यो सन्सारमा शाश्वत एउटा मात्र धर्म छ प्राकृतिक धर्म जस्मा निरन्जन निराकार प्रकृती सर्वोच्च छ । मानव लगायत हामी पृथ्वी वासी को कुरा गर्ने हो भने हाम्रो आरध्य देव पृथ्वी सुर्य चन्द्र जस्ले हाम्रो रचना पालन र अन्त्य पनि प्रकृतिप्रदत्त रहेर गर्छन । यीनीहरु हाम्रो कर्म सोचाइ प्रथना जप तप लगायतका कृयाकलाप प्रती यती निरपेक्ष हुन्छन कि उनिहरुले सबैलाई आफ्नो निरपेक्ष ब्यबस्था अनुसार व्यबहार गर्दछन । जस्लाई चर्म चक्षुले बिना प्राथना जप तपस्या दर्शन, महसुस गर्न सकिन्छ । यिनिहरु को अध्ययन गर्न चार प्रमुख वेद पनि छन भौतिक विज्ञान, रसायन विज्ञान, जिव विज्ञान र अन्तरिक्ष विज्ञान।
यस अन्तर्गत अनेकन उपनिशद पनि छन जहाँ कुनै कल्पना लेखिएको छैन तथ्य कारण खुलाउनुको साथै अनुसन्धान को लागी प्रसस्त क्षेत्र र स्वतन्त्रता समेत उपलब्ध छ जुन परिवर्तनशिल छन जसले उपयुक्त बैकल्पिक मान्यता जस्ले आफुलाई प्रमाणित गर्न सक्छ तुरुन्त स्विकार गरिन्छ। यहाँ परिवर्तन र समायोजनलाई सधैं उत्साहित गरिन्छ। अपूर्ण उत्तरहरु खोजी र अनुसन्धानलाई लगातार सन्चालन गरिन्छ। । यस्तो अतुल्य एकिकृत प्रामाणिक प्राकृतिक धर्म अनि पृथ्वी सुर्य चन्द्र जस्ता देव हरु हुँदा हुँदै किन कपोल कल्पित कथाको पछी लागेर काटाकाट मारामार गर्नु पर्यो ।जस्को मानब कल्पना भन्दा बाहिर कुनै अस्तित्व छैन जस्ले स्थापित अधिकृत मान्यताको समन्धमा प्रश्न उठाउन दिदैन।
अत्याचारी दुराचारीहरुको देवत्वकरण गराउने त्यस्ताको जीवनयापनलाई आदर्श बनाउने कसैले त्यो अत्याचारलाई अत्याचार भने या अर्को बैकल्पिक कुरा आए भने आफ्नै दाजु भाईको हत्या गर आफ्नै दिदी बहिनी माथी अत्याचार गर तर त्यो बैकल्पिक प्रश्नको जवाफ नदेउ या सोच्नै पनि नखोज एस्तो निकृष्ट शिक्षा दिने पनि मानव धर्म हुन्छ। अब स्थिरताको दुर्गन्ध सहितको पोखरीको डुबुल्की मारिरहने हो कि परिवर्तन र सतत स्वतन्त्रताको सरल निर्मल सरिताको अंश बनेर हाम्रो साथ दिने कुरो तपाईंको। या प्रकृती सर्व भुतेशु पुर्ण रुपेण सस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनम:.
No comments:
Post a Comment