मैले म भएको वरपर बाताबरणलाई
अङ्कमाल गरे जस्ले
मेरो आगनलाइ निर्थुक्क बनायो त्यसपछि।
केहि बाछिटाहरुले मात्र मलाई छोएर,
बाकि रहेको भाब त,
कुटमिरोको रुखमाथि, मकैको बोटमाथि खनियो।
बस! मैले हेरि रहे! जो निकै दिन भयो
दिन ढल्दै गर्दाका सुर्यका किरणहरु मैले देखेको छैन
अन्धकार! अन्धकार बिचबाटपनि
मैले हेरि रहे! हेरि रहे।
त्यसपछि हो, मैले म भएको वरपरको बाताबरणलाइ
अङ्कमाल गरे जस्ले मेरो आगनलाइ निर्थुक्क बनायो।
सोचमात्र त थिएन यो ,
मौसमको बसन्त महान भेट हो
यो धर्तीसग जे गर्दै थियो आज आकाशले,
मेरो घर अगाडि आगन भिजेको ,
र असिना पोखिएको देख्छु,
लामो भेटको यो चिसो स्पर्श
आकाश, धर्ती, माटो, बोटबिरुवा र खुद मौसमको।
यो शब्दले कसरी परिभाषित गरौ,झ्यालनिरबाट।
ठिक्कमात्र भएन यो बसन्तमा,
बर्सात के थियो जुन एउटा मुस्लो बिचबाट
आफ्नै लागेर धर्तीलाइ सायद छोएको थियो।
कस्तो सहर्श स्वीकार सुरुमा यो माटोको
धूलो छैन बाँकी रहेको ।
तर, म हेर्छु अहिले,
कलिला मकैहरुको अस्तित्व छैन,
हुर्किन नपाउदै लुटिए भाबै भाब बिचबाट
आशै-आश माझबाट
केहि त आउला महान लागेको होला
घामबाट गर्मिला हरिया बोटलाइ
जल जो अवश्य आवश्यक हो,
जलदारि बाट तप्किएको भए यो मौसम पनि
सानका साथ बरु निकै बेर
बेला-बेला त हिम्मतले, बहादुरीले नि निर्धो बनाउछ।
र रिस, आबेग र लगामहिनले कायर,
नत्र हेर त आज यो बसन्त ऋतुको
सिमाहिन क्रूर सम्बेदनाहिन सम्बेग,,
सायद!सायद!!
No comments:
Post a Comment