एक जाना ब्यक्तीले एक साधुलाई ध्यान कसरी गर्ने भनेर दिक्क लाग्ने गरी सोधे पछी उनले त्यो ब्यक्तीलाई बाँदर नसम्झिकन बस्यो भने ध्यान गर्न सजिलो हुन्छ भनेर भन्दिएछन त्यस पछी त्यो व्यक्तिले ध्यान त के कुरा बाँदर त उसको लागि मानसिक समस्या नै भयो रे। यस बिधिलाइ मनोविज्ञानको भाषामा बिपरित मनोबिज्ञान Reverse psychology रणनिती भनिन्छ। कसैलाई कुनै कुरा गराउनु छ भने त्यस्को निषेधको गरिएको सुचना दिने त्यसपछी त्यो ब्यक्तीको मस्तिस्कले सोही कृयाकलाप बारम्बार गर्नको लागि उसलाई वाध्य गर्छ।
ब्यापारमा बिज्ञापनको जगतमा मात्र होइन यो रणनिती धर्मसस्कृतिको विकासमा साथै देशहरुको बीचको कुटनीतिक समन्धमा पनि बिशेष महत्व राख्दछ। यसको गजबको उदाहरण त हाम्रा क्रान्तिकारीहरुले "हिन्दुहरु राजावादी हुन् राजानै हिन्दुहरुको सर्वोपरी हुन्" भनेर प्रयोग गरेर असाधारण सफलता पनि प्राप्त गरे। यो रणनीति यति शक्तिशाली हुन्छ कि अनुमतिले भन्दा निषेधले चाहेको क्रियाकलापहरुलाई तिब्र रुपमा चलाउन सकिन्छ। जस्तो धुम्रपान गर्नु राम्रो भनेर बिज्ञापन गर्नु भन्दा धुम्रपान खतरनाक खराब हुन्छ भनेर जति तिब्रताका साथ भानिन्छ उतिनै त्यो धुम्रपान बढाउन सक्षम हुन्छ।
कसैलाई आफुतिर आकर्षित गर्नु छ भने उसले महसुस गर्ने गरेर वास्ता नगर्ने, कुनै पनि नया बस्तुलाइ बजारमा छिटो स्थापित गर्नु छ भने त्यस्तो सकारात्मक भन्दा नकारात्मक सुचनाको चुहावट स्वयम् उत्पादकहरुले गर्ने, कमजोर भएको बेला बलियो भएको भ्रम पार्ने, बलियो भएको बेला कमजोर भएको भ्रम छर्ने आदि आदि बिपरित मनोबैज्ञानिक रणनीतिहरु हुन् ।
मानवको मस्तिष्क सधै स्वतन्त्रता चाहन्छ त्यसैले निषेध र बिरोधले जहिले पनि मानवीय अवचेतनमा खतराको संकेत गर्छ अनि सो निषेधित कार्य गर्न मानव सधै उत्सुक रहन्छ जसको फाइदा उत्कृष्ट रणनीतिज्ञहरु ले बिपरित मनोविज्ञानको साहायताले उठाउछन किनकि मानबले कुनै पनि कुराको सम्झना अनुमति या सकारात्मक भन्दा निषेध या नकारात्मक कुराले बढी राख्छ।
त्यसैले कोही कसैको बिरोधमा बोल्यो रे भन्दै त्यस्को शत्रु नहुन सक्छ र कोही कसैको समर्थनमा बोल्दैमा मित्र नहुन सक्छ उनिहरुले बिपरित मनोबिज्ञानको रणनिती अबलम्बन गरिरहेका हुन सक्छन त्यसैले कृया प्रतिकृयाहरुलाई गहन तरिकाले बिश्लेषण गर्नु अत्यावश्यक छ। अहिले अनलाइन मिडियाहरु, सामाजिक सन्जालहरु बिपरित मनोबिज्ञान रणनिती कार्यावन्यन गर्ने माध्यम बनिरहेका छन सावधान हुनु अत्यन्त जरुरी छ।
No comments:
Post a Comment