नियात्रा: एक निरन्तर यात्राको

रुखको मर्म।

 हावाशाल पाटि मुन्तिर एउटा

रुख छ, जसले परिबर्तनको हावा बोकेर
मध्यान्ह पछि पुर्ब छोडेर पश्चिम तिर जान्छ।
मैले बसेर हेर्ने उसैलाई हो।
अस्तिको हप्ता फेदमा हुँदा
उसले एउटा पातमा केहि लेखेर गयो।
मेरो सामु छोडेर,
"तिमि मलाई न कुर्नु म पुर्वीय माटोको
पश्चिमा मान्छे(रुख) हु, तिमि फेदमा छौ
मलाई केहि पर्बाह छैन।

म हाँगा बनेर झरे तिमि मै बर्सिने छु,
होइन यसरी पात बने बर्सिएको हुन्थे,
हाँगा बनेर दुख्छु,
मैले बोकेर हिड्ने पवनले मलाई प्रबाह गर्दैन भने।
तिमि त फेद को दर्शक हौ,
मेरो पात बन्नमा तिम्रो योगदान केहि छ र?

आफु माथि मोति बर्सिए झै बर्सियोस शिशिर।
बसन्त बनि पलाओस खुशि त्यो चाहान्छौ?
बस्न नि तिमि म मुनी किन वसेको?
तिम्रै स्वर्थ पुरा गर्न,  म शितल छु
र तिमि भिरको पहरो तातिएको बाटोबाट
बाफिएर आएको छौ,
म बाटोमा हुनु, तिमि शिथिलतामा हिड्न नसक्नु,
ति केहि होइनन छोडि देउ
बस! मेरो यो बगाइले मलाई पश्चिम पुर्याउदैन।
न म पुर्वमा रम्न सक्नु।

तिमि यो मलाई मेरो पात द्वारा पढ्नु अघि नै
म तिमिबाट टाढा भै सकेको हुन्छु,
मलाई कहाँ समय नै लाग्छ र!
तर मेरो यो आट छ समुन्द्रलाइ छाल- छाल बनाएर
हुतिएको पानीले मेरो शरीर भिजाउने।
शरीर हावाको!! आश्चर्य लाग्यो होला?
मेरो शरीर नभए यो वेगमा तिमि सामु पात फाल्ने र
समुन्द्रलाइ आफु माथि खन्याउने आट म किन गर्थे।"

ओहो! हावाशाल पाटि र तिमि मुनीको
यो रुख मलाई यति सिकायौ यो हप्ता।
म अर्को महिना फर्किन्छु।
यि साना झुपडीमा अझ दु:ख बनेर।
यि भिरलाइ बोझ बनेर।
अनि यो रुखलाइ दिक्दारि बनेर।



Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.