लेक चढ्दा मलाई कुहिरोलाइ भेट्न गए जस्तै लाग्छ।
जहाँ सधैं लुकेको हुन्छ उ भित्र गुराँसको बोट।खोइ कस्तो छ र ! उसको बस्ने ठाउँ,
लुकाइरहन्छ चराले उ भित्रै आफ्नु गूँड।
त्यहि भएर होला सधैं चिसा भएर छुन्छन रुखका पात।
तर आज
कुहिरो बाहिरैबाट केहि नछुपाइ मसङै
खरका बुच्काहरुमा समाउदै हिड्यो तिम्रो मन
मैले आज लुकेको केहि देखिन सबै
आफुलाइ उदाङ्गो बनाएर बसेथे बाटाहरु
र अघिपछि नभइ मैसंगै हिडे तिम्रा पनि पाइलाहरु।
कुहिरो जस्तो सादा तिम्रो मुहार मैले
सम्झिनु भनेको मलाई बिर्सिएर
म भित्र तिमि मात्रैलाई राख्नु रहेछ
जहाँ मलिन अनुहार मात्रै देखे
मैले देखिन आज लेकमा कुहिरोको अनुहार।
No comments:
Post a Comment