आमा....
थाहा छैन होला तलाईतँ जन्मिने दिन बिहान
आकाश मन्द मुस्काएको थियो।
तिज भर्खर सकिएर
आराम पाएका हात पाइला
रातो माटोसग जिस्किदै थिए।
घरको भित्ता पट्टी रहेको
म जस्तै लगनशिल
ढिकिले बिहान चार बजिदेखि
राति दश बजि पनि
आराम पाएको थिएन।
झप्री केराका पहेला केस्रासंगै
सयपत्री पनि पहेलिदै थिए
कोपिला-फूल भएर।
मैले मझेरि अग्यानोको छेउको
निधाल समाएर कस्सिएर बल गर्दा
घामले आकाशको तिनभागमा
एक भाग टेकेको थियो।
तेरो हात कस्ले समाए मलाई थाहा छैन।
म.....
अनि मेरो बुबा कहाँ हुनुहुन्थ्यो?
हजुरबुबा-हजुरआमाले मलाइ
देख्नुभयो??
मलाई छुनु भयो?
दाजु-दिदि कति खुशी हुनुभयो?
अरु को-को खुशी हुनु भयो?
घरको किट्को दुधको कराइ?
ब्यासि खेतका काल्ना?
मालिङ्गाका डोका?
चुला चौगारा?
रम्रिने आशमा घरका भित्ता?
के-के खुशी भए
आमा?
आमा....
बशं थाम्ने आशमा
छुट्टीएका अंश
कुल बढाउने आशमा
पर्खिएका देवता
धन बढाउने आशमा
रित्तिएका पुराना-पुराना
बाकस अनि झोला
पाल्ने आशमा बुढ्यौलि लागेका शरीर
जोत्ने आशमा घस्याइएका
हल गोरु
तेरो कर्म बाहेक
अरु सबै सबै...सबै खुशी भए।
म.......
अनि तपाईं?
शरीरका अङ्ग ?
मेरो शरीर?
तपाईको शरीर?
आमा...
म त सृष्टिकर्ता
मेरो सृष्टिमा मलाई
बिश्वास थियो।
मेरो शरीरमा
मेरो रगतले रोपेको कोपिलामा मलाई
बिश्वास थियो
(मलाई हेरेर....)
आजपनि 'तँ' मा मेरो
बिश्वास छ छोरी।
आजपनि 'तँ' मा मेरो
बिश्वास छ छोरी।
#दुर्गा (२०७४)
No comments:
Post a Comment