सिलाएर नाम्लो म भारि लागाउन लागेकि थिए
दु:खको, जो बोकेर डाडापारि पुर्याउनु थियो,
र छोडि दिनु थियो, पुगोस न ति नेताहरुका, भ्रष्टहरुका
घर नै
निर हाम्रा दु:खका ढुङ्गाहरु, र टाउको भरि लागोस
र दुखोस हामि दुखे जस्तै भान्सामा बिहान बेलुका।
म भर्न लागेकि थिए गाग्रीहरु
पिठ्युँमै बोकेर भए नि लैजाउ र
खन्याइ दिउ ति सुतेका, पहाडहरुमा
अनि उठुन न आत्तिएर, निदाएको किन बाहाना गर्नु!
हामी नि निदाउछौ अब गहिरो निद जब खालि गाग्रीमात्र
गग्रेटामा हुँदा ,र भरिने केहि आशा हुँदा।
तर
यसरि नि कहाँ हुन्छ र, मेरो नाम्लो खेर जान्छ,
मेरो समय खेर जान्छ, दु:ख बोक्दा नि दु:ख खेर जान्छ।
पानी बोक्दा नि प्यास खेर जान्छ,
आशा गर्दा आश नै खेर जान्छ,
किनभने यहाँ आफैले केहि नगरि अर्काले केहि गर्दैन
र सब थोक खेर जान्छ, बर्बाद! बर्बाद!
#दुर्गा
No comments:
Post a Comment