मलाई महाभारत रामायण आदि ग्रन्थ ऐतिहासिक हुन् भन्ने लाग्दैन। ती पौराणिक पात्रहरूको भौतिक अस्तित्व थियो भन्ने पनि लाग्दैन तैपनि मलाइ पौराणिक पात्रहरुमा कोइ मन पर्छ भने ति हुन् श्री कृष्ण! उनको भौतिक अस्तित्व थियो थिएन त्यो प्रश्न संग यहाँ म समन्धित छैन।
धर्मगुरुहरूले आफ्ना कुत्सित वासनाको पूर्ति गर्नको लागि कृष्ण चरित्रको प्रयोग गर्छन्। प्रेम भक्ति आदिको आधारमा उनीहरूले आफ्ना शिष्य शिष्याहरुको तन मन धनको चरम शोषण गरिरहेका छन्। कृष्ण चरित्रका ती भागहरु रमाई रमाई व्याख्या गर्छन्। कृष्ण चरित्रको सबै भन्दा उपेक्षित भाग मध्ये मलाई सबै भन्दा प्रभावशाली लाग्ने घटना हो माहाभारत स्थित "उद्योग पर्व" जाहा युद्धको लागि कौरव र पाण्डवहरुलाई उक्साउने र शान्तिको लागि प्रयासरतहरुको चरम द्वन्द देखाइएको छ। कृष्ण त्यो युगको सबै भन्दा शक्तिशाली व्यक्ति थिए र शान्तिको लागि हदै सम्म प्रयासरत व्यक्ति पनि।
कौरवहरु सन्धि र शान्तिको लागि कसैको कुरा सुनेनन् तव कृष्ण आफै शान्तिदुत भएर हस्तिनापुर जाने प्रस्ताव गर्छन। त्यो सुने पछि भिम र अर्जुन दुबैले कृष्णलाइ रोक्छन अनि भन्छन "हे कृष्ण हामीले कौरवको नाश गर्ने सार्वजनिक सपथ लिएका छौ, युद्ध भएन भने के हुन्छ हामिलाइ इतिहासले झुटो कायर भन्दैन?
कृष्णले जवाफ दिन्छन "शान्तिको लागि म आफै कायर र झुटो हुन तयार छु अर्जुन, युद्धले दिने घाउ पिडा गंभिर र असैह्य हुन्छ त्यसैले इतिहासको वास्ता नगर शान्तिको लागि कायर र झुटो हुनु कुनै अपमान हुने छैन।" द्रौपदीले कृष्णको बाटो रोक्दै भनिन, "कौरवले मेरो त्यत्रो अपमान गरे मेरा केशहरु अझै खुल्लै छन् कृष्ण" तव कृष्ण भन्छन, "हे बहिनि, तिम्रा केशहरु बाध्नको लागि जुन युद्ध हुन्छ नि त्यसले करोडौ बहिनिहरुको केश खुल्ला हुनेछ, करोडौ बालकहरु टुहुरा हुनेछन, बाबुआमाहरु साहारा बिहिन हुने छन् किनकि तिम्रा अपराधिहरु मारिनु भन्दा पहिले करोडौ जनताको मृत्यु हुने छ युद्धमा त्यसैले मलाई तिमि कायर भन्न सक्छौ मलाइ घृणा गर्न सक्छौ त्यो मेरो लागि स्वीकार्य छ।"
कृष्णले युद्धको अन्तिम क्षण सम्म पनि शान्तिको लागि गरेको प्रयत्न उद्योग पर्वमा देखाइएको छ यति सम्म कि उनि कौरवहरुको चरणमा झुक्न पनि तयार छन्। त्यसैले मलाई पौराणिक पात्रहरुमा कोइ मन पर्छ भने ति हुन् "श्रीकृष्ण" एक सम्पूर्ण व्यक्तित्व!
त्यसैले कायरहरु निर्बलहरु युद्ध उन्मादी हुन्छन भने सहासीहरु सर्वशक्तिमानहरु सधै शान्तिकामि हुन्छन। रामजस्तो कायर, राजधर्म र मानव धर्मबाट च्युत पात्र भन्दा कृष्ण जसले जरासन्धको आक्रमणबाट प्रजाले दुःख पाए भनेर भगौडा कायरको लज्जाजनक नाम शिरोधार्य गर्न तयार कृष्ण लाख गुणा उत्तम पात्र हुन्।
कृष्ण आफै अलि तल्लो जात भएर र शान्तिकामी पात्र भएर होला उच्च जातीय राजनीतिको तुष्टिकरण त्यति सम्भव छैन त्यसैले उनी राम भन्दा उपेक्षित छन्। जय श्रीकृष्ण भनेर कसैको हत्या गर्न अलि सुहाउँदैन, कसलाई तथानाम गाली गर्न अलि सुहाउँदैन। निकृष्ट पतित राजनीति गर्न रामलाई बोकेर हिँड्दा जति सजिलो हुन्छ कृष्ण बोकेर चाहिँ अल्ली मिल्दैन। जुन हामीले अहिले स्पष्ट देख्न सक्छौं।
No comments:
Post a Comment