नियात्रा: एक निरन्तर यात्राको

अनुकुलता (conformity)

 अनुकुलता Conformity अर्थात अनुपालन भनेको आफ्नो समुहको अथवा वरिपरिको बातावरणको आदर्श या मानक अनुरुप  आफ्नो धारणा, दृष्‍टिकोण र व्यबहारलाई प्रस्तुत गर्नु हो। अझ स्पष्ट शब्दमा भन्दा आफ्नो वरिपरिका या जुन समुह या समाजको सदस्य हो त्यही समाजको, समुहको अनुरुप आफ्ना दृष्‍टिकोण, विश्वाश र धारणाहरु बनाउनु र प्रस्तुत गर्ने स्वचालित मनोबैज्ञानीक अवस्था हो, चाहे ति धारणाहरु दृष्‍टिकोणहरु गलत हुन भन्ने थाहा नै किन नहोस्।


 कुनै पनि ब्यक्तीले यस्तो मनोबैज्ञानीक व्यबहार धेरै कारणले देखाउछ जस्तो सुरक्षित महसुस गर्नु, समुहमा या तत्कालिक बातावरणमा छिटो नजरमा परिने एक प्रकारको खतराको महसुस, फरक देखिने कारणले असजिलोपन या समुहबाट तिरस्कृत हुने खतरा आदि आदिले स्वचालित रुपमा मानवलाइ अनुकुलन तिर डोराइदिन्छ। 


यसको फाइदा बिशेषगरि राजनैतिक पार्टीहरु, धार्मिक संगठन लगायत व्यापारिक र कथित बौद्धिक संगठनहरुले गहन तरिकाले उठाउछन। कुनै पनि संघ र  संगठनको रचनाको  यहि अनुकुलताको फाइदा उठाउने हेतु नै आधारभुत हुने गर्छ। धार्मिक संगठनहरुले सत्संग, संघ या समुहहरुको रचना गरेर यसै मनोबैज्ञानिक प्रबृत्तिबाट आफ्नो अभिष्ट साधेका हुन्छन। समुहमा आवश्यक संख्यामा अभिनयकर्ताहरुलाई प्रवेश गराइन्छ अनी उनिहरुले पुर्वरचित बिशेष अभिनयले अनेकौ अलौकिक अनुभवहरु सुनाइदिने या त्यस्तै कृयाकलाप गर्ने गर्छन्। अनी अन्य ब्यक्तीहरु स्वचालित रुपमा त्यसैमा अनुकुलित हुन्छन। 


चर्चमा, गुरुहरु, स्वघोषित भगवानहरु आदी आदीहरुले आफ्ना बिशेष समुहबाट  रुने काम, अलौकिक अनुभवहरुका आदी आदिका अभिनयका माध्यमबाट अन्य ब्यक्तीहरु लाई अनुकुलित गराइन्छ। त्यसैले प्राय सामुहिक रुपमा त्यस्ता कार्य सम्पादन गरिने भएकाले चर्च, सत्सँग र संघहरुको निर्माण गरिएको हो। बिदेशी शक्तीकेन्द्रहरुले, यहिका राजनैतीक पार्टीहरुले आफ्नो अभिष्ट साधन गर्न केही प्रबुद्ध या नाम चलेका ब्यक्तीहरुको समुह रचना गरेर त्यसबाट गरिने अभिनयले नेपालमा नै धेरै कार्य सम्पादन गरेको हामी सँग अनेकौ उदाहरण छन। 


केही कथित प्रबुद्ध समुहहरुले प्रायोजित बिचारधाराहरु संचार गर्दा धेरै ब्यक्तीहरु अनुकुलनको शिकार हुने गर्छन्।  धेरै हास्यब्यङ्य कार्यक्रममा हासोको आवाज सुनाउने या सामुहिक हास्ने अभिनय गराउने कारण पनि यही रणनिती अन्तरगत आउछ। कतीपय अवस्थामा अनुकुलन रणनितीले रचनात्मक प्रभाव पार्छ या सुधार गर्न सकिन्छ। यदी त्यो गराउनेको लक्ष्य रचनात्मक छ भने, नत्र यसले दुश्परिणाम पनि निम्त्याउछ।यसको शशक्त उदाहरण नेपालका अनलाइन मिडिया र सामाजिक संजालहरुमा देख्न सकिन्छ।


Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.