Narcissism अर्थात् आत्ममोह या अहंकार! यो शब्द ग्रीक भाषा बाट आएको हो। जसमा Narcissus भन्ने एक युवक पानीमा देखिएको आफ्नै प्रतिबिम्ब सङ्ग प्रेममा यस्तरी डुब्छ, मुग्ध भएर त्यही हेर्दा हेर्दै भोक र प्यासले त्यहीँ मर्छ रे।
Narcissism भनेको एक मनोवैज्ञानिक अव्यवस्था हो। रोग हो। जसमा कुनै पनि व्यक्ति आफ्नो गुण, आफ्नो रूप स्वरूप बानी बेहोरा अनि अवस्थाको बखान गरेर थाक्दैनन्। उनीहरुलाई यस्तो लाग्छ कि उनीहरू संसारका सबैभन्दा चलाख, विद्वान, नैतिकवान, अनुशासित, शक्तिशाली, अनुपम, उत्कृष्ट र सुन्दर व्यक्ति हुन् ईश्वरीय अवतार हुन्।
त्यस्तै व्यक्ति जव एक प्रकारको संज्ञानात्मक पूर्वाग्रह (Cognitive bias) जसलाई पुष्टि पूर्वाग्रह या अनुरूप पूर्वाग्रह (Confirmation bias) भनिन्छ, ले ग्रसित हुन पुग्छ। अनुरुप पूर्वाग्रह भनेको ब्यक्तीले वातावरणबाट परिघटनाहरुको अवलोकनहरुबाट त्यो सुचना मात्र स्विकार्छ, ग्रहण गर्छ या देख्छ जसले उ सँग पहिले देखि रहेका धारणा, विश्वासहरुलाई समर्थन या पुष्टि गर्दछन्। उसले आफ्नो धारणा र विश्वास बाहेकका या तिनीहरूलाई समर्थन र पुष्टि नगर्ने कुनै पनि सूचना, र तथ्यहरूलाई फिटिक्कै ग्रहण गर्दैन या देख्दैन।
जब एउटा आत्ममोही (Narcissist) व्यक्ति सोही पुष्टि पूर्वाग्रहको (Confirmation bias) को चङ्गुलमा परेको हुन्छ यसलाई संसारको कुनै पनि विधिले सम्झाउन बुझाउन सकिँदैन। त्यो एक प्रकारको घातक मानसिक अवस्था हो। यस्तो व्यक्ति यदि समाजको राष्ट्रको शक्तिशाली तहमा छ या नेतृत्व गर्न पुग्यो भने अब त्यो राष्ट्र र समाज निरङ्कुश मात्र होइन निकृष्ट र पतित हुन पुग्छ।
समाजमा त्यस्ता व्यक्तिहरु छिटो सफल हुन्छन् किनकि प्राय साधारण मान्छेको एउटा मनोवैज्ञानिक अवस्था हुन्छ जसलाई अनुकूलन या अनुपालन (Conformity) भनिन्छ। अनुकुलता अर्थात अनुपालन भनेको आफ्नो समुहको अथवा वरिपरिको बातावरणको आदर्श या मानक अनुरुप आफ्नो धारणा, दृष्टिकोण र व्यबहारलाई प्रस्तुत गर्नु हो। अझ स्पष्ट शब्दमा भन्दा आफ्नो वरिपरिका या जुन समुह या समाजको सदस्य हो त्यही समाजको, समुहको अनुरुप आफ्ना दृष्टिकोण, विश्वाश र धारणाहरु बनाउनु र प्रस्तुत गर्ने स्वचालित मनोबैज्ञानीक अवस्था हो चाहे ति धारणाहरु दृष्टिकोणहरु गलत हुन भन्ने थाहा नै किन नहोस्।
यस्तो गुण चाहिँ असुरक्षा, डर र आफ्नै समुहबाट तिरस्कृत हुने डरको कारणले उत्पन्न हुन्छ। जब देशको शासन एक आत्ममोहि या अहंकारी (Narcissist) जो पुष्टि पूर्वाग्रहबाट (Confirmation bias) ग्रसित छ, उसले अधिकाँश अनुपालन (Conformity) गुण भएको जनतामाथि शासन गर्छ भने डरलाग्दो नतिजा त देशले भोग्नु परिहाल्छ जस्तो अमेरिका, भारत लगायत हाम्रै देशले पनि भोगिरहेको छ, अझ हामीले उहिले देखि नै भोगी आएको छौ।
सामान्य उदाहरण, कोरोना को सङ्क्रमण सर्वप्रथम देखिएको चीन अहिले ३१ औं स्थानमा छ भने अमेरिका पहिलो जसलाई अब भारत जो तेस्रो स्थानमा छ अब निकट भविष्यमा अमेरिकालाई उछिनेर पहिलो स्थानमा उक्लिने निश्चित छ। हामी पनि उस्तै नियतिमा हिँडिरहेका छौं।
No comments:
Post a Comment