नियात्रा: एक निरन्तर यात्राको

व्हाटएबाउटिज्म(whataboutism)

 "व्हाटएबाउटीज्म" Whataboutism नेपालमा अहिले बिभिन्न पार्टीहरु, नेताहरु र तिनिहरुका कार्यकर्ताहरु र आफुलाई बुद्धिजिवी तथा शिक्षित र आदर्शबादी मान्नेहरुले प्रयोग गरिरहेको र आँफै पनि शिकार भैरहेको एउटा शशक्त हतियार। यसले समाजलाई खोक्रो र अपराध तथा अनैतीकतालाई तिब्र रुपमा बढावा दिईरहेको छ। यसले लगातार स्वच्छ बहस र जायज माग र बिश्लेषणलाई बिस्तारै निर्मुल पार्दै छ र यस्को नतिजा समाजको सम्रचनामा गहन रुपमा बसिसकेको छ। 


के हो त यो व्हाटएबाउटिज्म, "कुनै पनि बिरोधी या प्रतिस्पर्धीलाई मौलिक र प्रत्यक्ष बिधीबाट सामना नगरिकन पाखण्डको आरोपले तिब्र रुपमा आक्रमण गर्ने र त्यो बहस या प्रतिस्पर्धाबाट अस्थिर गर्ने शशक्त बिधी हो" 

जस्तो कोही महिलाले तर्क राखिन, "पुरुषप्रधान सामाजिक मान्यताले गर्दा महिलाहरु शोषित भए" अब यहाँ व्हाटएबाउटिज्मले काम सुरु गर्छ। यो तर्कको बिरुद्धमा अर्कोले भन्छ, अस्ती फलानोको स्वाश्नी पोइले कमाएको पैसो लिएर अन्तै पोइल गैछ। फलानाकी छोरीले सम्पत्तिको लागि बाबु आमा मारिछ आदी आदी (what about that) जबकी यि तर्कहरु महिलामाथि भएको शोषणको समन्धमा मौलिक तर्कहरु होइनन र लक्ष्य भनेको बहसकर्तालाई अस्थिर बनाउने उपाय हो।यौन हिंसा र बलात्कार जस्ता जघन्य अपराध र पीडकको कारबाही र पीडितले न्याय पाउनु पर्ने विषयमा नी आजभोलि यही को प्रयोग हुन थालेको दुखद अवस्था छ। 


अझ अहिले राजनीतिको क्षेत्रमा यसको तिब्र गतिमा प्रयोग छ। मानौ कसैले सरकारले के गरेको यस्तो गलत काम भनेर कुनै गलत कामको बारे प्रतिक्रिया दिएछ भने, अर्को ब्यक्ती यदी सरकारी दलको हनुमान रैछ भने उसले त्यो गलत कार्यलाई जायज ठहराउने कुनै पनि तर्क दिन नसक्ना साथ पहिलो ब्यक्तीको पृष्‍ठभूमी पत्ता लगाउछ। अनी त्यो सँग समन्धित कुनै ब्यक्ती या घटना खोजेर अनी भन्छ "व्हाट एबाउट फलानो"। काङ्रेसको सरकार भारतको दलाल भो भनेर भन्यो भने उत्तर आउछ "व्हाट एबाउट केपी ओली, कोशी कर्णाली बेचेको आदी आदी।  


दलाली चाहे जो सुकैले गरोस गलतलाई गलत भन्ने मौलिक बिधी हुनुपर्ने। तर ठाउँमा पहुँचमा त्यस्तै गलत, अपराधीक, अनैतिक कृयाकलापलाई बचाउन अर्को गलत, अपराधीक कार्यको नजिर पेश गर्ने प्रकृया अहिले बढ्दो छ। अहिले सामाजिक सन्जालमा, पत्रपत्रीका र संचारमाध्यमहरुमा आफ्ना आफ्ना भगवान नेता पार्टीहरुको गलत र अपराधीक कार्यहरुलाई जोगाउन अर्को प्रतिस्पर्धी पार्टीले त्यो सँग समन्धित ब्यक्तीहरुले गरेका गलत र अपराधीक कार्यहरुलाई तर्कको रुपमा पेश गर्ने जस्तो निकृष्ट कार्य व्हाटएबाउटिज्म अहिले बुद्धिजिबी शिक्षित र आदर्शवादीहरुले अत्यधिक प्रयोग गरिरहेछन।गलतकार्यको बचावटको लागि गलतकार्य नजिर हुदैनन् त्यसैले समाज जोगाउनु छ आफैलाई जोगाउनु छ भने गलतलाइ गलत भन्न सक्ने हुनु पर्छ।


#SayNoToWhataboutism

Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.