नियात्रा: एक निरन्तर यात्राको

लामो कुराकानी सानो भाग।

(प्रायः कार्यलय या सार्वजानिक ठाउँमा गफ हुँदा यिनै हुन्छन्, अहिले tiktok हरुले कम गर्यो होला कि अझ बढी पनि।) 

एउटा बातचित सुनिरहेथे त्यहाँ बोल्दै थिए केही पुरुष र महिला पनि,,

अब बिहे गर्नुस् सर तपाईंको समय भयो बिहे गर्ने,, एकजना महिलाले केही मध्ये एउटा पुरुषलाई भनिन्,'उत्तरमा पुरुष(सर)ले भने, "खोजी दिनुहोस् केटी,..."

"कस्तो व्यक्ति(केटी)मन् पर्छ हजुरलाई? " उही माया गर्ने, केयर गर्ने मैले कमाइ हाल्छु त्यसको संरक्षण गर्ने।"सरले भने....

"तपाईं यति पढेलेखेको मानिस,काम गर्ने, स्वतंत्र महिला भन्नु भएन त, माया त जसले नी गर्छ जसलाई, झन तपाईं जतीकोलाई त जसले पनि।  

तपाईं  हामीलाई त फेरि काम गर्न पर्छ महिलाले, आत्मनिर्भरता नै सबै भन्दा स्वतंत्रता हो भन्नु हुन्छ त। आफ्नु श्रीमतीमा चाहिँ त्यो हुन पर्दैन र??"

पर्छ तर बिहे गरे पछि कुरा अर्कै हुन्छ, अर्कै कुरा....? ती माहिलाले प्रश्न गर्दा गर्दै एउटा सेवाग्राही आयो लामो हुने थियो कुराकानी,त्यो कुराकानी त्यही टुंगियो। 

यस्तै होला है सबैको वास्तविक जीवन चाहिँ ढोंगी...

ऊ एउटा औषत पुरुष र उनी एउटा औषत महिला...जो कुनै कार्यालयमा राम्रो स्थान मा छन्, प्रतिनिधित्व गर्छन्।

मैले यो बेला यो पनि सम्झिए। यो व्यक्ति त्यही हो जो अरुन्धतीको हरेक कृति मन् पराएको कुरा गर्थ्यो। पारिजातको यौन जीवन र उनका कृति र उनको जीवनको कुरा गर्थ्यो।

अनि यो पनि भन्थ्यो की म परिपक्व हूँ। 

अनि यो पनि भन्ने गरेको पाउँथे,"तर प्रायः पुरुषले आफ्नी श्रीमती आज्ञाकारी र आफ्नी girlfriend विदुषी(बौद्धिक) चाहान्छन्।"

भनेपछि उनीहरू अरुन्धती, मार्गरेट,जेन जस्ता बौद्धिक महिला मनपराउँछन् तर श्रमती एकदम संस्कारी चाहान्छन्।

बुलद्ध आवाजका मलाला, ग्रेटा मन् पर्छ तर आफ्नो श्रीमती या आफ्नो घरको महिला बोलेको मन् पर्दैन।

Its my problem, she is my property,, भनेपछि समाज मा सबैले यसरी नै प्रोपटी राखेर रक्षा गर्ने होला।

यही औषत चेत मा नै हुन्छ होला है  समग्र अति विद्वान  भनिएको वर्ग!!

अर्को कुरा

प्रेम हो, प्रेममा हुन्छ यति, गर्न पर्छ भन्ने त्यागि भवाना भावना नै महिलाहरु आफैमा लिएर यसरी पनि सहयोग गरी रहेका हुन्छन् कति कुरा। girlfriend विदुषी हुन् चाहान्छन्  र श्रीमती आज्ञाकारी भन्ने आत्मविश्वास कसरी आउँछ यिनीहरूमा नत्र?? यसरी  बुझ्ने समाज चाहिँ अनि व्यवहार चाहिँ यस्तो हुने अनि प्रेरित र प्रशशंक चाहिँ अरुन्धती हरुको  हुने!! 

यो देखेर म चाहिँ नीकै अचम्म भए।

त्यही कारण सोच्छु व्यवाहारिक पक्ष र शब्द नीकै फरक हो। यो सामाजिक संजालमा हावी छ।




Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.