जब आँखाहरूले घाम देख्न छोड्छन्,
शरीरले किरणहरुका स्पर्श गर्न छोड्छन्,
तब शरीरका कोषहरू चिसिदै,
आँखाहरू ओसिला हुँदै जान्छन्,
भित्रको प्रकाश पनि आँखा बाटै बिलाउँदै जान् सक्छन्!
जीवन त सधै ओस परेको चिसो माटो जस्तै हुँदो रहेछ।
जब घामहरु थाहै नपाई सहर माथि माथि हिँड्छन्!
आकार बनाउन जीवनलाई
आकार बनिए जस्तै गिलो माटोको
घामले जीवन(शरिर) सुक्न पनि त पर्छ
जसरी माटो सुकेर मात्र त भौतिक वस्तु बलियो हुन्छ।
बतासमा आफूलाई उडाउँदै, लहराउँदै, झुलाउँदै
हिड्न सकिन्छ।
घाममा आफूलाई पनि त बिस्कुन जस्तै सुकाउन सकिन्छ।
अनि हावामा आफूलाई पुतली जस्तै उडाउन पनि सकिन्छ।
माटोले, घामले, हावाले, बाछिटाले पनि त
जीवन मा रङ्ग भर्न सक्छन
आमोदित बनाउन सक्छन!
तिम्रो सहरमा मैले त्यही खोज्दै हिँडेको तिमीले देख्यौ?!
No comments:
Post a Comment