मरिरह्न्छ्न आशाहरु,
जसरी अर्घ सकिएका दिप मर्दछन।
जोगाउनु छ झिनो धागाहरु
जसरी अल्झिएर टुक्रीरहन्छन।
छुट्टीएर हातहरु, मिल्दैनन परेली
आश्चर्य भएर कापी रहन्छन ओठहरु
बन्द हुन्छन् मुस्कुराहट, मधुर आवाजहरु
जतन गर्नुछ सुस्केराहरु
जसरी आधारातमा पनि गुन्जिरहन्छ्न।
भौतरिएर मनहरु उडिरह्न्छ्न
थकित भएर चौतारीहरु पर्खिरह्न्छ्न।
हेरिरहन्छन् साझहरु धिमी-धिमी हुँदै
एकजोर चम्किला ताराहरु
समेट्नुछ उज्याला किरणहरु
जो औशीको रातमा पनि चम्किरहन्छ्न।
No comments:
Post a Comment