जसरी हिमाल सरि मिलेर
थोरै खुम्च्याउदै आँखाहरु
सुहाउँदो नाकमा, खाल्डै पारेर गालाहरु।
अहिले 'म' तिमि मेरो छेउमा हुँदा
मुस्कुराएको सम्झीरहेछु।
गहिरा आँखाहरुले नै केही बोले जस्तो
मौन बसेर, हात्केलालाई कुनै ठाउँमा
आराम दिएर, उहीँ कुर्सीमा सोचिरहेको
एउटा मुर्ति जस्तै,
अहिले 'म' तिमि मेरो छेउमा हुँदा
हुने हर्कतहरु सम्झिरहेछु।
सधैं बोल्न दिनु जस्तो
आवाजहरु, गित जस्तै बनेर
छोइ रहेछ मन,मुटु, बिचलित भइ रहेछ मस्तिष्क
गहिरो संगित भित्र डुबेर, झन्झनाएका तारहरु जस्तै
अहिले 'म' तिमी मेरो छेउमा हुँदा
बोल्ने(गाउने)शब्दहरु सम्झिरहेछु।
No comments:
Post a Comment