै खुट्टाले।
हरेक साल,
तिमीले कति वटा अनुहार हेर्यौं त्यो मेचमा?
पुग्नु आगाडी त्यहाँ,
जो तातो रगतमा ओर्लिन्थे पहाडमा, कराउँथे जोसमा।
अहिले हेरेर पढेर नी केही हुँदैन
जान्दैन चिठीलाई जवाफ फर्काउन।
मैले कहनु सम्म कहेको थियो पहाडको भीरमा
बसेको अप्ठयारो ठुल-ढुङ्गाको बारे।
किनभने त्यो ढुङ्गा मुनी मेराे र उसैको घर थियो।
तिम्रो घर पनि किच्छ है त्यो कान्लो रिसायो भने
चिठी भरी भनेकी थिए मैले।
देखेर पनि नदेखे जस्तो गर्दो रहेछ(मानव) मेसिन ले त।
थाहै नपाई सहर बसाई सरेछ उसको घर।
उसको चर्चा त फन् फनी घुम्छ रे
गीत बनेर गल्लीहरुमा।
एउटा ढुङ्गा मुनी बसेर लेखेको
व्यवस्था माथिको कथा।
लेख धूलो पिठो बनाई देऊ यो व्यवस्था।
Pic::(Tinospora cordifolia)
गुर्जो
No comments:
Post a Comment