यो साझ जहाँ म निस्सासिएको दिन बाट फुत्किएको एक चोइटो गोदुलि जस्तै धुम्म-धुम्म हुन लाग्छु, तर यि पातहरु गित बिना छमछ्म नाचिरहेको देख्दा मलाई लाग्छ यिनिहरुको जरामा अझ मिठो संगीत भरिदिनु भने कति मौलाएर मध्यरात सम्म बेआराम मै सँग साथ हुन्थे होलान। लाग्छ, यिनिहरुले मात्र बाँच्न जानेका छन चाहे हिर्काएको कुलाडि फेरि फर्किएर कहिले नआवोस। बरू अझ त्यहि स्वास म माथी बाँचिरहेको छ काठ बनेर घर बनेर यति मै चित्त बुझाउनुपर्छ यो जङ्गलले।
यि स्वरहरु मलाइ भेट्न भन्दा आफ्नु दिक्कारिको दैनिकिलाई यहि बिसाउन आएका हुन। र हेर मेरै स्वर सँग मिलाएको सुर कति पनि सुहाएको छैन तर पनि गर्ब के को गर्नु उसको मनले सायद यहि भन्छ। मलाई नि न्यस्रो त लाग्छ, तर दुख्दिन केहि पनि दुखाउछु माटो लाई। मैले टेकेको धर्तीले कति थोक भन्छ मलाई। म उसको मन भएर किन हिड्ने र? मेरो मन नै अरु कसैको लागि हिड्छ, मलाई माफ गर्नु यि चराहरुसँगको मेरो चिर्बिर केहि क्षणको हो। केहि पल को। मैले भुलि सक्छु भुलमै तिम्रो छेउमा हुँदा न मलाई अजम्बरि गित नै आउछ न तिमिलाइ मन पर्ने धून नै। छोडदेउ जिवन सबैले बाच्नु पर्छ, आफ्नै सुरमै। म तिमिलाइ यहि पात र बतास सरि हरहमेसा पकडेर राख्ने प्रयास गर्छु प्यारो सिमलको भुवा।
....
आज सम्म पनि प्रत्यकपटक त्यो बाटो हेर्दा म झस्किन्छु, जहाँबाट अत्यन्तै कष्टप्रद यात्रा सुरु भयो। 'मौनताको'।यो अन्तर्मुखिहरु नि अचम्मका हुन्छन, बोल्न आउदैन लेख्न बाहेक।लेख्न नआउदा, सोच्न बाहेक केहि आउदैन। त्यहि भएर म आजभोलि सधैँ जस्तो जङ्गल जान्छु र ति रुख बुट्टासँग गफ गर्छु। एउटा पात जो मेरो छेउमा उस्तै दुखि भएर आउछ र आफ्ना अरु मित्रहरुले दिएको पिडा सुनाउछ, आफुले उनिहरुलाइ दिएको दुख उस्ले मसग भन्न पनि भन्दैन, हेर! तिम्रो कथा पनि यो नेपाली का शुद्ध उच्चारण बिनाका शब्दले मेरो सन्जालमा लेख्दै छु, अरुले पढेर के बुज्नु र, त्यसै त म कसैले पढोस भनेर लेख्दिन। मसँग थोरै र कहिले धेरै बर्बाद गर्ने समय हुन्छ, र म यि अक्षर द्वारा बर्बाद नै गर्छु।
हेर! पात हेर! बोट मैले मान्छेको भाषा त बुझ्न छोडि सके, तर ति भाषा नबुझेर या बुझ्न नसकेर या शब्द चलाउन शासन चलाउन नसकेर हामि यि मौन लाई आफ्ना चिंत्कार सुनाउन आइ भनेर न भन्नु। जब म सिमलको फेद बाट उता लाग्छु तिमिहरु लाइ देख्छु , दिक्क भएको जस्तो देख्दिन र आउछु, मलाई खबर गर्नु हरेक समय म मौनता पनि बुज्न छोडि सके।बतास संगै आफुलाइ प्रस्तुत गर्ने छौ, बर्सात संगै आफुलाई शितलता दिने छौ। मेरा र तिमिहरुका साथि यि हुन, ऋतुहरु, यि संगै बग्ने खोला, नाला, चट्याङ , आधी, हुरी सबै।
कुलोको ढिलबाट पत्कर मात्र देखिन्छ, ओहो! यो त शिशिर थियो। अनि पात उदास थिए। भुइ आफु छोपिदा उदास उदास। कसैलाई सधै भरि देखिन पर्छ। नत्र हेर न आकाश। नलुकेको सरदको पहाड। उहि यात्राको कुरा गर्छु। जहाँबाट म मैले हिडेको बाटालाइ न काडा र न फुल भनेर ब्याख्या गर्छु। तिम्ले कतै सुन्न बिराउनु हुन्न।मलाई सुन्ने तिमि बाहेक कोइ हुन्न,
" म पृथ्वी होइन, जे पनि सहन, न तिमि जस्तो उभिएको रुख नै कुलाडिसम्म सहन, मलाई मेरो भाषा तिमिले बोल्न नदिए पनि हेर म कसरी सुनाइ रहेछु। यहि पाइला हुन जो चाउरिएको तिमिलाई टेकेर त्यहि हाँगा छोइरहेछु। मौन..मौन। हिड्नु पर्छ म जस्तो र बुजेको भए सारा तिमि यहि निर मात्र भएर के गर्यौ र...!"आइम नट द ट्री, टु स्टे एट व्वान प्लेस" चित्त दुखाए दुखाउनु,तिमिले पनि नि अरुले बनाइ दिएको घाउ मात्र मलाई देखायौ। आफुले कोतारेको त बिर्सियौ। म यसरी नै हिड्ने क्रमका यि बाटाहरुका यात्रा हरु कहिले बिर्सिन्न, जहाँ काडा थिएनन, फुल थिएन, बस! बोलिहरुका पश्चताप थिए। अब मौनता नै बोलोस तिमि जस्तै।" यो मौनता नैं उत्तर बनोस् सबैलाई!!
No comments:
Post a Comment