तस्बिरमा आफूलाई
मैले अनुहार हेरे मेरो,
छ्या कुरुप एकदम कुरुप।
मेरो अनुहार त यो जन्मका मानिसको जस्तै छैन।
न मेरो आमाको जस्तो सहनशिल र
बुबाको जस्तो कर्मठ।
न रुख जस्तो अचल ।
भिर जस्तै अप्ठ्यारो मेरो अनुहार र ज्यान ऐनाले नै
सबै देखाइ दियो।
म आज फरक मानिस भएर खेतका गर्हा हरु डुल्दै छु।
हसिया समात्दै छु।
थु! मैले मलाई कसरी घृणा गरे जब मैले ऐना हेरे।
आज मैले ऐना हेरे!
मलाई मेरो कपालसंग कठिन लडाइ गर्न मन छ
लुछा लुछ,
गालामा चुट्न मन छ।
र टाउको कुनै सिगौरिमा लगेर फोर्न मन।
अर्को चोट बनाएर देब्रे टाउकोमा र
भाग्यलाइ दोष दिदै फेरि ऐना हेर्न मन छ।
ओ! ऐना तैले मात्र चिन्छस मलाई र
मज्जाले देखाइ दिइस मेरो घिन लाग्दो अनुहार।
मैले मलाई नै प्रेरित गर्न अब सुन्दरताका किताव
पढ्न पर्दैन।
मैले त मलाई हेरेकै छु
सबै भन्दा कठीन मा र सबै भन्दा उल्लासमा
मैले मेरो तस्वीर हेरे र म कुरुप पत्ता लगाए।
ऐना धन्यवाद!!
2021/oct 18 को कविता....
No comments:
Post a Comment