कहिले काँही सोचाइ आउँछ? अझै! पश्चिमा संस्कृति भित्रिएर हाम्रो सभ्यता बिग्रेको हो। संसारको सबैभन्दा शक्तिशाली व्यक्ति बहालवाला राष्ट्रपति बिल क्लिन्टन लाई यौन दुर्व्यवहारको आरोप लाग्यो, महाअभियोग तिर सोझियो.....संसारको सबैभन्दा शक्तिशाली व्यक्ति निलो कालो भयो.....उनकी पत्नीले त्यो अस्वीकार गरिन्.... वर्षौँ पछि पनि त्यो अस्वीकारले उनको चुनावी अभियानमा धक्का लाग्यो। वर्षौँ अघिको यौन उत्पीडनको केसमा बिल कस्बि जस्ता सेलिब्रेटी जेलमा सड्न पुगे। अश्लिल ठट्टा गरेको आरोपमा मोर्गन फ्रीम्यान जस्ता सेलिब्रेटीले माफी मागे।
अहिले पनि त्यहाँ महिला हिँसामा उनीहरू अगाडि नै देखिन्छन्.....तर महिला हिँसाकाे परिभाषित दायरा चाहिँ कत्रो छ भने जुन कुरो त्यहाँ महिला हिँसाको, यौन उत्पीडन, बलात्कार भनेर परिभाषित गरिएको छ त्यसको दायरा त हाम्रो पूजा कोठामा भित्र सजिलोसंग प्रवेश गर्छ।
दशौँ वर्ष पछि पनि यदि कसैलाई म माथि त त्यो बेला अपराध भएको रहेछ भन्ने ज्ञान भो भने तुरुन्त मुद्दा दायर हुन्छ अनुसन्धान हुन्छ...सावित भए सजायँ हुन्छ। कतै अपराध भएको थाहा पाए असमन्धित व्यक्तिले पनि मुद्दा चलाइदिन्छ, अनुसन्धान हुन्छन्।
बलात्कार जस्ता घटनामा समयसीमा छन्, सजायँ पनि सारै थोरै, बलात्कारको परिभाषाको दायरा पनि साँघुरो त छदैछ अनि सबैभन्दा कमजोर भनेको समाजसँग बलात्कारलाई हेर्ने पीडक दृष्टिकोण छ। समाजले पीडितको तर्फबाट कहिले पनि हेर्दैन। बलात्कार शारीरिक बल प्रयोगले मात्र होइन, छल कपटले, पदीय अधिकारको दुरुपयोगले, प्रेम भक्ति सहानुभूति जस्ता मानसिक र मनोवैज्ञानिक हतियारले पनि हुन्छ भन्ने त हाम्रो सोचाइ मै आउँदैन। हाम्रो मनोवृत्ति यति सम्म घटिया छ कि, नाम दाम भएका, कथित सफल व्यक्ति, प्रशिद्ध व्यक्ति, सेलिब्रेटी, नेता, राजा, धर्मगुरु, स्वघोषित भगवान आदि माथि लागेको बलात्कार र यौन दुर्व्यवहारको आरोप त पैसा झार्न, चर्चित हुन, षड्यन्त्र गर्न लगाइएको हो भनेर सोचिहाल्छौँ। ती सबै व्यक्तिहरू र अपराधीहरुको मनोविज्ञान र शरिरविज्ञान पनि उही हो भनेर सोच्दै सोच्दैनौँ।
हामीलाई लाग्छ ती व्यक्तिहरु माहान छन्, उनीहरूको मनोदशा र शरीर आफ्नो भन्दा माहान छ भन्ने दास मनोभावना बाट ग्रसित। अझ सबै भन्दा हास्यास्पद त दुवैले मोज गरे अनि एउटालाई फसाइँयो भनेर फसाउँनेलाइ सराप्दै गर्दा त्यो फस्नेकाे नैतिक धरातल चाहिँ हेर्नु पर्दैन। हेरिँदैन किन? किनकि हाम्रो आफ्नै नैतिक धरातल छैन। जब नैतिक धरातल नभएको समाजमा यस्ता घटना लगातार घटि नै रहन्छन्।
No comments:
Post a Comment