नियात्रा: एक निरन्तर यात्राको

शाकाहारि र मांसाहारी दुवै सामान्य हो

शाकाहार र मांशाहार बीचको बिबाद अनि मांशाहारमा पनि के को हुने के को नहुने भन्ने बिबाद चरम पुगेको छ। हुन त उनीहरुको परिभाषा अनुसार त म पनि शाकाहारी नै हो। तर म शाकाहारी हुदैमा धर्मात्मा दयावान माहान हो त हो त?....मलाई त त्यस्तो लाग्दैन। 

एक थरी महान शाकाहारीहरु मांसाहारलाइ छि छि गर्दै त्यस्तो खानाको नजिक जाँदा पनि के के दुष्प्रभाव न भए जस्तो देखाउँछन्। त्यो मांसाहार प्रतिको अनुराग नै हो। नकारात्मक अनुराग!(Negative Obsession) त्यस्तो व्यक्ति मांसाहार सङ्ग नकारात्मक आशक्त छ। त्यो आशक्ति र अनुरागले कुनै पनि बेला आफूलाई पराजित गर्न सक्छ भन्ने त्रासले त्यसलाई घृणा गर्छ, अनेक अभिनय गर्छ र ठूला ठूला आदर्श छाँट्छ। पराजित हुनुपर्ने त्रासको मनोवैज्ञानिक विश्लेषण हाम्रा फ्रायडले स्पष्ट सङ्ग गरिदिएको धेरै समय भइसक्यो। 

म बिज्ञानको बिद्यार्थी भएको नाताले पाखण्ड गर्ने चलन छैन। बिज्ञानले रातो र तातो रगत भएका , हिडडुल गर्न सक्ने आवाज निकाल्ने मात्र प्राणी होइनन बनस्पतिहरू पनि जीवित प्राणी हुन भनेर प्रमाणित गरिसकेको छ। धर्मात्मा दयावानहरुले पनि प्राणि जस्तै बनस्पतिमा पनि प्राण इश्वर के के हुन्छ भनेर भनेकै पो छन् नि हैन र?

हत्या प्राणिहरुको मात्र होइन बनस्पतिहरूको पनि हुन्छ। बरु प्राणिहरुको लासले भन्दा बनस्पतिहरूको लासले भुंडी भर्दा स्वस्थ भइन्छ भनेर भन्दा राम्रो हुन्थ्यो। शाकाहारी खानपानले आफ्नो शरीर स्वस्थ हुन्छ भन्ने व्यक्तिगत स्वार्थले हो यसमा जिब दया माया धर्म भनेर आफूलाई धर्मात्मा अरुलाई पापी भन्दै विष वमन गर्नु पाखण्ड बाहेक केही होइन। 

बनस्पती पनि त जीवित प्राणि नै हुन् उनीहरुको शरीरको पनि हत्या हुन्छ त त्यसमा पनि दया पनि हुनुपर्ने होइन र? कि बनस्पति काट्दा छट्पट गरेन कराएन रातो रगत आएन भनेर निर्जीव ठानेको हो कि के हो? शाकाहारीले उपभोग गर्ने खानामा पनि बनस्पतिको बीज देखी लास भैहाल्छ। त्यसैले बनस्पति सहित प्राणी जगतलाई जति मांसाहारीबाट खतरा छ उत्तिकै खतरा म जस्तै शाकाहारी भनाउदाहरुसँग पनि छ। त्यसैले शाकाहार र मांसाहार लाई धर्मको तराजूमा नतौलौ। 

यि सामान्य जीवनशैलिका कुरा हुन त्यो पनि स्वास्थ्य नितान्त व्यक्तिगत स्वार्थ। यसलाई अथाह प्राप्ति, पुरुषार्थ र माहानताको रुपमा परिभाषित गरेर आफुलाई माहान साबित नगर्दा हुन्छ। म शुद्ध शाकाहारी, जाँड रक्सि जुवातास खैनी चुरोट र कुनै पनि अनैतिक क्रियाकलाप बाट पर बसेको मान्छे हुँ तर यो मेरो माहानता पक्कै होइन। स्वास्थ्य बिज्ञानले स्पष्ट रुपमा यिनीहरुले मलाइ शारीरिक र मानसिक रुपमा क्षति पुराउछन भनेर प्रमाणित गरिदिएको छ त्यसैले म आफ्नो व्यक्तिगत स्वार्थको लागि ति चिजबाट पर छु। यदि दया धर्म का कुरा भैदेको भए त मैले खाने शाकाहारी खाना पनि जीवित बनस्पतिको हत्या नै गरेर बनेको हुन्छ। 

शाकाहार र मांशाहारमा जीवनशैली र स्वास्थ्यको स्वार्थ बाहेक अरु केहि छैन भने यो शाकाहारी र मांशाहारी बीच को यो के लडाई हो राम्रो र नराम्रो ...भैसी मरे पनि प्राणिकै हत्या हो बोका खसी कुखुरा या गाइ ......गाइ अहिले सम्म राष्ट्रिय जनावर भएकाले गर्दा हत्या गर्नेलाइ कारबाही गर्ने हो त्यो गर्नु पनि पर्छ किनकि राष्ट्रिय जनावर त मार्न पाइदैन। 

जति पनि पशुपालन उद्योग छन् उनीहरुले पृथ्वीको कुल अन्न उत्पादनको ८०% भाग प्रयोग गर्छन र त्यहाँ बाट मासु र दुध उत्पादन हुन्छ त्यसैले पशुजन्य उद्योगहरुलाई कम गर्नु पर्ने आवश्यकता भने छ। त्यसैले मासु सेवनलाइ कम गरे ति उद्योगहरु पनि कम हुन्छन् अनि अन्न उत्पादनको प्रमुख हिस्सा मानवको उपभोगमा जान्छ भन्ने तर्क चाही केहि बैज्ञानिक छ

दुग्ध उद्योग अन्तर्गत जति पनि पशुपालन हुन्छ त्यसले मासु उद्योगका लागि भएका पशुपालनले भन्दा बढी अन्नको उपभोग  गर्छन्। यो पक्षलाइ हेर्ने हो भने पशुजन्य उद्योगलाइ बढावा दिने मांसाहार मात्र होइन दुग्धाहार पनि हो त्यसैले त्यसले पनि मांसाहारले जस्तै असर गर्छ

त्यसैले मांशाहार शाकाहार दुग्धाहार र भेगान यिनीहरुको बीचको बिबाद नितान्त अनावश्यक प्रलाप बाहेक केहि होइन। शाकाहारी खानाले मनुष्यको दयावान, गुणवान, सत्चरित्रवान, दयालु मायालु केही हुँदैन। यी सबै व्यक्तिगत स्वास्थ्यको स्वार्थ नै हो। अर्को कुरो मासु नै खाने भए पछि यसको खान हुने उसको खान नहुने भन्ने अर्को पाखण्ड त झनै गर्नु पर्दैन। स्वादको कुरो हो भने त्यो स्वार्थ नै हो, हैन यो जातले यो खाने त्यो जातले यो खाने भन्ने त झन् निकृष्ट सोचाइ नै हो। यसमा आफूलाई अरु भन्दा गतिलो उच्च हूँ भन्ने दम्भ गर्नु पर्दैन।।। 




Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.